First of I would like to thank Amazing for taking time to answer (suggestion) in detail to my previous question. Rest who answered the question, I guess that was the "nicest" thing you could say. Thanks to you too.
I have written a timepass poem. Hope you will like it
सान्नानी
रीसाएर हेर्छौ तिमी कर्के नजर हानी
आँखा छन ठुला ठुला मान्छे भने सानी
नजिक आउ भन्दा सधैं पर पर भागछौ
मेरो माया लुकाएर कतिन्जेल राख्छौ?
त्यो परको भञ्ज्याङमा वर पीपलको जोडी
ढुङ्गा जस्तो मुटु तिम्रो तर कती राम्री मोरी
बिहे गरौ भन्दा भन्दा मुख थाकी सक्यो
२९ पुगी ३० लागे तालु टाल्की सक्यो
बाउ हुने रहर मेरो तिमी छोरो पाउली
रातो भालेको टाउको पनि तिमीनै खाउली
बोल्दा पनि बोल्दिनौ मन मेरो रुन्छ
यती धेरै माया तिमीलाई अरु कस्ले दिन्छ?
बैस छ्हदै माया लगाउ उमेर जाला खेर
म यही पर्खी बसेको छु फर्केर त हेर