धेरै दिन को ब्यस्तता पछी आज एक्छिन फुर्सत को समय आयो
फर्की जाने दिन नजिकै आउँदा , नेपाल तिम्रो याद आयो ।
बोतल को भिटामिन् सुरुप्प पारे , जुम्ला मा स्याउ सडेको याद आयो
एभोकार्डो को टुक्रा मुख मा हाल्दा सिन्धुली को जूनार अनी धनकुटे सुन्तला याद आयो
चिल्लो बाटो मा सरर गूड्दा हुम्ला सिमिकोट् को याद आयो
बाटो मा पर्ने रोपवे लाई देख्दा , मर्स्याङ्दी को तुइन याद आयो ।
आकाश मा उदेको पिलेन लाई हेर्दा R.N.A.C. को याद आयो ।
बुलेट ट्रेन दौडेको देख्दा छाता बोकेर यात्रा गरेको जनकपुर जयनगर को याद आयो
अरबौ को हुल मा नि एक्लो हुन्छु, मेरो गाउ बेसी को याद आयो
गेरी , ब्रोक ,जोसेफ हरु सँग हिड्दा
भुन्टे काले रामे श्यामे अनी बिर्खे कान्छा को याद आयो
साता को बिदा मा डिस्को गये कम्मर भाची रमाउन गाह्रो भयो
बालन, मारुनी , लाखे , देउडा अनी धान नाच नाचेको याद आयो
ड्रम र गीतार को धुन कान मा पर्दा मादल मुर्चुङगा को याद आयो ।
खोला को किनर मा बासुरी बजाउने माझी दाई को याद आयो ।
हिपोप र र् याप सुन्दा काले दाई को
रोधी मा बसी गाएको अनी देउसे भैलो को याद आयो
बर्गर तोके जब मैले , लक्ष्मी पूजा को याद आयो ।
एक घुट्को पियी व्हिस्की को प्याला , निल्न लाई मलाई गाह्रो भयो
कान्छी को भट्टि को तीन पाने अनी मगर्नी दिदी को जाड याद आयो
गाला सुकेका सुन्दारी देख्दा सेर्पिनी को गाला याद आयो
धिमाल्नी दिदी , पहाडी कि रानी तामाङ्नि निमा
अनी
घास को भारी डोको मा बोकी दोहोरी गाउँने गुरुङ्सेनी को याद आयो
कान मा कर्बिल को फुल सिउरी हिंड्ने पोडिनि मैया को याद आयो
क्लिन्टन त ओवामा को भाषाण नि सुने , नेपाल को राज निती याद आयो
गिरिजा माकुने कमल ,प्रचन्ड अनी बाबु राम को याद आयो
किनेर खन्छु बोतल को पानी , हातुङ झरना को याद आयो
सेकेन्ड सेकेन्ड मा खेर गएको , कोशी , गण्डकी अनी
कर्णाली को पानी याद आयो
स्कीइङ गर्न हिमाल तिर जादा , हामीले फाईदा लिन नसकेको
हिउ को ओड्ने ओडेर हासी रहेको
सैयौ हिमाल को मुस्कान याद आयो