दामे
हालसालै एउटा भारतीय डाक्टर भेटीयो दामोदर भन्ने – दुब्लो पातलो। तेस्ले मलाई दामे सम्झायो --- मैले बेलुका बाङ्गेलाइ फोने गरेर सोधें “ए बाङ्गे – त्यो दामे थ्यो नी – पछी छात्रबृतिमा गा थ्यो नी त्यो के गर्छ हँ अचेल?”
“अचेल त अब खै के गर्छ गर्छ --- यस्सै भन्न मुस्किल् छ” भन्यो बाङ्ग्ले।
किन भनेर सोध्या “भयो त्यो दाम्या कुरो नगर” भन्छ बाङ्गे त।
****
“यो नरकटलाइ नी बाउ आमाले बिगारे” सडक ताकेर झ्यालाँ अलपत्र पर्या दुब्लो पातलो दामेलाई हेर्दै पिच्च थुकेर बाङ्गेले भन्यो।
हामी सबैले नी दामेलाइ हेरीम। रहर र खोक्रो प्रसम्सा को साँधमा बन्दी थ्यो उ भन्ने ठहर भो हाम्रो।
“आइज, ट्वाँट तान्न हिन भत्क्या पुल मुनी” ट्वाकले तान्दै गर्या चुरोटले धोबि खोला तिर इसारा गर्दै दामेलाइ बोलायो। कट्टर् पुरेतलाइ सरादको दिन मासु भात खने निम्ता दिया झैँ गरी बिच्कियो दामे र नाँइ मा छिट-छिटो टाउको हल्लायो। हामी सबै हाँसो मिलाउँदै अघि बढिम।
“हाम्रो दामोदर जस्तो असल र भलादमी केटो यो टोलाँ अर्को छैन” भनेर दाम्या बाउ आमा थाक्दैन थे। “सडकाँ जानी, आवारा केटाहरु सङ खेल्नी, जे पायो तेइ बोल्नी तेस्तो केइ गर्दैन – इस्कुल बाटा आउँछ, आफ्नो पढाई गर्छ --- जे भन्यो त्यो मान्छ --- असाध्धे ज्ञानी छ हाम्रो दामोदर” भनेर बाउ आमाले दाम्या हाँसम् खेलम् भन्ने केटा केटीको रहर लाइ सदगुणहरुको घरमा नजर बन्द गर्देका थिए।
“हाम्लाई आनन्दै --- जस्लाई भेट्यो बाउ उसैलाइ छोरो बिग्रियो---खत्तम भो” भन्छन् – बाङ्गेले लामो सर्को तानेर छोड्या ध्वाँलाइ पछाउँदै आफ्नो कुरो गर्यो। “बिग्रिएला कि भनेर बिचार गर्नु पर्ने अब खत्तैमै भैसके सि के को बिचार्?” बाङ्गेले प्रश्नमा आफुले किन गति छाड्या हो र तेस्मा बाउको के कति भुमिका छ तेस्को जानकारी दियो र थप्यो "अब यसै चेट उसै चेट"। हामी सबैका पनि आ-आफ्नै करण थे तर मिल्दा जुल्दा।
दामे उस्को बाटोमा थ्यो --- हामी आफ्नै। उ पनि प्रगती गर्दै थ्यो हामी पनि। आ आफ्नो बाटोमा हामी अगाडी बढ्दै थिम। “दामोदर लाई हेर न दामोदरलाई ---कस्तो छ ---“ भन्ने उपदेश् घराँ सुन्दा सुन्दा कैले दामेलाइ लगेर सत्तेनारनथान मुनि भकुर्दिम कि जस्तो लाग्थ्यो कैले चाँई आफु पनि दामे जस्तो हुन पाए --- सबैले ज्ञानी भलादमी भनेको सुन्न पाए भन्ने लाग्थ्यो तर आफ्नो मनमा पैले देखि ठाम जमार बसेका र हामी सङ्गै हुर्केका उग्र बिचारले तेस्ता भलादमी बिचारलाइ सखरी बखरीमा झै तु कटाई हाल्थे।
दामे पढाइमा तिखो थ्यो क्यारे – सधै फस र सेकेन भा सुनिन्थ्यो – हामी भने रिजल्ट हुने दिन कहा जाम के गरी ज्यान जोगाम जस्तो भएर भेटे जती देउता थान् ढोग्दै हिन्दै ठिक्क हुन्थ्यो। पछी यसो चाल बुझ्दा पास भैयो रे भन्ने बुझे सि छोइ सक्ना नभर घर छिरिन्थ्यो। बाङ्गे चाइ गुल्टीयो भने पनि सके सम्म तेइ इस्कुलमा हैन भने आमाको सिफारिसमा बाउ लगाएर अर्को इस्कुल सरेर भए पनि किलास चढेरै छोड्थ्यो --- खै के गरी हो --- तेस्को बाउको पहुँच बलियो थ्यो क्यारे दरो।
हुँदा हुँदै एस् एल् सी नी सकियो --- दामे बिज्ञान तिर लाग्यो हामी मानबिकी तिर --- हाम्लाइ तेतै चपेटा थ्यो। हाम्रो हुलाट नी एउटा बिज्ञान तिर नगा त हैन तर त्यो तेइ बाईलोजीको लोखर्के जस्तो भै सक्याथ्यो बिचरा।
आइ एस सी सकिनु भन्नु के थ्यो -- दामे त छात्रबृतिमा लाग्यो बिदेश् तिर हामी भने तेतै मडारिन्थिम—रातभरी ओछ्यानाँ दिनभरी सडकाँ ------ मङ्गल बार चाबेल गयो चोकाँ उभियो ठिटी हेर्यो –सनिबार पशपती गयो ठिटी सङ्ग चन्दन माग्यो तेस्तै थ्यो ---
गौशालामा च्या तान्दै होस वा बौधमा छ्याङ्ग --- दामेले जिन्दगीमा केइ गर्छ भन्नेमा हाम्रो संका थिएन अब।
****
किन बाङ्गेले “भयो त्यो दाम्या कुरो नगर” भन्छ भनेर त फेरी सोध्नै पर्यो नी।
फेरी सोध्या “दामे त पछि हरिप भो नी --- हाम्लाइ डाउन गर्ने भे र निस्क्या थ्यो – घराँ एउटी बाहीर दुइ तिन् टी स्वास्नी थिए रे तेस्का – अनि घराँ भाकीको को अर्को एउटा थियो बुझिनस के–- भद्रगोल भएर दामे ट्वाँटको सुरमा खाली भुमिका चावला सङ्ग ब्या गर्छु भन्थ्यो ----पछी पछी”
"अनि?" मलाइ अचम्म नी लाग्यो – दुख: पनि – अनि कता कता खुसी पनि दामे बिग्र्या सुनेर।
“अनि अब केइ न केइ --- मेरो बोलचाल छैन अचेल -दामे सामे सङ्ग--यत्तिकै टेन्सन ----”बाङ्गे झर्कियो।
“किन?” सोधें। बाङ्गेलाइ के को टेन्सन हो जस्तो लाग्यो।
“किन किन अब --- दामेलाइ सम्झाएर सकिएन भनेर तेस्को स्वास्नीलाइ सम्झाउन थाल्या है -- दामे त बिच्किएर --- के भन्छस --- राम्रो काम त खै मन लागे जती गर्नै नपाइ मरिने भो की भनेर पीर लाग्छ “
म अलि सतर्क भएँ --- बाङ्गेको कुरो तेति सोझो लागेन मलाइ --- मैले बाङ्गेलाइ राम्रै चिनेको हो ---
“अनि ---अब तँलाइ के लुकाई भो र कुरा --- तेस्की स्वास्नी चाइँ बुझिनस् ------“ बाङ्गे एक सुरमा बोल्दै थ्यो --- म भनेँ दामेलाइ तेइ झ्यालाँ खोज्दै थिएँ बर्षौँ अघि सडक नियाल्दै गर्या।
**************
जय सम्भो।