मेरी पूर्णिमा
मलाई थाहा छ ।
तिमी चाहन्छौ,
तिम्रो बयान, चन्द्रमाबाट होस् भनेर ।
तर म त,
त्यस्तो केहि देख्दिन, ती आकाशीय पिण्डमा ।
बरु,
सबथोक देख्छु तिमीमा, मलाई चाहिने जति ।
मेरो सम्पुर्ण अंग अंगमा कौतुहलता बढेको पाउँछु ।
जब,
तिमी मुस्कुराएर लठ्ठ पर्छौ ।
अनि मलाई लाग्छ,
तिमीमा मलाई चाहिने जति सम्पुर्ण गुण छ ।
जुन चन्द्रमामा छैन् ।
त्यसैले,
किन किन मलाई तिम्रो शितलता मन पर्छ ।
अनि त्यहि शितलतामा डुबुल्कि मारी,
चरम आनन्दको अनुभुती गर्न मन लाग्छ ।
हजार बस्तु यहाँ छन् ।
जसलाई तिमी रुचाउँछौ ।
तर,
किन किन मलाई ती सबै देखि ईष्या लाग्छ ।
अनि,
मलाई आफूमात्र उपस्थित हुँ जस्तो लाग्छ ।
तिमी सामू, खाली हात ।
मलाई त,
त्यो भन्दा पनि बढि ईष्या लाग्छ,
आफ्नै पहिरन देखि ।
त्यसैले,
पूरै नाङ्गिऊकी जस्तो लाग्छ ।
एउटा अवोध वालक झै गरी ।
किनभने मलाई लाग्छ,
कतै यहि पहिरनले त लोभिएकी हैनौ तिमी ?
त्यसैले पनि,
नाङ्गिएर वास्तविकतालाई चुमौं चुमौं लाग्छ ।
यहाँ हजार हातहरू,
जब बढेको देख्छु तिमी सामु ।
तब,
मैले मेरो हात,
एक बित्ता अगि बढाउन बाध्य हुन्छु ।
म लालायित हुन्छु, म विवश हुन्छु ।
तिम्रो स्पर्श, पहिला आफै गर्नलाई ।
जसबाट तिम्रो राम्रो बयान गर्न सकु ।
तिमी भित्रको चन्द्रमा भेटाउन सकु ।
अनि मैले आफ्नो पूर्णता पाऊ ।
जसले,
तिम्रो भित्री भावनाको महसुस गराओस्,
एउटा सफल जीवनको परिकल्पनामा ।
अनि,
सम्बन्ध हाम्रो अमर बन्दै,
तिमी उदाउन् मेरो जीवनमा ।
सधैं सधैं पूर्णिमा भई, औंसीलाई बिर्सने गरि ।