[Show all top banners]

Bishnu Gautam

More by Bishnu Gautam
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दक्षिण एशियामानै नेपाललाई प्रख्यात पर्यटकीय गन्तब्य बनाउन सकिन्छ
[VIEWED 4369 TIMES]
SAVE! for ease of future access.
Posted on 05-08-13 2:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

   उत्कृष्ट पर्यटकीय सम्भावनाहरु बोकेको देश नेपाललाइ संभावनायुक्त ठाउँहरुको पहिचान गरी नयाँ नयाँ गन्तब्यहरु निमार्ण गर्न सकेमा पर्यटकको संख्या बढाउन पनि सकिन्छ र तिनको बसाईलाई लम्ब्याउन पनि सकिन्छ । यसबाट एकातिर देशभित्र रहेको बेरोजगारीको बिकराल समस्याको समाधान हुन जान्छ भने विस्तारै राष्ट्र समुन्नतिको मार्गमा लम्किँदै जान्छ । पर्यटन विकासका लागि चाहिने मूलभूत कुराहरु नेपालमा प्रशस्त हुँदाहुँदै पनि तिनलाई पूर्वाधारका रुपमा नलिईएका कारण धेरै क्षेत्रहरु उपेक्षित अवस्थामै छन् । उपेक्षित त्यस्ता क्षेत्रहरुलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गरी बैदेशिक मुद«ा आर्जनको दरिलो माध्यम बनाउनका लागि सरकारी, सामुदायिक र नीजि क्षेत्रका विचमा सहकार्य हुन सक्छ । त्यो सहकार्य मार्फत् पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सुधार र विस्तार गरी नेपाललाई प्रथम पर्यटकीय गन्तब्य बनाउन सकिन्छ । अर्कातिर पर्यटन उद्योगको दिगोपनाका लागि आन्तरिक पर्यटकहरुको पनि बृद्धि गर्न सकिन्छ । 
भर्खरै नेपाल पर्यटन बर्ष २०११ सम्पन्न भएको छ । अघिल्लो बर्षको तुलनामा दुई लाख पर्यटक संख्या बढि भएतापनि सरकारले राखेको १० लाख पर्यटकको लक्ष्य पुरा हुन सकेन । जम्माजम्मी आठ लाख पर्यटकको आगमनलाई नै पर्यटन बर्षको सफलताका रुपमा व्याख्या गरियो । तर नेपाल जस्तो व्यापक संभावना भएको देशका लागि यो संख्या एकदम न्यून हो । नयाँ नयाँ गन्तव्यको विकास गरी आकर्षक प्याकेज कार्यक्रमहरु दिन सकेमा पर्यटकको उल्लेख्य आगमन गराउन सकिन्छ । 
प्राकृतिक रुपमा नेपाल सुन्दर छ । विश्वका आठ हजार मिटरभन्दा माथिका उच्च शिखरहरु मध्ये सर्वोच्च शिखर सगरमाथा लगायत हालसालै पत्ता लागेको नवौं उच्च शिखर अन्नपूर्ण ईष्ट समेत गरी जम्मा ९ शिखरहरु यहीं छन् र तिनले बर्षेनी लाखौंको संख्यामा पर्यटकहरुलाई आकर्षित गरिरहेका छन् । विश्वकै उच्चस्थानमा रहेको तिलिचो ताल, नेपालकै गहिरो सेफोक्सुण्डो, अनुपम सौन्दर्यका साथ प्राकृतिक रुपमा रहेको नेपालको सबैभन्दा ठूलो रारा लगायतका तालहरु यहीं छन् । संसारमै सबैभन्दा फराकिलो उच्च स्थानमा रहेको भञ्ज्याङ “थोराङला पास” (५४१६ मि.) सहितको अति प्रशिद्ध अन्नपूर्ण पदमार्ग, एभरेष्ट–गोक्यो ट्रेकिङ रुट, गोसाईकुण्ड रहेको लाङटाङ–हेलम्बू ट्रेकिङ रुटका साथै पहिचान हुन बाँकी रहेका सयौं अति रोमाञ्चक तथा चुनौतिपूर्ण पदमार्गहरु यहि देशमा छन् । दुईवटा आठ हजार मिटरभन्दा माथिका शिखरहरु धवलागिरी र अन्नपूर्ण प्रथम विचमा रहेको विश्वकै गहिरो खोंच “कालिगण्डकी गर्ज” यहीं छ । अपार भौगोलिक विशिष्टता भएको यो मुलुकमा जैविक विविधता र पर्यावरणीय विविधता पनि छ । धार्मिक सहिष्णुताको सर्वोत्कृष्ट नमूना यही देशमा छ, साँस्कृतिक विपुलता पनि छ । विविध जातिका चराचुरुङ्गि तथा जिवजन्तुहरु, सिमसार र त्यहाँ मौषमअनुसार साइबेरियासम्म देखी बसाईसराईमा आउने चराहरु, संसारकै दुर्लभ र नेपालमा मात्र पाईने एकसिङ्गे गैंडा तथा काँडे भ्याकुर, थरिथरिका सुनाखरी तथा विभिन्न प्रजातिका गुराँस लगायतका अन्य पुष्प तथा  छ हजार पाँच सय भन्दा बढिका वनस्पतिहरुका लागि नेपाल प्रख्यात छ । आठ सय पचास भन्दा बढि प्रजातिका पुतलीहरुका साथै आठ सय असीका हाराहारीमा चराचुरुङ्गिका विविध प्रजाति पाईने हुनाले तत्सम्बन्धमा अध्ययन गर्न चाहने विज्ञहरुका लागि नेपाल चाखलाग्दो गन्तव्य सावित भएको छ । तब त नेपालले “वर्ड वाचर्स प्याराडाईज” को उपमा पाएको छ । विश्वका लगभग ५००० प्रजातिका स्तनधारी प्रजातिहरुमध्ये नेपालमा २०८ किसिमका प्रजातिहरु पाईन्छन् । आई.यू.सी.एन. ले पहिचान गरेका विश्वका दुर्लभ स्तनधारी प्रजातिहरुमध्ये कुल ३२ प्रजातिहरु नेपालमा पाईन्छन् । 
हामीसँग भएका प्राकृतिक सम्पदा, ऐतिहासिक धरोहर, विश्वकै उच्च हिमश्रृंखला, भौगोलिक बनावटको लाभ र सम्पन्न साँस्कृतिक सम्पदालाई प्रयोग गरि घुमन्ते तथा साहसिक पर्यटकहरु भित्राउन सकिन्छ । तिनै घुमन्ते पर्यटकहरुलाई हाइकिङ्ग, ट्रेकिङ्ग, माउण्टेनियरिङ्ग, ¥याफ्टिङ्ग, बन्जी जम्प, क्यान्योनिङ,  प्याराग्लाइडिङ्ग, हर्सराइडिङ्ग, जलयात्रा, माउण्टेन बाईकिङका लागि आकर्षित गर्नुका साथै स्पोर्ट टुरिज्म, हेल्थ  टुरिज्म, एग्रो टुरिज्म, होमस्टे टुरिज्मका लागि  वातावरण तयार गर्न सके पर्यटकहरुको संख्या बृद्धि हुने र प्रशस्त विदेशी मुद्रा देशमा  भित्रिने छ । यसका साथै स्थानिय रुपमा नै रोजगारीका प्रशस्त अवसरहरु श्रृजना गर्न सकिन्छ । 
   साँस्कृतिक रुपमा नेपालमा सीता सावित्रीको इतिहासदेखी बहुपति प्रथा रहेको नेपाल आफैं रमाईलो त छँदैछ, साँस्कृतिक तथा धार्मिक अभिरुचि राख्ने घुमन्ते पर्यटकका लागि विश्वप्रशिद्ध मन्दिरहरु, विभिन्न तिर्थस्थलहरु, राजा रजौटाको इतिहास समेटिएका ठाउँहरु,  विशिष्ट इतिहास भएको लुम्बिनीदेखी मुस्ताङसम्मका बुद्धकालिन कथाहरु समेटिएका धरोहरहरुको भ्रमण गराउन सकिन्छ । हामीसँग विश्वकै अग्ला हिमश्रृंखला, पहाड, तराई, नागबेली नदी, छाँगो, छहरा, गुफा, झरना, ताल जैविक विविधताले भरिपूर्ण आरक्षणहरु पनि छन् । ठाउँको विशेषता अनुसार बोटिङ्ग, ¥याफ्टिङ्ग, बन्जिजम्प, माउण्टेनबाईक, घोडचढी, ट्रेकिङ, हाईकिङ, क्यान्योनिङ, माउण्टेनियरिङ्ग, पाराग्लाईडिङ्ग, माउण्टेन फ्लाईट, रक क्लाईम्बिङ लगायतका सुविधाहरुले नेपाललाई साहसिक यात्राको स्वर्णभूमी बनाएको छ । स्पोर्ट ग्राउण्ड निर्माण गरी अभ्यासस्थल, रिक्रिएशन सेन्टर बनाई हेल्थ टुरिज्म समेत विस्तार गर्न सकिन्छ । भएका पूर्वाधारको संरक्षण÷प्रवर्धन तथा संभावनायुक्त ठाउँमा आवश्यक पूर्वाधारको विकास÷निमार्ण गरी नेपालमा विश्वकै ध्यान तान्न सकिन्छ । विशेषतः विश्वकै अत्याधिक जनसंख्या तथा अर्थतन्त्रमा पनि लामो फड्को मारिररहेका दुई विशाल मुलुकहरु उत्तरतर्फ चीन तथा दक्षिणको भारतका जनताहरुमध्येबाट कम्तिमा एक प्रतिशत सम्म पर्यटक भित्राउन सके बर्षभरिमा नेपाली जनसंख्या हाराहारिमा पर्यटक भित्राउन र अर्बौंको विदेशी मुद«ा आर्जन गर्न सकिन्छ । पर्यटन बर्ष २०११ को तथ्याङ्क अनुसार भारतबाट आउने पर्यटकको संख्या १३२,६५२ पुगेको छ जुन पहिलाको तुलनामा ४०.५ प्रतिशतले बढि हो भने चीनबाट आउने पर्यटकको संख्या ४०,२४४ पुगेको छ जुन कि ७४.४ प्रतिशतले बढि हो । प्रभावकारी पर्यटन रणनीतिको तय तथा कार्यान्वयन गर्न सकेमा यो संख्यालाई अत्याधिक बृद्धि गर्न सकिन्छ ।
 
पर्यटन रणनीतिः 
 
साहसिक पर्यटनका क्षेत्रमा नेपालको स्पष्ट पहिचान तथा नेपाली संस्कृतिको “अतिथि देवो भवः” को मान्यताको अनौठो संयोजन नै पर्यटकलाई नेपालतिर निरन्तर आकर्षित गर्ने एउटा बलियो आधार हो । यहाँको अद्वित्तिय सांस्कृतिक मौलिकता, भौगोलिक तथा जैविक विविधताले गर्दा बारम्बार पर्यटकलाई नेपालतर्फ खिचिरहेको हुन्छ । तसर्थ पर्यटन व्यवसायलाई प्रवर्धन गर्नका लागि निम्नानुसारका रणनीतिहरु अवलम्बन गरिनु जरुरि छ । 
ड्ड क्षेत्रिय तथा सम्भावनायुक्त बजारहरुमा बजारकेन्दि«त र प्रवर्धनात्मक कृयाकलापहरु गर्नु 
ड्ड संभावनायुक्त नयाँ पर्यटकीय गन्तब्यहरुको पहिचान गर्नु
ड्ड नीजि क्षेत्रलाई पर्यटन व्यवसायमा लगानी गर्न प्रोत्साहित गर्नु
ड्ड पर्यटन व्यवसायमा संलग्न मानवीय जनशक्तिको क्षमता विकास गर्नु
ड्ड पर्यटन प्रवर्धनका क्षेत्रमा स्थानियवासीको सक्रियता र संलग्नता बढाई स्थानिय ज्ञान, सीप र श्रोतको परिचालनमा जोड दिनु 
ड्ड खेलकुद तथा मनोरञ्जनका लागि विशेष कार्यक्रम तथा प्याकेजहरु संचालन गर्नु 
ड्ड हेल्थ रिक्रिएशन सेन्टरहरुको स्थापना गर्नु
काभ्रेपलाञ्चोकः पर्यटकीय संभावनाको अनुपम गन्तव्य
चिनारी
काठमाण्डौबाट एकदम नजिक (२२ किलोमिटर) भक्तपुरसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला पर्यटकीय हिसाबले अत्यन्त उपयुक्त ठाउँ हो  । काभ्रे जिल्लाको क्षेत्रफल १३९६ वर्ग कि.मि. रहेको छ । काठमाण्डांै उपत्यकादेखि  सबभन्दा  नजिकमा  रहेको अर्काे जिल्ला सदरमुकाम धुलिखेल हो । यस जिल्लाको सिमाना वागमती अञ्चलका काठमाण्डौ (पश्चिम), भक्तपुर (पश्चिम), ललितपुर (पश्चिम), सिन्धुपाल्चोक (उत्तर),  जनकपर अञ्चलका रामेछाप, दोलखा र सिन्धुली (दक्षिण) अनि नारायणी अञ्चलको मकवानपुर (दक्षिण) समेत गरी कुल आठ वटा जिल्लासँग जाडिएको छ । यस जिल्लामा अर्ध उष्ण, न्यानो समशीतोष्ण र ठण्डा शीतोष्ण गरी मोटामोटी तीन प्रकारका हावापानी पाइन्छ ।
ऐतिहासिक दृष्टिकोणले पनि काभ्रेपलाञ्चोक जिल्लाको आफ्नै विशेषता छ । नेपाल एकिकरणपूर्व पनि बर्तमान काभ्रे जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, खोपासी, नाला, साँगा, पलाञ्चोक, मण्डन, दाप्चा, नाल्दुम, चौकोट जस्ता लघु राज्य अथवा गाउँहरुले ईतिहासका पानामा आफुलाई सुरक्षित गरेका थिए । यी स्थानहरु धार्मिक, पुरातात्विक, राजनितिक, सामाजिक, व्यापारिक अथवा औद्योगिक महत्वका दृष्टिले निकै सम्पन्न छन् । 
हिन्दु एवं बौद्धमार्गीहरुका लागि यस जिल्लामा विख्यात मन्दिर र गुम्बाहरु रहेका छन् । तिनका बारेमा जान्न र बुझ्न चाहनेहरुका लागि त्यहाँ सम्पदाको भण्डार छ । पलाञ्चोक भगवती, चण्डेश्वरी, नमोबुद्ध, इन्द«ेश्वर महादेव, धनेश्वर महादेव, लड्केश्वर महादेव, व्रम्हायणी, रंगनाथ मन्दिर, गोरखनाथ, फुल्चोकी, शैलेश्वर, गोसाईस्थान, आशापुरी महादेव, करुणामाई भगवती, गौखुरेश्वर, दुलालेश्वर महादेव लगायतका तीर्थस्थलहरु देशभरि र विदेशमा समेत चिनिएका छन् भने जिल्लाभित्र मात्र ख्याति पाएका अनेकौं मठ, मन्दिर, गुम्बा, चैत्य, चर्च, ध्यान एवं सत्संग आश्रमहरु पनि उल्लेख्य संख्यामा रहेका छन् । 
साँस्कृतिक महत्वका निकै रोचक, आकर्षक र बृहत जात्रा एवं मेलाहरु पनि आवधिक रुपमा लाग्दछन् । विशेष ख्यातिका दृष्टिले १२ बर्षमा एक पटक लाग्ने पनौतिको मेला अर्थात् मकर मेला, हलसिद्धि जात्रा, पनौति जात्रा, नवदुर्गा जात्रा, धुलिखेलमा लाग्ने हरिसिद्धि मेला छन् भने प्रत्येक बर्ष जनै पूर्णिमाको दिन गोसाईंकुण्डमा लाग्ने मेला, बैशाख पूर्णिमामा लाग्ने चण्डेश्वरी जात्रा (बनेपा), कार्तिक पूर्णिमा (हरिबोधिनी एकादशीपछिको) मा लाग्ने नमोबुद्ध दर्शन (श्यामपाटी सिमलचार), हरिबोधिनी एकादशीमा लाग्ने लड्केश्वर महादेव जात्रा (बल्थली), माघ महिनाभर लाग्ने धनेश्वर महादेव दर्शन (धनेश्वर) महत्वपूर्ण मानिन्छन् ।   
राजधानी काठमाण्डौसँग अत्यन्त नजिक हुनु, अरनिको र बी.पी. राजमार्गको लामो खण्डले यस जिल्लालाई जोड्नु, पर्यटकीय स्थलको प्रचुरता हुनु, प्राकृतिक सम्पदाको यथेष्ट उपलब्धता रहनु, राष्ट्रिय स्तरको सूचना–प्रविधि पार्कको स्थापना हुनु, काठमाण्डौ विश्वविद्यालय र अरु अन्तराष्ट्रियस्तरका नीजि शैक्षिक संस्थाहरु संचालन वा संचालनोन्मुख रहनु, शीर मेमोरियल अस्पताल तथा धुलिखेल अस्पताल हुनु, कृषि उपजहरुका लागि राजधानी जस्तो विशाल बजार प्राप्त हुनु जस्ता कारणहरुले जिल्लाको भावी विकास तथा पर्यटन व्यवसाय समेतलाई टेवा पु¥याउन सक्ने देखिन्छ । 
पर्यटकीय संभावना र आधारहरुः
काभ्रे जिल्लामा पर्यटकीय हिसाबले रहेका विभिन्न ठाउँहरु छन् – एउटै ढुंगामा रहेको मानिने पनौति बजार, पलाञ्चोक भगवती, चण्डेश्वरी, पुरानो शहर धुलिखेल बजार, हजार सिंढी बुद्ध स्तुपा, नमोबुद्धको ऐतिहासिक महत्व, स्तरीय पर्यटक भित्राउन सफल मनोरम नमोबुद्ध रिसोर्ट, त्यहाँ रहेका विशाल गुम्बा, कोशीपारि रहेको मूलखर्क भिमसेनस्थान देखी जरङ्गे बाङ्थली मा रहेको आकाशे साँघु, हात्तिसुँढे मान्कु छाँगा, हात्ति छाँगा, ऐतिहासिक नागरे टक्सारदेखी बाह्रै महिना पहिरो गैरहने ठाउँको विचमा सुरक्षित रहेको ऐतिहासिक दुत्तिपैरा खडादेवी मन्दिर, पारिपट्टि रामेछापमा रहेको ऐतिहासिक सैलुङ्गेश्वरी गुफा, चोरीखालामा रहेको चक्रे महादेवस्थान, देउपोखरीको ऐतिहासिक कथा, गोल्माराजाको दरबारको भग्नावशेष आदी महत्वपूर्ण ठाउँका अलावा जलयात्रा तथा मनोरञ्जनको प्रशस्त आयाम बोकेको इन्द«ावती र भोटेकोशी मनोरञ्जन पर्यटक आकर्षित गरी आयआर्जन गर्न सकिने मुख्य माध्यम हुन सक्छ । भोटेकोशिकै सिन्धुपाल्चोक खण्डमा रहेको लाष्ट रिसोर्ट बन्जि जम्प स्टेशनका रुपमा  त्यहींबाट शुरु हुनु, साहसिक राफ्टिङ्ग यात्रा आदि छन् भने दोलालघाट बगरमा बोटिङ्ग स्टेशन तथा नदी किनारामा रेष्टुरेण्टहरु निर्माण गर्न सकिने देखिन्छ । प्राकृतिक रुपले भरिपूर्ण बल्थली माउण्टेन बाईकिङ र दृष्यावलोकनका लागि उपयुक्त मानिन्छ भने हाइकिङ्ग तथा सर्ट ट्रेकिङ्गका हिसाबले पनि काभ्रेका धेरै ठाउँ राजधानीबाट नजिक, सजिलो र आकर्षक गन्तव्य हुन सक्छन् । सुन्दर पर्यटकीय नगर धुलिखेल सुन्दरताको धनीसँगै पदयात्राको प्रवेशद्वार पनि हो । यहाँबाट काभ्रेको विभिन्न सुन्दर गाउँहरुको पदयात्रा गर्न सकिन्छ । यहाँबाट लगभग ४–५ घन्टामा नगरकोट पुग्न सकिन्छ भने नगरकोटबाट पुनः चिसापानीको पदयात्रा गरी काटमाण्डौं पुग्न सकिन्छ । 
पर्यटकीय गन्तव्यका रुपमा स्थापित भैसकेका नगरकोट, धुलिखेल, खावा, नमोबुद्ध आदि ठाउँलाई सहित मध्यनजर गर्दै अन्य धेरै गन्तव्यहरु स्थापना गर्न सकेमा पर्यटन व्यवसायले नै रुपान्तरण ल्याउन सक्छ भन्ने कुरामा त्यहाँका स्थानिय वासिन्दा सचेत देखिएका छन् । यतिखेर त्यस क्षेत्रका स्थानियबासीहरु मिली होम स्टे टुरिज्मका लागि हातेमालो गर्न हतारिएका छन् । हालै केही व्यवसायीहरुले पात्लेखेतमा संचालन शुरु गरेको होम स्टे टुरिज्मले गर्दा यस्ता धेरै होम स्टे गन्तव्यहरु स्थापना गर्न सकिने र गर्नुपर्ने विश्वास लिई काम थालिसकेका छन् । 
स्थानिय बासिन्दाहरुको सहकार्यमा पर्यटनको मुख्य मार्गको रुपमा “समाजकल्याण नगरकोट पर्यटन सडक” निर्माण गर्ने उद्देश्यले १३ सदस्यीय सडक निमार्ण समिति गठन भै काम गरिरहेको छ । यसले पहिलो चरणको २२.३३३ किमि सडकको सर्भे चरणको कार्य पूरा गरी भ्कतष्mबतभ ःबउउष्लन, आवश्यक डकुमेन्ट तयार गरिसकेको छ । ऋयकत भ्कतष्mबतष्यल अनुसार प्रति किलोमिटर ५० लाख निर्माण लागत लाग्ने उक्त सडकको लागि ११ करोडभन्दा माथि खर्च हुने देखिन्छ । 
हालसालै जिविस, काभ्रेको आर्थिक सहयोगमा त्यसमार्गको विचमा मानेगाउँ भ्यू टावर निमार्ण कार्य शुरु भएको छ । साथै शान्ति मन्त्रालयबाट निर्माण भैरहेको मानेगाउँ पिकनिक पार्कले त्यहाँको महत्व बढाउने देखिन्छ । नौ जिल्ला प्रष्ट देख्न सकिने ऐतिहासिक द्वारपाल डाँडा आकर्षणको केन्द« बन्न सक्छ ।  नाल्दुम गाविसमा रहेको सामुदायिक जंगल बर्ड वाचिङ्गका लागि महत्वपूर्ण छ । 
त्यस क्षेत्रको रुपान्तरणमा सक्रिय रहेर शिक्षा, स्वास्थ्य, सीप विकास, कृषि पर्यटनलाई महत्व दिंदै आएको लक्ष्मी प्रतिष्ठान तथा लभ ग्रिन नेपालले समेत होम स्टे पर्यटनलाई महत्वपूर्ण मान्दै तद्नुरुप काम गरिरहेका छन् । खासगरी पर्यटन व्यवसायीको मृत्युपछि स्थापना गरिएको लक्ष्मी प्रतिष्ठानले पर्यटनलाई झनै महत्वपूर्ण मानी पर्यटन पूर्वाधार विकासलाई विशेष महत्वका साथ हेरी त्यसमा सघाउ पुग्ने विभिन्न तालिमहरु संचालन गर्दैछ । यतिखेर पाँचखालदेखी नगरकोटसम्मका बस्तिहरु पर्यटन व्यवसायकै माध्यमले रुपान्तर हुन सकिनेमा विश्वस्त छन् र पर्यटकीय महायज्ञमा होमिन तम्तयार छन् । स्थानिय बासिन्दाको यो अभियानलाई सघाउ पु¥याउनका लागि चौतर्फी सहयोग तथा आकर्षक प्याकेज बनाउनु पनि जरुरि छ । 
 
 
 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters