भाग - १ बाट क्रमश ...............
नहुनुपर्ने, तर त्यस दिनदेखि म चिन्तित हुन थालें । आखिर कारण पो के हो
र ! मेरो के दोष ? कुरा आयो, गफ गर्न लगाए, गफ गर्दा केटी त त्यस्ती पो ! गफै नगरेको भए त झन !! गफै नगरी हाम्रो बिहा
भएको भए ! यस्ता मानिसको मनोबिज्ञानमात्र फरक हो कि अंगहरुनै बेग्लै हुन्छ ? अंगहरु सकुसलनै भएको भए त बिहापाछि पनि मैले थाहा नपाउने
रैछु । खोजेको कुरा पाएपछि म त त्यसैमा रमाउँथें होला नि ! तर के उनमा म नारित्वको
भाबना जगाउन सक्थें होला ? धत् के सोचेको
होला ! लायकको छु, सामान्य केटी नै पाइहाल्छु नि ! आफ्नो निश्कर्षप्रति आफैं हाँस उठयो, म बिहा गर्न सामान्य केटी पाउन संघर्षरत छु ।
एउटा सानु घटनाले
मानिसको मनोबिज्ञानमा कस्तो फरक पार्छ ! आजकल म हरेक केटीका बारेमा ससंकित हुन्छु
। लाग्छ यिनीहरु पनि यस्तै हुन के बेर ! हुन पनि हो ! यो बिचित्रको संसारमा जो
जस्तो पनि हुन सक्छ ! कसैको निधारमा लेखीएको हुँदैन क्यारे, यो यस्तो हो है भनेर !
“के छ साथी?” बरन्डामा आफ्नै
धुनमा मग्न मलाई राकेशको बोलीले झस्काउँछ । राकेश, मेरो हितैषी, सानैदेखी संगै पढेका, अहिले जागीर पनि एकै ठाउँमा छ ।
“त्यतीकै, जाडोमा घाम तापेर बसेको ।“ मैले सोझै ढाँटें, म त अहिले पनि त्यहि अस्तिको घटनाको बारेमा सोचेर बासेको
थीयें ।
“अनी के भो त? शुक्रवार केटी हेर्न हिंडेको साथी, खोज खबर नै छैन त ! केटी मन परेन ? ”
अब के भन्ने, साथी नै भएपनि उसलाई साँचो भन्न मन लागेन ।
“अँ, त्यस्तै त्यस्तै “
“तैंले बिहा गर्लास जस्तो छैन !”
“छाडदे त्यस्ता कुरा, आज मुड पनि छ, मौसम ले पनि च्यालेन्ज गर्यो, के छ बिचार ?”
“मैले किन पो नाइ भन्नु छ र !“
हामी
रेष्टुरेन्टतीर लाग्यौं । नशाले त मलाई अस्तिको घटनाको छटपटीबाट मुक्त गर्ला !
धेरै पीयौ, अझ मैले त झन धेरै नै पीयें । नशाले असर देखाऊँदै गयो, म मा त्यो छटपटीको ठाऊँमा एकसुरे रमाइलोपन (मात) चढदै गयो ।
कोठा फर्केर दुबै गर्लम्म खाटमा ढल्यौ ।
अर्धनिन्द्रामा
थीयें, निदाउने क्रममा, अलिक असजिलो जस्तो महसुस भयो । अरे, राकेशले त पुरै तीघ्रा मलाइ बोकाएर हातले मेरो पाखुरा
सुम्सुम्याउँदै पो छ त ! धत्, हैन ! मलाइ आफैं बिश्वास लागेन । आखीर सानैदेखीका साथी हौं, यसअघी सयौं चोटि संगै सुतीयो होला ! के यो सपना हो त ? मैंले आफैंलाई चीमोटें, अहँ, हैन । मैले थाहा
नपाएको पो रैछु त ! आखीर म सुतेपछि काटेको पनि थाहा नपाउने मान्छे ! डाकाले मेरो
बानीको फाइदा पो लीएछ । मैले पर सार्न खोजेको त झन पो ढेपिन्छ ! अरे, मेरो पछाडी यस्को अंगले छुँदैछ कि क्या हो ! अब त अति भो !
त्यसलाइ पर हुत्याएर अर्को खाटमा गएर सुतें । आखीर कस्को पो बिश्वास हुन्छ र !
सानैदेखीको साथी त यस्तो रैछ, थाहै थिएन । तर भोगाइले मलाइ सिकाएको छ । “डाका!”, म मनमनै सराप्दै निदाउन खोजें, तर निद्रा के लाग्थ्यो र ! जाँडको नशा पनि उडिसकेछ ।
“तपाइलाई आजकल चिन्तीत देख्छु, किन हो ?” अफिसको टेबलमा
झोक्राइरहेको मलाइ रश्मीले एक्कासि सोधी । रश्मी, मेरो अफिसकी कनीश्ठ कर्मचारी !
“केही बोल्नु न ! कि हामीसंग बोल्न नहुने हो ?”
“केही भएको छैन ! फेरी तिमीलाई के को चासो ! खुरुक्क आफ्नो
टेबलमा गएर काम गर । "
म अनायस जंगीऐ, पछि आफैंलाई ग्लानी भयो । के पो गल्ती थीयो र बिचरीको, मलाइ झोक्राएको देखी, अनी के भएछ भनेर सोधी । मैले यो राम्रो गरीन । आजसम्म म
रिसाएको अफीसका कसैले देखेका थिएनन् । म किन यस्तो भएको ? हैन यो भएन, हुँदै भएन । मैले अठोट गर्दै मुठ्ठी कसें । एकछिनमा गएर
रश्मीसंग माफी माग्छु ।
थकीत शरीर लीएर
अफीसबाट फर्कदै थियें, बाटोमा त्यहि केटी देख्छु । हो, मेरी हुन नसकेकि श्रीमती, बाइकको पछाडी बसेकि । अगाडी चैं ?? त्यही केटी त होला, उसकी मायालु । उत्सुकताबस मलाइ उसको पिछा गर्न मन लाग्यो !
यस्तो कुरामा अल्पज्ञानी मलाइ केहि ज्ञान पो मीलीहाल्छ कि ! बाइकमा भएका उनीहरुलाइ
पछयाउन म ट्याक्सीमा चढछु र बाइकको पीछा गर्न भन्छु । ट्याक्सीवाला मलाइ एकतमासले
हेर्छ र कुदाउँछ, उनीहरुकै पछिपछि । म भने पछाडीबाट त्यो बाइक चलाउनेलाई हेर्दै त्यो कस्ती होलि
भनेर बिचार गर्न थाल्छु । अनायस म त्यसलाई आफ्नो प्रतीद्वन्दी बनाउँछु । केटी
भएपनि ठुलो डाल परेकि, पछाडीबाट
चौडा-चेप्टो छाति, तिघ्रा-पाखुरा पनि ठुला ठुला, केटाका जत्रै ! यस्तो केटी-केटीको सम्बन्धमा दुबैजना केटी भएपनि एउटी केटाको
रुपमा र अर्की केटीको रुपमा ब्यबहार गर्छन भन्ने सुनेको थीयें, यी दुइमा केटा चै पक्कै यो बाइक कुदाउनेनै हुनुपर्छ । बाइक
कुदाउनुले पनि त त्यसको पुस्टी गर्यो नी, जीउडाल हेर्दानै केटाको जस्तो छ । यो मेरी हुन नसकेकी
श्रीमतिलाई पनि केटाले नभएर केटाजस्ती केटी चाहीएको !
गोदावरी पुगेर
बाइक रोकीयो । मैले ट्याक्सी अली वरै रोकें, देख्लान कि भनेर । म यीनीहरुलाई आज दिनभर के छोडथें र ! के
सोच्याछन् मलाई, एउटा पनि नछुटाइ James Bond को फिल्म हेरेको मान्छे पो हो त, म !!!
क्रमश ………
Last edited: 07-Jan-08 04:03 AM