कुरो सुन्दा अचम्म लाग्ने नै छ , हरेक बर्ष २-४ जना नेपाली असामयिक घटनामा परेको समाचार र सहयोगको कुरा साझामा कुनै नौलो होइन तर कसैले यस्तो असामयिक घटनामा परे म चाँही एसो गर्छु भन्दा ठट्यौली कुरा भन्दा गहकिलो कुरा हो जस्तो लाग्यो .
हो हामी सबै किङ जुनियर को झै सपना बोकेर आएका छौ , आउँदा सबैसँग भेट घाट गरी आ ईयो , हुन सक्छ त्यस्मा पनि कुनै गहिरो भेद लुकेको छ , एउटा अपठित समाचार छ " लौ म टाढा जादै छु फर्किएर आउन सक्छु सक्तिन , सके भेट होला नभए एही हो" यो लेख पढे पछी मेरो सुक्ष्म दिमागले त्यस्तो पो हो कि भनी तर्क को एक छेउ बुन्यो .
त्यो हावाइ जहाज चड्ने बेलामा हात हल्लाइ हल्लाइ बाइ बाइ भनेको कस्ले बिर्सेंको छ अनी त्यो सन्खुवा सभाको मुखिया बाको अन्तरे छोराले त्यो बौद्ध माथि पुगे पछी पशुपतिलाई निसान गरी दुइहात जोडेर प्रभु त्यो हरियो पत्ता बनाएर मात्रै फर्किन सकु ? आफु चाही तेती चलाख रहिनछु भनी थाहा पाए , म गोब्रेले पनि भगवान सँग माग्नु पर्थ्यो नि ? तेसैले यो कैयाको तेल पेलाइमा परेको घोडा जस्तो दौडाइमा छु ? गन्तब्य र इच्छा त्यो हरियो पत्ता पाउनु मा छ र थियो .
यो गोर्खेको कुरा पढे पछी , मलाई नेपाल जादा बन्द डिब्बामा हैन त्यो त्रिभुवन बिमान स्थल्मा रेब्यन को चस्मा ढल्काएर , हरियो पत्ता र नोट र त्यो नाज ले भने झै किनेको सुनका लाप्सा अनी एक हात्मा apple ल्यापटप बोकेर मात्रै जाइन्छ ।
हो कथमा कदाचित को कुरामा म पनि साझामा बिचराको बिषयबस्तु बन्न चाहन्न,हो मैले पनि थोरै मात्र donation गरेको छु , आबस्य्कता ले थिचेर हो वा हामी मन्दिर र पूजा आजा मा मात्रै विश्वाश गर्ने भएर हो , हात उठी हाल्दैन , तेस्तै होला अरुको पनि। गाउ गोठ तिर बाट लिन आउने हरुको आर्कै कथा हुन्छ कथामान्दु शहरमा। बिछोडको दु:खमा अर्को दु:ख नथप्दा ठिकै होला ।
गोर्खे म पनि तिम्रो बिचरामा शाहअंअती छ्हु । जस्ले जे सुकै भनुन