[Show all top banners]

Rajanthapaliya

More by Rajanthapaliya
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म भ्रस्ट हुँ
[VIEWED 5783 TIMES]
SAVE! for ease of future access.
Posted on 10-14-13 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भ्रस्ट हुँ
                                                                                                                                                                         राजन थपलिया
rajanthapaliya@gmail.com
 “देश प्रती बलत्कार्, जनता माथि लात हान्ने प्रबृति,अनी देश लाई खोक्रो पार्ने निकृस्ट बिचार हरु को पराकास्ट हो भ्रस्टाचार” – लेनिन
भ्रस्ट + आचार अर्थात् भ्रस्टाचार, भ्रस्टाचारी हरु को लागि घुस खानु भनेको हामीले अचार खानु जस्तै हो ।  कती ले त सिधै भन्छन अचार बिना त काम गर्न सकिदैन हजुर्, बुझ्दिनु पर्‍यो नि अलि अलि त । हो. हो.. हो… म भ्रस्ट हु भन्ने आत्म बोध नभए सम्म भ्रस्टाचारी ले भ्रस्टाचार गर्न कहिले छोड्दैन । यही कुरा समाज को चोर फटाहा देखी डन सम्म सबै मा लागु हुन्छ । पहिला त मान्छे ले म को हु ? म के गर्दै छु अनि म कहाँ जदै छु भन्ने कुरा को बोध नभए सम्म समस्या को समाधान गर्न सकिदैन । जब सम्म मान्छे को मन मा लोभ लालच्, मोह्, र कुन्ठित बिचार रही रहन्छ तब सम्म भ्रस्टाचार भन्ने शब्द उसको जिबन बाट हट्दैन । भ्रस्ट ब्यक्ती ले गाउ समाज अनि राष्ट्रअ नै खोक्रो पारिदिएका धेरै उदाहरण हरु छन । तै पनि उ भनि रहन्छ हाम्रो देश सुन्दर छ, हाम्रो देश सान्त छ अनि बिसाल छ । देश मरुभुमी भई सक्यो तैपनी सान्त छ भन्न पनि लाज लाग्दैन लाज पचे पछी मानब हो कि पसु हो छुट्त्याउन पनि गाह्रो हुन्छ । जनता मा भ्रम छर्ने हरु को कमी छैन, झुटो अदर्श बोकी हिंड्ने ब्यक्ती पनि समाज को लागि भ्रस्ट हो । हाम्रो नेपाली समाज म त भ्रस्ट भन्ने बितित्कै नेता लाई मात्र गाली गर्छन । हेर्नुस समाज मा नेता मात्र भ्रस्टाचारी छैनन । सिक्षा को नाम मा, समाज सेवा को नाम मा अनि धर्म को नाम मा भ्रस्टाचार बड्ढो छ । तैपनी देख्दैनन अनि खाली नेतालाई गली गरेर समय काटी रहन्छन । सास्त्र अनुसार, भ्रस्टाचार लाई समाज को सर्प कोसंज्ञा दिइएको छ । भ्रस्ट भने का ति हुन जो नरक बासी हुन भनेर बुझ्नु पर्द छ भने र चाणक्य निती मा उल्लेख गरिए को छ । बाइबल अनुसार " भ्रस्टाचार त्यहाँ हुन्छ जहाँ सासक हरु निर्बल हुन्छन अनि जहाँ अनैतिक समाज छ त्यही भ्रस्टाचारको जन्म हुन्छ ।" 
सिक्षा को नाम मा जता भावी महँगो स्कुल हरु खुली रा छन । डुप्लिकेट सटिफिकेट को दिन रात किन बेच भ इ राखेको छ । भेद भाब देखी बिधार्थी हरु माथि सिक्षा को नाम मा बिभिन्न खेलबाड भ इ रहे को छ तैपनी समज मौन छ । ब्यक्तिगत स्वर्थ को लागि एन जि ओ हरु खुली र छन भ्रस्ट हरु घर बसी बसी पैसा कमाइ राछन । भ्रस्टाचार गरी कमाएको धन ले न त शान्ति दिन्छ न त आनन्द सधै डरै डर यती सनो कुरा थाहा हुँदा हुँदै पनि मान्छे हरु भ्रस्टाचार गर्न छोड्दैनन । किनकी मानसिक चेतना को कमी छ । त्यसैले जुन कुरा ब्यर्थ छ त्यसै को पछी लागी राछन । 
मन सँग मोह अर्थात् पाउने इच्छा, जब सम्म त्यो मोह भङग हुँदैन तब सम्म हाम्रो देश हाक्ने ब्यक्ती हरु पनि भ्रस्टाचार देखी अछुतो रहन सक्दैनन । अनि जम्मा पारी रहन्छन सात पुस्ता लाई पुग्ने धन सम्पती । मरे को बेला सँगै लान मिल्ने भए लैजान्थे यिनी हरुले, यता भ्रस्ट हरु लाई बिश्वाश गर्ने हामी त्यसैले त मुर्ख छौ । त्यो बना को नै हामीले हो । हात मा हात मिलाई रहेउ चुप चाप केहि बोलेनै त्यसैको उनि हरु धन ले मोटो हुँदै गए हामी चाही दिन प्रती दिन गरीब ।
बुद्ध ले कहिलेइ भनेका छैनन कि मुर्ती पुजा गर भनेर तर बौद्ध भनउदा हरु दिन प्रती दिन बुद्ध कै पुजा अराधना गरी रा छन्, त्यसले  सही भन्दा पनि बुद्ध को सन्देश लाई गतल बाटो तर्फ लागि रा छ । अझ कती पए त बुद्ध को मुर्ती पुजा गर्दै यती धन देउ भ गवन  उति देउ, यतो उस्तो माग्दै मा ब्यस्त छन । भक्ती बिना को पा ठ पुजा अनि नित्य कर्मा यि सबै कुकर्म हरु हुन । अझ मुर्ती पुजा गरेर भ ग वान सम्झे र माग्नु त महा पाखन्ड हो । आज भन्दा दश बर्षा अघी म पनि बेला बेला मा पसुपती नाथ ग इ पुजा गर्दा यस्तो देउ उस्तो देउ भ ग वान भने र मागी रहन्थे । तर केहि पाइन मैले मात्र के भए भन्दा एक भ्रस्ट दर्शा ना अर्थी । म भ्रस्ट भए, अनि जब देखी जब देखी ति मोह हरु भङग भए त्यपछी जिबन मा कु नै किसिम को लोभ लालच रहेन । भ्रस्ट भने कै अनित्य कर्म हो । भ्रस्टाचार भने को ब्यभिचारी हरु को लागि सुत्ने बस्ने खाने घर हो । अचेल धर्म को नाम म धेरै भ्रस्टाचार भ इ रा छ । ज्योतिश सास्त्र को नाम मा भ्रस्टाचार भ इ रहेको छ । च्याउ उम्रे सारी गल्ली गल्ली मा कर्म कान्ड गर्ने देखी आफु लाई ठुला ज्योतिश भने र परिचय गराउने हरु को कुनै कमी छैन । यि ढोंगी बाबा हरु धर्म दर्शन को नाम मा कुख्यात सर्प हरु हुन । समाज भाड्ने नै यिनी हरु हुन । भ्रस्टाचारी नेता लाई समाज बाट बहिस्कार गरे जस्तै यिनी हरु लाई पनि समाज ब टै बहिस्कार गर्नु पर्छ ।
बिछिप्त समाज को रेख कोर्ने लाई राज्य ले सजाय नदिए जनताले दिनु पर्छ । राजनिती भने को संसारको सबै भन्दा ठुलो बिज्ञान हो । कुनै पनि देश को राजनीति ठीक छैन भने त्यहाँ को  जनता को जिबन स्तर पनि राम्रो हुँदैन जहाँ जनता को जिबन स्तर राम्रो छैन अनि सुधारमुखी बाटो म कुनै नेता पनि लगेनन भने त्यस्तो ठाउमा राजनिती गर्नु को कुनै अर्थ हुँदैन । न त त्यस्तो देश म बस्नु को कुनै अर्थ रहन्छ । राजनैतिक अस्तब्यत  भएको देश मा बस्नु भने को आफै लाई कडा घारी मा फ्याक्नु जस्तै हो । मान्छे जहाँ राम्रो छ त्यही गएर बसोबास गर्नु पर्दछ किनकी बुझ्ने हरु को लागि यो सिङो पृथिबी नै घर हो । ऋषि मुनी हरु सधै सोर्ग को खोजी गर्दछन । सत कर्म अनि सत बिचार गर्नु नै सोर्ग जाने पहिलो बाटो हो तर भ्रट हरु लाई सात पुस्ता लाई पुग्ने धन थुपर्दै मा फुर्सद छैन । यिनी हरु मान्छे को नाम मा जनावरर हरु हो । ति जनावर जती फेर पनि काटिन सक्छन मारिना सक्छन । तर यो चेतना तीन हरु मा आए को छैन आएको भए त उनि हरु ले भ्रस्ट्चार नै गर्दैन थिए ।
कतिपए नेता हरु बुझी बुझी पनि बुझ पचाउने, सुने पनि नसुने जस्तो गर्ने प्रबृती छ तर सास्वत सत्य के हो भने आफु लाई जती सुकै बाघ र सिंह भन्ने हरु पनि मृत्यु को अघी झुकेका छन । भ्रस्ट चारी लाई फासी  भन्दा अर्को सजाए हुनै सक्दैन किन भने उनि हरु एक काम ले सुन्छन अर्को कान ले उडाइ दिन्छन । लात को भालु लाई बात ले सम्झाएर पनि हुन्छ । बर्तमान परिस्थिति म हेर्ने हो भने जुन देश मा मृयु दण्ड छ त्यहाँ भ्रस्ट चार कम हुँदै ग इ रहे को छ ।
भ्रस्ट चार कम गर्ने एउटा मात्र उपाय भने को देश मा कडा कानुन कार्यन्यन गर्नु हो । यस्तो कानुन होस जुन देखे र नै भ्रस्ट चारी को मन भङग होस । त्यती गर्न सके मात्र हामी राष्ट्र निर्माण को लागि एकजुट हुन सक्छौ । एउटा पोखरी मा हास ले अरु चिज लाई छोडी दुध को थोपा लाई टिपे जसरि मान्छे ले पनि जिबन मा आफ्नो लागि महत्व के हो बुझ्नु पर्दछ । भ्रस्ट चा रि लाई गाली गरे र बस्नु भन्दा लौ आउनुस आजै बाट आफ्नै जिबन सुधार्न पट्टी लागौ । दिन प्रती दिन हामी सुध्रिदै जाने हो भने समाज मा कोही पनि भ्रस्ट को जन्म हुँदैन । त्यसैले त नेपाल का युबा दार्शनिक डा योगी विकाशानन्दले भन्नु भए को छ - "संसार लाई बदल्नु छ सुरु आफै बाट गर्नु छ ।" 
 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters