काठमाडौ, साउन ३२ गते ।
'येनबद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल ।।'
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी 'जेले अत्यन्त बलशाली दानवराज बलि बाधिए, त्यसैले म तिमीलाई बाध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ' भनी डोरो बाधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ ।
मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन -डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाधिदिन्छन् ।
यस उपलक्ष्यमा तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल र कुशद्वारा ऋषितर्पणी गरी वैदिक
विधिपूर्वक मन्त्रिएको नया जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई 'जनैपूणिर्मा' पनि भन्ने गरिन्छ ।
हिन्दु दर्शन अनुसार जनैलाई 'ब्रहृमासूत्र' अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रहृमा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ-आˆना गुरु-पुरोहितकहाा जाने गर्छन् ।
यसैगरी, आजको दिन देह शुद्ध गरी देवता, सप्तऋषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई 'ऋषितर्पणी'का नामले पनि चिनिन्छ ।
यसदिन सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । आजको दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वााटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदीबहिनी र दाजुभाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदीबहिनीले आˆना दाजुभाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बााधी आˆनो रक्षाको वचन लिने चलन पनि छ ।
आज काठमाडौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, त्रिवेणीलगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनको ठूलो घुइचो लाग्छ । नेवार समुदायमा आजको दिनलाई 'गुन्हु-पुन्ही' भनी मनाइने परम्परा छ । रासस
http://www.gorkhapatra.org.np/detail.gopa.php?article_id=5037&cat_id=14