Perfectionist , password ,akinchan-Thanx...
Damyanti- Thanx..Hopefull that you ll get answer in this part..The last one..
मेरो मोबायल थर्थरायो गोजीमा , स्क्रिनमा हेरेँ , हिजो देखी दुख दिएको दियै छ यसले !सरुवा हुने हल्ला सुनेछ । म सँग बुझ्न खोजीराखेको छ । म भन्न सक्दिन स्क्रिन काम्न रोक्कियुन्जेल सम्म हेरीरहेँ । फोन उठाइन !
"कस्को थियो र फोन ?"
सुधाले चासो देखाई
"अफिसको !"
मैले संक्षिप्त जवाफ फर्काएँ ।
"किन नउठाएको त !" उसले चासो मा गहिराई थपी !
"कहिले काहिँ प्रश्न वाट भाग्न मन लाग्छ !"
उसले म तिर पुलुक्क हेरी !
"जीवन भागेर चल्दैन !" उसले चिया सुरुप्प पारी । कति चिसो बनाएर खाएकी चिया पनि ! सर्वत भइसक्यो होला !
"मान्छेले बुझ्छ तर मन मुर्ख हुँदो रै छ!"
मैले उसको आँखामा आँखा जुधाएँ । उसले आँखा लुकाई । भागेर जीवन चल्दैन भन्छे अहिले आँखा किन लुकाइ राखेकी त उसले ??
"अर्को चिया थप्ने हो ?"
मैले गफ हलुका बनाउने प्रयास गरेँ । उसले टाउको हल्लाई ।परैबाट दिउरे बाट उम्लिँदै गरेको चिया र वाहिर पट्टिको भागमा डढ्दै गरेको दुध देखियो । मलाई डढेको दुधको स्वाद प्यारो लाग्छ । जीवन दुध जस्तै भए , डढेर पनि नयाँ स्वाद थप्ने!!
फेरी त्यहि फाटेको गोजी भएको भाइ चिया लिएर आयो !
"अघिको चिया मिठो थियो ! यो तिमीलाई छुट्टै !" साहुले थाहा नपाउने गरी उसलाई दिएको पैसाले उसको अनुहार मा मुस्कान लिएर आयो । पहेँलो दाँत देखियो !
उसले मलाई हेरीरही ! उसको हेराई सँधै एकोहोरो हुन्छ । मुटु छेडेर जाने जस्तो ! मलाई नहेरेर म पछाडीको भित्ता हेरीरहे जस्तो !
"वाहिर गएर चुरोट खान्छ यसले , के पैसा देको !"
"खोइ किन हो किन माया लागेर आयो !"
मैले चिया सुरुप्प पारेँ । डढेको दुधको स्वाद चियाले जीब्रोमा छोडेर गयो !
"तिमी पनि मान्छे चिनेर माया गर्दैनौ ! " उ खिस्स हाँसी । म बुझ्छु उसका शब्दका अर्थहरु !!
"त्यो मेरो होइन माया पाउने मान्छेहरुको दोष होला ! "
फेरी कुरा घुमीफीरी मै तिर फर्कियो !
घडिले छ बजेको संकेत गर्यो । कुनै लोकल एफएम बाट समाचार शुरु भयो ।कतिका कान त्यो एफ एम तिर होलान्। आ म पनि कति बेफजुलका कुराहरु सोचिरहन्छु ।
"अनि अरु सुनाउ न त , वैवाहिक जीवन कस्तो चलिराखेको थियो ?"
मैले यसपाली उ तिर प्रश्न तेर्स्याएँ !
"दुवै जना एक अर्काको लागी भिँड बन्ने प्रयास गर्छौ , परिवार बन्ने प्रयास गर्छौ , अनि कुटुम्व बन्ने प्रयास गर्छौँ ! कहिले काहिँ डर लागेर आउँछ , समयले साथ छुटायो भने !"
सबैजना को लागी समय निष्ठुरी कहाँ हुन सक्छ र ! मैले मनमनै सोचेँ!
"म कुरा गरौँ ,तिम्रो परिवारमा गएर ?"
उसले मलाई पुलुक्क हेरी । यसपाली उसको आँखामा आश्चर्य देखेँ !
"कुन मुखले जाउ भनौँ म तिमीलाई ?"
उसले कप तिर नै आँखा तेर्स्याएर उत्तर फर्काई !
"तर सम्वन्ध मैले गर्दा नै बिग्रेको हो , मैले नै सुधार्नु पर्छ हैन र !"
"तिमी किन त्यस्तो भन्छौ?"
"मलाई तिमीहरु विचको कुरा थाहा भएको भए म त्यति खेर तिमीसँग विहा को कुरा मान्दिनथेँ !"
मैले कुरा टुंग्याई दिएँ । उसलाई म जताउन चाहन्न म अझै उसलाई कति सम्झन्छु भनेर ! उ चुपचाप बसिरही !!
"म तिमीलाई एउटा कुरा भन्छु मान्छौ ?" उसले म तिर हेर्दै प्रश्न राखी
"के भन न !"
मलाई थाहा छ शायद उ के भन्ने वाला छे भनेर !
"यसरी जीवन चल्दैन !"
"कसरी?"
मैले उ तिर हेरेँ । आज पहिलो चोटी मैले उ सँग प्रतिवाद गर्न पाएको छु । हुन त यो युद्द हैन तर आज पहिलो चोटी मलाई विजयी महसुस भएको छ !किन भने उसले पहिलो चोटी मेरो बारेमा सोचेकी छे !
"तिमी कुरा किन बुझ्दैनौ ! मलाई थाहा छ मैले त्यति खेर गल्ति गरेँ ! तिमीलाई भन्नु पर्ने थीयो ! सकिन , भागेँ सन्जीव सँग!"
उसले एक्कै चोटी आफ्नो मनको भेल खोली ! म बग्छु शायद आज ! उसलाई चुपचाप हेरेँ ।
"घर का मान्छे सँधै तिमीलाई देखाउँछन् ! तिम्रो जीन्दगी बर्वाद गरीदिएँ भन्छन् ! मैले चाहेको त्यस्तो थीएन !"
"म एक्लै पनि खुशी छु !"
मैले कुरा लुकाउने प्रयास गरेँ !
" मलाई थाहा छ तिमी कति खुशी छौ ! एउटी जिद्दी मुर्ख केटीको पछि कति लाग्छौ ! अझ आफ्नो हुन्न भन्ने थाहा हुँदा हुँदै !"
मैले आफ्नो होस् भन्ने चाहेको पनि त छैन ।
"त्यस्तो केहि हैन !"
मैले सामान्य अवस्थामा कुरा फर्काउन प्रयास गरेँ !
"तिमी विहा किन गर्दैनौ त !"
उसले प्रतिप्रश्न गरी ! समय कहिले काहिँ कति गह्रुंगो हुन्छ । उठाउन सक्दैन मान्छेले !!
"केटी भेट्नु परेन !!"
कति ढाँटु म उसलाई ! अझ उसले ढाँटेको कुरा थाहा पाइराखेकि छे भन्ने थाहा हुँदा हुँदै! किन गर्दैछु म यो असफल प्रयास !!
" तँपाइको प्यासेन्टको होश आयो ! तँपाईलाई खोज्दै हुनुहुन्छ ! चिया खान आएकी नर्सले उसलाई खवर छोडी "
म पैसा तिरेर बाहिर निस्किएँ । आकाशमा फाट्ट फुट्ट तारा देखीएछन् । ढाड पड्काएँ !!!
"आइ एम सरी !! म सँग दिन लाई यी शब्द र सुभेक्षा बाहेक केहि छैनन् !"
उसले आँखा जुधाउन खोजिन !
भित्र फेरी संजीव सँग अर्को कथा कोर्नु छ ।
"सुशील लाई बाहिर निस्क भनिदेउ न हेलमेट लिएर ! अनि म आएको नभने पनि हुन्छ त्यसलाई । ठीक भए पछि वरु कोठामै भेट्न आउँला , तिम्रो मोबायल नम्वर चेन्ज भएको छैन हैन ??"
मैले संजिव लाई पिडा दिन चाहिन ।ठीक गरेँ बेठिक गरेँ थाहा छैन !!! सुधाले भनेको वाक्य कान भरी गुन्जिरह्यो !!
"तिमी विहा किन गर्दैनौ ????"
समाप्त :