पुन्टे बुढाले भन्दा मिठो मस्यौरा पकाउने तथा खाने तरिका:
चाहिने सामाग्री-
१) एक कप मस्यौरा
२) दुइ तिनवटा आलु
३) आधा प्याज मसिनो गरेर काटेको
४) ४ वटा जति मध्यम साइजका गोलभेँडा (गोलभेँडाले अलि अलि अमिलो हो कि जस्तो मिठो टे्स्ट दिन्छ)
५) जिरा, धनिया इत्यादिको धुलो भन्नाले मसलाको धुलो १ ठुलो चम्चा।
६) अदुवा लसुनको पेस्ट एक चम्चा।
७) तेल २ ठूलो चम्चा
८) घ्यू वा बटर ५ ठूलो चम्चा ( मस्यौरा भुट्नको लागि)
९) नून चहिएजति।
बिधी-
१) आज मस्यौका पकाउने भनेर मख्ख परेर जोशिने
२) मुसुक्क हाँस्ने र भान्सामा जाने
३) एउटा भाँडो तताएर त्यसमा घ्यू वा बटर हाल्ने।
४) घ्यू तातेपछि मस्यौरा हाल्ने र चलाउँदै भुट्ने।
५) मस्यौराको बास्ना आउन थालेपछि झन छिटो छिटो एकछिन भुट्ने र रातो रातो भएपछि डढ्नु भन्दा अगाडि मस्यौरालाई झिकेर एउटा
भाँडामा राख्ने र अलिकता नून छर्कने। (नोट: भुटेको मस्यौरा पाक्यो कि पाकेन भनेर क्वाप्प मुखमा हालिहाल्न हुँदैन तातो मस्यौरा जिब्रोमा परेर झ्वाइँSSSSSय गर्ने सम्भावना रहन्छ।)
६)त्यहि भाँडोमा बाँकि रहेको घ्यूमा तेल हाल्ने र तातेपछि प्याज हाल्ने।
७) हल्का रातो भएसम्म प्याज भुट्ने र त्यसपछि आलुका टुक्रा हालेर २-३ मिनट जति चलाउने।
८) नून, बेसार र अदुवा लसुनको पेस्ट हालेर १-२ मिनट चलाउने ।
९) मुसुक्क हाँस्ने।
१०) अब अघि झिकेको मस्यौरा चाख्ने बेला भयो, एउटा क्वाप्प मुखमा हाल्ने र झुरुम झुरुम चपाउने र एकछिन मख्ख पर्ने।
११)मस्यौरा चपाउँदै चलाउने र मसलाको धुलो हाल्ने।
१२) गोलभेँडा हालेर फेरि चलाउने र अलिकता पानी पनि हाल्ने यदि तरकारि भाँडोमा लाग्न लागेको जस्तो भए।
१३) आलुको तरकारी लगभग पाकिसकेपछि अलिकता पानी हाल्ने र फत्कन थालेपछि मस्यौरा हालिदिने।
१४) एक पटक सरर चलाउने पानी हाल्ने छिपछिपे अथवा लेसाइलो(ग्रेभि) कस्तो मन पर्छ त्यस अनुसार पानी अडकल्ने र छोप्ने र
मुसुक्क हाँस्ने।
१५) मस्यौरा भिजेपछि तरकारि तयार भयो।
मस्यौरा खाने तरिका:
१)भात संगको गाँसमा वा चम्चाले त्यत्तिकै खाँदा एक पटकको गाँसमा एउटा मस्यौरा,आलु,र ग्रेभि संयुक्तरुपमा आएको हुन पर्दछ।
२) मस्यौरा खाँदा ठुस्स पर्न हुँदैन मख्ख पर्न पर्छ, अर्थात :( गर्न हँदैन :डि गर्न पर्छ।
३) अरुलाई आफूले बनाएको मस्यौरा चाख्न दिएको बेलामा चाहिँ कस्तो बन्यो होला भनेर :पि गर्नु पर्छ।
धन्यवाद्।