हिजो लामो समय पछि एक मित्र संग लामो भलाकुसारी भयो | उनि मेरा मधेशका छिमेकी हुन् र एउटै स्कूल र कलेज गएका हौ |
के के न लेख्न लाग्यो भनि सरसर्ती पढ्नु भए पछि : तेही मुला उखान पो रहेछ भन्नु होला? भलाकुसारी पछि मेरो दिमागमा न्युटन हुन् वा अर्का कुनै विद्वान ले युरेका युरेका भने झैँ मेरो दिमाग ले चै "लोभ को लाभ , लाभको हरिबिलाप" सम्झी रह्यो |
घरका मुली वा सबै भन्दा पहिले जन्मेको बच्चाको सिखो तेस्माथी खराब कुराहरु सिक्न क्षण पनि लाग्दैन | किन त्यसो हुने होला मैले मनोविज्ञानको किताब पढी कौतुहलता को बिर्को लगाएको र लगाउन सकेको छैन |
यी मित्रको दुइ चक्रे साधन थियो अनि सिक्न पनि मा भन्दा पहिले नै चलाउन सिकेका हुन् | तेतिखेर रेली साइकल ५ फीट भन्दा कामका लागि बनेका थिएनन | सिक्दा पनि देब्रे हातले ह्यान्डल, दाया काखी सिटमा अनि दाया हातले फलामे डन्डी समातेको सम्झना ताजै छ | आज भोलि हरेक चिज पर्सनलाइजड झैँ छन् | उनी यदा कदा आफ्नो साइकल मर्मत गर्थे तेसैले होला उनमा मेकानिकल चाख संगै सानो तिनो ठोकठाक पनि गर्छन यसको पछाडि फ्रुगालिति पनि जोडिएको होला | एक साता लगाएर २००३ Accord को स्टार्टर पनि आफैले फेरे : किन त्यस्तो दुख गरेको भन्दा मेकानिकलाई ५०० दिएर बनाए पनि मेरो गाडि बेच्दा २०० वा जंक कहा पुर्याउनु पर्ने हुनाले होरे |
यस्ता फ्रुगाल मित्रको मनाम्स्तिस्कमा " एसो गरको भए तेसो हुन्थ्यो" २०१० मा सानो घडेरी किनेको भए कठ्ठाको ३० -३५ लाख चुथ्थो आऊथ्यो ले भरीएकै कारण उनले पोख्न हाते दुरसंचार प्रयोग गरेका रहेछन | ठुलो दाइले बेला बेला गरेर ७ लाख उठेको छ भन्ने खबर २०१० मा पाएका थिए भने उनले भर्खरै मात्र त्यो सात लाख बाट डेढ लाख दिएको कुरा अनि गभाई पनि थपे पछि जम्मा ४९०० ( त्यो दिनको बिदेशी मुद्रा सटही दरले ) पाए पछि अर्का दाइले ब्याज थपेर देलान भन्ने आशा गरेर बस्ने फ्रुगाल मित्र मन मनै मुरमुरिएर उनका छातीमा दबेका सबै कुरा पोखेका हुन् | हुन पनि हो : उनले तेतिखेरको पैसा कहिँ जग्गामा लगानी गरेको भए १ -१.५ करोड हुन्थ्यो तेसैले पोलेको हुनु पर्छ |
जो हात सो साथ् गर , साउको भन्दा ब्याजको माया बढी हुन्छ भन्छन तिमीले साउ नै फिर्ता पाउदै छौ | सम्झ simbha को जबारा बाट मासुको टुक्रा निकालेको सम्झदै मन बहलाउ भनि सम्झाए |
मैले चै लोभ लाभ र हरिबिलाप उखान सम्झदै बसे |
सार " न बाप बडा ना भैया , सबसे बडा रुप्यैया" . आफन्त संग रुपैया पैसाको ब्यबहारले ठुलो सत्रुता कमाईन्छ | यदि दिञ्छौ नै भने दिनु अघाडी नै मन मस्तिस्क तयार पार्ने र यो फिर्ता आउदैन भनि सम्झने | घर घरका कहानी यस्तै हुन् ?