हन बाजे, नातिनीहरुका बाउ हरु पल्टन बाट आछन् । तिम्रो नातिनीहरुलाई छेउ मै टसाएर राख्ने बानि पनि थाहा पाछन । तिम्रा त्यो तालु टाउकोमा फुरौंला उठाउने हल्ला चल्याछन । त्यहि भएर, म त भन्छु , यो तुलसी को मँठा जाने बेँला, नातिनीहरुलाई छेउमा ल्याम्ने भुल चाँहि नगर है बुढा , बरु कोहि नातिनी तिम्रो छेउमा आए भने हाम्रा घराँ पठाईदेउ, बाउ ससुराली गाछन , आमा माईती गाछन, २ , ३ दिन नभै आम्दैनम् भन्याछन् । ल है बुढा, बरु तिम्लाई गोडा २, ४ कोसा केरा र गोडा २ जति सुन्तला किन्दिम्ला। ल बुढा तिमी चाहि राम नाम जपेर बस, अहिले, म त उपल्ला गाउतिर लागे, पल्लाघरे धनीराम कि काईली छोरी, प्याउली , पनि त्यतै जादै छे रे , यसो मकै खट्टे खादै म पनि उहि संग उँभो लाग्नु पर्ला , बरु हाम्रा ढिँया आए भने , गोठाँ लएर एसो किला मा अढ्काईदेउ, है बुँढा ! फेरी भरे फर्केर स्वश्थानी पनि सुन्नु छ ।
थप गुनगुन को लागी http://sapanasansar.com हेर्नुहोला !
Last edited: 24-Jan-09 11:26 PM