This poem does not mean that I am leaving "माया पाएकी केटी" I am trying hard to finish that story,However last few days I am finding difficulty in finding rythm. so I am trying to write few poems to bring that rythm.I want to apologize to all the readers who are waiting my stories next part.Friends It still under construction, I ll post ASAP..till then hope you ll like this poem.
उ मान्दिन
उसलाई छोड्न मन मान्दैन
उ मलाई गन्दिन
म उ वाहेक अरु भन्दिन
कुन समितिमा हो कुरा
राख्ने?
त्यहिँ कुरा लाउनुपर्ला
लोकमानजी लाई नभए त्वं शरणं भन्दै
आफ्नो कष्ट पोखाउनुपर्ला
अव मुद्दामा अदालत धाउनुपर्ला
त्यति गर्दा नि नभए
मोदि वोलाउनुपर्ला
********* ************
********
मेरो फोटो हेरेर
सारा संसार भुल्न
अनि रुखा उसको मनमा
मेरा सपना फुल्न
सार्क सम्मेलन गराउनुपर्ला
अव मुद्दामा अदालत
धाउनुपर्ला
त्यति गर्दा नि नभए
मोदि वोलाउनुपर्ला
******** *******
*********** *******
स्वार्थको त्यो धुलोले
मेरो अनुहार उ देख्दिन
उडिरहन्छे आफ्नै उडानमा
मेरो गल्लि कहिल्यै टेक्दिन
सके उसलाई सँगै हिँड्न
मनाउनुपर्ला
नसके वाटोमा जाम
वनाउनुपर्ला
अव मुद्दामा अदालत
धाउनुपर्ला
त्यति गर्दा नि नभए
मोदि वोलाउनुपर्ला