[VIEWED 32140
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 03-27-13 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
10
?
Liked by
|
|
भाग-१
म पात्रमा नायकत्व कति जरुरी छ ?मेरो कलमले अघि वढ्दा वढ्दै गहिरो प्रश्न राखेको थियो। म सोच्न वाध्य भएँ, किनकि यदि जरुरी छ भने जे म लेख्दैछु त्यो कथा होइन। ममा नायकत्व छैन।
कथा भन्दा थोरै अघि,
एयरपोर्ट डिलेभएका फ्लाइटको कारणले गर्दा हुनुपर्छ भिडभाँड थियो।आकृतिहरु दिमागमा छाप वनाउन नपाइ देखिँदै विलाउँदै थिए।भिँडभित्रका झुण्ड,उपझुण्डहरु कोहि रमाइरहेका थिए,कोहि गम्भिर देखिन्थे।गम्भिर हुनेहरु प्लेन डिले भएकाले हुनुपर्छ। मनमनै सोचेँ, किन आएँ आज एयरपोर्टमा चाँडो। म एक घण्टा अघि आएँ,फ्लाइट एक घण्टा डिले भयो । के गर्ने होला दुइ घण्टा? समय अचम्मको हुन्छ, जति खाली भयो त्यति गह्रुंगो हुन्छ!
"फ्लाइट डिले भो नि त केटी !"
उसलाई केटी भन्न मलाई रमाइलो लाग्छ।शुरु शुरुमा उ अचम्म मानेर हेरेकी थिई। तर पछि उसले मलाई र मैले दिएको विशेषण दुवैलाई अंगाली!
सुधालाई सुचना दिनु आवश्यक थियो । बेक्कारमा अतालिन्छे, मोवायल स्विच अफ भएको वेला पर्यो भने त झन् उसको होशले ठाउँ छोड्छ।तर आवश्यकतावोध भन्दा पनि मेरो लत भन्नुपर्छ, दुइ चार घण्टा ,दुइचार घण्टामा मोवायलका टेक्स्ट,फेसवुकका प्राइभेट म्यासेज वा कल जे वाट भएपनि मैले सुधासँग शव्द साटासाट गर्नुपर्छ। कहिलेकाहिँ जिस्किनुपर्छ , कहिलेकाहिँ ठूस्केकी उसलाई मनाउनु पर्छ। मलाई थाहा छ, उ रिसाएकी हुन्न तर पनि म उसलाई मनाइ टोपल्छु, किनकी मलाई थाहा छ मैले धेरै मेहेनत नगरी उ रमाउनेछे।
कहिलेकाहिँ म आफुलाई उसको नजरवाट हेर्न खोज्छु। मलाई थाहा छ, ममा औसत पुरुष भन्दा वढी केहि छैन।वरु कम होलान, केहि दुर्गुण होलान् । तर जव जव म आफुलाई उसको आँखावाट हेर्न खोज्छु, आफुमा स्वाभिमान देख्छु, एउटा अनौठो आकर्षण भएको व्यक्तित्व देख्छु , मन पगाल्न सक्ने पुरुषत्व देख्छु,खुशी हुन्छु अनि फेरि आफ्नो जीवनमैँ फर्किन्छु।कसैको जीवनमा आफ्नो उपस्थितिले पार्ने फरकमा रमाउनु नै माया होला शायद!
"किन र ?" उसको निन्याउरो आवाज फर्कियो। मोवायलमा निराशा चुहियो सुधाको!
"वेदरको प्रोव्लेम भने, तिमी सँग भेट हुन नदिने षड्यन्त्र गरे जस्तो लाग्यो !" मैले उसको निराशा हलुक्याउन खोजेँ!
"म त तँपाइ आउने होला भनेर अफिस छोडिदेँ आजको !" उसले हाँस्दै भनी ! उसले गुनासो पोखेको हुनुपर्छ उसको प्रतिक्षाप्रति।उसको म तिमीलाई माया गर्छु भन्ने शव्द छनौट पनि अचम्मको छ। उ भन्दिन तर म उसले नभनेको वुझ्छु।जहाँ मौनता रमाइलो हुन्छ , त्यो पल शव्दहरु कुरुप हुन्छन् मौनताको सुन्दरताको अघि।
"कि कुद्दै आउँ त ?"
"अलि टाढै पर्छ होला, भो छोड्दिनु गल्नुहुन्छ!" उ खितित्त हाँसी । मलाई सन्तोक भयो।
"ल वेलुका सम्ममा आइपुग्छु, खास त्यहि भन्नलाई फोन गरेको । राखे है मैले! " मैले फोन काटेँ, यताउति हेरेँ कसैले सुनेका त छैनन् नि भनेर! अनि चुरोट कक्ष तिर लागेँ।
*************** ************** *************** ************* ***********
"तिमीले चुरोट खान अझै छोडेको छैनौ है ?" आवाज मधुरो थियो। अनि पुरानो पहिचान बोकेको पनि !
"आशा दिदी ! वाट ए प्लिजेन्ट सरप्राइज !" मैले भने पनि मलाई थाहा छैन यो भेट सुखद थियो वा थिएन, तर सरप्राइज भने अवश्य थियो।
"कता ?"
"घर हिँडेको दिदी !"
"अल्लारेहरुको घर हुन्न नि आकाश , तिमीले नै भन्थ्यौ हैन र ?"
आशा दिदी थोरै मुस्कुराउनुभयो। मैले वहाँको अनुहार नियालेँ। पुरानो अनुहार भन्दा पृथक केहि थिएन। करिव एक वर्ष भयो होला भेट नभएको ! परिवर्तन खासै थिएन। अझै पनि उसरी नै मुस्कुराउनु हुन्थ्यो । अझै पनि गहिरा शव्दहरुमा जिस्किनुहुन्थ्यो। परिवर्तन त ममा थियो। किन एउटै आकाशका दुइ पाटामा घामले फरक फरक असर गर्छ ?
"मान्छे सँधै अल्लारे रहँदैन नि त दिदी !" म पनि वहाँको मुस्कानको साथ दिँदै मुस्कुराएँ।घर शव्द मात्र होइन।घर भौतारिनेको लागि स्थिरता हो। घर वाँध हो,परखाल हो अनि दुइ मुटु जोड्ने पुल पनि।
"विहे गर्यौ कि के हो ?" वहाँले आश्चर्य मान्नुभयो ! आश्चर्य मानेकोमा मलाई आश्चर्य भएन, छवि नै त्यस्तै वनाएको छु मैले। छाप नै त्यस्तै छोडेको छु मैले! म जे देखाउन चाहन्छु, संसारले त्यहि न देख्छ। रंगहरु त मैले छान्ने हो मेरो इन्द्रेणीको। कुन गाढा हुन्छ, कुन फिक्का हुन्छ त्यो त मेरो क्यान्भास कोराइमा फरक पर्छ।
मैले टाउको हल्लाएँ।
"अचम्म छ, तर खुशी लाग्यो ! "
वुद्द एयरवाट पोखरा जाने विमानमा पाल्नु हुने यात्री महानुभावहरु कृपया गेट ए तर्फ प्रस्थान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ!
सँधै झै सुमधुर आवाजमा एउटी युवतिको ध्वनि गुन्जियो!
"ल म लागेँ, यु मेड अ गुड डिसिजन फाइनल्लि !" आशा दिदीले आफ्नो व्याग उठाउनु भयो !
"दिदी तँपाइले मलाई परिवर्तन गरिछाड्नु भयो, हुन त मैले माफि माग्न नमिल्ने हो !तर गर्न सक्नुहुन्छ भने तँपाइले मलाई माफ गर्नुहोला !" वोल्न गाह्रो भएको थियो! तर वोले पछि हलुका भयो मनवाट भार हटे जस्तो!
"कमअन! इट्स ओके! मान्छे पल पल फरक हुन्छ! त्यो तिम्रो हैन पलको दोष थियो !" मेरो दुइ काँधमा हात राख्दै जवाफ आयो आशा दिदीको !
विस्तारै भिँडमा आशा दिदि हराउनु भयो। मेरो दुइ घण्टा अव खाली छैन! त्यसमा अतितले समय पाएको छ!
क्रमश:
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-27-13 9:54
AM [Snapshot: 55]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>म जे देखाउन चाहन्छु, संसारले त्यहि न देख्छ। रंगहरु त मैले छान्ने हो मेरो इन्द्रेणीको। कुन गाढा हुन्छ, कुन फिक्का हुन्छ त्यो त मेरो क्यान्भास कोराइमा फरक पर्छ।<<
गज्जब
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 03-27-13 10:01
AM [Snapshot: 60]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<< जहाँ मौनता रमाइलो हुन्छ , त्यो पल शव्दहरु कुरुप हुन्छन् मौनताको सुन्दरताको अघि।>>
<< किन एउटै आकाशका दुइ पाटामा घामले फरक फरक असर गर्छ ?>>
वाह ! फुच्चे साथी फेरी पनि कस्तो मनको अन्तरकुन्तर बाट गुन्जेको गहिरो कुरो भन्यौ ... अर्को भाग को पर्खाइ मा ....
- थाने
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-28-13 12:37
AM [Snapshot: 285]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Aakinchan
Please log in to subscribe to Aakinchan's postings.
Posted on 03-28-13 6:48
AM [Snapshot: 350]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< कसैको जीवनमा आफ्नो उपस्थितिले पार्ने फरकमा रमाउनु नै माया होला शायद >>>
खै होला कि नहोला मा अझै दोधारमै छु :(
<<< जहाँ मौनता रमाइलो हुन्छ , त्यो पल शव्दहरु कुरुप हुन्छन् मौनताको सुन्दरताको अघि >>>
क्या दामी लेख्नुभो ...
<<< रंगहरु त मैले छान्ने हो मेरो इन्द्रेणीको। कुन गाढा हुन्छ, कुन फिक्का हुन्छ त्यो त मेरो क्यान्भास कोराइमा फरक पर्छ >>>
लेख्दै जाम है पढ्ने त हामी छदै छौ नि
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 03-28-13 9:55
AM [Snapshot: 389]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
4
?
Liked by
|
|
Serial,थाने, साहिँली & akinchan- Thank you for such a sweet response to newly woven thread,Its all because of you that i am enjoying my stories.
thanks to all the readers
भाग-२
यहाँवाट कथाको शुरुवात हुन्छ।म स्वार्थी भएर हुन सक्छ,कथा मैले मवाटै शुरु गरेको छु। जीवन अचम्मको छ,वृत्तको केन्द्रमा सदैव म हुन्छ, म जे गर्छ सहि हुन्छ। म स्वार्थी हुन्छ, स्वार्थलाई फरक फरक नाम दिन्छ। मेरो मात्र किन प्रत्येक कथा मवाट शुरु हुन्छ,शुरु नभएकामा म को खोजी हुन्छ, म भेट्टाइन्छ र त कथाले महत्व पाउँछ।
म(करिव एक वर्ष अघी)
उ भिँडवाट टाढा एउटा कुर्सि आफ्नो लागि मात्र वन्दोवस्त गरेर वसेकी थिइ,एउटा हातमा वाइनको ग्लास लिएर। तर मैले भन्नैपर्छ परवाट वाइन भन्दा उ नै मादक देखिन्थी ।क्रस लेग पोजिसनमा उसको देखिएको घुँडासम्मको अंशले रहर पलाउँथ्यो उसलाई हेरीरहने।मेरो आँखाहरु सन्त थिएनन्, उसलाई हेरिरहन लाज मानेनन्। धक फुकाउन्जेल हेरिरहे।परैवाट उसको इयररींग रातो प्रकाशमा टल्किएको थीयो। वेला वेलामा उ आफ्नो कपाल मिलाउन आफ्ना औँला कपालमा कुदाउँथी। पटक पटक उसको एयररिंग गालामा ठोक्किएर मेरो मनमा अनौठो काउँकुति लगाइ छाड्यो।
"मौनता ,एकान्त अनि वाइन,जीवन एक्लिएर पनि नशालु छ ! " मैले पनि चुस्कि लगाउँदै उसको छेउमा गएर मौनता तोडेँ।
"तँपाइलाई मेरो एकान्त मा किन इर्ष्या त ?" उसले हाँस्दै प्रश्न राखी । उसको मुस्कानले मेरो वाटो खोल्यो।
"राम्री केटीहरुलाई पिउन साथ दिने मेरो राम्रो वानी छ, आज पनि वानीले विवश वनायो !"
उसले मलाई आफ्ना गहिरा आँखाले हेरी। चश्मामा खासै पावर थिएन शायद! त्यति भद्दा देखिँदैनथ्यो।मलाई पढ्न सक्यो वा सकेन थाहा छैन।
"म यसलाई तारिफ सम्झिउँ ?"
"जे सम्झे पनि हुन्छ , म त मात्र साँचो वोल्छु ! मैले एकान्त तोड्न मिल्छ भने म कुर्सी ल्याउँछु अर्को !"
"एकान्त पातलो हुन्छ,सानो क्षणले पातलिन्छ, सानो साथले चिरिन्छ,करिव दुइ मिनट देखि म एक्ली छैन ,ल्याए हुन्छ !" उसले स्विकृति दिइ। पहिलो चरण मैले सफलता पुर्वक पार गरेँ!वाइनमा डुवेर उसको ओठ अझ रसिलो देखियो। मैले आँखा हटाउन सकिन।
"कुर्सी लिन जाने भनेको होइन ?" मेरो ध्यान भंग भयो।
"उभिएर यति राम्रो चिज हेर्न पाएको छु, कुर्सी लिन जाने समयको लोभ लागेको छ !"
"नहतारिइ गए हुन्छ ! मलाई कुनै हतार छैन ! म समयमा कन्जुसी गर्दिन, आफु सँग कति छ भन्ने थाहा भएको वस्तुमा न हो कन्जुसी गर्ने ! म सँग दुइ दिन छ वा दुइसय वर्ष कसलाई के थाहा ? अनै थाहै नभएको वस्तुमा भएको खर्चमा के चिन्ता ?" उसको अनुहारमा हलुका गुलावी लाली छायो।थोरै लागेको हुनुपर्छ उसलाई। मान्छे जव वेहोश हुन्छ अनि चिन्तन फुर्छ, सोचका क्षितिजका दायरा हरु चौडिन्छन् । मोक्ष वेहोशीमी नै हुन्छ।उसको वेहोशी त मेरो लागि वरदान नै हो। मन खुशी भयो।
"वाइ द वे मेरो नाम आकाश हो !" मैले कुर्सी ल्याउँदै गर्दा आफ्नो परिचय दिएँ। उसलाई मेरो नाम आवश्यक थियो थिएन थाहा छैन।
"सरी नाम नसोधेकोमा, म रितु !"
"पक्कै वसन्त हुनुपर्छ !" म जिस्किन चाहेँ। उसले पनि साथ दिइ, धक फुकाएर हाँसी यसपाली।
"हरियो देखिएको छु हो ?"
"हैन मलाई वसन्त रितु मन पर्छ त्यहि भएर, यहाँ कसरी त ?" मैले प्रश्न मोडेँ । हुन त मलाई उसको उत्तरमा कुनै मतलव छैन । तर पनि प्रश्नले शिष्टता थप्छ।म उसको वारेमा जान्न चाहन्छु भन्ने वुझाउँछ।राम्रो शिकारी धैर्यवान हुन्छ। उ आफ्नो घडी घर नै छोडेर शिकारमा निक्लन्छ।
"वर्थडे गर्लको एउटी साथी मेरो पनि साथी हो, उसै सँग आएको तर उ अन्तैतिर व्यस्त भइ जस्तो छ!" उसले आँखा यता उता डुलाउँदै जवाफ फर्काइ।उसको आँखाले उसको साथी खोजेको हुनुपर्छ।मलाई डर लागेर आयो। कतै उसले खोजेकी उसको साथी भेट्टाइ भने ?
"मेरो साथ मन नपरेको हो ?" मैले इशारा उसको आँखा घुमाइ तिर गरेँ।
"हैन ! तर पनि!!!!!......... उ हराइ, उसले पनि आकाश भेट्टाइ जस्तो छ !" उसले मलाई जिस्क्याइ।
"मेरो भाग्य राम्रो भन्नुपर्छ, उ हराई !"
"तिमी शव्दहरुसँग राम्ररी खेल्छौ ! धेरै चोटी खेलेजस्तो ! खप्पिस भएजस्तो !" उसले कटाक्ष गरी। घुमाउरो शव्दमा उसले मलाई चिनीसकेको भनेकी थिई।
"त्यो त कसको अगाडी खेल्दैछु त्यसमा भर पर्छ! कहिले काहिँ सुन्दरता को अघी शव्दहरु विवश हुन्छन्,फुर्नलाई आतुर हुन्छन्, मन पग्लिएर तरल हुन्छ , अनि वाक्यहरु गजल वन्छन्।"
"तिमीलाई लागे जस्तो छ, कविता फुर्न थाल्यो !" उ खित्का छोडेर हाँसी।
"तिमी छेउमा भएपछि नलाग्ने त कसैलाई पनि हुन्न होला !" मैले अझ थपेँ उसको प्रशंसा। प्रशंसा पनि नशा न हो , मान्छेलाई चढ्दै जान्छ वेहोश हुँदै जान्छ।
"यति लागिसकेको मान्छे, घर कसरी पुग्छौ?"
"अल्लारेको घर हुँदैन, उ त यात्रा गर्छ, रितुले जता डोर्याउँछे त्यतै डोरिन्छ !" यसपालि मैले उसको आँखामा आँखा जुधाएर अन्तिम अस्त्र छोडेँ। उ पनि मलाई हेरीरहि धेरैवेर! अनी मेरो हात समाती, कुनाकै अँध्यारो ढोकावाट हामी वाहिर निस्कियौँ!गोजीवाट मोवायल निकाली अनी मादक स्वरमा वोली "ओइ सुन त ! मलाई सन्चो भएन , एकजना साथी मलाई पुर्याउन कोठा जाँदैछ!यु इन्जोय द पार्टी, !!!"
क्रमश:
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-28-13 10:10
AM [Snapshot: 397]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बडा गज्जब को गयो यो पनि
क्या फ़्लर्ट मास्टर रहेछ
|
|
|
Duderino
Please log in to subscribe to Duderino's postings.
Posted on 03-28-13 12:35
PM [Snapshot: 457]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Fuccheketo rocks!!! I like u dude!!
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 03-28-13 2:05
PM [Snapshot: 450]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
lolitalover
Please log in to subscribe to lolitalover's postings.
Posted on 03-28-13 3:32
PM [Snapshot: 540]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bravo fucheketo, you made my half a day since I am reading it now.
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 03-29-13 12:55
PM [Snapshot: 703]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
Serial, Duderino,थाने ,lolitalover- thank you ..
Thanks to all readers.
भाग-३
कथाको दोश्रो अंश पनि म वाटै शुरु हुँदैछ।आशा दिदी खोइ त कथामा ?पढ्नेलाई अचम्म लाग्न सक्छ आशा दिदीको वारेमा सोचेर, तर कथा त आशा दिदीको नै हो, म त यो कथा वुन्ने फगत एउटा धागो हुँ।त्यो धागो जसले कथा मा पत्र पत्रमा रहेकी आशा दिदीलाई उक्काउने छ।हुन त धागोले जोड्छ, तर जोडिदिने वस्तुले नै उक्कायो भने ? प्रश्न अचम्मको छ, हुनैपर्छ । किनकी म पनि अचम्मको छु,समाज अचम्मको छ अनी मेरो कथा पनि ।
कथामा म कति मेरा रातहरुको वयान गरौँ, पहिलो र दोश्रो अंशको विचमा मेरा शिकार फेरिए, रातका परिदृश्यहरु फेरिए,म माझिँदै गएँ।झन झन चम्किलो भएँ, झन धैर्यवान भएँ अनि झनै शितल भएँ। भो अहिलेलाई ! कति आफ्नो पुरषार्थलाई आफ्नो कथामा व्याख्या गरौँ?कथामा थोरै गति थप्छु, कथालाई थोरै अघि लैजान्छु।
दृष्टीको विहे
"यसपाली तँ र म तराइ जानुपर्छ वुझिस् ! दृष्टीको विहेमा !" आमाको आँखामा अनौठो खुशी देखियो। घरले वाँधेको छ,कहिलेकाहिँ पखेटा फिजाउन चहानुहुन्छ।वाहिर वार्दलिमा निक्लेको वेला आकाश हेर्नुहुन्छ। आकाश त अझै अनन्त छ, आफु खुम्चिएकोमा दुख लाग्छ। वुवाको सेमिनार अनि अफिसको विचमा वुवा घर विर्सिनुहुन्छ।तर आमालाई मात्र घर याद रहन्छ! पर्दाहरु सुम्सुम्याउनुहुन्छ झ्यालका ,धुलो लागेको जाली सफा गर्नुहुन्छ।कहिलेकाहिँ विस्कुन सुकाउनुहुन्छ छतमा!जीवनलाई घरका कुनाकुनाहरुमा बाँड्नु भएको छ।
समय पनि अचम्मको हुन्छ,वाँडिन्छ वाँचिन्छ अनि विक्री पनि हुन्छ।वुवा समय विक्री गरेर पैसा किन्दै हुनुहुन्छ। आमा समय सँग स्वतन्त्रता साट्न खोज्नुहुन्छ। म दुइजनाको तराजु नियाल्छु।छुट्याउन सक्दिन को वढि खुशि छ , छुट्याउन सक्दिन खुशी के हो ! दिक्क हुन्छु , नियाल्न छोड्छु मलाई आफ्नै जीवन ठिक छ ।
मेरो पनि कलेज सिद्दिएको थियो,आमाले राखेको प्रस्ताव नकार्न सकिन।
"कहिले जानुपर्ने ?" आफ्नो लामो घुम्रिएको कपाल भित्र कन्याउँदै मैले सोधेँ!
"अर्को हफ्ता , जाँच त सिद्दियो ! अव तेरो जागिरमा छुट्टि मिलाउन सक्छस् कि सक्दैनस् !" वहाँको भनाइमा आग्रह थियो। कति कमजोर वनाएको छ समाजले आइमाइ मानिस् लाई सिकाएको छ साथ खोज्नलाई, तरुनीमा पतिको वुढेसकालमा छोराको !
"छुट्टि त मिल्छ होला!" मेरो कपाल कन्याइ यथावत थियो।
"तँलाई जान मन छैन भने छोड्दे न त !" आमाले मेरो कपाल कन्याइको आशय निकाल्नुभयो।
"हैन ?जान्छु नि ! मेरो पनि त वहिनी हो !" मैले आमालाई फेरि आफ्नो ढाँट उत्तर फर्काए। मलाई खासै जान मन छैन त्यो विहेमा । रातका अल्लारे पार्टीहरु,अनि नयाँ अनुहारहरु, केहि नयाँ कोठाहरु,अनि केहि सपनाहरु छुट्नेछन्।
आमा खुशी हुनुभयो किनकी मैले आमाको उडानमा पखेटा थप्ने प्रयास गरेको थिएँ।
*************** **************** **************** ************** *********
"आइस् तँ पनि !" दृष्टी मलाई हेर्दै हाँसेकी थिई। उमेरले चार महिना भएपनि उसको दाजु नै थिएँ। तर उसले कहिल्यै तँपाइ भनिन मलाई।मैले पनि सम्वोधनमा "तँपाई" खोजिन।
"किन आउँदिन जस्तो लागेको थियो र?" मैले व्याग उसको खाटमा हुत्याउँदै प्रश्न राखेँ।
"के भर तेरो ! मलाई त ठुलोमामु मात्रै आउनुहुन्छ कि जस्तो लागेको थियो!"
"इक्जाम सिद्दियो, काम वाट पनि छुट्टी पाइयो !तँ रोएको पनि हेर्न मन लाग्यो !"
म थोरै ढल्किएँ,उसैको खाटमा।विहेको सामानहरुले कोठा अस्तव्यस्त थियो।उसको कलेजको ग्र्याजुएसनको फोटो उसको टेवलमा थियो।
"तेरा साथीहरु त आउँदैनन् होला है काठमाण्डुवाट?" मैले ग्र्याजुएसनको फोटो हेर्दै प्रश्न राखेँ।
"आउँदैनन् होला ! यति टाढा!! फेसवुकमा म्यासेज त पठाको हो ! के गर्छन् थाहा छैन !"
उसले मेरो प्रश्नको आशय नवुझीकन साधा उत्तर फर्काई। मेरो आँखा अझै तस्विरमै अडिएको थियो।कन्या क्याम्पसका पुतलिहरु दृष्टीलाई घेरेको तस्विर ! आमा आफ्नै वहिनीसँग गफमा व्यस्त होला। सके मेरो लागि पनि केटी खोज्नुपर्छ भन्ने सम्म कुरा पुगिसक्यो होला।अरुले पनि "हो दिदी अव सत्ताइस् पनि भयो,काम पनि गर्दैछ ! मास्टर्स सिध्यायो ! अग्लो गोरो राम्रो केटो जसले पनि केटी दिन्छ ! अहिल्यै हो विहे गर्ने पनि!" भनी सके होला। आमा दंग परिनै सक्नु भयो होला वुहारीको सपना देख्दै !!
मलाई त्यसैले पनि कसैको विहेमा जान मन लाग्दैन।किन मान्छेहरुलाई अर्काको जीवनको यत्रो चासो? सपनाको सारथी वनिदिने यत्रो धोको!मैले टारिसकेको थिएँ दुइ तिन चोटी त प्रस्ताव पनि। तर आजकल वोल्न मन लाग्दैन। आखिर के भनौँ ?मैले प्रत्येक रात स्त्री भोग्न पाएको छु, चाहेको जस्तो! अनि विहान उ मलाई न त कपाल काट्नु नै भन्छे, न त मेरो टिशर्टको कलर चुज गर्छे! म स्वतन्त्र छु। मान्छे मलाई वाँध्न चाहन्छन्। मान्छेको स्वतन्त्रताको जलन हो सवै यो।
******* ******* ************** ************* ************ ****************
"दृष्टी चिया खान निस्की न वाहिर कति कोठामा घोत्लिरहन्छेस् ?हामी सँग पनि गफ गरे हुन्छ !" आवाज मधुरो थियो मेरो ध्यान तान्न सक्ने गरी पर्याप्त थियो। भौतारिरहेको मेरो पनि पहिलो चोटी धैर्य वन्न वाट अटेर गर्यो। मैले अनुहार हेरीसकेको थिइन तर अनुहार पक्कै राम्रो हुनुपर्छ मैले अनुमान गरेँ
"को हो दृष्टी ?" मैले ढोका तिर नजर दौडाउँदै प्रश्न राखेँ। ढोकाको खुलेको भागवाट केहि देखिएन । मात्र पदचाप सुनियो, किचन तिर कोहि गए जस्तो लाग्यो।
"तँ चिन्दैनस्! आशा दिदी ! मेरो काकाको छोरी !"
क्रमश:
|
|
|
buzz
Please log in to subscribe to buzz's postings.
Posted on 03-29-13 2:22
PM [Snapshot: 739]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Smaran
Please log in to subscribe to Smaran's postings.
Posted on 03-29-13 6:50
PM [Snapshot: 830]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Balla balla 3rd part ma asha didi aain...arko bhag ni chittai padna Pam!!! Really enjoying reading ...
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 03-30-13 8:05
AM [Snapshot: 903]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Buzz and Smaran- yup She came Finally,.....
अर्को भाग अघी वढाउने अनुमति चाहन्छु
भाग-४
आशा मात्र दृष्टीको दिदी हो नि ! मेरो मनमा उठेको पहिलो सोच थियो।कथा त्यहि समयको त्यो सम्वन्धवाट डोरिइनु परेकोले अहिले दिदी शव्दलाई म थोरै विश्राम दिँदैछु।कथामा शव्द शव्दका अर्थ हुन्छन् दिदी शव्द जवसम्म प्रयोग हुन्छ तवसम्म मेरो मनको भार हट्नछैन। म कथा सुनाउन सक्ने छैन।जीवनका घुम्तिहरुमा उ पनि कुनै सम्वन्धको भार नवोकी छिरेकी थिई। सारांशमा कथाको त्यो मोडमा उ मात्र आशा थिई।
आशा
म साँझमा छतमा थिएँ।विराटनगर पहिलेको जस्तो थिएन।हामी शहरको एक कुना जस्तोमा नै भए पनि पर परसम्म खेत देखिन्नथ्यो।घाम घरहरुको विचवाट अस्ताउँदै थियो।प्रकाश गुलावी थियो।लामखुट्टेको गुनगुन वढ्न थालेको थियो।म भने शुन्य प्राय भएर आफुले नै उडाएको धुवाँलाई नियाल्दै थिएँ।संसारले मलाई दुई चरित्रको व्यक्ति मान्न सक्छ,किनकी म घरमा पृथक हुन्छु वाहिर भन्दा! कहिलेकाहिँ सोच्छु "म मेरि माया गर्ने आमालाई किन कुरा लुकाउँछु ?" उत्तर पाउँदिन । खोज्न छोडिदिन्छु। म दुई चरित्रमै ठिक छु। यसलाई सामाजिक भाषामा मान्छे प्र्याक्टिकल भएको भन्छन्।
आशा पनि एकान्त खोज्दै हुन सक्छ छतवाट उक्लिएको मैले देखेँ।मैले हत्तपत्त सल्किएको चुरोट निभाएँ।म चाहन्न मैले समाजको अघी ठड्याएको अर्को मको स्वरुप झर्यामझुरुम होस् एउटा चुरोटले।
"विहेको माहौल मन पर्दैन हो ?" उसले नै कुराको शुरुवात गरी!
"किन र?" मैले अचम्म माने जस्तो गरेँ।
"एक्लै छतमा किन त ?"
"मलाई भिँडभाँड मन पर्दैन खासै!"
"त्यो भनेकै पहिलो प्रश्न हैन र ? विहेको माहौल भिँडभाँड !" उसको मुस्कानमा धेरै रंगहरु थिए।केहि अस्पष्ट आकृति थीए। सरल पक्कै पनि थिएन उसको मुस्कान।
"कैद कसलाई मन पर्छ र ? त्यसमाथी जन्मकैद !" मैले सपाट उत्तर फर्काएँ।
"कैद किन र?"
"विहे भनेको सिमा तोकेको त हो नी ! मान्छे त स्वच्छन्द हुनुपर्छ ! पखेटा फिँजाउनुपर्छ,उड्नुपर्छ!"
"केहि सम्वन्धहरु आकार नपाउन्जेल छताछुल्ल हुन्छन्,पोखिन्छन! वोक्ने भाँडो चाहिन्छ !"
"छताछुल्ल भएर त यात्रा तय गरिन्छ ,आकार त स्थिर हुन्छ !" मैले उसलाई नियाल्दै जवाफ फर्काएँ। एउटा गम्भिर भेष ! उसले मलाई तानेकी थिई। कुर्ताको टप ,जिन्स प्यान्ट अधवैँशे अनुहार ! करिव म भन्दा पाँच छ वर्ष जेठी हुनुपर्छ उ! अहिलेसम्म का केटीहरु भन्दा पृथक। अहिलेसम्म मेरो वरालिने मनले वरालिने मनलाई नै भेटिरहेको थियो।खहरेहरु रातका भेल वोकी आउँथे,दिनको प्रकाशमा उनीहरु सुके जस्ता हुन्थेँ, तिर्खा जस्ता को तस्तै,यात्रा जस्ताको तस्तै !दिन फेरि अर्को खोजमा वित्थ्यो। एउटा स्थिर समुन्द्रले मेरो मनमा पौडि खेल्ने गरीको काउँकुति लगाएको नै थियो त? जहाँ गहिराई थाहा हुन्न,त्यहाँ डुव्नुको मजा नै वेग्लै!
"कहिलेकाहिँ गति हानीकारक हुन्छ,विशेषत लक्षको उल्टो हिँडियो भने !"
"लक्ष थाहा नपाइकन पक्डेको गतिको फेरि अलग्गै नशा हुन्छ !"
"आ-आफ्नो सोचाइ हो !" उसले थोरै भुइँमा झुक्दै जवाफ फर्काई।
"तँपाइको सोचाइ के हो त ?" मैले तँपाई नै भनेर सम्वोधन गरेँ। तिमीमा झर्ने मैले हालसम्म अनुमति पाएको छैन। अनि उ म भन्दा जेठी नै पनि थिई।
"कहिलेकाहिँ उत्तर नहुने प्रश्नहरुले पिरोल्छन् ! म तल झरेँ ल, पछि कुरा गरौँला ! तिमी साह्रै रमाइलो कुरा गर्छौ! अनि नडराए हुन्छ,म चुरोटको लतको वारेमा कसैलाई भन्नेछैन! ह्याप्पी स्मोकिंग एण्ड सरी टु वदर यु !"
उ हाँसी , केहि त छ उसको अनुहारमा ! त्यो पिडा हुनुपर्छ! हाँसोमा मिसिएर एउटा अनौठो रंग वनाउँछ अनुहारमा ! एउटा रहस्य पोत्छ क्यानभासमा !
********* ********** ********* ********** ********* ********* ************
"तेरो आशा दिदी वस्ने चाहिँ कहाँ हो?" मैले दृष्टीलाई प्रश्न राखेको थिएँ हामी दुइजना मात्रै हुँदा। आमा मैले केटी मान्छेको चासो लिएको राम्रो मान्नुहुन्न। फेरि आशा त आइमाइ थिइ होला आमाको नजरमा, म भन्दा जेठी हुनाले!
"तेरो पनि दिदी नै हो, जेठी हो धेरै !" मनमा चस्स विझ्यो। किन दिदी भन्नु ? जेठी भन्दे त भइगो नी !
"घर कहाँ हो वहाँको ?" मैले प्रश्न गर्न छोडिन।
"कुलेश्वर तिर होला वसाइ !" उसको उत्तरमा सोधे भन्दा वढी केही आएन। सामान्यतय केटी मान्छेहरुलाई एउटा प्रश्न गरेपछि उधार्न सजिलो हुन्छ। तर दृष्टी अपवाद निस्किई, उसले उसलाई थाहा भएका धेरै कुरा लुकाए जस्तो लाग्यो। के उसले मेरो आशय वुझि त मनमा डर लागेर आयो। यहाँ मलाई समाजको पनि त डर छ।
"को को वस्छ र सँगै ?" मनमनैँ सोचेँ जे सुकै सोचोस् दृष्टीले !मैले के नै गरेको छु र अहिलेसम्म !
"वुढाले छोडेपछी,वसाई एक्लै छ !"
मन एक तमासको भो !उसको गम्भिर अनुहार अनि छतको वार्ता सम्झेँ "कहिलेकाहीँ उत्तर नभएका प्रश्नहरुले पिरोल्छन् !" त्यसो भए आशाले उत्तर नभएका प्रश्न कोट्याइ नै किन त ? उसलाई थाहा थियो त्यो प्रश्न आउँछ , उ सँग उत्तर हुने छैन भन्ने। आखिर मेरो अघि निरुत्तर हुने रहर किन ? शायद उसले मलाई जाँच्न चाहेकी थीई, उसको रहस्यमा मेरो जिग्यासा कति भन्ने ! जव मान्छे सम्वन्धसँग वाक्क हुन्छ , उसले एकान्त खोज्छ तर सम्वन्ध र एकान्त दुवै सँग वाक्क भएको मान्छेले म जस्तो साथी खोज्छ। शायद आशाको खोज ममा आएर टुंगेको थियो। मन फुरुंग भयो, म फेरि धैर्यवान भएको छु, सहि समयको खोजीमा !
क्रमश:
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-30-13 9:40
AM [Snapshot: 935]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुइ भाग नै पढी भ्याएँ
एकदम घच्ची को कथा गैरहेको छ - अर्को भाग को प्रतीक्षा मा
|
|
|
Aakinchan
Please log in to subscribe to Aakinchan's postings.
Posted on 03-31-13 10:58
AM [Snapshot: 1092]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घचा घच २ भाग आएछ ... एकै सासमा पढेर सिधाये ... कस्तो उत्कृस्ट प्रस्तुति ...
keep flowing bro...
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 04-02-13 12:48
PM [Snapshot: 1281]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
5
?
Liked by
|
|
Serial/Akinchan- thank you very much, यसपालीको पोस्टिंगमा ढिलो भएको कमेन्ट अहिले सम्म आएको छैन खुशी लागेको छ। hahahahaa>>
भाग-५
आशा सुन्दर थिई। तर सुन्दरता पारख सँग मिसियो भने त्यो अद्दितिय हुन्छ। उ अद्दितिय थिई किनकी उ पारखी थिई।एउटा अनौठो मैले नचाखेको स्वाद थिई। भोगि म उ तिर डोरिएको थिएँ। उसका रहस्यमयी शव्दहरुको मैले सुन्दर अर्थ निकालेको थिएँ।
आशा(भाग-२)
"एक्लै त कता जानु ठूलो मामु ! फेरि मलाई विराटनगरको खासै थाहा पनि छैन" उसले म तिर हेर्दै भनी । उ स्कुटी स्टार्ट गरेर साथी खोज्दैथिई दृष्टी विहाको डेकोरेसनको सामान लिन जानलाई।
"म जाउँ त आण्टी ?" मैले उसको इशाराको अर्थ निकालेँ। उ मेरो साथ चाहन्छे।
"जा न त ! त्यो केदारको दोकान देखाइदे !"
म सिँढीवाट फटाफट झरेँ। अनि स्कुटी को नजिकै पुगेँ।
"आज म तँपाइको साथी !" भन्दैगर्दा मनमा अनौठो काउँकुति लागेर आयो। किन म उसलाई अझै तिमी भन्न सक्दिन?
"पछाडी वसेर लडिएला, म खासै राम्रो कुदाउँदिन !" उ मुस्कुराई।
"म कस्सिएर पक्डिन्छु नि !" उसको कम्मर नियालेको मात्र के थिएँ, उत्तर फुर्न वेर लागेन।
उ खित्का छोडेर हाँसी पहिलो चोटी।सदा जस्तै पहिलो चाल सोचेको ठाउँमा वस्यो मेरो!
************* ******************* ************** *************** *********
"बर्ब्रेरी ब्रिट ,फ्रेन्च , एण्ड आइ लभ द स्मेल !"
मैले स्कुटीवाट झर्दै गर्दा उसको छनौटको तारिफ गरेँ। हुन पनि स्कुटीमा वसुन्जेल उसको सुवाष मात्र घुम्यो,उसको हेलमेटवाट वाहिर निस्किएर पनि मेरो अनुहार छुन भ्याएका उसको कपालले मलाई अरुतिर हेर्न पनि दिएन।त्यो कालो वादल थियो जसले आकाशको आकाश छेकेको थियो।
"वाउ, आइ एम इम्प्रेस्ड!" उसले अचम्म मान्दै मलाई हेर्दै भनी।
प्रत्येक शिकारका प्रकार हुन्छन। काहिँ वलियोको अघि वलियो वनिनुपर्छ। कहिलेकाहिँ निर्धोको मुखौटो लगाउनुपर्छ। हो उ अभ्यस्त भइसकेकी थिई पुरुषत्वसँग । त्यसैले मैले कलिलो केटो देखिनु उचित ठानिन। मैले उसलाई मेरो संगत धेरै उ जस्ताहरुसँग भइसकेको छ भनेर देखाउनु नै मेरो लागि श्रेयस्कर थियो।
"तिमीलाई पर्फ्युमको वारेमा धेरै थाहा छ जस्तो छ !"
"लगाउनेहरुसँग संगत छ !" म हाँसे। उसले मलाई घोरिएर हेरी।मैले त्यो रहस्यमयि नजरको अर्थ लगाउन सकिन। लाग्यो जीवन जटिल भएर नै होला सुन्दर छ।
********* ******** ********* ********* *********** ********* ******* *****
"तिमी फरक छौ , केहि न केहि त फरक छौ !" उसले धेरैवेर मेरो कुरा सुनेपछि मलाई भनी।काम सिध्याएर हामी चिया पिउनलाई "आँगन"मा छिरेका थियौँ।म जानीवुझि कुनाको कुर्सीमा गएर वसेँ।
"फरक भएर न मान्छे म हुन्छ ! नत्र त म पनि भिँडभित्र हुन्छ, खोज्नुपर्छ!"
"अनि काठमाण्डौमा कहाँ हो घर ?पुगेर पनि भेट्नुपर्छ वुझ्यौ ?"
"मलाई त वानी लागेपछि छुटाउन गाह्रो हुन्छ !"
"भन्नाले ?"
"मैले भेट्ने वानी भनेको !"
"भेट्ने पनि वानी हुन्छ कहिँ ?"
"हुन्छ त !" म हाँसे।उ पनि हाँसी। चियाको चुस्कि नै गुलियो भयो।
"तँपाइ हाँसेको मलाई खुव मन पर्छ ,एकदम गहिरो !"
"तिमी जसलाई पनि हँसाउन सक्छौ!" उसले मेरो तारिफ गरी । म शव्दहरु वुन्दै गएँ किनकी मलाई पनि त शव्दको जालो वनाउनु थियो।
********* ********* ************** ************* ********** **************
"जाने हैन त,अव घर ?"
त्यहाँ खासै भीँड थिएन।फाट्ट फुट्ट मान्छे अनि कुनामा हामी ! आशाको उपस्थितिले गर्दा हुन सक्छ मैले वाहिर नियाल्न पनि भ्याएको थिइन। उसको घाँटीमा गरिएको पुतलिको ट्याटु मैले स्कुटरमा हुँदा देखेको थिएँ। मलाई अचम्म लागेको थियो। उसले समाज सँग लुकाएकी होला ट्याटुलाई आफ्नो लामो कपालले।दृश्यहरु सहि गलत हुँदैनन्, मात्र समाजको नजरमा पाच्य र अपाच्य हुन्छन् मैले त्यहि निष्कर्ष निकालेको थिएँ।
"हेलो, कता हराएको ?ढिलो भएन भन्या ?" उसले फेरि पनि जिद्दी गरी ।
"वसौँ न!एक छिन, अनि फेरि अल्लारेको कुनै घर हुँदैन! कुन घरलाई पो आफ्नो भनौँ ?" म हाँसे।
"आफुलाई अल्लारे वनाउने कत्रो धोको !" उ हाँसी
"मैले भनी सकेँ नी, मलाई स्वतन्त्रता मन पर्छ !"
"ओ यस, साँची , चुरोट खान्नौ आज ?" उसले मलाई जिस्क्याई
"मनमा धेरै धुवाँ भएको वेला म चुरोट पिउँदिन !"
"फिलोसफिकल, अगेन ! कहिले काहिँ म तिम्रो कुरा वुझ्दिन !"
"एउटा कुरा सोधौँ ?" मलाई गोलघुम्ति घुमिरहन मन छैन । उ मेरो यति नजिक छे, उसको सुवाष अझै व्याप्त छ ।मैले आफ्नो धैर्यताको धेरै परिक्षा लिइरहनु उचित हुन्न।
"सोध न !"
"माया ठूलो कि आवश्यकता ?"
"मैले त माया भेट्टाएको छैन, मात्र भ्रम भेट्टाएको छु !"
"त्यसो भए आवश्यकता?"
"हुन सक्छ !" उ गम्भिर भएर मलाई हेरीरही !
"त्यसो भए तिमी मलाई आवश्यक छौ !"
मैले उसको हात समाउँदै भनेँ। पहिलो चोटी तिमी भने, लाग्यो म सँग अव तिमी भन्ने हक छ।
क्रमश:
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-02-13 1:10
PM [Snapshot: 1302]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो भाग पनि राम्रो गयो
फुच्चे संग सिक्नु पर्ला जस्तो छ कसरी केटि पत्याउने भनेर
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-02-13 1:11
PM [Snapshot: 1312]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाइक मा क्लिक हान्न खोजेको फल्याग मा परेछ
माफ पाम
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 04-02-13 1:31
PM [Snapshot: 1322]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahahahhhaha...serial its ok...unless it reaches 5 i m safe no??
|
|