अभावमा खड्किएको हाम्रो सम्बन्ध आर्थिक सुख छैन भौतिक सम्बन्धलाई शायद माया भनिन्न
जति नै पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न !
तिम्रो छाती पोलेको देख्छु, उकुसमुकुस सास फेर्न गाह्रो
न्यौलीको व्यथालाई संगीत भर्दा, शायद गाना गायाँ भनिन्न !
जति नै पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न !
तिम्रो पीड़ा मेरो पीड़ा पीडैपीड़ामा बाच्न गाह्रो
सम्झौताको डोरी बाध्दा, शायद माया लायाँ भनिन्न !
जति नै पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न !
वियोगको पागलपनमा नशा केवल साथी हुन्छ
हर भेटमा माफ़ी माग्दै, शायद कसम खायाँ भनिन्न !
जति नै पछाड़ी परूँ तिम्रो, त्येसलाई प्रितको छायाँ भनिन्न !
आर्थिक सुख छैन भौतिक सम्बन्धलाई शायद माया भनिन्न