सगरमाथा टेलिभिजनमा सम्पादक र राजनीतिक व्युरो प्रमुखको जिम्मेवारी सम्हाली रहेका श्रेष्ठले टेलिभिजनमा सञ्चालन गर्ने राजनीतिक अन्तरवार्ता ‘सगरमाथा विशेष’ र विशेष राजनीतिक खोजमुलक कार्यक्रम ‘खोज खवर’ का कारण टेलिभिजनको स्तर धेरै माथि गएको बताउँछन् सगरमाथा टेलिभिजनका प्रमुख निर्मल गुरुङ । गुरुङ भन्छन्– ‘सम्पादक श्रेष्ठको योगदानका कारण हामी यो स्थानमा आउन सफल भएका छौं । जव हामी उहाँको सोच अनुसार अघि बढ्यौं तव मात्र हाम्रो टेलिभिजनले यो स्थान पाउन सफल भएको हो । एक शब्दमा भन्ने हो भने श्रेष्ठको योगदान ‘उच्च’ छ ।’
बरिष्ठ पत्रकार श्रेष्ठका लेख र विचारहरु विभिन्न दैनिक, साप्ताहिक तथा मासिक पत्रिकाहरुमा प्रकाशित हुँदै आएका छन् । उनले विश्लेषण गर्ने राजनीतिक अवस्था र त्यसले पार्ने दुरगामी प्रभाव साच्[Disallowed String for - ...]ै रोचक र सत्य परक हुने गरेको छ । श्रेष्ठको लेखन शैली र विषय बस्तुमाथि गर्ने फरक शैलीको विश्लेषणले पाठकलाई तत्कालिन राजनीतिको वास्तविकता बुझ्न सहज बनाउने गर्छ । त्यतिमात्र होइन टेलिभिजनमा उनले प्रस्तुत गर्ने टिप्पणी दर्शकले सहज रुपमा बुझ्ने गरेका कारण पनि उनी चर्चाको शिखरमा पुगेका हुन् । पत्रकारिता रहरले गर्ने पेशा नभएको बताउने श्रेष्ठले व्यवसायिक पत्रकारिताको आडमा राजनीति गर्नेहरुले मुलुकको हित नगर्ने बताउँछन् ।
हुन त उनले पत्रकारिता सुरु गर्दा नेपालमा भर्खरै पत्रकारिताको व्यवसायिक विकास सुरु भएको थियो । मुलुकको विग्रदो राजनीतिलाई सहि मार्गमा ल्याउन पत्रकारितामार्फत नै योगदान गर्न सकिन्छ भन्ने सोचले यो पेशामा लागेको बताउने श्रेष्ठ भन्छन्– ‘गाली पत्रकारिताले मुलुकको उन्नति हुँदैन, सहि र समाधानमुखी पत्रकारिताले मात्र राजनीतिक अन्यौलता चिर्न सक्छ । पक्ष वा विपक्षमा गरिने पत्रकारिताले जनतामा भ्रम पैदा गर्छ । जसले मुलुकलाई थप राजनीतिक अस्थिरतामा धकेल्न सक्छ ।’ हुन त श्रेष्ठले पत्रकारिता सुरु गर्दा मुलुकमा चलेको सशस्त्र युद्ध चरमोत्कर्षमा थियो । यस्तो परिस्थितिमा आफ्नो पत्रकारिताको करियर सुरु गरेका श्रेष्ठले जोखिम मोलेर अघि बढ्नुको मज्जा बेग्लै हुने अनुभव सुनाउँछन् ।
गुल्मी जिल्लाको बलिथुममा जन्मिएका श्रेष्ठ सामान्य परिवारका व्यक्ति हुन् । यो क्षेत्रमा प्रवेश गर्न परिवारको पनि प्रेरणा भएको बताउँछन्, उनी । सुरुका दिनमा पत्रकारिता पेशामा स्थापित हुन निकै कठिनाई व्यहोर्नु परेको उनको अनुभव छ । एकातिर राजनीतिक दलको धम्की त अर्कोतिर आर्थिक कठिनाई । यीनै कठिनाईका बीचबाट अघि बढेका श्रेष्ठ अहिले यो स्थान सम्म आई पुग्नुको श्रेय पाठक र दर्शकलाई दिन्छन् ।
जीवनमा कहिल्यै निराश हुन नजानेका श्रेष्ठ भन्छन्– ‘सकारात्मक सोचले मानिसलाई सफलताको बाटोमा अघि बढाउँछ । हरेक विषयलाई सकारात्मक ढंगबाट टिप्पणी गर्न सक्यो भने जीवनलाई पनि सहज बनाउँछ ।’ नेपालको पत्रकारिता