पर अर्कै कित्तामा बसेर हेरे पछि त fallacy हुने नै भयो बिचमा आएर हेर्नु वा अर्को कित्तामा बसेकालाई सोध्नु अनि थाहा होला, fallacy हो कि हैन भनेर |
सरकारी सेवाका कामदार र अरु छेत्रका कामदारको प्रतिशत तुलना गर्नु मेरो बिचारमा स्याउ र सुन्तला दाँजे सरह नै हो किनकि सरकारी सेवाका कामदारले अरु क्षेत्रको भन्दा मुलुकको बिकाश मा मुलुक को हरेक काम-काजमा अलि बढी नै सहभागिता हुन्छ र उनीहरु अरु भन्दा देशप्रतिको उत्तर दायित्व बढी नै हुन्छ | अब त्यस्तो सेवामा कुनै बखत ९२% भन्दा बढी कामदार यौटै समुदायका थिए हाम्रो जस्तो धेरै समुदाय भएको देशमा |
अर्को कुरो: fit र smart को सम्बन्धमा (जात संग सम्बधित नहुन सक्छ - साझा सवाल हेरेर थाहा पाएको): देशले ब्रिद्दहरुलई बृद्ध भत्ताको बेबस्था गरेको छ | त्यो लिन नागरिकता चाहियो, अनि नागरिकता बनाउने अहिले गाउँमा आफ्नो जमिनमा चर्पी भएन भने गा.बि.स. ले सिफारिस नगरिदिने रहेछ | दलितहरुको आफ्नो जमिन नै छैन रहेछ - अनि भुत्रु बनाओस र चर्पी आफ्नो जमिनमा - अनि खाए गा.बि.स. सचिबले पचाए दलितको सामाजिक भत्ता उनीहरु मरि सके पछि पनि |
यसै सम्बन्धमा तिमीले भने जस्तै अरुले पनि अरु जातिहरु पढ्ने बेला गुच्छा खेलेर बस्छ, अनि अब ठुलो पद चाहियो रे | कृपया हेर्नु होला त्यो episode - जसमा २१ बर्सको दलित अहिले सम्म कहिलै पनि स्कूलको अनुहार देखेको छैन भन्छ | अर्को दलित SLC बल्ल तल्ल पास भए पनि सिक्षक त छोडी दिउन पियनको पद समेत दलित भएकोले नपाएको गुनासो गछन | अनि साझाका विद्वान हरु कोहि नेपालमा जात भात छैन, यो सबै प्रायोजित हो भन्छ | अनि अरु आएर fallacy भन्दै आफ्नो smartness, cunningness, र fitness भएको प्रमाणित गर्न खोज्छ | धन्य हामी नेपाली |