अरु को लेखहरु पढ्ने मलाई पहिले देखी नै ठुलो सोख थियो। शायद तेसैले राम्रो लेख्न नजाने पनि मलाई लेख्न मन लगेको होला। लेख्न त मलाई धेरै कुरा हरु मा मन थियो, तर समय को अभाव ले गर्द मैले सोचेको जस्तो लेख्न पाएको छैन। यो ब्लग सुरु गर्नु भन्दा अगाडि मैले दिन को एउटा लेख लेख्छु भनेर प्लान गरेको थिये तर याथर्त मा हप्ता को एउटा ब्लग पनि लेख्न सकेको छैन। अमेरिकामा समय लाई आफ्नो कन्ट्रोल मा राख्न पनि धेरै गाह्रो कुरा रहेछ। मैले समय लाई आफ्नो कन्ट्रोल मा राखी राछु कि समय ले मलाई कन्ट्रोल मा राखी राछ भन्ने सोच्दा सोच्दा ५ बर्ष बितेको था नै भएन।
(नेपाली मा लेख्ने वा टाईप गर्ने बानी नभये को हुनाले सुरु सुरु मा हुने टाईपिङ मिस्टके भएमा माइन्ड नगरनु होला। )
जे होस् ढिलो भए पनि आफ्नो ब्लग खोलेर लेख्ने प्लान त गरे तर के को बारे मा, कसरी र कुन ल्यांगवेज मा लेख्ने भन्ने कुरा सोच्दा सोच्दा फेरी अर्को २-३ महिना बितेको पनि था नै भएन । यो समय भन्ने कुरा ले पनि गर्नु गर्छ। जे होस् यो महिन देखी लेख्न सुरु गरे, तेही नै ठुलो उपलबधि को कुरा भयो अहिले को लागि । हा हा। yourbichar.com मा दुईवटा भाषा ईंग्लिश र नेपाली मा बिभिन्न तपिकहरु मा लेख हरु लेख्ने निधो गरेको छु। ईंग्लिश मा एउटा ब्लग पोस्ट गरी सके। त्यो पढ्न को लागि तल भएको लिन्क मा क्लिक गर्नुस्। अब नेपाली मा लेख्ने पालो।
http://yourbichar.com/2008/09/18/replacement-of-1950-treatyat-what-cost/
लेख्न को लागि त धेरै तपिक हरु छन । तर अहिले लाई चाइ मेरो स्कुल लाईफको याद हरु बाट सुरु गर्छु। यो लेखमा घतना हरु साचो भये पनि यो लेख मा प्रयोग हुने साथी हरु को नाम हरु सबै काल्पनिक हुने छन। तर शिक्षक र स्टाफ हरु को नाम चाइ साँच्चीकै राख्नु पर्ला । साथीहरु को के छ त बिचार ? म १० बर्ष को हुँदा लिटिल् एनज्लस् स्कुल मा ४ क्लास को लागि भर्ना भएको थिए। त्यो बेला यो स्कुल जावलाखेल मै थियो। त्यो टाईम मा फेरी यो स्कुल को कत्रो भाउ बाफ रे !!!! भर्ना हुन को लागि पनि कती नाटक गर्नु पर्ने। हुन त आजकल पनि तेस्ताइ नाटक गर्नु पर्छ होला। जसो तसो ढिलो भये पनि भर्ना पाये मैले। नयाँ स्कुल र नया साथी भएको हुनाले सुरु सुरु म कस्तो कस्तो लागि रहेको थियो। तर भाई बहिनी हरु पनि सगै जाने भएको हुनाले रमाइलो हुन्थयो । त्यो बिच चौर मा भएको monkey climb खेल्न त झनै रमाइलो। अनी त्यो देव्कोता सरको नेपाली क्लास चाइ अल्ली बोरिङ्ग। अरु भन्दा पनि मलाई त्यो "tin tin " र PT सर को मुख अहिले पनि याद आउछ । Tin Tin आयो भन्ने बित्तिकै सबै जना भागा भाग । किन त्यो tin tin भन्ने बित्तिकै सबै जना ताप कस्छ भनेर थापाउन मलाई धेरै दिन लागेन।
एक दिन म र मेरो साथी टोइलेत बाट फर्की राको बेला tin tin टाढा बाट हामी भएको तिरै आउँदै थियो। कुरा क्लास ४ मा हुँदा खेरी को हो। हामीलाई देख्ने बित्तिकै tin tin ले ........
to be continued in (Part-2)
Source: www.yourbichar.com