“एक मधेश” डुबान प्रदेश
-बद्रिनरसिंह के.सी.
पोहोर कोसीमा बाढी आएर लाखौं मधेशीहरूको उठिबास हुादा बाढीपीडितलाई चन्दा
दिने मधेशीहरू २० प्रतिशत पनि भएनन्, जब कि इलामदेखि बागलुङसम्मका ८०
प्रतिशत पहाडेहरूले स्वस्फूर्त रूपमा चन्दा दिए। रेकर्ड हेरे हुनछ। कोसीमा
बाढी आउादा कर्णालीमा भोकमरी चर्कियो, किन? बाढी आएपछि सबै हेलिकप्टर र
हवाईजहाज उद्धार र रसदपानी ओसारपसारमा एकोहोरिए, त्यसकार कर्णालीमा
खाद्यान्न ढुवानी गर्न नसक्दा त्यहााका जनता अनिकालमा परे। 'एक मधेश एक
प्रदेशको माग गर्नेहरूले व्यवहारिक लेनदेनको मात्र होइन, आत्मीयता र
भाईचाराका भित्री पाटाहरू केलाउने विवेक हुनुपर्ने हो। अन्तर्भिरताले मात्र
आत्मनिर्भरता दिनसक्छ भनी हेक्का राख्नुपर्ने हो। यतिबेला 'मधेशी' हरूको
माग्ने मुहूर्त भएछ। माग्नेले दायित्व चााहि देखाएको छैन। सत्ताको स्वाद
चाखिसकेका र सत्ताबाट आफूलाई औलादौला बनाएकाहरू नै सरकारसाग मागिरहेका छन्।
उनीहरूले माग्ने क्रममा 'आत्मनिर्णयको अधिकारसहित 'एक मधेश एक प्रदेश' पनि
मागिरहेका छन्।
'एक मधेश' का लागि आन्दोलन गर्नेहरूले बुझ्नु पर्छ
मधेशमा पहाडेहरू छन् भने पहाडका भित्री पत्रहरूसम्म लाखौंको संख्यामा
मधेशीहरू काम गरेर बसेका छन्। आफैामा एकता राख्न नसकेर टुक्राटुक्रामा
विभाजित भएका 'मधेशवादी' पार्टीहरूले विवेकशील मधेशीहरूकै चित्त बुझाउन,
उनीहरू भन्दैछन्, 'मधेशको एउटा मात्र प्रान्त हुने पहाडमा कम्तीमा छ/सात
प्रान्त हुने भएपछि केन्द्रमा पनि मधेश नै अल्पमतमा परेर थिचिन्छ।'
'हामी
मधेशी होइनौं' भन्ने आदिवासी थारू, मुसलमान आदि तराईका जातिहरूको बुलन्द
आवाज 'एक मधेश'वाला आन्दोलनले उब्जाएको हो र चुरे–भावर एकता पार्टी पनि।
तराईका दलितहरूको अत्यास बेग्लै छ, 'काठमाडौंको थिचोमिचो टाढाको हो र त्यो
हल्का छ, तर 'एक मधेश' भयो भने त्यसको थिचोमिचो हाम्रै थाप्लामाथि
प्रत्यक्ष हुने भएकाले हाम्रा निम्ति झन् भयानक र कहालीलाग्दो हुनेछ।'
तराईका
धर्तीपुत्रलाई नचाहिएको 'एक मधेश एक प्रदेश' को नारा कहााबाट किन आएको हो?
प्रधानमन्त्री चयनको यस प्रक्रियाले गणतन्त्रलाई नांगेझार पारिसकेको छ।
राजाले प्रधानमन्त्रीको चयनका लागि दरखास्त आह्वान गरेको हो हास्यास्पद 219
अहिले मञ्चन भएको तमासाबाट राजनीतिक दलको महाबेइज्जत भइसकेको छ। कसलाई
केके धन्धा घरज्वाईंलाई खानैको धन्दा जस्तोमा एनजीओजस्ता मधेशी दलहरू खाने
दाउमा कााग्रेस र माओवादीलाई दंग्याइरहेका छन्।
मधेशी मोर्चाका सबैजसो
माग पूरा गर्ने आश्वासन माओवादीले दिइसकेको छ। लोकतन्त्रमा हुनुपर्ने
मूल्यको राजनीतिलाई तिलाञ्जली दिएर नाफाको राजनीतिमा नाचिरहेको माओवादी
आफूलाई फाइदा हुन्छ भने मुखले जेसुकै दिन र जहाा सहीछाप गर्न पनि तयार
हुन्छ, तर माओवादीको कथनी होइन, करनीमा विश्वास गर्नुपर्ने बेलामा मधेशीहरू
उधारो आश्वासनमा लटपटिन बेर छैन। डुबान प्रदेश बनाउन विखण्डनको नियत
बोकेका मधेशी दलहरू कम्युनिष्ट अतिवादीका गतिविधिमा विखण्डन सार्थक हुने
देखिरहेका हुनन्। किनकि विश्वमा जहाा पनि कम्युनिष्ट अतिवादले 'सर्वहाराको
राष्ट्रियता हुादैन' भन्ने भनाईलाई मुलुक टुक्रयाएर पुष्टि गरेका छन्।
उत्तर र दक्षिण कोरिया, उत्तर र दक्षिण भियतनाम, पूर्व र पश्चिम जर्मनीका
विभाजनहरू कम्युनिष्ट अतिवादका परिणाम हुन्।
गणतन्त्रको उपज
संविधानसभाले सरकार दिन सकेन भने संविधान दिने आशा लिनु व्यर्थ भैसकेको छ।
सरकार गठनमा असफलता गणतन्त्रको सक्कली रूप हो भने संविधानसभाको औचित्य र
सान्दर्भिकता सकिएको प्रमाण हो। एक मधेश एक प्रदेशलाई समर्थनको ल्याप्चे
ठोकेर सरकारमा जान कुन दल तयार होला, त्यस्तो राष्ट्रघाती दल चिन्न जनता
प्रतिक्षारत छन्।
Source: http://www.weeklynepal.com/newsite2/index.php?option=com_publication&task=display&view=news&id=7161