उपन्यासमा अमेरिका
दर्ुर् इ चरणका छोटा बसाइमा स्वप्नभूमि अमेरकिाका बारेमा तयार पारएिको उपन्यास हो, पातालकी प्रेयसी । एक अमेरकिीले बुद्धको देशमा
पनि हिंसा र हत्या हु“दोरहेछ भन्ने कटुवचन लगाएपछि कथा लेख्न तम्सिएका लेखकले अन्ततः सिङ्गो उपन्यासै टक्र्याए, नेपाली साहित्यलाई । उपन्यासमा अमेरकिाको अपसंस्कृति, टपरटुइ“ये वैवाहिक जीवन र संवेदनाहीन समाजका विरुद्ध सशक्त प्रहार गरएिको छ । खुला यौनको पनि त्यति नै विरोध छ । र, उपन्यासभर िलेखक नेपालमै रहेकी पत्नीको प्रेममा समर्पित हु“दै अमेरकिी यौवनाको आलिङ्गनबाट आफूलाई अछूतो राख्न सफल भएका छन् ।
उपन्यासमा त्यहा“का हृदयहीन मनहरूको प्रस्तुति छ । तर, लेखकले नेपालको विषमता र विसङ्गतिको पनि छारो उडाएका छन् । उनले यहा“को राजनीतिलाई सत्तोसराप गरेका त छन् नै, साथै सत्ता र शक्तिमा आउनेको गुनगान गर्ने युवा पुस्ताप्रति कटाक्ष गर्न पनि बा“की राखेका छैनन् । लेख्छन्, "गरबिीले हो या के हो, अधिकांश नेपाली द्वैध चरत्रिबाट ग्रस्त छन्, चाकडी प्रथामा चल्छन् ।" उनी पटकपटक नेपाललाई सम्झेर भावविह्वल हुन पुग्छन् । तर, यहा“को विकृतिलाई गाली गर्न पनि छाड्दैनन् ।
त्यसो त लेखक नेपालको वर्तमानबाट सीमातीत रूपमै मोहभङ्ग भएको अनुभव गर्न सकिन्छ । लेख्छन्, "... आई एम् दी नेपाली भनेर गर्व गर्नसक्ने ठाउ“ छैन । ... हामी सबैको मानसिकता खराबबाट खराबीतिर, बेइमानबाट बेइमानीतिर, लुच्चोबाट चुत्थ्याइ“तिर, फटाहाबाट फट्याइ“तिर र दरद्रिबाट दरद्रितातिर दौडिरहेको छ ।" यो उनको बुझाइ हो । लगत्तै उनी द्रविभूत हुन्छन् र भावनाहरूमा पोखिन्छन्, "राजनीतिज्ञ न त सबै विकृतिका दोषी हुन्, न त सबै असल कामका हकदार । यो देश सबै रँजनीतिज्ञले मात्र बिगारेका होइनन्, हामी पनि त दोषी छौ“ ।" यो उनको अर्को बुझाइ हो ।
उपन्यासभर िपोखिएको विषय प्रेम हो र त्यसका लागि उनले आफूलाई नै जोगाएका छन् । एउटी स्त्रीस“ग विवाह गरसिकेपछि अन्य स्त्रीहरूतिर चिहाउनु हु“दैन भन्ने मान्यता छ लेखकको । प्रेममा छताछुल्ल हुन खोजे पनि उनी अर्धाङ्गिनीको सम्झना र आमाको अर्तीलाई सम्झेर ब“चेका छन् । यस्तै भावना र यथार्थको संवेगमा बग्दाबग्दै सकिन्छ, पातालकी प्रेयसी ।
समष्टिमा कृष्णराज खनालले नेपाल र अमेरकिाका बारेमा धेरै भनेका छन् । कति कुराहरू भनेकामा आनन्द लाग्छ तर कतिपय अव्यक्त नै रहेको भए हुन्थ्यो जस्तो लाग्छ । जेहोस्, एक बसाइमा उपन्यास पढ्न कुनै कठिनाइ पर्दैन ।