Kathmandu,
February 01 —
A leading Nepali industrialist and the Chairman of Tara Management Pvt Ltd,
Siddhartha Rana, has donated Rs one crore (Rs 10 million) to Help Nepal Network,
100 Rupees a Month Fund for Nepal, a global charity primarily supported and run
by Nepalis.
Rana,
whose business ventures include Sipradi Trading Private Ltd and its several
associates like the Bhotekoshi Power Company and Surya Nepal, donated
the money particularly to Help Nepal’s Administrative Fund. Unlike various international
charities, Help Nepal Network has a unique policy
of not using a single penny from the charitable donations on administrative
purposes. Hence, it has established a separate Administrative Fund, which helps
run the charity’s office and accomplish other administrative tasks. Rana is the
latest and the biggest donor to the Fund to which twenty-five other Nepalis have
already donated 7.5 million rupees in the past. Details of the donations can be
found on the charity’s website at www.helpnepal.net.
Help
Nepal Network was established in 1999 with a primary objective to encourage
Nepalis and those who love Nepal
around the world to contribute to charitable causes in Nepal. Rather than seeking funds
from international donors, the charity encourages every Nepali to forego a can
of beer or a plate of Momo a month and donate the savings to Help Nepal Network.
The Network is a registered charity in the UK,
the USA, Australia, Sweden
and Nepal.
It has eight other groups working in Qatar,
Saudi Arabia, Ireland, Canada,
New Zealand, Russia, Italy
and Austria.
Help
Nepal
has helped build over 15 small-size school buildings, established 15 electronic
libraries, run several health camps and supported various other projects. Help Nepal’s major undertakings include the
construction and operation of a health post at a remote Murma village in Mugu
district, the under-construction health post in Sarlahi district and the
under-construction orphanage in Dhulikhel, near Kathmandu,
at the cost of eight million rupees. The orphanage is almost ready for
operation.
“It is very rare in Nepal to donate such a huge amount of money to a
charity which has no connection to the donor or that of the donor’s family,” said
Arun Singh Basnet, the President of Help Nepal Network’s Nepal chapter. “Though Rana had
insisted on anonymity, we tried very hard to convince him to let us make the
donation public so that it could inspire a lot other people into philanthropy,”
Basnet added.
सिद्धार्थ राणाद्वारा
हेल्प नेपाल नेटवर्कलाई एक करोड चन्दा
काठमाण्डू, १८ माघ – एकजना अग्रणी नेपाली उद्योगपति तथा तारा म्यानेजमेण्ट प्राइभेट लिमिटेडका अध्यक्ष सिद्धार्थ राणाले
कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क, नेपालको लागि महिनाको सय रूपैयाँ कोषलाई
एक करोड रूपैयाँ चन्दा दिएका छन्।
हेल्प नेपाल नेटवर्क मूलत: विश्वका विभिन्न देशमा बसेका नेपालीहरूको सहयोग र
सदभावबाट संचालित पूर्णत नेपाली कल्याणकारी संस्था हो।
सिप्रदी ट्रेडिंग प्राइभेट लिमिटेड, भोटेकोशी पावर कम्पनि तथा सुर्य नेपाल
जस्ता देशकै सबैभन्दा ठूला मध्येका कतिपय ब्यबसायहरुको नेतृत्व गर्ने राणाले सो
चन्दा हेल्प नेपालको प्रशाशनिक कोषका लागि दिएका हुन्। विश्वका अनेकौं कल्याणकारी
संस्थाहरुभन्दा बेग्लै, हेल्प नेपाल नेटवर्कको कल्याणकारी कार्यका लागि दिएको
दानबाट प्रशासनिक खर्चका लागि एक पैसा पनि प्रयोग नगर्ने विशेष नीति छ। कार्यालय संचालन गर्न र अन्य प्रशासनिक कामहरु
सम्पन्न गर्न हेल्प नेपालले एउटा छुट्टै प्रशासनिक कोष स्थापना गरेको छ, जसका लागि
दान दिने सिद्धार्थ राणा पछिल्ला दाता हुन्। यसअघि २५ जना नेपालीहरूले सो कोषका
लागि ७५ लाख रूपैयाँ दान दिइसकेका छन्।
नेपाली तथा नेपाललाई मायाँ गर्ने अरूहरूलाई नेपालमा कल्याणकारी कामहरू गर्न
प्रेरित गर्ने उद्देश्यले हेल्प नेपाल नेटवर्क सन् १९९९ मा स्थापना गरिएको थियो।
नेटवर्कले अन्तराष्ट्रीय दाताहरुबाट सहयोग खोज्नु साटो नेपालीहरूलाई महिनामा एक
बोटल वियर या एक प्लेट मम: कम खान र बचेको रकम हेल्प नेपाल नेटवर्कलाई दान दिन
प्रोत्साहित गर्दछ। हेल्प नेपाल बेलायत, अमेरिका, अष्ट्रेलिया, स्वीडेन र नेपालमा
सरकारी मान्यताप्राप्त कल्याणकारी संस्था हो। अन्य आठ देश, कतार, साउदी अरेबिया,
आयरलण्ड, क्यानडा, न्यूजिलण्ड, रूस, इटालि तथा अष्ट्रीयामा पनि यसका शाखाहरू
कार्यरत छन्।
हेल्प नेपालले १५ वटा भन्दा बढी स-साना स्कूल भवनहररुको निर्माण, १५ वटा
इलेक्ट्रोनिक पुस्तकालयहरुको स्थापना, कयौं स्वास्थ्य शिविरहरूको संचालनका साथै
अन्य कतिपय कल्याकारी कार्यहरुलाई कोष उपलब्ध गराएको छ। संस्थाका प्रमूख
आयोजनाहरूमा, मुगु जिल्लाको मुर्मा गाउँमा हेल्थपोष्टको स्थापना र संचालन,
सर्लाहीमा आर्को हेल्थपोष्टको निर्माण र असी लाख रुपैयाँको लागतमा काठमाण्डू नजिक
धुलिखेलमा निर्माण सम्पन्न हुनलागेको बाल आश्रय पर्दछन्।
हेल्प नेपाल नेटवर्कको नेपाल शाखाका अध्यक्ष अरूण सिँह बस्नेत भन्छन्, “नेपालमा आफू या आफ्नो परिवारको नामसँग नजोडिएको
कल्याणकारी संस्थालाई यति ठूलो रकम विरलै चन्दा दिइन्छ।” बस्नेत भन्छन्, “राणाले आफ्नो सहयोगलाई सार्वजनिक नगरिदिन अनुरोध
गरेका थिए तर यस्ता कल्याणकारी सहयोगबाट अरू धेरैलाई प्रेरणा मिल्ने तर्क गर्दै
हामीले बढो मुश्किलले चन्दालाई सार्वजनिक गर्न उनलाई मनाएका थियौ।”