यसमा पनि पोष्ट गरिदिनुप-यो:
साथीहरु यति छिट्टै आवेशमा नअाइहालम । वास्तवमा यि सवै कुरा राजनीतिक नाटकवाजी हुन । शासकहरुबाट बेला बखतमा नाटक मंचन भैरहन्छ अनि हामी हतास हुन्छाै तर उनिहरु रमाइरहेका हुन्छन । भारतसंग जति राजनीतिक पार्टी र माओवादीको सानिध्य छ, त्यति नै राजपरिवारको पनि। अनि माओवादीको उदय र विस्तारमा भारतको जस्तै दरवार र शाही सेनाको प्रत्यक्ष र परोक्ष दुवै भूमिका रहेका पनि जगजाहेर छ।
यतिबेला नाटक एउटा गम्भीर मोडमा आइपुगेको छ। जव नाटकका पात्रहरु आफूलाइ दिइएको script लत्याएर जथाभावी अभिनय गर्न थाल्छन, अथवा नाटक भित्रै अर्को नाटक रच्न थाल्छन परिस्थिति वुझिनसक्नुहुन्छ, अहिले भएको त्यस्तै हो ।
भारतको पछिल्लो नाटक दुइ कारणबाट भएको छ । पहिलो उसले कालापानीकाे अतिक?मणलाइ वैधता दिनुछ । हाम्रा शासक र नेताहरु चुपचाप छन्, जनस्तरमा केहि विरोधको स्वर उठेको छ, त्यो विरोधको स्वर चाँडो सेलाअोस भनेर भारतले यो अतिशयाेक्तिपूर्ण नाटक मंचन गराएको हो ।
दाश्रो कारण अहिले दरबारले 'चाइना कार्ड' खेलेर भारतलाइ एकछिन रनभूल्लमा पारेको थियो। अनि भारतले चाहिं मसंग तिमेरु जोरी खोज्ने ? भनेर दादागिरी देखाउँदै माओवादीको तुरुपको एक्का निकालेर देखाइदियो, दरवारलाइ तर्साउन।
मेरो काँचो विश्लेषण अनुसार नेपालमा भारतको चासो हाम्रा नदिनाला हुन। तिनको मुहानमै भारतले सैनिक उपस्थितिद्वारा नदिको वहावलाइ आफ्नो नियन्त्रणमा राख्न चाहन्छ। यसै उद्येश्यका निम्ति उसले नेपालीहरुलाइ एक अापसमा लडाएर, कहिले दरवारलाइ उचालेर त कहिले पार्टीहरुलाइ त कहिले माओवादीलाइ उचालेर फाटो उत्पन्न गराउन खाजिरहन्छ। हाम्रा कथित क्रान्तिकारी माओवादी , राजा र पार्टीहरु भारतको प्याधा बनेर उसको नाटकका हाँस्यपात्रको भूमिका मंचन गर्न तछाडमछाड गर्छन। यो नै हाम्रा लागि दूर्भाग्य हो।
अव भारतीय अतिक्रमणको सामाना गर्ने एक मात्र उपाय तीनै पक्ष मिलेर देशलाइ राजनीतिक स्थायित्व दिनु हो । तर यि तिनै पक्ष यति नीच र सत्तालोलुप छन् कि यिनले सत्ताको स्वाद चाख्न पाएसम्म देशको स्वाधिनता विलिन भएको टुलुटुलु हेरेर बस्नेछन। भारतले अहिले माओवादीलाइ शरण दिएजस्तो देखाएपनि अन्तत यै माओवादी समस्याको आड लिएर नेपालमा सैनिक हस्तक्षेप गर्नु उसको अन्तिम लक्ष्य हो। ययो कुरा सत्तामा एक्लै राज गर्न उद्दत तीनै पक्षले बुझ्न जरुरी छ। राजाले पनि ययो वुझ्न जरुरी छ कि भारत उनिसंग मोलमोलाई गर्न चाहन्छ,केहि नयाँ जलश्रोत उपयोगिताका विषयमा।
राजाले अव एक्लै भारतसंग डिल गर्नुको सट्टा पार्टी र माओवादीलाइ राजनीतिको मूलधारमा आउने वातावरण श्रृजना गर्नुपर्छ । भारतलाइ खेल्ने मौका दिनुहुँदैन । राजाले सम्विधान अन्तर्गत रहेर पार्टी र नेताहरुलाइ स्वच्छ राजनीतिक आचरण निर्वाहका लागि दवाव दिन सक्नुपर्छ। भारतको कुत्सित स्वार्थलाइ पूरा हुन नदिन सवै नेपालीहरु मिल्न जरुरी छ। यो नै देशको सार्वभौमिकताको बचाउ गर्ने एक मात्र उपाय हो। देशको अस्तित्वको प्रश्नका अगाडी सम्विधानसभा गौण विषय हो, मेलमिलापका लागि राजाले सम्विधानसभा मान्नैपर्छ । ताकी भोली माओवादीको अचाक्ली नियन्त्रण गर्न नसकेर राजा स्वयंले भारतीय सेनालाइ गुहार्न नपरोस । माओवादीहरु र नेताहरुले पनि सत्ताको भ-याङ चढ्न भारतको सहारा लिंदा आफ्नै देशको स्वतन्त्र अस्तित्य संकटमा पर्छ भन्ने कुराको हेक्का राखेर तदनुसार जिम्मेवारीपूर्ण आचरण निर्वाह गर्नुपर्छ।
अन्तमा अहिले नै भारतले देशै खायो भनेर रुने कराउने, एउटा पक्षको गुणगान गाएर अर्कालाइ गाली गर्ने भन्दा पनि, सवैलाइ मिल्नका लागि जोड दिनु हाम्रो वुद्धिमानी हुनेछ। हाम्रा बाउबाजेले कुन राजनीतिक विचारको समर्थन गरेका थिए भन्ने कुरालाई विर्सेर नयाँ सामुहिक भारत नीतिमा ऐक्यवद्धता जनाउनुपर्छ। संयुक्त राष्ट्रसंघ, अन्तराष्टिय समुदाय हुँदाहुँदै भारतले अहिलेनै नेपाललाइ निलिहाल्न सक्दैन तर अव एकजुट हुने समय आइसक्यो। भारतको अनावश्यक हस्तक्षेपलाई सदाका लागि अन्त्य गर्न पहिला सबै नेपालीहरु मिल्नु अनिवार्य छ। त्यसपछि सिमाको नयाँ रेखाङ्कन, सशक्त तारबार पर्खाल, नविकरण गर्न नपर्ने सन्धिमा हस्ता?क्षर, दुवैको हितमा हुने गरि जलश्रोतको बांडफांड र सन्तुलित व्यापारिक सम्झौताहरु गरेर भारत माथीको अत्याधिक निर्भरतालाई क्रमश घटाउँदै आत्मनिर्भर बन्नसक्नु नेपालको दीर्घकालिन अस्तित्वका लागि अपरिहार्य छ। अन्यथा भारतले नेपाललाई सँधै हेप्ने र सताइरहने छ।