पानी परेको रात मा म पनि रोएको थिए,
ठुलो झरि थियेन त्यो, सिम्सिमे बर्खा थियो,
अलिअलि भिज्दै मैले नहेरे जस्तै गरे,
तिमीलाइ देखे पनि नदेखे जस्तो गरे,
मलाइ तिमी आफै बोलाउन्छौ कि भन्ने आश थियो,
मात लागेको त्यो रातमा ममा पनि उन्माद् चदेको थियो,
तिमीले रोके मात्र पनि म अबिरल् बग्न सक्थे,
तिमीले बोले मात्र पनि म खुशिल् नाच्न सक्थे,
तर अफसोचको कुरा तिमीले मलाइ पढ्न सकेनौ,
मैले तिमीलाइ आफ्नो मनको कुरा भन्न सकिन,
केहि पर गयी म फेरि फर्केको थिये,
तिमीलाइ बोलाउन एक्चोटि पानी परेको रातमा,
केबल तिमीले चुडेको फुल थियो घाइते पानीमा,
अझै पनि रोकिन्छु म त्यो बाटोमा,
त्यो रात देखि म निथ्रुक्क भिजेको छु मायाले,
र खोज्छु अझै तिमीलाइ पानी परेको रातमा,