||| बिछोड "I" |||
झझल्को सुइरोको अर्को नाम हो,
च्वास्स् घोच्छ्|
भारी छ र नै त चौतरो खोजिन्छ |
यात्रा ऊग्राउदै गरेको, बडेमानको भैसी जस्तै
लम्मतन्न परेर लडेको छ|
चौतरोमा सुस्ताउदै सहयात्रीसङ् बात मार्नुको मज्जानै बेग्लै|
मस्तिस्कले भारी चाटक्कै छाडिदिन्छ,
एकैछिन् भएपनि |
बास्तबिक्ता!
थाप्लोमा नाम्लोको डाम्,
र ढाडमा भारीले उठाएको ठेलो|
चाहना, सपना, ईछ्या, आकंक्षा, प्यास्, आश,
मिलन, बिछोड, आदि इत्यदिले जतन गरी कसेको भारी|
भारीभित्र कुनाकोप्चामा कोचिएका पोकापन्तुरा|
पोको फुकाउदै सहयात्रीलाइ देखाउदा
छामिदिने अनि बुझिदिने आशा |
माया!
द्रिस्टी गुमाएको समाजमा एस्को परिभाषा धमिलो छ्|
शायद मलम र माया एउटै धारमा बग्दछ|
त्येसैलेहोला मलमलाई माया भनि
दिग्भ्रमित भएकाछौ हामी साधारण मान्छे|
म पनि एस्को परिभाषामा अल्झिऐको छु ,
भौतारीएको छु|
त्येसैले म बहकिएको छु।
गनाएको छु।
भनिन्छ माया गासिएपछि फुकऊन् गार्हो|
समय बलबान छ र कठोर पनि|
त्येसको अघिल्तिर निरिह हुनुनै पर्ने बाध्यता|
निधारको डाम र ढाडमा उठेको ठेलो सन्चो हुन नपाउदै,
समयलाइ फेरि भेटाइदिने जिम्मा दिई
बढनुछ,
लमतन्न परेर सुतेको निस्पट्ट कालो यात्रामा ............................