ओरिजिनल भिडियो को धेरै कुरो थाहा तिएन, खसीको मासुलाई mutton होइन chevon भन्नु पर्दो रहेछ भन्ने १० क्लास पास गरेपछि थाहा पाइयो त्यो पनि परिवारमै मासु बिग्य भएकोले; जबकि गोर्खे, इण्डिया, पाकिस्तान, बंगाली सप्पैले अझै पनि मट्टन भनेको सुनेको छु. खासमा, भाषा भनेको कुरो बुझ्नु हो. यस्तै डाइभर्सॆती त हो नि रमाइलो
अब अलिक नेपाली कुरो___स्कुलमा बस्दा तलका शब्दमा रमाइलो विवाद हुन्थ्यो, नेपालभित्रकै भौगालिक भिन्नताले
कण्डो - कतै पुठो कतै ढाड
माड्तोल - कतै ह्यामर कतै पेचकस (स्क्र्यु ड्राइभर)
पाली - कतै patio कतै shade ,
माइत - कतैकतै ससुरालीलाई माइत भन्ने रहेछन, अरु पनि थियो बिर्सियो
अझ प्रचलित शब्द नै पुरै फरक भएको त कति हो कति: तिहुन बुझ्नेले सब्जी नबुझ्ने, कोहि रेला गर्ने कोहि झिँजो लाउनी, कोहि माया गर्ने कोहि माया मान्नी। केटि शब्दका सिनोनिम मात्र जिल्ला पिच्छे फरक. डोट्याल र तराइतिर बस्ने साथीहरूको झन् फन्नी हुन्थ्यो अरुका लागि। जस्तै, सप्पै बाख्रालाई खसी, अनि गाईलाई त गोरु अरे झन्। कालेबुङ्ग तिरका बोर्डिङ्गमा ७५रै जिल्ला, नर्थइस्ट, भुटान, बर्मासम्मका नेपाली हुन्थे। हिजोआज त्यत्तिको छैनकि खोइ?