खगेन्द्र संग्रँैला
आदरणीय गिरिजाबाबु,
आज मलाई कुनै मुलाकाज नराखीकन तपाई“स“ग सोझै संवाद गर्न मन लाग्यो । तपाई“ दैहिक र मानसिक दुवै दृष्टिले धेरै बृद्ध हुनुभो । लाग्छ, देह र मनस“गै तपाई“को विवेक पनि बूढो भयो । ज्ञानेन्द्रियहरूको गलानस“गै तपाई“को सम्झना शक्ति क्षीण भएको प्रस्ट छ । र म को हु“, म जहा“ छु त्यहा“ मलाई क-कसले ज्यान दिएर पुर्याएका हुन् र तिनप्रति मेरो दायित्व के हो यी यावत् कुरा तपाई“ले भुसुक्कै बिर्सनुभो । उखान छ, गोरु बूढो भए भीर खोज्छ, मान्छे बूढो भए जोरी खोज्छ । बूढो भएर तपाई“ बित्थामा जोरी खोज्न थाल्नुभो । जागेका जनताका आकांक्षास“ग जोरी खोज्दा आफू कुन रसातलमा गिरिन्छ, स्मृतिक्षयका कारण तपाई“लाई हेक्का हुन छाड्यो । हिजोसम्म तपाई“ राजनीतिमा शाही दरबारलाई दाया“ र माओवादीलाई बाया“ पारेर मध्यपन्थमा उभिनुभएको थियो । ढाड दरबारतिर फर्काएर तपाई“ माओवादीस“ग कति राम्ररी सहअस्तित्वयुक्त सहयात्रा र सहजीवनबारे प्रत्यक्ष र प्रेमपर्ूण्ा संवाद गर्दै हुनुहुन्थ्यो । आज इतिहासको गतिस“ग जोरी खोजेर तपाई“ले दिशा परिवर्तन गर्नुभएको म देख्दैछु । हाल तपाई“को ढाड माओवादीतिर फर्केको छ र अनुहार दरबारतिर । असल मनसायले म भन्छु, यो मध्यपन्थ त्यागेर दक्षिणपन्थतर्फ लहसिने पतनपथ हो । यो दक्षिणपन्थले कांग्रेसलाई निश्चय नै शाही दरबारको दक्षिण ढोकामा पुर्याउने छ । इतिहासबाट आर्जन गरिएको कटु अनुभव यस्तै त छ । भुक्तभोगी तपाई“ आफै“ हुनुहुन्छ । गिरिजाबाबु, के तपाई“ले यो दिग्भ्रान्त पथ सचेतरूपले रोज्नुभएको हो - के तपाई“ जानीबुझीकन आपmनो साख, कांग्रेसको इतिहास र नेपाली जनताका मुक्तिकामी सपनाहरूलाई नारायणहिटी दरबारको दक्षिण ढोकामा लगेर प्रभुका पाउमा चढाउन आतुर हुनुभएको हो - स्मरण रहोस् बाबुजी, यो मैले होइन, कसैलाई पनि माफी नदिने इतिहासले सोधेको प्रश्न हो ।
आउनोस्, इतिहासको अलिकता सम्झना गरौ“ । इतिहासको कथा म तपाई“कै रहस्यमय शब्दावलीमा भनु“ । 'ग्य्रान्ड डिजाइन' को रक्तरञ्जित नाटक मञ्चन गरेर वीरेन्द्र परिवारको वंश विनाशपछि उनका एकाघरका भाइ ज्ञानेन्द्रले असोजतन्त्रको मुलायम तानाशाही सुरु गरे । तपाई“ घोर अपमानसाथ सिंहदरबारबाट रत्नपार्कमा मिल्किनुभयो । बर्बर तानाशाहीविरुद्ध रत्नपार्कमा वागी झन्डाहरू फहराए । झन्डाको छेउमा म तपाई“स“गै उभिएको थिए“ । त्यो उच्चाटलाग्दो कर्मकाण्डीय आन्दोलनमा रत्नपार्क वरिपरि लुखुर-लुखुर हि“ड्दा मैले दर्ुइ जोर गोल्डस्टार जुत्ता फटाए“ । बाबुजी, थालनीकालमा आन्दोलनको हविगत के थियो - दिनदिनै पार्टर्ीी सौ-पचासजना मानिस आउ“थे । मन-मानसमा दलहरूप्रति वितृष्णाभाव टनाटन भरिएका आमनागरिक दलहरूलाई घोर तिरस्कारका नजरले हर्ेर्थे । शाही दरबारले तपाई“लाई जनर्समर्थनविहीन निरीह बूढाका रूपमा बुझयो । अनि ज्ञानेन्द्रको खटनले जाडोयाममा तपाई“माथि पानीका अतङ्ककारी फोहोरा बर्सिए । कटबा“सका कठोर लाठा बज्रिए । तपाई“ हावामा हुत्तिएर मूच्छिर्त हुनुभो । जीवनको त्यो कष्टकर क्षणमा तपाई“को दुःखमा समभाव राखेर म तपाई“को छेवैमा उभिएको थिए“ ।
पछि ज्ञानेन्द्र शाहले सकल नेपालीमाथि मकरतन्त्र नामक कठोर तानाशाही थोपरे । अनि तपाई“ - तपाई“ सञ्चार सूत्रविहीन अवस्थामा आपmनै निवासभित्र अनाथ कैदी बनाइनुभो । अनि आज - आज तपाई“ नेपालको इतिहासभरिको पहिलो र्सवशक्तिमान् प्रधानमन्त्री हुनुहुन्छ । श्री ५ को दासानुदास प्रधानमन्त्री होइन, नेपाल सरकारको सशक्त र गरिमामय प्रधानमन्त्री । दरबारको कृपाद्वारा बनाइएको लाचार प्रधानमन्त्री होइन, जनताका असल छोराछोरीको शौर्य र बलिदानको शक्तिद्वारा बनाइएको जाज्वल्यमान् प्रधानमन्त्री । सा“गुरो कांग्रेसी वृत्तको प्रधानमन्त्री होइन, एमाले र माओवादी, दलित र महिला, मधेसी र जनजाति, कर्ण्ााली र महाकाली सबैको साझा प्रधानमन्त्री । हेक्का रहोस् श्रीमान्, वर्गचरित्र, अहङ्कार र विस्मृतिका कारण बलिदानको भर्याङमाथि चढेर तपाई“ यी सबैलाई बिर्स“दै हुनुहुन्छ । तपाई“ जान-अन्जान इतिहासको रथ उही आतताती शाही दरबारतिर फर्काउ“दै हुनुहुन्छ । यो कृतघ्नताको अति कुरूप दृष्टान्त हो ।
भनेको भाकामा चुनाव हुन नदिने एकमात्र दोषी गिरिजा हो भनेर वामगणले झन्डैजसो एक स्वरले आरोप लगायो । मैले दोषको अंश एमाले र माओवादीका भागमा पनि त पर्ला नि भनेर तर्क गरे“ । दर्ुभाग्यवश, दक्षिणपन्थतर्फ लौरो टेकेर तपाई“ मेरो तर्कलाई मिथ्या सावित गर्दै हुनुहुन्छ । सम्झेर ल्याउ“दा तपाई“को यो विचलित पथ तर्कसङ्गत देखिन आउ“छ । राजालाई जोगाउन रायमाझी आयोगको प्रतिवेदन पहिले लुकाइयो, पछि कारबाहीका नाउ“मा त्यसलाई सारहीन झुत्रो बनाइयो । तपाई“ले राजालाई स्पेस नदिए उपध्रो हुने उद्घोष गर्नुभो । अनि विराटनगर गएर तपाई“ले राजा र युवराजले गद्दी त्यागून्, निकास सहज हुन्छ भन्नुभो । त्यो मेरा नाति पुस्तामाथि हृदयेन्द्र नामक प्रजा मार्ने र पैसा सोहोर्ने राजा थोपर्ने चाल थियो । अनि अहिले -
अहिले थुप्रै अनिष्ट घटनाहरूको शृङ्खला बनिसकेको छ । सारा लोकले सेनास“ग ज्ञानेन्द्रको सम्बन्ध विच्छेद गर भन्यो । यो आग्रहलाई एक कानले सुनेर अर्को कानले उडाइयो । ज्ञानेन्द्रले रायमाझी आयोगका प्रश्नको उत्तर दिएनन् । प्रत्युत्तरमा तिनलाई कुनै कारबाही गरिएन । पोखराका पृतनापतिले दलहरूलाई गिज्याउ“दै ज्ञानेन्द्र शाहीलाई का“ध थापे । तिनमाथि कारबाहीजस्तो कारबाही केही भएन । फागुन ७ गते ज्ञानेन्द्रले उस्तै विष वमन गरे । तिनलाई केही गरिएन । हु“दा-हु“दा लोकतन्त्र दिवसका दिन ज्ञानेन्द्र मकरतन्त्रकालमा झै“ सेनाको दलबलले घेरिएर दक्षिणकाली पुगे । त्यहा“ तिनले राष्ट्रगान नामक पत्रु 'श्रीमान् गम्भीर नेपाली' को धुनमा सलामी खाए । न सलामी दिने सेनाका नाइकेलाई केही गरियो, न सलामी खाने ज्ञानेन्द्रलाई केही भनियो । लोकका आ“खामा छारो हाल्न केबल कसुरदारलाई केरकार गरियो भनी हामीलाई ढा“टियो । अहिले प्रधानसेनापति रुक्माङ्गद कटवालले ज्ञानेन्द्रलाई सुटुक्क भेटेको कथा सुनेर मुलुक झस्केको छ । यी घटनालाई एक सूत्रमा उन्दा त्यसको अप्रिय अर्थ लाग्छ । यी यावत् घटनाका पछाडि कतै गिरिजाबाबुको स्वीकृतिको इसारा त थिएन - के तपाई“ले लिएको अहिलेको दक्षिणपन्थ यिनै घटनाको अनिवार्य परिणति होइन -
को आफन्त हो र को पर्राई हो, सङ्कटको याममा यो वर्गको प्रश्न हो । साथै यो सिद्धान्तको प्रश्न पनि हो । गिरिजाबाबु, अहिले तपाई“का बृद्ध नजरमा माओवादी प्रचण्ड कण र एमाले माधवजी अप्रिय पर्राई भएका छन् । उता मोरियार्टर्ीीपशुपतिभक्त महर्जन र रुक्माङ्गद कटवालचाहि“ तपाई“का प्रिय आफन्त भएका छन् । बाह्रबु“देका असल साथी प्रचण्ड कण र माधवजीका लागि तपाई“को द्वार अहिले बन्द छ । तर मोरियार्टर्ीीमहर्जन र कटवालका लागि भने चुट्कीका भरमा अहोरात्र तपाई“को द्वार खुरुक्क खुल्छ । बाबुजी, तपाई“का को हुन् यी मोरियार्टर्ीीहोदय - स्वदेशीलाई पाखा र विदेशीलाई काखा पार्ने यो कुचालको अभ्रि्राय के हो -
एक समय थियो जब माओवादी कणहरूको गण तपाई“लाई राष्ट्रपति बनाउन तत्पर थियो । अहिले उही माओवादीगण तपाई“लाई राष्ट्रघाती घोषित गर्ने उग्र मूडमा छ । झनै घनिष्ट हुनुपर्नेहरूका बीचको सम्बन्ध यसरी उल्टिनुमा कसको खतबात कति हो - खतबात दुवै पक्षका होलान् । तर गिरिजाबाबु, तपाई“ उमेरले पाको, उचाइले अग्लो, वरियताले विशिष्ट र दायित्वले उच्च हुनुहुन्छ । इतिहासको युगान्तकारी सङ्क्रमणकाल मलामीको लर्कोजस्तो शान्त र मौन कदापि हु“दैन । अझ त्यसमाथि गर्दै-भन्दै जा“दा पृथक दर्शन र कार्यशैली अङ्गकिार गर्ने काङ् र वाममाझ घरीघरी साना वा ठूला असमझदारी, दूरी र तिक्तता उत्पन्न हुनु कुनै अचम्मको कुरा होइन । त्यस्तोमा जेष्ठ, उच्च र वरिष्ठका नाताले समझदारी, निकटता र मधुरताको सिर्जना गर्न हात बढाउनुपर्ने तपाई“ले होइन - प्रचण्ड कण र माधवजीले राजालाई तह लगाइपाऊ“ र संविधनसभाको मिति तोकिपाऊ“ भन्दा उल्टो भेटघाटको ढोकै बन्द गर्ने - बाबुजी, प्रचण्ड कण र माधवजी तपाई“का लेखी सिकारु लडका हुन् । तिनलाई सम्झाइ-बुझाइ गर्ने, तिनलाई फकाइ- फुल्याइ गर्ने र तिनले उठाएका उचित सवालहरूको खुला दिलले कदर गर्ने माउ कर्तव्य तपाई“को होइन र - उल्टो कांग्रेसभित्रको दक्षिणपन्थी बा“दरगणलाई उचालेर तिनलाई पर, झन् पर लखेट्ने -
हो, तपाई“ बृद्ध र अशक्त हुनुहुन्छ । दू्रतगतिमा परिवर्तन भइरहेको यथार्थका जटिलता र आयामहरूस“ग तपाई“ बेखबर हुनुहुन्छ । तपाई“का वरिपरि छानी-छानी, खटाइ-खर्टाई तपाई“लाई खबर गर्नेहरू को-को छन् - थाहा छ, त्यहा“ तपाई“का प्यारा र पत्यारिला गोविन्दराज जोशीहरू छन् । रामशरण महतहरू छन् । सुजाताहरू छन् । तिनले गर्ने खबरहरू सतही, अपर्ूण्ा, एकआयमिक, घोर कम्युनिस्टविरोधी र राजापक्षीय हुनु कुनै अचम्मको कुरा होइन । लाग्छ, तपाई“को दक्षिणपन्थ त्यही कुसूचनाको उपज हो । कांग्रेसमा गतिमान यथार्थलाई समग्रमा र गहिराइमा बुझने र राजतन्त्रले चुसेर सिट्ठा बनाएको अ“ध्यारो नेपाललाई राजतन्त्रविहीन उज्यालो नेपालतर्फ डोर्याउन यत्न गर्ने सुयोग्य पात्रहरू नभएका होइनन् । तर कांग्रेसी गोलोमा तिनको स्थान उपेक्षित अछूतको भन्दा कुनै गतिलो छैन । गिरिजाबाबु † नरहरि आचार्य, कृष्ण खनाल र गगन थापालाई डाकेर देशको खबर र चाल्नुपर्ने उचित कदमबारे धर्ैयपर्ूवक तीन घन्टा सुन्नोस् । तपाई“को बृद्ध र शुष्क मस्तिष्कमा ज्ञानोदय हुनेछ । अनि शाही दरबारको दक्षिण ढोकातिरको तपाई“को लज्जास्पद यात्रामा ब्रेक लाग्नेछ ।
गिरिजाबाबु, सांसारिक जीवनको शेषपछि गणेशमान सिंहको शवयात्राको जस्तो अथाह मानव सागरले आफूलाई याद गरोस् भन्ने कामना आखिर तपाई“को पनि त होला । दर्ुभाग्यवश, सहिदका सपना र लोकका आकांक्षालाई क्रूरतासाथ कुल्चि“दै लोकतन्त्र र मुलुकलाई बर्बादीको भीरतिर डोर्याउन दक्षिण ढोकाको यात्रा गर्नेको शवयात्रामा मानिस होइन, झि“गा र भुसुनाहरूको बिगबिगीमात्र हुनेछ । मेरा यी कठोर शब्द तपाई“को गरिमामय इतिहासको रक्षार्थ समर्पित छन् ।
जय नेपाल ।
kantipuronline.com