मलाई बेला बेलामा पुराना यादहरु खोत्लन मनपर्छ, त्यसैले म कोठामा बसेर फोटाहरु हेरिरहेकी थिए। त्यतिकैंमा मेरो आखाँ एउटा फोटोमा पुग्यो, म बाल्यकाल छदाँको रहेछ। त्यो फोटोमा म सगैँ लक्ष्मी पनि रहिछ्, हामी कस्तो मज्जासगँ हासेँका रहेछौं। आज उनै लक्ष्मीलाई सम्झन मन लाग्यो र मैले आखाँ बन्द गरे।
लक्ष्मी र म वाल्यकालका एकदम मिल्ने साथी थियौं। हामी लहान नजिकै वाउन्न भन्ने सानो गाउँमा सगैं खेल्दैं, हास्दैं, रमाउदैं हुर्केका थियौं। हामी बीच रगतको नाता त थिएन तर हामी एकदमै आत्मीय थियौं एकअर्काका लागि। हामी एकअर्कासगँ हरेक दु:खलागेको कुरा पोख्थियौं, एकअर्कालाई सम्झाउदैं मन बुझाउँथियौं अनि हास्दैं रमाउदैँ गीत गाउँथियौं। यस्तो लाग्थियो हामी कहिल्यै छुटिदैनौं र त्यो कुराको हामी कल्पना पनि गर्न सक्तैनथियौं। हामीमा धेरैं समान्ता भएपनि हाम्रा वुवाआमा भिन्न भिन्नै स्वभावका थिए। मेरा वुवाले मलाई सधैं पढ्ने प्रेरणा दिनुभयो तर लक्ष्मीका वुवालाई उस्को चासो थिएन, उनी सधैं जाडरक्सीमैं व्यस्त हुन्थे र आमा घरको काममा। मेरो वुवा आमा खेतमा काम गर्नु हुन्थियो, म किसानकि छोरी थिए। मेरो बाजेले मर्नु अघि आफ्नो जग्गा वुवालाई छोडेर जानुभएको थियो र वुवाले त्यस खेतलाई उबजाऊ बनाएर, त्यसैलाई आफ्नो जिविका बनाउँनु भएको थियो। लक्ष्मीका वुवा भने सानो व्यपारमा लागेका थिए र आमा घरको काम गर्नु हुन्थियो।
दिनहरु यसरी नै बितिरहेको थियो, एक दिनको कुरा हो हाम्रो खेतमा खैं कसले हो किल्ला गाडेको रहेछ, वुवाले त्यसलाई वेवास्ता गरेर झिकेर फाल्दै आफ्नो काममा लाग्नु भयो। त्यसको एक हप्ता पछि घरमा पत्र आयो, मओवादीको रहेछ। पत्रमा बाटो ठूलो पार्नेको लागि किल्ला गाडेको र यो हामीलाई चाहिन्छ १ महिना भित्र, भनेर लेखिएको थियो। आमा रुन थाल्नुभयो, “हे दैव, कस्तो दसा लागेको होला, बजियाहरुले गरिखाएँको पनि देखि सहेन्न” यस्तै भन्दै। वुवा पनि के मान्नु हुन्थियो र! उनीहरुको कुरा वेवास्ता गरेर, आफ्नो काममा अडिग रहनुभयो। मैले लक्ष्मीलाई यी सबै कुरा भने, नरमाईलो कुरा भन्दै ऊ उदास भएकी थिई। १ महिना वित्यो तर कसैले केही विगार गरेन्न, खुसी लाग्नु त स्वभाविक नै थियो तर केही समय पछि उनीहरुले वुवालाई अपहरण गरे र वुवालाई कुटपिट गरेर, गाउँ छोडेर जाँ नत्र मारिदिन्छौं भन्ने चेतावनी दिएर छोडिदिए। बिचरा वुवा, नराम्रोसगँ कटेका थिए, ४-५ दिन पछि पुलिसलाई भन्न जादैं गर्दा उनीहरुलाई बाटोमा देखेर फर्किनु भएछ, केही पनि उपाय लागेन्, आफ्नो ज्यान भन्दा ठूलो के नै हो र, त्यसैले आमावुवाले गाउँ छोडेर जाने निर्णय गर्नुभयो। त्यो कुराले म भाव विहल भए, मैले केवल लक्ष्मीलाई सम्झिए, रात परिसकेकोले मैले लक्ष्मीलाई विहान मात्र यी कुरा भन्न पाउँने भए, तर त्यो रात कटाउँन मलाई निक्कै गार्हो भयो। म सुत्नपनि सकिन् र छटपटि रहे, पानी बाहिर निकालिएको माछा जस्तै। विहान हुनासाथ म लक्ष्मीको घर गए र उसलाई अंगालोमा बाधेँ, मेरा आखाँबाट आसुँमात्र बगिरहे तर मैले केही बोल्न सकिन्। हामी काठमाडौं जाने भयौं र मैले लक्ष्मीलाई भन्नै पर्ने भयो, आमावुवा बाँकी भएको खेत बेच्ने तरखरमा हुनुहुन्थियो र म लक्ष्मीलाई भन्ने तरखरमा। लक्ष्मी नराम्रो सगँ रोई, ऊ सगैं म पनि; हामी मजबुर थियौं समयको कठोरता र परिस्थितिको अगाडि, समयले सबैलाई कतै न कतै झट्का दिईनै रहेको हुन्छ, यो पालो झट्का हामी दुईलाई लागेको थियो। हेर्दा हेर्दै जाने दिन पनि आयो, हामी गाडीमा चढ्न स्टेसन गयौं लक्ष्मी पनि आएकी थिई उसका वुवाआमासगँ, हामी एकअर्काको हात समाउँदै हिड्यौं। “चिठी लेख है”, उसले रुन्चे स्वरमा भनेकी थिई, फेरि भनि, “तँ विना म त मर्छु होला, सपना पनि नराम्रो देखेँकि थिए” यति भन्दै ऊ रोई, सार्है दु:ख लाग्यो भक्कानो छुट्यो र वेसरि रोए, लाग्यो हाम्रो भेट सम्भव नै छैन। वुवाले सम्झाउदै गाडीमा लानु भयो, केही बेरमै गाडी गुड्यो र म विल्कुलै नयाँ गन्तव्य तर्फ लागे। काठमाडौं पुगेर म स्कुलमा भर्ना भए तर मेरो मन वाउन्ननै पुग्थियो, मलाई वर्तमान भन्दा विगत नै प्यारो लाग्थियो, मैले लक्ष्मीलाई हरेक क्षण सम्झन्थिए। एकदिन मैले वाउन्न जाने मान्छे पाएर लक्ष्मीलाई चिठ्ठी लेखे एकदम लामो, त्यो दिन निकै खुसी लाग्यो तर मेरो चिठ्ठीको जवाफ आएन। फेरि मान्छे जाने हुदाँ लेखे, फेरि पनि जवाफ आएन। मलाई अच्म्म लाग्यो, लक्ष्मीले मलाई विर्सिछे कि भन्ने भान भयो तर फेरि मनलाई सम्झाए। मैले एकतर्फी चिठ्ठी ५ महिनासम्म पठाएपछि एकदिन मेरो चिठ्ठीको जवाफ आयो, चिठ्ठी यस्तो थियो
तिमी गएपछि लक्ष्मी सार्हैं एकली भई, एकदिन तिम्रो चिठ्ठी पाउँनाले ऊ निकै खुसी भई, तिमीलाई चिठ्ठी लेख्नका निम्ति रंगिन कागज किन्न पसल जादाँ गाडीले ठक्कर दियो, अस्पताल लगेर उपचार गर्दा गर्दै हाम्री छोरीले हामी सबैलाई छोडेर गई, उस्को अन्तिम बोली थियो, “दमाइन्ती”
मैले आखाँ खोले, यो घटना भएको १५ वर्ष भईसकेछ, समय पनि कति चाडो बित्छ है! मेरा आखाँ रसाएका रहेछन्, फोटो राखेँ त्यसपछि आसुँ बर्सिन थाले॥
धन्यवाद