कार्यक्रममा रिपब्लिकाका सम्पादक प्रतिक प्रधानलाई पनि सम्मान गरिएको थियो । प्रधानलाई शान्ति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । त्यस्तै बरिष्ठ पत्रकार किशोर नेपाललाई संघर्षशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।
क्लवले पुरस्कार छनौटका लागि ७ सदस्यीय समिति गठन गरेको थियो । बरिष्ठ पत्रकार एवं पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा गठित समितिमा बरिष्ठ पत्रकार शुभशंकर कंडेल, शुधिर शर्मा, विष्णु निष्ठुरी र नारायण वाग्ले रहनु भएको थियो । त्यस्तै सूचना विभागका महानिर्देशक श्रीधर गौतम र सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मी सदस्य रहनु भएको थियो ।
रिपोटर्स क्लवका देशभर रहेका शाखामा आवेदन जम्मा गरिएको थियो । देशभरबाट संकलन भएको करिव ६ सय आवेदनबाट पत्रकार श्रेष्ठलाई छनौट गरिएको संयोजक आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘धेरै जनाको बीचबाट एक जना छान्नुा आफैमा चुनौतिपूर्ण हो । तर पनि सबै पक्षको मूल्यांकनबाट हामीले पत्रकार श्रेष्ठलाई छनौट गरेका हौं । उहाँले सानै उमेरको भए पनि उहाँले गर्ने राजनीतिक विश्लेषण र रिपोर्टहरु साच्[Disallowed String for - ...]ै उच्च तहका छन् । त्यस्तै पत्रकार प्रतिक प्रधानले नेपालको शान्ति प्रक्रियालाई संस्थागत गर्न पत्रकारिताको माध्यमबाट पु¥याएको योगदान साच्[Disallowed String for - ...]ै सम्मान योग्य छ । त्यसैले हामीले उहाँलाई छनौट गरेका हौं भने पत्रकार किशोर नेपालको संघर्षको चर्चा त हामीले गर्नै पर्दैन ।’
रिपोटर्स क्लव नेपालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रत्येक वर्ष पुरस्कार वितरण गर्दै आएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कारको रुपमा लिईने यो पुरस्कार गत वर्ष पत्रकार रविन्द्र शर्मालाई प्रदान गरिएको थियो भने शान्ति पत्रकारिता पुरस्कार चिरञ्जिवी देवकोटालाई प्रदान गरिएको थियो । त्यस्तै संघर्षशील पत्रकारिता पुरस्कारबाट पत्रकार राजेन्द्र महर्जन सम्मानित हुनु भएको थियो ।