म दशै यसरी नै मान्नेछु
अरुको बुझाइमा तेसोत म आज सम्म बाचेकै छु
हरेक दिन साएद म हासेकै पनि छु
फेसबुकमा, ट्विटरमा, टेक्स्ट्, मेसेज, एसएमएस अनि स्काइपमा
हा-हा, बु-हा-हा, लोल अनि एलएमएफो
यि सब चिज टाइप गरे कै छु
तर पनि खै किन हो
यो मन मान्दै मान्दैन
सबै कुरा थाहा पाएर पनि
यो मन जान्दै जान्दैन
साचै
यो मन कती अस्थिर र चन्चले
कुनै एक कुरामा स्थिर र अडिक रहनै नसक्ने
कहिले बाबाले ल्याएको घोर्ले खसिमा, कहिले आमाले किन्देको राम्रो नानामा
कहिले मासु भातमा, कहिले सुन्तलिको साथमा
यो मन सधै डुली रह्यो, कता-कता भुली रह्यो
निधारको रातो टिका, उत्सवको
कानमा स्युरेको जमरा, आशिषको
अनेकौ ति पकवान, परिष्रमको
अनी ति मिठा वाणि, वात्सल्यको
यी सबको मतलब कहाँ
यी सब जान्ने फुर्सद्, चेस्टा र मती कहाँ
गोजी बाट जे झर्छ तेही गनिन्थ्यो
जता बाट बेसी झर्छ तेतै पैला गैन्थ्यो
की त जुवा खालामा भिडिन्थ्यो
की त भट्टी पसलामा लडिल्थ्यो
दशै धेरै पहिले यसरी नै मनाइन्थ्यो
तर म आज अनेकौ ब्राउजर खोतल्छु
मालशिरी र मंगल धुनहरु
आयु दोर्णशुतेका श्लोख्हरु
म डाउन्लोड गर्छु, प्ले गर्छु
कही कतै बाट कनी कुथी ल्याएको मटन खादै
म आफैलाई आस्वासन दिई रहेछु
साएद
कोरोनाको बोटलसँग, बड्वाइजरको क्यान सँग
टकिलाको शटसँग या जोनी वाकरको पेगसँग
अनी अर्ध चेतनामै फोनको घन्टी बज्छ
म सक्दो सम्हालिएको स्वोरमा शोध्छु
आमा हजुरको खुट्टाको दुखाई अहिले कस्तो छ
हो, म चाहेर पनि
मेरी आमाको मुटुको दुखाई शोध्न सक्दिन
मेरो बाबाको शुन्यता शोध्न सक्दिन
किनकी एसपाली पनि
मेरो बाबा आमाले मलाई
वेब क्याममा टिका लगाइदिनुहुनेछ
म फेरी वहाँहरुलाई मोनिटरमै ढोग्नेछु
थुप्रै आधि-तुफान मनभित्रै गुम्साई
एक गोरो छालाको अगाडी, एक कृतृम मुस्कान लिई
हाउ क्यान आई हेल्प यु, म भन्नेछु
साएद एस पाली पनि
म दशै यसरी नै मान्नेछु