गत बर्ष Walk for Nepal
मा तपाईको सहभागिताको लागि हेल्प नेपाल नेटवर्क (www.helpnepal.net) धन्यबाद दिन चाहन्छ । Walk for Nepal
का क्रममा तपाईले दिनु भएको आर्थीक सहयोगका कारण हामीले ४,५७७ डलर संकलन गर्न समर्थ भयौं । परिणामस्वरूप, हामी नेपालको सिराहामा भएको भीषण आगलागीबाट पीडित नेपाली दाजु भाई तथा दिदी बहिनीकालागि आबश्यक पर्ने लत्ता कपडा (४,००० थान),
तन्ना (
१,००० थान),
डसना (
८०० थान)
र २ लाख रुपैयां बराबरको खाद्य सामाग्री,
४० हजार रुपैयां बराबरको औषधि पठाउन सफल भयौं ।
यस बाहेक हेल्प नेपाल नेटवर्कले तपाईहरुले गर्नु भएको सहयोगकै कारण लगभग ४० वटा पुस्तकालय, ४० वटा विद्यालय भवनहरू निर्माण गरीसकेको छ । दुर्गम जिल्ला मुगुमा स्वास्थ्य चौकी सन्चालन गर्नुका साथै सिराहामा अर्को स्वास्थ्यचौकीको निर्माण पूरा गरि सन्चालनमा ल्याउन लागेको छ । धुलीखेलमा करीब एक करोड रुपैयाको लागतमा असाहयहरूका लागि एउटा बाल गृहको निर्माण कार्य लगभग सम्पन्न भैसकेको छ। चेपाड्ग समुदायकोलागि १० लाख रुपैया जम्मा पारि सकेका छौं । यस बाहेक हामीले धेरै स्वास्थ्य शिबिरहरू पनि सन्चालन गरिसकेका छौं। यी सबै काम तपाईंहरूकै सहयोग र विश्वासका कारण संभव भएको हो । हाम्रो सम्पूर्ण आय र ब्ययको बिबरण तथा लेखा परिक्षण helpnepal.net मा हेर्न सक्नु हुनेछ ।
हेल्प नेपाल नेटवर्कले आफ्ना परोपकारी कार्यलाई दीर्घकालीनरूपमा संस्थागत गर्न र ती कार्यहरू अझ ब्यापक र प्रभावकारीरूपमा सम्पन्न गर्न हालै १० करोड रुपैयाको परोपकारी अक्षय कोष स्थापना गर्ने महत्वाकांक्षी लक्ष लिएको छ। सो कोषलाई सहयोग गर्ने सर्वसाधारण नेपालीहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ। दक्षिण कोरीयामा बस्ने मूलरुपमा श्रमिक नेपालीहरूले मात्र हालसालै सो कोषका लागि १० लाख रूपैयांभन्दा बढी संकलन गरेका थिए। सबै गरेर हालसम्म सो कोषमा ३० लाख रुपैयां जम्मा भैसकेको छ।
यसबाट हामी नेपाली हौं भन्ने भावना हामीमा प्रबल रहेको र हामीले जन्मेको, हुर्कोको माटोलाई नबिर्सेको प्रष्ट हुन्छ । साथै हामी सबै नेपाली मिलेर ब्याबाहरिक परोपकारको भावनालाई आत्मसात गर्दै केही गर्न चाहेमा गर्न सक्छौं भन्ने तथ्यलाई पुष्टी गर्दछ। गत बर्षजस्तै हामी फेरी एकपल्ट सरकार तथा अरूहरूलाई गाली मात्र गरेर नबसि सकारात्मक काम गरेर आफैं उदाहरण बनेर देखाउन र अरू धेरैलाई सतकार्यमा प्रेरित गर्न तपाईंलाई आग्रह गर्दछौं । हामी अधिकांश नेपालको सामान्य पृष्ठभूमीबाट निकै माथि उठेर यहां अमेरिकामा तुलनात्मकरूपमा धेरै सहज जीवन विताइरहेका छौं अब दु:खी नेपालीको जीवन अलिकति भए पनि सहज बनाउन केही गरौं।
कृपया यो लिंकमा थिचेर सेप्टेम्बर २२ तारिखमा हुने Walk for Nepal मा सहभागिता जनाऔं ।
http://www.walkfornepal.org/info-boston/register-boston/ र Help Nepal Network छान्नु हुनेछ भन्ने बिश्वास लिएका छौं ।
नोट: हेल्प नेपाल नेटवर्कको प्रशासनिक खर्च (administrative expenses) सोही उद्धेश्यका लागि एकजना युवा उद्यमी सिदार्थ राणाले दिएको एक करोड र अन्य २५ जना नेपालीहरूले दिएको ७० लाख रुपैयाको एउटा अक्षयकोषबाट बेहोरिने हुनाले तपाईको सहयोग शत प्रतिशत हामीले गर्ने परोकारी कामहरूमा खर्च हुन्छ। हेल्प नेपाल नेटवर्कबारे विस्तृत विवरण हाम्रो वेभसाईटबाट प्राप्त गर्न सक्नुहुनेछ भने केही अन्य जिज्ञासा भए मबि सिंह लाई ५०८ ३९७ १३६८ मा सम्पर्क गर्न सक्नुहुनेछ।
तपाईलाई खान पुगोस्, दिन पुगोस्!
हेल्प नेपाल नेटवर्क
यू एस ए