बुभनेले कुरा नबुझेपछिशंकरबहादुर केसी
विसं
२००७ को आन्दोलनका क्रममा तत्कालीन राजा त्रिभुवनको भारत प्रवासको विषयलाई
लिएर अनेकथरी अडकलबाजी र हल्लाहरू चले । साथसाथै, १९९७ सालको घटनाको
विषयलाई लिएर पनि त्रिभुवनलाई बदनाम गर्ने कोसिस भयो । कतिसम्म भने,
शुक्रराज शास् त्री, गंगालाल, दशरथचन्द, धर्मभक्त माथेमा, टंकप्रसाद
आचार्य र रामहर िशर्मालाई सजायको फैसला सुनाउँदा त्रिभुवनको सल्लाह लिएको
र उनको समर्थन रहेको हल्ला चलाइयो । त्रिभुवनले त उनीहरूले के अपराध गरेका
छन् र यत्रो सजाय दिने भनेर जुद्धशमशेरका अगाडि प्रतिवाद गर्नुभएको थियो ।
तर, त्यसलाई गलत ढंगले प्रस् तुत गरयिो । कतिपयले त यसलाई पुस् तकमा पनि
लिपिबद्ध गरे । यस प्रसंगमा राजा त्रिभुवनले साह्रै चित्त दुखाएको कुरा
मसँगको हैदरावादको भेटमा उल्लेख गर्नुभएको थियो ।
००६ सालको एउटा
प्रसंग पनि यस् तै छ । इन्द्रजात्राका दिन राणाहरू हात्ती चढेर देश शयर
गर्ने चलन थियो । र, त्यसैक्रममा उनीहरूमाथि गणेशमान सिंह, सुन्दरराज
चालिसेलगायतको समूहले बम प्रहार गर्ने योजना बन्यो । तर, दुर्भाग्य
उहाँहरू पक्राउ पर्नुभयो । पछि उहाँहरूलाई फाँसी दिने भनेर पञ्जाछापका
निम्ति त्रिभुवनसमक्ष लैजाँदा उहाँले अस् वीकृत गरििदनुभयो । त्यहीबेला
त्रिभुवनले मलाई भन्नुभएको थियो, "तिमीहरू पनि पक्राउ परेर मारनिुपर्ला
भनेर मलाई खुबै चिन्ता लागिरहन्छ ।"
कान्छा छोरा वसुन्धराको कुरामा
राजा त्रिभुवन असाध्यै विश्वास गर्नुहुन्थ्यो । उहाँले नै १९९७ सालको
घटनापछि फेर िगणेशमान सिंह, सुन्दरराज चालिसे, वद्रीविक्रम थापा र
होमबहादुर देउजालगायतलाई फाँसी दिने हल्ला चलेको बताउनुभयो । फाँसीको कुरा
सदर भयो भने मुलुकमा ठूलो संकट आउने र धान्नै नसकिने विपत्ति आइलाग्ने
कुरा पनि वसुन्धराले त्रिभुवनलाई जानकारी गराउनुभयो । मैले बुझेसम्म
त्रिभुवन छिटो भारत जानुमा जनता उत्तेजित भई जनजागरण र क्रान्तिका लागि
वातावरण बनोस् भन्ने अभिप्राय लुकेको थियो । तर, त्यसको ठीक उल्टो ढंगले
भारत पलायन भनी बद्ख्वाइँ गरयिो ।
पुराना कुराहरू सम्भिmँदा गणेशमान
सिंहसँगको सन्दर्भ म भुल्न सक्दिनँ । उहाँले मलाई विश्वास गरेर जुन
जिम्मेवारी दिनुभयो, त्यो बडो महत्त्वपूर्ण थियो । गणेशमानकै कारण मेरो
पूर्णबहादुर एमएसँग सम्पर्क भयो । पार्टी कामकै सिलसिलामा मेरो भारत आउजाउ
चलिरहन्थ्यो । ००५ सालतिरकै घटना हुनुपर्छ, रक्सौलबाट गणेशमानजीको पत्र
लिएर म काठमाडौँ आउने निर्णय भयो । गणेशमानले भन्नुभयो, "यो चिट्ठी
सुरक्षितसाथ काठमाडौँ पुर्याउनू र पूर्णबहादुर एमएलाई दिनू ।" हामी
त्यहाँ आर्यसमाजको मन्दिरमा बसेका थियौँ । काठमाडौँतर्फ लाग्ने अघिल्लो
दिन एक जना जुत्ता सिउने व्यक्तिलाई बोलाएर गणेशमानले भन्नुभयो, "यस
औषधिमा कसैको आँखा पर्नु हुँदैन । यसलाई प्लास् िटकमा बेरेर जुत्ताको
तलुवाभित्र राखी राम्रोसँग काँटी ठोकिदेऊ ।" त्यही जुत्ता लगाएर म
काठमाडौँ आएँ । जब मैले त्यो चिट्ठी पूर्णबहादुरलाई सुम्पिएँ, हाम्रो
राजनीतिक घनिष्टता बढ्न थाल्यो ।
००७ सालको आन्दोलनको चर्चा गररिहँदा
कमलपोखरीमा रहेको कपडा छाप्ने प्रभात कम्पनीलाई बिर्सिन मिल्दैन । भोजराज
प्याकुरेल त्यसका सञ्चालक थिए । जब ००६ जेठ १९ गते काठमाडौँ उपत्यकाका
विभिन्न स् थानमा पर्चा छर्नुपर्ने भयो, रातारात प्रभात कम्पनीमा नै लिथो
गरेर आलुको छाप बनाई पर्चा तयार गरेका थियौँ । त्यसबखत सानै भए पनि
सुन्दरराज चालिसेका छोरा सुरेशराज चालिसेले रातभर बसेर त्यस काममा सहयोग
पुर्याए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुन्दरराजको परविारलाई
बिर्सियो भने त्यो अधुरो हुन्छ । प्रभात कम्पनीका भोजराज मात्र होइन, उनका
छोरा पुरुषोत्तम प्याकुरेलले पनि ००७ सालको आन्दोलनका क्रममा पुर्याएको
योगदानलाई बिर्सिन मिल्दैन । राजनीतिका साथसाथै आर्थिक क्षेत्रमा पनि उनको
उल्लेख्य योगदान रह्यो । प्रभात कम्पनी एक किसिमको राजनीतिक प्रशिक्षणको
थलो पनि बनेको थियो । बद्रीविक्रम थापाजस् ता धेरैले सुन्दरराज चालिसेबाट
त्यहीँ राजनीतिक प्रशिक्षण लिएका थिए । इमानदारीपूर्वक भन्ने हो भने
पुराना धेरै कांग्रेस नेताहरूले त्यसलाई बिर्सिन सक्दैनन् । तर, अहिले
त्यसको कुनै नामोनिसान छैन ।
जेठ १९ गतेको आन्दोलनका लागि मैले नै
काठमाडौँ उपत्यकाका धेरै स् थानमा भाषण र पर्चा वितरणका लागि कार्यकर्ता
खटाएको थिएँ । पक्राउ र धरपकड चर्कै भयो । त्यसका बाबजुद हाम्रो आन्दोलन
सफल रह्यो । मैले इन्चार्ज भएर काम गरेको कुरालाई धर्मरत्न यमीले आफ्नो
पुस् तक नेपालका कुरामा यसरी उल्लेख गर्नुभएको छ, "शंकरबहादुर केसी
त्यसताका कोइराला ग्रुपका समर्थक भई काठमाडौँका प्रमुख कार्यकर्ता र
हामीहरू पक्राउ परेपछि संगठनको इन्चार्ज भएर काम गरे ।"
पुराना
कुराहरू उल्लेख गररिहँदा धेरै मानिसमा अविश्वास पनि उत्पन्न हुन्छ ।
अहिलेको पुस् ता त्यस किसिमको आन्दोलनबाट बेखबर रहेकाले पनि त्यस् तो
लाग्नु स् वाभाविक हो । तर, पुरानो पुस् ता पनि सही कुरा बताउन आनाकानी
गररिहेको देख्दा मलाई अचम्म लाग्छ । सत्य कुरा लुकाउनु आवश्यक छैन । कमसे
कम इतिहासका कुरा नढाँटीकन उल्लेख गरििदने हो भने आउँदो पुस् ता त्यसबाट
लाभान्वित हुने थियो ।
मैले नेपालमा उल्लेख गरेका घटनालाई लिएर पनि
धेरै मानिसहरूले मसँग जिज्ञासा राखे । मेरो उद्देश्य इतिहासको सत्यतथ्य
बाहिर आओस् भन्ने मात्र थियो । घटनाक्रमहरू उल्लेख गर्ने क्रममा मैले
आफूसँग जोडिएका प्रसंगहरू मात्र उल्लेख गरेको हुँ । खास व्यक्ति र घटनालाई
भन्दा पनि ००७ सालको आन्दोलनकै सेरोफेरोलाई उल्लेख गर्ने मेरो ध्येय हो ।
किनभने, त्यसपछिका घटनाक्रमसँग अहिलेको पुस् ता पनि करबि करबि नजिक छ ।
तसर्थ, पुराना कुराहरू कोट्याउनुको उद्देश्य राजनीतिप्रति सबै मानिस एकै
सोचले लाग्दैनन् भन्ने पनि हो ।
अहिले म सुन्छु, त्यसबेला राजनीतिमा
लागेको पुस् ता अहिले बरोबर हन्डर र ठक्कर खाइरहेको छ । एकसरो कपडा र दुई
छाकका निम्ति दरबान र कुल्ली काम गररिहेका छन् । आन्दोलनमा लागेकै कारण
कतिपय मानिस हातमुख जोर्नबाट समेत विमुख छन् । कतिपयको अवस् था सुन्दा
आँखा थाम्न सक्दिनँ । तर, के गर्ने ? बुझ्नेले कुरा नबुझेपछि...!
प्रस् तुतिः ईश्वरी ज्ञवाली
(सुन्दरराज चालिसे-सुशीलादेवी चालिसे स्मृति प्रतिष्ठानको सहयोगमा)