"मेरो दोश्रो विवाह"
(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)
आज मेरो विवाहको दिन। सबै जान मलाई श्रिगांरी रहेका छन। जसरी हुन्छ, जे गरेर हुन्छ, मैलाई राम्रो देखाउन खोज्दै छन मेरा आफन्तहरु, साथीसङिहरु। बाहिरी रुप जती सुकै सजिसाजवोट गरेर सुन्दर देखाये पनी के गर्नु, मेरो भित्री मन आज छटपट्टी रहेको छ, आगोको राप झै रपिरहेको छ। उकुसमुकुस्सिएको छ मेरो शरीर।
"पर कुनामा बसेर ५ बर्षाको मेरो छोरा टुलुटुलु मलाई हेर्दै छ। के थाहा त्यो बाल सुलव मनलाई आज उस्को आमाको विवाह हो भनेर।"
म यौटी द्रोन्द्र पीडित एकल महिला। ४ बर्ष अगाडि मेरो श्रीमानलाई मवोबादिले सुराकी गरेको अभियोगमा, २ दिन सम्मा यातन दिएर हत्या गरेका थिए। मेरो सिउँदो पुछिएको थियो त्यो दिन, चुराहरु फुटेका थिए। लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सिन्दुर, पोते र चुरा त्यागी, आफ्ना रहर अनी अनगिन्ती चाहनाहरुलाई सेतो फरियामा पोको बनाइ, जीवन कट्न वाध्य बनाइएको थियो मलाई यो समाजले। के अपराध गरेकी थिए मैले भगवान? दोष भगवानलाई थुपार्न त सजिलै हुन्छ। तर यो कुसस्कर, कुसस्क्रिती अनी असामाजिक कुराको परिवर्तन गर्न न त कोही नै अगाडि सर्छ्न न त सामाजिक पृष्ठ भुमि बादलन नै सक्छन। यी कुराको जलन त जलेको मान्छेलाई पो थाहा हुन्छ, त्यो रपिएको रापको जलनको पिडा कस्तो हुन्छ भनेर !
ओहो! जन्ती आयो भन्दै कराउदै, जन्तीले लिएर आएको पञ्चे बाजाको आवाज सुन्ने बित्तिकै सबै साथीसङी जन्ती हेर्न तिर लगे।
घरको आर्थिक व्यबस्ता गर्ने मान्छे कै हत्या भयो भने त्यो घर कस्तो होला? अझ मेरो त प्रेम विवाह भएको थियो। माइतले अहिले सम्मा स्विकारेको नै छैन। एक्लो छोराको जिद्दिले गर्दा घरमा भित्रिन सम्मा पाएकी थिए।यो घरको सदस्य हुँ भन्ने महसुस हुन थालेको थियो मलाई। कुन पापिको आँखा लाग्यो, मेरो प्यारो मान्छेलाई दैबले चुडेर लाग्यो एती चाडो।आर्थिक अबस्त कम्जोर भएकाले मैले मेरो छोरो स्कुल भर्ना पनि गर्न पाएको छैन।घर परिवर पनि पैसा छैन, तेरो आफ्नो छोरा हो तँ आफु नै गर भन्छन।अरुलाई जलाएर आफु रमाउन खोज्ने खालका परिवार रहेछ यो। बिस्तारै सबै बुज्दै थिए।
केही समय पनि पहिला द्रोन्द्र पीडित एकल महिलालाई भनी राहात स्वरुप अली अली पैसा आएको थियो रे। एक नजर पनि लगाउन पाइन। सासुले नै राखिन सबै।
समयको बेग चलिरहेको थियो। अर्थिक रुपमा त म पीडित छु नै, मानसिक रुपमा झनै पीडित हुन थालेको थिएं। काम गर्न कोसिस नगरेको पनि होइन, काम थालेपछी छोराको बिजोग भयो। दु:ख, कस्ट लुकाइ, जीवन जिउन भर्पुर प्रयास गर्दा गर्दै पनि त्यही दु:खमा लत्पतिएको मेरो मुस्कानको पनि इर्स्या गर्ने धरै भेट भए अहिले सम्मको मेरो जीवन अन्तरालमा। हाम्रो समाजले एकल महिलालाई हेर्ने नजर पनि साह्रै तुच्छ रहेछ। जता गए पनी आँधी हुरी झेल्न पर्ने रहेछ। २४ बर्षकी म, जीवनमा केही गर्नु पर्छ भन्ने सोच थियो। श्रीमान हुँदा हरेक काम कुरामा हौसाला पाउथिए, प्रत्सोहान पाउथिए। सगरमाथाको जस्तो उच्च थियो उहाँको म प्रतिको व्यबहार अनी नौनी घिउको कोमलता जस्तो पवित्र थियो उहाँको मन। छोरा जन्मिदा उहाँ साह्रै खुशै हुनुभ्एको थियो। यो हाम्रो हिरा हो, उज्यालो चमक दिन हामीले हातमा हात रखी टल्काउनु पर्छ भन्नुभएको थियो। तर त्यो हिराको चमक नै नलेराइ मलाई एक्लै छडिदिनुभयो।
१० बर्शे द्रोन्द्र कालमा म जस्ता कती नेपाली दिदिबहिनीहरु बिना केही करण आफ्नो साहरा गुमाउनु परेको छ, कती बालबच्चाहरु टुहुरा भएका छन, कती बाबुआमाहरुका बुढेस्कालका टेक्ने हाँगो भाँचिएको छ।५१% महिला भएको हाम्रो देशमा,धेरै महिलाले एस्तो परिस्तिती आफ्नो पोल्टामा राख्न बिना कसुर परेको छ। लिखित तथ्यांन्क कतै भेटिन्न कती छन म जस्ता महिला भनेर। त्यही द्रोन्द्र पीडित एकल महिलाहरुलाई प्रत्सोहान गर्न अहिले सरकारले, त्यस्ता महिला विवाह गर्ने नव-दम्पत्तिलाई नगद रु. ५०,००० दिने निती जो सरकारले बजेटमा लेराएको छ, के त्यो सही हो त? के एकल महिलाले पुरुषको साथ पाउन साथ उस्को जिन्दगी सार्थक हुन्छ त? कदापी हुन्न! ल म जस्ता द्रोन्द्र पीडित एकल महिला त विवाह गरेर नयाँ घरमा जाउँला तर ति अबोध बच्चाहरु? तिनिहरुको के दोश यसमा? उनिहरुको भविश्य माथि किन खेलबाड गर्दै छ हाम्रो सरकार?
अहिले पनि त्यही नगद पाउने लालसमा आएर मेरो घरका परिवारले मेरो विवाह गरिदिन लागेका छन, त्यो पनि हाम्रै पल्ला गाउँका काकाको लठौरो छोरोसँग। लठौरो भएकाले ३५ नागिसक्दा पनि विवाह हुन सकेको थिएन त्यस्को। मेरी सासु टाठी बाठी। हाम्री फुल जस्ती बुहारीलाई छोरी जसरी उन्माएर, तिमीहरुको घरमा भित्रैदिउँला तर आएको नगद रु. ५० हजारमा आधा हिस्सा मेरो हुनुपर्छ भनेर कबुल गरएकी