प्रशान्त तामागँ कन्सर्टमा लौ हेर्नुस डीसीमा आयोजकको करामत:
एकातिर भी.आई.पी. सीट भनेर सय डलर लिएर प्रशान्तसगँ डिनर ख्वाउने प्रचार गरे।
झुर थर्ड क्लास केरि आउट जस्तो रेस्टुँरामा लगेर भेला गरे सबै सय डलर तिर्नेहरुलाई।
खचाखच डेढ सय भन्दा बढी थिए रेस्टुँरामा शो पछि भेला भएकाहरु।
रेस्टुँराका भारतीय साहुनी भीडमभाड पाहुनाहरुलाई कराई कराई भनिरहेकि थिई, "यतिका
मान्छे आऊने हामीलाई थाहा दिईएको थिइएन"।
रेस्टुँरा पस्ने गेटमै आयोजक माडसाव स्वयमले टिकट लिएर मात्र हुलेका थिए पाहुनाहरुलाई।
सय जना पाहुनाका जनही सय डलरको हिसावले पनि सिधै दश हजार हुनेभयो। शो को
डलर ७५ काटेर पनि रेस्टुरामा जनही ड. २५ राखेको भए मनग्गे पुग्नेथियो। गुणस्तरको
छरितो रेस्टुँरामा गर्न सकिने थियो।
आयोजकले कन्सर्ट शार्प ७ वजे साझँ शुरु गर्ने भनेर हल्ला पिटेको थियो। हो त क्यारे
यसपाला त साँच्चै टयामको कदर गर्नेहोला भनेर समयमा गएको, के हुन्थ्यो?
त्यही अनुहारहरु, त्यही वानी। अमेरिका त के, अन्टार्टिकामा गए पनि तो लागेको हाम्रो बानी
के छुटथ्यो जव सम्म अनुशासन र आर्थिक लौरो पुर्पुरोमा जोडले वज्रदैन।
भोकले पेटमा मुसा दौडन लागेको थियो। खानाको लाममा वसिरहेको बेला कँहावाट साहुनी आएर
कलिलाहरुलाई ईशारा गर्दै सशँकित स्वरमा प्रश्नसुचक रुपमा कराइन, "टिकट त छ तपाईहरु सगँ?"
लाममा उभेका अर्कैले फ्याट्टै मुखभरिको जवाफ दिईहाले, "टिकट नभए के एत्रोसगँ यँहा आउनु?"
कुइया निरामिष खाना रहेछ। भेजीटेरियन खाना साधारणत राम्रो हुन्छ तर यो परेछ कुइयादर्जाको।
केहिक्षणको पर्खाई पछि सोनी र सोनीका पुछारे ठेकापटटावाल दलवलले घेरेर प्रशान्तलाई रेस्टुँरामा
प्रवेश गर्याए। बिचरो वस्न के पाएका थिएनन, भीडले प्रशान्तलाई छोपिहाले। त्यँहा कुनै कुरो व्यवस्थित
ढगँले गरिएको देखिन्न थियो।
प्रशान्तका अगँरक्षक हुन भनिएकि प्रशान्तजीवि मीस वर्षा भीडमा बर्षिए र प्रशान्त लाई तुरन्तै बाहिर लगिहाले।
यसरी कुइया खानामा सय डलरवालाहरु जिल्लिए। वेसकन ठगिए अमेरिकाको राजधानी वाशिगँटन डीसीमा।
आयोजकमा अलिकति मात्र जिम्मेवारी वहन गर्ने चासो भए यस विषयमा जानकारी गराउनपर्यो। नत्र बचेको
वाँकी पैसो च्यारिटीमा राखिनपर्छ।
हलमा स्टेज अघि सुरक्षाको व्यवस्था गतिलो थियो। स्टेज कार्यक्रम पनि राम्ररी सचाँलन गरिएको थियो।
उश्रृँखल नै त नभनौ, केही अत्योतत्साहित जोशिला दर्शकहरुले चिच्याएर र वुरुक वुरुक उफ्रेर गीत
राम्ररी सुन्न दिए त के र?
गेटमा पनि जोसुकैलाई बेटिकट छिर्न नदिन दरिलो ब्यवस्था मिलाएका थिए। यस्ता कार्य प्रशँसनीय छन।