कुरो भने चै चानचुन गोडा दुइ मैना अगाडि को हो। भनेर भन्दा कुरो ताजै हो ।
यसो एउटो जमघट थियो के रे , ठिङ्ठिङे कोट को जोर भैंसी डाँडा मा । अब त्यो भनेर भन्दा खेरी जमघट चाँही गिने चुनेका नेपाली वेब साइट् हरु का सदस्या हरु को चैने जो केरे एस्सो भेट्घाट चिना पर्ची कार्जेक्रम् थियो। म चाँही अरु केही भुरा भुरी हरु लाई लिएर साझा को प्रतिनिधित्व गर्न गाथे के रे ।
अब सप्पै चिन्जान भेट घाट बोल चाल् जम्मै भयो केरे । खानापिन पछी पकेटाँ भाको सुपारी को कुड्को चबाउदै गफ मा गफ मिलाउन बसियो ।
खै एउटो पुड्के थियो साइबर संसार को होला । निक्कै फुर्ती गर्थ्यो गाठ्ठे । उस्ले निक्कै फुर्ती लाएर कत्ती राम्रा रहर लाग्दा लाग्दा बकेर्ना हरिन का पाठि जस्ता मोरेल मोरेल तरुनी हरु को तस्बिर डाँडा बाट फ्याकिदियो बाबै । उस्को वेब साइँटा टन्नै छन रे त्यस्ता मुसी हरु का तस्बिर ।
त्यस्पछी अर्को घैटे घैटे परेको तिघ्रे निक्लियो । मुलो नेपाल न्युज को हुँ भन्थ्यो केरे । फुत्त फुत्त समाचार हरु फ्याल्न लाग्यो । अनी भन्थ्यो "एस्तो जाबो समाचार हरु त हाम्रो वेब साइँटाँ मा धेरै छ । "
अर्को हेर्दै सारङि जस्तो बजिया आयो। । गफाडी पनि थियो मुलो । ल बाबै त्यस्ले नि भट्टा भट् सिन्की फाले जस्तो कत्ती राम्रा राम्रा गीत का चक्का फल्न थाल्यो है । लौ उस्लाई गीत को कुनै कमी नै छैन रे।
आफु परे साझा डट्कम को। कन्पारो तात्यो नि । जत्ती सोचे पनि केही छैन हो गाठे । तिनी हरुलाई हुर्याएर देखाउन लाई। हैन हो ।।।साह्रै गाह्रो पो पर्यो मुलाई त । यता सोच्छु उता सोच्छु भुत्लो भाङ छैन केही ।
धन्न
त्यत्ती नै खेर च्याट्सँगले मस्तिस्क मा फुर्यो एउटो गतिलो आइडिया ।साझा को तर्फ बाट आँफै सँग गएको त्यो लाटो देश को गाडो तन्नेरी ANS लाई च्याप्प सँग ले कठालो मा समातेर चैने जो केरे डाँडा माथि बाट तल्तिर फुत्त हुर्याइदिये । ला जा
अनी भने " यस्ता मुलन्खरे ANS त हाम्रो साझा मा कत्ती छ कत्ती । "
ANS उस्को लालु यादव वाला लिंक सहित् तल भिर मा झर्दै थियो ।