खण्ड ३
आँसु झर्दै थिए | म आफुलाई सम्हाल्न सकेको थिइन कसरी समिर लाई सान्तोना दिन सक्थे र ! दिनु पनि कसरी आज उसले आफ्नो आमा गुमाएको छ |मैले के भनेर सम्झाउने होला | म बरन्डामा निस्किएर आफ्नो आँसु समिताबाट लुकाऊदै थिए | बूढा उता बोलिरहेका थिए | मलाई त केहि प्रश्न गर्ने सहस पनि आएन | आज मैले धेरै यथार्थ थाहा पाएको थिए समिरको जीवनको ! बूढा भन्दै थिए, "त्यति कलिलैमा बाउ गुमाएको थियो, आज आमा पनि गुमायो | सधै दुखमै मात्र बित्ने भयो यीनीहरुको जिन्दगी त ! बाउ पनि त्यति सोझा थिए, पापीहरुले देखिसहेनन | अब यिही कहिला भाईबहिनी यहाँ कसरी बाचूँन एक्लै | अब त यिनको सहारा पनि कोइ छैनन् यहाँ त ! बल्ल दुर्गाको अनुहारमा अलि अलि खुशी देख्न पाइएको थियो, त्यो पनि धेरै दिन रहेन |”
हिजो मात्रै दुर्गाले म कहाँ आएर, "हरिबोल बाजे ! समिरको अब २ महिनैमा पढाई सिधिन्छ रे ! त्येसपछि त राम्रो काम पाउछ रे उतै | यो समाज अगाडी केहि गरेर देखायो | मलाई आज एकदम खुशी लागेको छ बाजे ! अब त म आनन्द ले मर्न पाउने भए " भन्दै थिई | कालले पनि आजै लिएर गयो | अभागी रहेछे नी कहिले पनि सुखको सास फेर्न पाईन | पहिला दाजुभाईले ठगे, पछि यो पापी समाजले ठग्यो ,आज आएर नियतिले पनि ठग्यो | पापीहरुले त्यस्तो नगरेका भए ,त्यस्तो सुखसहेलको जिन्दगी एकै चोटीमा खरानी भयो | नारन बितेपछि धेरै दुख गरेर हुकाएकी थिई | तीन ओटा लालाबाला च्यापेर एक्लै संघर्स गरेकी थिई | बल्ल खुशीका दिन आउन लागेका थिए त्यो पनि दैबले देखिसहेनन | दैब पनि कति निस्तुरी हुँदा रहेछन ||
यहाँ दुईजनै रोहेर उस्तै जात्रा छ | कसैले सम्झाउनै सकेको होइन | "समिर खोइ त बाबु !"
मुखबाट शब्द फुटेन | आखाबाट तप तप आँसुमात्र झरिरहेको थियो ! आकाश धमिलिन थालीसकेको थियो | पुर्णिमाको रात पनि किन मलाई औसीझैँ लग्न थालिसकेको थियो | " बा ! समिर त अघिनै सुतिसक्यो ! आज टाउको दुखेको छ अलि सन्चो छैन भनेर अघिनै सुतिसक्यो " अनायाशमै के बोलेछु पत्तै भएन|
"समिर त अलि बुझकी थियो, मुटुभित्र दुख भएपनि कहिले पनि कमजोर भएन | यो दुख पनि बहन सहन गर्यो होला, येसो भाईबहिनीलाई पनि सम्झौथियो की भनेर फोन गरेको बाबु ! नत्र यिनीहरु त रोहेरै मर्ने भए "
सबैको अब एकमात्र विश्वासको जड भनेको समिर नै थियो , कसरी म जाड़ खाएर बेहोस भएर ढलेको छ भन्न सक्थे र !
"हुन्छ बा ! म एकैछिनमा उठाएर फोन गर्न लगाउछु, हजुरले यहाको चिन्ता लिनुपर्दैन , हामी छौ बा ! हामी विचार गरौला नि ! बरु! भाईबहिनीलाई सम्झाउदै गर्नुस | म एकैछिनमा फोन गर्न लगाउछु " आँसुको भेल पुछ्दै बूढालाई यति भनेर फोन काटिदिए| यहाँभन्दा सुन्ने शक्ति पनि थिएन , न त बोल्न लबज नै थिए| एकै चोटी लामो सास फेरे | भकानो फुटेर आयो | सधै भगवानले पनि किन कमजोरलाई मात्रै हेप्छन ? सायद भगवाननै छैन होला यो संसारमा ? नत्र किन सधै कमजोर मात्र पिसिन्छन ?
अनेक प्रश्नहरु मनमा अन्तरङ्ग गर्दै थिए | आँखाका बलिन्द्र आँसु रोकिएका पनि थिएनन् !
20 F को जाडोमा पनि खल्खली पसिना आउन थालिसकेको थियो| मौसमको पनि केहि फरक परिरहेको थिएन |
एक्कसी मन गह्रुङ्गो भएर आयो | यो घटनाले मलाई नै यति निरिह र कमजोर बनाएको थियो मैले कसरी समिरलाई सम्झाउन सक्थे र ! आँखानै तिरिमिरी हुन थालीसकेको थियो !
म सरासर बरन्डाबाट निस्किए अनि गाडीको चाबी बोकेर कोठाबाट निस्किए | समिता के गर्दै थिई पनि याद भएन मलाई | म नजिकैको Gas Station मा गएर एक बट्टा marlboro light र एउटा lighter किने | मैले चुरोट खान छोडीसकेको कुरा पनि मैले बिर्सिसकेको थिए | अनि घर फर्किएर सरासर बरन्डातिर लागे | घर फर्किदा सम्ममा मैले तीन ओटा चुरोट खाइसकेको रहेछु पतै भएन मलाई | बट्टाबाट एउटा खिल्ली निकालेर सल्काएको मात्र क थिए समिताको आवाज ले झसङ्ग भए ! "आकाश ! तिमी यहाँ पो छौ ? मैले सारा घर खोजिसके , के गरेर बसेको नी तिमी !"
"यतिकै.............." समितातिर फर्केको मात्र के थिए , मेरो मुखमा चुरोटको ठुटो देखेर उसलाई फेरी देवी चढीहाल्यो |
"तिमी आहिले सम्म पनि चुरोट खान्छौ ? हामीलाई चाही छोडे भनेर झुट बोलेको तिमीले ? तिमीले मलाई सम्म झुट बोल्छु भनेर कल्पना सम्म गरेको थिइन | तिमी कस्तो घुसघुसे रहेछौ आज बल्ल थाहा पाए ?"
सास नफेरीकन भन थाली |
"सुन न समिरको ........?" मेरो आवाज त भुइँमा पनि खस्न नदिइ फेरी उसको गन्थन सुरु भयो |
"तिमीले मलाई सम्म यस्तो धोका दिन्छौ भने मैले सोचेको पनि थिइन | तिमीहरु केटा मान्छेहरु सबै उस्तै हो |सधै विश्वासघात नै गर्छौ | तिमीलाई विश्वास गर्नुनै मेरो गल्ति थियो | bla bla bla ................" रेडियो नेपालको समाचार भन्दा तेज रफ्तारमा गाली गर्न थाली |
म उसको गाली सुनिरहे अनि कति बेला उसका कुरा सिधिन्छ र आफ्नो कुरा भनौला भनेर कुरिरहे |
१५ मिनेटपछि बल्ल उ सान्त भइ | अझ पनि उसको नाकको टुप्पोमा मैले रिसचै देखिरहेको थिए |
"समिरको mummy बित्नु भएछ आज | उसको छिमेकी बाजेले फोन गर्नुभएको थियो | मैले समिरको फोन उठाइदिएको थिए अनि थाहा पाएको , त्यसैले समिरले आज यस्तो हालत बनाएको रहेछ .."
मैले यति मात्र के भनेको थिए समिताको आँखाबाट पनि बर्रर आँसुका धारा बग्न थाले |
मैले त्यहा भन्दा एक शब्द पनि बढी बोलीन | केटीको जात त्यही त हो नी अहिले रूहाबसी चल्न बेर लाग्दैन |
मैले समितलाई सम्झाउदै भित्र कोठामा लागे |
समिर उठछ की भनेर एक चोटी गएर घचाघचाए | तर उ बेहोससरह नै थियो |
धेरै कुरा मनमा खेल्न थाल्यो | हरिबोल बूढाले मेरो मनमा धेरै कतुहलता उब्जाईदिएका थिए |
आखिर के भएको थियो समिरको बाबालाई ? किन पापीहरुले त्यस्तो गरे भनेको होलान बूढाले ?
पापी समाज किन भनेका होलान ?? कस्तो दुख थियो त्यो ??
आदि इत्यादी प्रश्न मनमा खेल्न थालेको थियो ???
त्यहाँ भन्दा बढी मलाई प्राजितासंग बिछोड कसरी र किन भयो भन्ने जान्न मन थियो |
समिर नै थियो त्यो जसले मलाई समितासंग बिछोडिन खोज्दा सम्झाएको थियो |
मलाई अझ पनि याद छ त्यो sentence "You will never get back true love again in your life.You have to regret your whole life for this.” "
जे सुकै होस् आज समीरको डायरी पढ्ने निर्णय गरे | रिसाए पनि रिसाहोस |आखिर साथी हो मलाई पनि हक छ उसको बारेमा जान्न, अनि उसको दु:ख share गर्न | यही सोचेर म सरासर उसको बेडरूममा गए अनि सिरानी बाट उसको डायरी निकाले |
क्रमश ..............