प्रधानमन्त्री-पुत्रीको राजसी किनमेल
एक लाख ३४ हजारको ब्याग, ६० हजारको चस् मा र ३४ हजारको पर्स !
थानेश्वर सापकोटा/शरण केसी
म्युनिख -जर्मनी)
जेठको दोस्रो साता जर्मनीको म्युनिखस् िथत व्यस्त म्याक्सिमिलियन स्टि्रटमा एउटी चर्चित नेपाली महिलाले भव्य 'सपिङ्' गरनि् । सिद्धान्ततः समाजवादी पार्टी नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस् य एवम् प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाकी एक्ली पुत्री सुजाता कोइरालाको सो राजसी किनमेल देख्दा लाग्थ्यो, उनी कुनै राजकुमारी हुन् ।
युरोपेली र अमेरकिी धनाढ्यहरूले सामान खरदि गर्ने सो बजारमा उनले महँगो फेसन ब्रान्ड 'गुची' को सोरुमबाट सामान्य लाग्ने तर निकै महँगो 'लेडिज ब्याग' खरदि गरनि् । गुचीको सोरुमसम्म पुग्न उनी यति आतुर थिइन् कि त्यसका निम्ति करबि एक घण्टा त पैदलै हिँडिन् । उनले किनेको हाते ब्यागको मूल्य थियो, एक हजार पाँच सय ६० युरो -अर्थात् करबि एक लाख ३७ हजार रुपियाँ) । सोही पसलबाट उनले तीन सय ९५ युरो -करबि ३३ हजार सात सय ७० रुपियाँ) को 'लेडिज पर्स' पनि किनिन्, जुन नेपालीको वाषिर्क औसत आयभन्दा डेढ गुणाले बढी हो । दुईदिने म्युनिख बसाइका क्रममा उनले यहाँको अर्को महँगो पसल 'प्रो-अप्टिक' बाट छ सय ७२ युरो -करबि ६० हजार रुपियाँ) तिरेर दुईवटा 'सनग्लास' पनि किनिन् । जर्मनीको सयरमा उनी त्यही चस् मामा देखिन्थिन् -हेर्नुहोस्, तस्बिर) ।
सुजाताले किनेको गुची अत्यधिक महँगो ब्रान्डमध्ये एक हो । १८ औँ शताब्दीमा एक इटालियन छाला व्यापारीद्वारा स्थापित यो ब्रान्ड अहिले विश्वको दोस्रो ठूलो फेसन ब्रान्ड मानिन्छ । किन गुची नै ? आफूले गुचीका उत्पादनहरू लामो समयदेखि प्रयोग गर्दै आएकाले यसपटक पनि त्यही छानेको उनको भनाइ थियो ।
म्याक्सिमिलियन स्टि्रटकै गहना पसलबाट एउटा 'नेक्लेस' किन्ने ताकमा पनि थिइन् सुजाता । तर, हच्किइन् । विभिन्न हीराजडित सो नेक्लेसको मूल्य करबि १२ लाख रुपियाँ थियो, जुन आफ्नी छोरीलाई 'सरप्राइज गिफ्ट' दिन किन्ने सुरमा थिइन् उनी । "मेरी छोरी केही दिनमै बच्चा जन्माउँदै छिन् । मैले उनलाई सरप्राइज दिनुपर्नेछ," सुजाताले भनिन् । बर्लिन पुगेपछि उनले छोरीलाई त्यस्तै महँगो नेक्लेस किनेको नेपाली दूतावासका एक कर्मचारीले बताएका छन् ।
सुजाता कोइरालाको म्युनिख यात्रा कुनै औपचारकि कार्यक्रमका निम्ति भएको थिएन । अमेरकिा यात्रा सकेर आफू नितान्त पारविारकि भेटघाटका क्रममा यहाँ आइपुगेको उनको भनाइ थियो । मुख्य उद्देश्य थियो, छोरा आन्द्रेयस जोस्टलाई भेट्नु । तर, भित्री रूपमा उनका अरू धेरै भेटघाटहरू भएका थिए र साथमा भव्य किनमेल पनि ।
सुजातालाई अमेरकिामा छँदै नेपाली जनसम्पर्क समिति, युरोप शाखा गठन गर्न बर्लिनका रेस्टुराँ व्यवसायी दिल गुरुङले निम्ता पठाएको भनिएको थियो । तर, सुजाता स्वयम्लाई यसबारे खासै जानकारी थिएन । यद्यपि, उनको दुईदिने म्युनिख बसाइका क्रममा भएको चारतारे होटलको खर्च दिल गुरुङले नै बेहोरेका थिए ।
जेठ ८ गते बिहान म्युनिखको प|mान्स जोसेफ स्ट्राउस विमानस्थलमा अवतरण गरेकी सुजातालाई छोरा आन्द्रेयस र अन्य केही नेपालीले स्वागत गर्ने बताइएको थियो । तर, उनी दक्षिण जर्मनीका लागि नेपाली वाणिज्यदूत अलेक्जेन्डर काइजरको कारमा होटेलतर्फ लागिन्, जुन दृश्यबाट त्यहाँ पुगेका अन्य नेपालीहरू मात्र होइन, उनकै छोरा आन्द्रेयस पनि आश्चर्यमा परे ।
सामान्यतया कुनै पनि नेपाली कार्यक्रम र नेपालीहरूबीच उपस्थित हुन नरुचाउने काइजर सुजाताकोे स्वागतका लागि विमानस्थलसम्म पुग्नु आफैँमा अनौठो घटना थियो । तीन दशकदेखि लगातार नेपाली वाणिज्यदूत रहँदै आएका काइजरलाई तत्कालीन राजा वीरेन्द्र दम्पतीको म्युनिखमा भव्य स्वागत गरेकै कारण सो पद प्राप्त भएको थियो । वर्तमान राजा ज्ञानेन्द्रसँगसमेत उनको निकट सम्बन्ध छ । र, सायद अब उनी नेपालका कार्यवाहक राष्ट्रप्रमुख गिरजिाप्रसाद कोइरालासँग उनकी छोरीमार्फत सम्बन्ध विस् तार गर्न चाहन्छन् ।
म्युनिखको मुख्य स्टेसननजिकैको एट्लस होटल पुग्नासाथ सुजातासँग केहीबेर कुराकानी गरेपछि वाणिज्यदूत काइजर त्यहाँबाट बाहिरएिका थिए । सुजाता म्युनिख आइपुग्नु एक दिनअघि नै उनका राजनीतिक सहयोगी रमेश धमलालाई नेपालबाट झिकाइएको थियो । धमला सुजाताका नजिकका विश्वासपात्र मानिन्छन् । सुजाताले जर्मनीमा रहेका छोरालाई खर्च पठाउँदा धमला नै बाहक हुने गर्छन् । पछिल्लोपटक जर्मनी आउँदा आफूले नै सुजाताले पठाएको पैसा उनको छोरासमक्ष पुर्याएको धमलाले पनि स्वीकारे । तर, रकमको राशि भने उनले खुलाएनन् । धादिङ घर भएका धमला लामो समयदेखि सुजातानिकट रहँदै आएका छन् । सुजाता प्रमुख रहेको नेपाली काङ्ग्रेस विदेश विभागको सदस्य रहेका धमलाको पार्टी राजनीतिमा भने न्यून भूमिका छ ।
सुजाताले काठमाडौँबाट धमलालाई बोलाउनुको खास कारण अर्कै थियो । धमलाले त्यसै बेलुका चार सय किलोमिटर पर हाइडलबर्गबाट 'प्यारेन्ट्स चाइल्ड बि्रज' नामक संस्थाका प्रबन्ध-निर्देशक सिगमन्ड जिमरमानलाई म्युनिख निम्त्याएका थिए, जसको मुख्य उद्देश्य थियो, अन्तरदेशीय धर्मपुत्र-पुत्री ग्रहणमा नेपाल सरकारले लगाएको रोक खुलाउनु । भोलिपल्ट बिहान सुजाताले जिमरमानसँग होटलकै बैठक कक्षमा भेटिन् । केहीछिनको गोप्य वार्तापछि उनले आफ्ना बुबा प्रधानमन्त्री कोइरालालाई भनेर अन्तरदेशीय धर्मपुत्र-पुत्री ग्रहणमा लगाइएको रोक खोलिदिने आश्वासन दिएको स्रोतहरूको भनाइ छ । त्यसलगत्तै जिमरमान हाइडलबर्ग फर्किएका थिए । त्यस दिनभर िधमलाको सहयोगमा सुजाताले अन्य विभिन्न व्यक्तिहरूसँगसमेत भेटवार्ता गरनि्, जो धर्मपुत्र-पुत्री ग्रहण गर्ने विभिन्न संस्थासँग सम्बन्धित थिए । उनले सबैलाई सक्दो आश्वासनसमेत दिइन् ।
'प्यारेन्ट्स चाइल्ड बि्रज' लामो समयदेखि विदेशबाट धर्मपुत्र-पुत्री ग्रहण गर्ने काममा सक्रिय छ । खासगरी एसियाली मुलुकहरूबाट बालबच्चाहरू ल्याएर सन्तानहीन जर्मन आमाबाबुहरूलाई उपलब्ध गराउने पुलको काम गर्छ, सो संस् थाले । एक जर्मन अधिकारीका भनाइमा, सो संस्थाका गतिविधिहरू व्यावसायिक देखिए तापनि युरोपमा गरबि मुलुकहरूबाट बालबालिका ल्याएर बेचबिखन गर्ने प्रवृत्तिचाहिँ बढ्दै गएको छ, जसबाट यहाँका अधिकारीहरू चिन्तित छन् ।
धर्मपुत्र-पुत्री ग्रहणमा लगाइएको रोक खोलिदिने आश्वासन त्यहाँ पुगेर सुजाताले किन दिइन् ? प्रोटेस्टेन्ट चर्चसँगसमेत सम्बन्धित 'प्यारेन्ट्स चाइल्ड बि्रज' का प्रबन्ध-निर्देश्ाक जिमरमानसँग सुजातासँगको भेटबारे कुराकानी गर्न पटकपटक सम्पर्क गर्दा पनि उनले प्रतिक्रिया दिन चाहेनन् । तर, सोही संस् थाकी कार्यसमिति सदस्य श्रीमती होफनागेलले सुजातासँगको वार्तापछि अन्तर देशीय धर्मपुत्र-पुत्री ग्रहणमा नेपालले लगाएको रोक खुला हुनेमा आफूहरू आशावादी रहेको बताइन् । "हामी नेपाल सरकारको सकारात्मक निर्णयको प्रतीक्षामा छौँ," उनले भनिन् ।
सुजाता म्युनिखमै रहँदा नेपालमा भने काङ्गे्रसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अधिवेशन चल्दै थियो, जसबाट आउने परण्िाामलाई लिएर उनी निकै चिन्तित देखिन्थिन् । कारण थियो, गगन थापाले नेविसङ्घ अध्यक्ष पदमा उम्मेदवारी दिने हल्ला । टेलिफोनमार्फत उनी कसैलाई हप्काउँथिन् र भन्थिन्, "अरू जेसुकै होस्, गगनले कुनै हालतमा पनि चुनाव जित्नु हुँदैन । त्यसका लागि तपाईंहरूले जेजे गर्नुपर्छ, गर्नूस् । बरु प्रदीप - पौडेल) ले जिते केही फरक पर्दैन । " नेविसङ्घ निर्वाचनकै प्रसङ्गमा उनले कम्तीमा पाँच जनासँग नेपालमा लामो फोनवार्ता गरेकी थिइन् ।
म्युनिख बसाइको दोस्रो दिन उनले छोरा आन्द्रेयससँग बिताइन्, दिनभर िनै । छोरालाई पकेट खर्चका लागि केही हजार युरो दिइन् । २८ वषर्ीय आन्द्रेयस जोस्ट म्युनिखको एउटा कलेजमा सूचना प्रविधिका विद्यार्थी हुन् । उनका बुबा एवम् सुजाताका जर्मन पति अहिले इजरायलमा बस्छन् ।
तेस्रो दिन बिहानै उनी धमलासँग म्युनिख विमानस् थलबाट बर्लिनतर्फ उडिन्, जहाँ नेपाली काङ्ग्रेसको युरोप जनसम्पर्क समिति गठन गर्ने कार्यक्रम थियो । म्युनिखदेखि बर्लिन र बर्लिनदेखि म्युनिखसम्मको सम्पूर्ण टिकट खर्च रेस्टुराँ व्यवसायी दिल गुरुङले नै बेहोरेका थिए । सुजाता बर्लिनको दुईदिने यात्रामा स्पान्डाउस्थित नेपाली राजदूतको निवासमा बसिन् । र, त्यहाँ उनले केही जर्मन राजनीतिकर्मीसँग भेटघाट पनि गरनि् । र, बर्लिनबाट म्युनिख, दिल्ली हुँदै काठमाडौँ फर्किइन् । धमला भने सुजाता उडेको दुई दिनपछि मात्र नेपाल फर्किए ।
सुजाताको जर्मनी सयरमा जेजस्तो राजसी ठाँटबाँठ देखियो, त्यसका निम्ति उनले खर्च गरेको र यसरी नै अन्यत्र पनि खर्चिने गरेको धनराशिको स्रोतचाहिँ के हो, के उनले यसको जवाफ दिन सक्छिन् ?