अष्ट मान.....................
(साझामा एउटा धागोमा "बक्सियोस, खैसियोस" शब्दावली प्रयोगमा भैरहेको बहस पढेर पुरानो एउटा घटना याद आयो. जो जुन परिवेशमा हुर्कि बढेको हुन्छ , जुन समाजमा जीवन जगत अर्पण गरेको हुन्छ, त्यसको भाषा र बोली त्यै परिवेश र समाजको प्रतिबिम्ब हुन्छ. त्यसैले कसैले बक्सियोस भन्दा टाउको दुखाउनु पर्दैन भने कसैले तँ तिमी , गरिस भनिस भन्दा अपमानित महसुस गर्नु पर्दैन.)
"अष्ट मान" हाम्रो अफिसको प्लम्बर/खानेपानी टेक्निसियन. पढे न लेखेको भए नि उनको हात मा जादु थियो र अष्ट मान जुन सुकै योजनामा अत्यावश्यक अंग भएको थियो . चापा गाउँका सामन्य किसान, उनको सुबिधाको लागि चापा गाउँ फिल्ड अफिस मै हाजिर गर्ने गरी आबश्यकता अनुसार विभिन्न योजना हेर्ने गरी खटाइएको थियो. त्यसो त हात मा शीप नभएका मन्त्री र हाकिमका माली देखि साला साली समेत प्लम्बर र टेक्निसियन हा जा खानेहरु अर्को २० जना जति थिए तर काम गरी खाने अष्ट मान जस्ता ३-४ जना मात्र थिए. अष्टमान तिनै ३-४ जनामा अब्बल.
एक पल्ट टेक्निसियनहरुको ७ दिने तालिम पोखरामा हुने भए छ . कसो गरी अष्टमानले पनि थाहा पाएछ यो खबर . अन्यथा यस्ता तालिम सालिम र प्रशासनिक खेल सेलबाट सधैं टाढा नै बस्ने कर्मयोगी शुद्ध किसान थियो अष्ट मान. .
जिल्ला अफिसमा तलब लिनको लागि महिनाको अन्त्य तिर मात्र आउने अष्टमान १५ गते नै आइपुगे छ . सर नमस्कार भन्दै मेरो कोठामा आए . उसलाई नेपाली बोल्न अप्ठेरो लाग्ने अथवा भनौ नेवारी सहज र प्राकृतिक लाग्ने भएको ले म संग जहिले नि नेवारी मै कुरा हुन्थ्यो .
"पोखराय टेक्निसियन तयागु छ वा या तालिम डु हँ , जी न वने सर , सिफारिस याना बिया दिसं ले सर
(पोखरामा १ हफ्ते टेक्निसियन तालिम हुँदै छ , सिफारिस गरि दिनुस न सर )
"पोखरा छक: चाहिले मासिवल .... मनकामना छक वानागु बाहेक गनं हे हे मवना नि सर.
( पोखरा एक पल्ट हेर्ने रहर छ सर , मनकामना एक छोटो बाहेक जिन्दगी मा अन्त कतै गएको छैन )
"छन्त सिफारिस याए डु सा ले जी लायेताये नि , नामावली हेड अफिसं तयार याई ... जी वने मानी डिजी यात धया बीइ का म जिउला ?"
( तपाईं लाइ सिफारिस खुशीका साथ् गरि दिन्छु नि , हेड अफिस मा नामावली तयार हुन्छ, आजै गएर डिजी साहेब संग कुरा गरि दिन्छु , हुन्छ ? )
"सर या जय जुइ मा"
(सर को जय होस् )
"जि न छक डिजी नाप लाए म जिउला ??"
( म पनि एक पल्ट डिजी साहेब लाइ भेट्छु , हुन्छ ??)
भेटेर आफ्नो कुरा राख्दा बेश नै हुन्छ . संगै जाने भए १ बजे बिभाग जाने कार्यक्रम रहेको सुनाए. उसको मन मा कुन ज्वारभाटा चलिरहेको थियो के थाह? १ बजे सम्म न कुर्ने अहिले नै बस मा जाने कुरा गरे र अफिस बाट हिडे. मलाइ थाहा थियो बस बाट गयो भने पनि त्यो १ न बज्दै पुग्ने छैन बिभाग .... तै पनि उ हिडे .. शायद जिन्दगी मा पहिलो पल्ट पोखराको सपना देख्दै छ र छिटो पोखरा पुग्न चाहन्छ, पोखरालाई चुम्न चाहन्छ .
करिब करिब सवा एक बजे म पनि डिजी ( अर्थात महा निर्देशक ) साहेब को कोठा मा पुगें ... डिजी साहेब आफ्नो कोठाबाट निस्कदै गर्दा पीए को कार्यकक्ष मै भेट भयो.
"हैन इन्जिनियर साहेब, कस्तो टेक्निसियनलाइ भेट्न पठाएको तपाईंले ?" डिजी साहेब को मुख रातो पिरो , दुर्बासा ऋषिको जस्तो .
"के भन्यो सर ... के गर्र्यो अष्टमान ले ??
“ मलाई त तँ भन्छ बज्जे ले “
कुरा बुझियो . मैले “ सर अष्ट मान तर्फबाट म माफी माग्छु . भित्र जाउँ सर म सविस्तार भन्छु' भनें .
अष्टमान बाहिर निस्के . हामी भित्र .
भएको कुरा के रहेछ भन्दा .................... अष्टमान डिजी साहेबको कोठा मा बिना चिट पीए ले पनि न देख्ने गरी छिरे छ . डिजी साहेब ले कसलाई भेट्न आएको भन्दा “ तँ लाई भेट्न आएको “ भने छ . डिजी साहेब लाई तँ भन्ने हिम्मत शायदै कसैले गर्थे होला . डिजी साहेब रिसाउनु जायज थियो.
"मलाई तँ भन्ने ??" डिजी साहेब रिसाउनु भए छ .
" तँ लाई तँ न भने 'म' भन्ने त ??" अष्टमान को हाजिरी जवाफ पनि बेजोड कै थियो . अनि के चाहियो ... डिजी साहेब को पारो इलाहाबादी पारो सरि बढी हाल्यो .
ढन्न टाइम मै पुगेछु र यो काण्डले उग्र रुप लिन पाएन . मैले डिजी साहेब लाइ स्पष्ट भनें “ अष्ट मान लाई नेपाली राम्रो संग बोल्न आउन्दैन . उसले तिमी तपाईं हजुर र तँ को भेद छुट्याउन सक्दैन. उसले जानेको शब्द नै तँ हो. त्यसको मनमा कपट छैन . ललितपुरको खाने पानी चलाउने नि अष्टमान र अरु २-३ जना टेक्निसियनहरुले हो . त्यसैले त्यसको तँ लाई अन्यथा न लिनु भै पोखरा तालिम मा समाबेश गरि दिनुस. यहि आग्रह बोकेर आएको हो . थानकोट नै बिरलै काटेका अष्टमानहरुको मन निर्मल छ , हातको सीप र पसिनाले जिवन चलाएको छ . पोखरा हेर्ने सपना यो जुनी मै पुरा गरि दिनुस . हाम्रो बिभागलाई अष्टमानहरु को जरुरत छ .
तालिम को लागि अष्ट मान पनि छनौट भए छ .
अस्तु !!!!!!!!!!!!!!!
Last edited: 01-Jul-13 03:54 PM