साझामा केही कथाहरु छापीयो, राम्रै स्वागत गर्नुभयो यहाँका रैथाने साथीहरुले । यसपाली भने एउटा कबिता लीएर आएको छु, बिषय अलीक फरक छ, देश, जनता र देशप्रतीको जनताको कर्तब्य । अली निरस हुन सक्छ, खल्लो पनि हुन सक्छ, म बर्षौ पछि जो कबिता लेख्दै छु ।
साथीहरु, I guess most of us are youths here in this forum, I want a discussion in this topic, a youths discussion on something related to a country.
पाइलाहरू
रक्तिम उशाका स्वर्णिम किरणमा
म जब आफुलाई नुहाइरहेको पाउछु
म मा शक्ति संचारित हुन्छ
अणि नौलो दिन को द्रिड सुरुवात
म नयाँ जोश, नयाँ योजना र नयाँ अठोटका साथ गर्छु |
हींडदैगर्दा म देख्छु ,
बाटोभरी धुलो को मुस्लो छ
मेरी आमालाई खोकी लाग्यो होला !
नयाँ योजना फेरी थपिन्छ ,
हो , अब मैले भूलो छान्न छान्ने बनाउनु पर्छ
पर क्षितीज सम्म सफा देखिने आकाश बनाउनु पर्छ
म अठोट गर्छु, द्रिढताकासाथ मुठी कस्छु
अहँ, मैले खुट्टा कमाउन मिल्दैन
मेरी आमा रोगले छटपटाइरहेकी छन !
हिडदाहिडदै सबै टक्क रोकिए
प्रगतिसिल पाइलाहरु अनायस छेकिए
अहो, पुल त झरेछ
खाँबाहरु बाढीले लगेछ
तर अहँ, मैले हार्न मिल्दैन, मैले थाक्न मिल्दैन !
देखें, माथि हावाइजहाज उड्दै छ,
पुल झर्नाले उस्को बाटो छेकिंदैन !
एक्कासी आशा पलायो !
हो, यसै हावाइजहाजमा कोही त पक्कै
पुल बनाउन सिक्न गयो वा सिकेर आयो!
अत्मबिश्वास बढ्छ,
म अनायस आफ्न दुई हात उचाल्छु
मलाई विश्वाश छ,
मेरा पछाडि हजारौं हातहरु
हात्तेमालो गर्न उचालिएका छन
र हामी हाम्रा काँधमा
त्यो खाँबोबिनाको पुल थेगेर
प्रगतिसिल पाइलाहरु सुचारु गर्नेछौ !!!