I picked it up form "pathak manch" of kantipur. It's worthreading.
नेताहरूलाई खुलापत्र
आदरणीय नेताज्यूहरू,
आज अबुधावीको तापक्रम ४८.७ डिग्री छ । यस वर्षको सुरुको पाँच महिनामा हृदयाघातलगायत अन्य कारणबाट मृत्युवरण गर्ने खाडीका करिब ३०० नेपालीमा नपरेकोले म सन्च्ौ छु । तपाईंहरूले १२५ डलर ज्याला तोकेर पठाइदिएको मेरो आम्दानी खर्चको कुरा अहिले नगरौं । मलाई थाहा छ, हामी विश्वमै कहलिएका वीर गोर्खाली हौं । त्यसैले ज्यालाभन्दा मेरो इमानदारिता ठूलो छ ।
मसँग अफगानिस्तानका खुदादाद मन बहलाउने साथी छन् । उनीसँग उनको घर कान्धाहारमा शत्रुले संगीनले रोपेर सारा परिवार सखाप पारिदिएको तीतो इतिहास छ । अबुधावीमा २३ वर्षदेखि बस्दै आएका उनी 'खुदाको कृपाले' मावल गएकाले बाँचेका थिए । उनको अठोट छ, बरु यहीँ मर्छन् तर त्यो 'कब्रस्थल' मा र्फकँदैनन् । कुनै
बेला मेरो देशजस्तै राजनीतिक खिचातानीमा पिल्सिएको उनको मुलुक अहिले विदेशी क्रूरता र नग्नताकोे साक्षी भएको छ । उनको सार्वभौम देशमा पचासौं हज्ाार विदेशी सैनिकलाई तालिवानका रूपमा परिभाषित आफ्नै देशका जनताविरुद्ध लडाइएको छ ।
तपाईंहरूको लुछाचुँडीले मेेरो देशले पनि यस्तै बाटो लिने खतरा बढेको छ । सत्ता समीकरणबाट केही फुर्सद पाउनुभएकोे भए हालैको धार्मिक र राजनीतिक बहानामा नेपाली भूमिमा विकसित परिवेशबारे जानकारी राख्नुभएकै होला । राजनीतिक परिवर्तनसँगै संवैधानिक व्यवस्थाबाट खोसिएको मान्यता फर्काउने निहँुमा धार्मिक सेनाहरू तयारी हुन थालेका कुचेष्टाको प्रमाण चर्च बम काण्डबाट प्रस्टै भयो होला । राजनीतिक रूपमा भारत-पाक समस्याको निकट निगरानीदेखि चीन-तिब्बत मामिलामा सरोकार राख्न संसारका शक्तिशाली राष्ट्रहरूले यो उच्च र सुरक्षित भूमिको प्रयोग गर्न थालिसकेको आभाष तपाईंहरूलाई पनि होला । यी सबै तपाईंहरूकै आन्तरिक खिचातानी र संरक्षण संस्कृतिको प्रतिफल नै त हो नि, होइन र ? सुन्दै जिउ सिरिंग हुने तर 'बाहिर ल्याउन नमिल्ने' नेपालभित्रका अन्य आततायी रहस्यबारे तपाईंहरू पक्कै परिचित हुनुहोला ।
तपाईंहरूका उत्तेजित नाराले उकासेका जातीय विकृतिलाईर् प्रश्रय दिँदै जानुभयो भने रुवान्डाको कालो इतिहास नेपालले भोग्नुपर्ने दुर्दिन टाढा छैन । सन् १९९४ मा भड्किएको जातीय युद्धमा लोग्ने वा स्वास्नीमध्ये कुनै एउटा हुतु वा तुत्सी जातका भएमा जसले पहिले अर्कोलाई हत्या गर्नसक्यो, त्यही मात्र बाँच्ने अवस्था थियो । संसारकै इतिहासमा कलंकको रूपमा रहेको उक्त कारुणिक नरसंहारका क्रममा करिब सय दिनमा ८ लाख ५० हजार मानिस मारिएका थिए । नेताज्यूहरू तपाईंहरूको अदूरदर्शिताले हाम्रो मुलुकलाई पनि त्यस्तै रक्तपाततर्फ त डोर्याइरहेको छैन ?
खाना खाने यो एक घन्टा सकिएको घण्टी बजिसकेको छ । धेरै लेख्नु थियो, आज समय पुगेन । आर्थिक मन्दीले सताएकोले यता पनि धेरै बस्न नपाइएलाजस्तो छ । सुख पाइन्छ कि भनेर १० वर्षे युद्ध लडेका हामीलाई संक्रमणकालको खिचातानीले आजित भएर विदेसिँदासमेत सास्तीले छोडेन । चर्को ब्याजमा ल्याएको साहुको ऋण तिर्न सकिएलाजस्तो छैन । घर फर्केर सडक जाम गराउने तपाईंहरूको संख्या थपिँदै छ । बरु ढुंगामुढा भने थुपार्दै गर्नुहोला ।
- जेपी सापकोटा
अबुधावी, यूएईर्