यसो सुन्दा अचम्म लाग्दछ कि एउटै आमा बाट दुई फरक-फरक बाबुका जुम्ल्याहा बच्चा कसरी हुन सक्दछन?
तर टेक्सासकि एक महिलाले ११ महिना अघी ७ मिनेटको फरकमा जन्माएका दुई जुम्ल्याहा बच्चाहरु एकै बाबुका नभएको हुन सक्ने बताईएको छ। द सनका अनुसार ७ मिनेटको फरकमा जन्मिएका ति दुई बच्चा जोर्डन र जस्टिन एकै बाबुका नहुन सक्ने संभावना 99.99 प्रतिशत छ र यो सबै ति बच्चाकी आमाले आफ्नो पार्टनर James Harrison लाई धोका दिएकाले भएको हो।
अर्को पुरुष र James Harrison सँग सम्बन्ध राखेको बेला दुइ फरक egg हरु फरक-फरक शुक्रकिट बाट fertilise भएकाले यस्तो भएको डाक्टरहरुको अनुमान छ र यसलाई “heteropaternal superfecundation” भनिन्छ। यो लाखौं मानिसहरुमा एक जनालाई देखिने गर्दछ र यो एकदमै विरल रुपमा देखिने गर्दछ।
मेडिकल रिपोर्ट अनुसार ति दुई जना जुम्ल्याहा हरुको कमै मात्र कुराहरु मिल्ने गर्दछ। यो रिपोर्टको कारण अब उनीहरु पूर्ण रुपमा दाजुभाई समेत भन्ने स्थिती नभएकोले तिनीहरुलाई half-brothers भन्न थालिएको छ।
तर जे सुकै भए पनी James Harrison भने ति दुवै लाई आफ्नै सन्तान मान्ने बताएका छन र ति ठुला भए पछी तिनीहरुलाई सबै सत्य कुरा बताईने पनी उनीहरुकि आमा Mia को भनाई छ।