[VIEWED 44983
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 01-21-14 4:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
8
?
Liked by
|
|
"मलाई फिनेल को गन्ध मन
पर्दैन!" मैले नाक खुम्च्याउँदै भनेँ।
"तिमीलाई त केहि पनि
मन पर्दैन, न फिनेल न जिवन ! के वाँकी रह्यो र मन पराउनलाई !" उसले म तिर
कोल्टे फेर्दै भन्यो। खिस्स हाँसेको उसको गालामा रेखाहरु देखा परे। उमेर हुँदो हो
त कसैले डिम्पल भनेर तिनै रेखा,खाल्डोलाई मन पराइदिन्थे होला। खाल्डाहरु पनि त
आफ्नो ठाउँमा त राम्रैमा गनिने रहेछन्।म उसलाई हेरी रहेँ।किन वाँच्न खोज्दैछ उ?
किन लम्व्याउँदैछ यो अर्थहिन जीवनलाई?हो उसले ठिकै भनेको हो मलाई जिवन मन पर्दैन
किनकी मलाई भ्रम मन पर्दैन।
"तँपाइलाई मन पर्छ र
यसको गन्ध ?"
"संसारमा नराम्रै
भन्ने त के नै होला र ?राम्रो नराम्रो त मात्र समय हो!" उसका आँखा मलाई
नियालिरहेका थिए। मैले आफ्नो ओढ्ने थोरै ताने।आफु देखिएको अनुभव भयो।उसको आँखाको
गहिराईमा मलाई आफुलाई लुकाउन गाह्रो भयो।संसारमा सवैभन्दा ठूलो खुवी आफुलाई लुकाउन
सक्नु हो, किनकी मौन नै रहे पनि आँखावाट चुहिएको हुन्छ मान्छे!!
उ र म विचको फरक के नै त
थीयो आखिर। म हारेर भागेकी, भयो,पुग्यो लडाईँ अव लड्दिन भनेर भागेकी!उ घाइते भएर
लडेको ,त्यो पनि त एक अर्थमा हार नै त होला।कुन हार साँचो थियो,कुन झुठो ,छुट्याउन
गाह्रो लडिरहेको उ एक खाटवाट अर्को खाटकी मलाई गलत देख्थ्यो।भागेकी म एक खाटवाट
अर्को खाटको उसलाई गलत देख्दथेँ। आँखाहरु अचम्म हुन्छन्, सवै गलत देखाउँछन्। सत्य
त अँध्यारो वाट न जन्मन्छ,त्यहाँ त आँखानै काम लाग्दैन।
सफा गर्ने मान्छे प्यासेजमा
निस्की सकेको थियो। शायद उसलाई पनि मेरो फिनेल प्रतिको वितृष्णा मन परेन।उसको त
जीवन नै त्यहि फिनेलमा अडिएको छ। उसको साथी नै हो भनौँ , कसैले उसको साथी मन
नपराएको किन पो चित्त वुझोस् र उसलाई!उसको जीवन निचोरिएर त्यहि टालो जस्तो भएको छ
अर्काका फोहोर पुछ्दा पुछ्दा। हिजो भख्खर नै त हो, मलाई दवाई गन्हाएर छादेकी
थिएँ।उठ्न भ्याइन। उ आयो, थोरै नाक खुम्च्यायो ।मलाई उठाए दुई जना सहयोगी मिलेर ।
म आफ्नो दुर्गन्ध हेरी रहेँ, उसले तन्ना उठाएर नफेरुन्जेलसम्म। संसारै यस्तै छ
दुर्गन्धित ,एउटाले फोहोर गर्छ,अर्कोले सफा गर्ने प्रयास मा अर्कै ठाउँमा फोहोर
सार्छ। तन्ना सफा हुन्छ, ढल फोहोर हुन्छ। ढल सफा हुन्छ, खोला फोहोर हुन्छ।खोला सफा
हुन्छ समुन्द्र फोहोर हुन्छ। अनि समुन्द्रको फोहोर फेरि म सम्म आइ पुग्छ। म
वुझ्दिन त्यो मेरै फोहोर हो , म नाक खुमच्याएर त्यसलाई हेर्छु। उ फेरि टालो लिएर
सफा गर्न वस्छ।संसार हामी जस्तै मान्छेले फालेको दुर्गन्धको चक्र नै त हो।
"अव ठिक भए पछि के
गर्छौ त ? फेरि स्लिपिंग ट्यावलेट दन्काइदिन्छौ? घर पुगेको भोलिपल्ट?" उसले
च्वास्स मलाई घोच्यो अर्को खाटवाट!!म फोहोरको चक्रवाट वाहिर निस्किएँ। उसको सियोले
मैले ओढेको ओढ्ने छेड्यो।दुखे जस्तो भयो मलाई!
मेरो जीवनको उसलाई के मतलव
! आफ्नो जीवन सम्हालेर राखोस् न ! मान्छे वुढो भए पछी निहुँ खोज्छ भन्थे ! हो
जस्तो लाग्यो।
"तँपाइलाई कहिले सम्म
वाँच्न मन छ र ?"
"कहिलेकाहि मन हार्छ,
हैन हैन धेरै जसो मन हार्छ, त्यो पनि हैन सँधै नै मन हार्छ!" उसले धेरैवेर
सोचेर जवाफ फर्कायो।
"जित्छ चाहिँ कसले नि
त ?"
"त्यो त मलाई थाहा
भएन, तर मन व्यवहारिक हुन्न त्यहि भएर हार्छ, मलाई मात्र हारको कारण थाहा छ,
प्रतिष्पर्धिको नाम भन्दा पनि !"
"तँपाइलाई मैले विख
खाएको कारण नै थाहा छैन ,विना वित्थामा मलाई चोट पुर्याउने वाक्य वोल्नुहुन्छ
!" म अचानक आवेगमा आएँ!
"सुनाउँछ्यौ त ? आज
घाम पनि लागेको छ, उज्यालो छ कोठामा !! कथा सुन्न रमाइलै हुन्छ!!"
"के गर्नु हुन्छ र
सुनेर ?" मलाई हिजोको छादको गन्ध छातिवाट निस्के जस्तो लाग्यो। किन उ म
भित्रको फोहोर चलाउन खोज्दैछ ?
"मर्नलाई म पनि वहाना
भेट्टाउँछु कि !"
मलाई उ प्रति दया लागेर
आयो।उ विस्तारै उठ्यो। आफ्नो सिराने भित्तामा अडेस लगायो । अनि मेरो कथालाई
स्वस्थानी मानेर दत्तचित्तले सुन्न वस्यो !!!
************ *************
*************** ************ ******** ************* **
मलाई सुनाउन मन नलागेको
मेरो कथा
"यो कथा आजभन्दा २५
वर्ष अघीको होइन , त्यहि भएर तँपाइको लागि व्यवहारिक नहुन सक्छ!"
उ हाँसी रह्यो अनि विस्तारै
वोल्यो "भन्ने जिम्मा तिम्रो,छुट्याउने जिम्मा मेरो,जीवनको व्यवहार सवैमाथी
एकनासे हुने भए त संसार एउटै रंगको भइ हाल्थ्यो नि !"
म पनि थोरै अडेस लाग्दै
उठेँ।
"तँपाइको विचारमा माया
के हो?" मैले उसको आँखामा आँखा जुधाएर प्रश्न राखेँ।केहि उत्तर आँखावाट नै
छचल्किन्छ कि भन्ने आश राखेर!
"मैले कथा सुन्न
खोजेको प्रश्न हैन !" उसका आँखामा मैले केहि भेटिन
"मेरो त कथा नै
प्रश्नवाट शुरु हुन्छ!"
"तिम्रो विचारमा चाहिँ
के हो त माया !"
"त्यस्को सहि उत्तर
मैले पनि पत्ता लाउन सकिन!" मैले हारेको स्वरमा जवाफ फर्काएँ
"संसारमा सवै सहि गलत
हुन्नन् !" उसले ममाथी सान्त्वना देखायो।
"ठिकै भन्नु भयो
संसारमा सवै सहि गलत हुन्नन्। कहिलेकाहिँ सम्वन्धहरु हुन्छन् ,कहिलेकाहिँ
आवश्यकताहरु हुन्छन् !! छुट्टिनै मान्दैनन् सहि र गलतको दायरावाट!"
क्रमश:
|
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 01-21-14 1:46
PM [Snapshot: 113]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चे साथि , धेरै पछि झुल्किनु भो तर कथाका साथ् झुल्किनो भो..... आनन्दित भो मन ..... कथा को सुरुवाट अलिक भारि, गहिरो, गम्भीर अनि अलिक डार्क जस्तो लाग्यो तर पछिल्लो तिर खुल्यो तेसो किन भएको भनेर..... अब सुन्न हतारो छ असफल प्रेमीको मनोभाव र किन ति आत्महत्या तिर उन्मुख हुन्छन भनेर .... प्रतीक्षारत छु ..... - थाहा छैन
|
|
|
KaliKoPoi
Please log in to subscribe to KaliKoPoi's postings.
Posted on 01-23-14 2:01
PM [Snapshot: 295]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 01-24-14 6:20
AM [Snapshot: 403]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थाने- अलिकति वाध्यता र प्राथमिकताले चल्दो रहेछ जीवन, कथालाई फेरि प्राथमिकता मा ल्याउने प्रयास गर्दै छु। कमेन्टको लागि धन्यवाद कालिको पोई- कमेन्टको लागि धन्यवाद(मैले खाली कमेन्टको अर्थ वुझिन ,मौनता राम्रै मानेर होला भन्ने मान्या छु ;) अन्य लाइक गरिदिनुहुने,पढिदिनुहुने हरु लाई धन्यवाद
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 01-24-14 6:34
AM [Snapshot: 404]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
मेरो पहिलो कथा पहिलो खण्ड म अलमलिएको थिएँ कथाको
शुरुवातलाई लिएर! कहाँ वाट शुरु गरौँ , यो छेउ न टुप्पोको मेरो कथा! अन्ततोगत्व
अजय वाट शुरु हुने भयो कथा। म जहिले जहिले मेरो जीवनको शुरुवातको वारेमा सोच्छु उ
मेरो शुरुवात जस्तो लाग्छ किनकी त्यो भन्दा अघि त जीवन नै थीएन कथा त परको कुरा!!
"म त्यतिखेर नौ
कक्षामा थिएँ अवोध,निश्छल !"
उ मलाई शुन्य आँखाले
हेरिरहेको थियो।
"अजय म सँगै पढ्थ्यो
!"
"को हो यो अजय भनेको
?" उसले प्रश्न राख्यो। शायद मलाई जिस्क्याउन खोज्दैथियो।
"त्यहि प्रश्नको उत्तर
धेरै दिन सम्म खोजिरहेँ मैले !" म पनि खिस्स हाँसिदिए। हस्पिटलमा मलाई
सवैभन्दा मन नपर्ने कुरा चुरोट खान पाइन्न। एक दिन साथी सँग मगाएर ट्वाइलेट मा
खाँदै थीएँ वाहिर गन्हाएछ। साथीले पनि गालि खायो। मलाई धुवाँ उडेको मन पर्छ। कति
स्वतन्त्र छ जस्तो लाग्छ मलाई धुवाँ। माथी जानको लागि पातलिन्छ, आफ्नो अस्तित्वनै
धरापमा पारेर। अघी वढेको हो कि मेटिएको हो अघी वढ्ने रहरमा कुन्नी ! मान्छे पनि त
धुवाँ जस्तो नै हो नि त जति माथी चढ्छ ,आफ्नो परिचय हराउँदै जान्छ, पत्तो पनि
लाग्दैन उसलाई कहिले उ आफु वाट अर्कै कोहि भइसक्यो भनेर।
"ठीक्क पछि वस्थ्यो
मेरो,केटीहरु हुरुक्क हुन्थे अजय भनेपछि!!" म एक छीन चुप लागेँ। अजय
मानसपटलमा घुम्न थाल्यो। धमिलो तस्विर ,धेरै भयो ।समय र धमिरा धुलो जमाउँछन् त्यहि
धुलो चाट्छन् ।
"तिमी नि?" उसले
फेरि जिस्क्यायो।
मेरो आँखामा अनौठो चमक आयो।
"मैले हुरुक्क हुनै
परेन। उ त डोरिएर म तिर आएको थीयो।"
उ फेरि हाँस्यो। मेरो
कुरामा विश्वास लागेन जस्तो छ। मलाई रिस उठ्यो।मलाई अझै पनि रुपको दम्भ छ। चुरोटले
थोरै ओठ कालो भएर मात्र न हो। नत्र त राल चुहाउँथे केटाहरु!!जिवन भरी मैले आफ्नो
तारिफ धेरै चोटी सुनेको छु। मेरा लागि चम्किएका आँखा धेरै चोटी देखेको छु।
अविश्वास दुर्लभ थियो मेरो लागि।अनि म थोरै रिसाहा नै पनि त छु।तर मेरो रिस चाँडो
मर्छ, म चाँडो सेलाउँछु।अहिले पनि म सेलाइसकेकी थिएँ।
"विश्वास लागेन
?"
"हैन,उ तिमीतिर
डोरिइनु त साधारण कुरा हो!"
मन शान्त भयो। प्रशंसाको
मलम लागेर।म कथा सुनाउँदै गएँ।
"एक दिन उ मेरो छेउमा
आएर सोध्यो,
"फिलिम हेर्न जान्छ्यौ
? "
म अलमल्ल परेँ,एकछिन पछि
मनमा खुशि पलायो,साथीहरुलाई भन्नेछु उ सँग फिलिम हेर्न गएको,भुतुक्कै हुनेछन्!
"कुन फिलिम ?"
मैले पनि प्रश्न राखेँ।
"आशिकी !!" उसले
जवाफ फर्कायो
उसको कपाल हेरेँ , मोरो
जुल्फे कपाल त ठ्याक्कै राहुल रायको जस्तै वनाएको रहेछ।
"छि, मलाई त्यो हिरो
मन नै पर्दैन"
"राम्रो छ त ,झन कपाल
त ट्याक्कै मेरो जस्तै छ!" उसले आफ्नो कपाल सुम्सुम्यायो।
"तिम्रो कपाल उसको
जस्तो कि , उसको कपाल तिम्रो जस्तै?"
"एउटै त हो नि !"
"पत्याएँ" मैले
नाक खुम्च्याइदिएँ।
"नपत्याको ?"
उसको जोश वढ्यो
"भयो भयो, को को जाने
?"
"तिमी र म मात्रै "
उसले म विशेष थिएँ भनेर दर्शाउन चाह्यो।
"नाईँ म त जान्न एक्लै
!!" मैले उसको मन चोरेँ
"म छु त ,दुई जना भइ
हाल्यो नी!"
"घरमा के भन्नुहुन्छ ,
एक्लै केटा सँग फिलिम हेर्न जाँदा?"
"ढाँटेर जाम्ला न !!
"
हुन त म ढाँट्ने वाला नै
थिएँ। तर मैले एकै छिन भाउ खोजेँ। मलाई अरु जस्तो उसलाई देख्ने वित्तिकै लत्याक
लुतुक हुनुहुन्न भन्ने लागेको थीयो। त्यहि भएर मैले अलि अह्ररो खोल ओढेँ "
************
*************** ***************** ***************** ************** *
"सनातन नियम हो , नारी
हरु हठ गर्छन् !" उसले आफ्नो ढाड कन्याउँदै भन्यो।
"त्यो हठ हैन !"
मलाई हठ शव्द आपत्ति जनक लाग्यो
"मलाई हठ मन
पर्छ!" उसले हठको नकारात्मकता हटायो " हठमा कला हुन्छ , डार्विनको
सिद्दान्त पढेनौ ? वाँच्नलाई वातावरण अनुसार ढाल्नु पर्छ , हठले वातावरण वनाउँछ।
नाइ भन्छु जस्तो गरेर हुन्छ भन्नुको मजा नै वेग्लै !!"
"कस्तो हठ?"
"तिम्रै जस्तो, भित्र
खुशी भएर पनि रिसाए जस्तो गर्ने, फकाइदिए खुशी हुने! साना साना पलहरुले महत्व
पाउँछन् सम्वन्धमा!" उ दार्शनिक जस्तो वोल्यो गम्भिर वनेर!
"तँपाइको पालामा पनि
हुन्थ्यो र तेस्तो ?" मलाई उसको वारेमा जान्ने रहर भयो।
"कथा तिम्रो हो, मेरो
होइन !!" उसले मलाई फेरि मेरै अतितमा फर्कायो। क्रमश:
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 01-24-14 12:32
PM [Snapshot: 471]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चे, दुवै भाग एकै सासमा पढियो ....कति राम्रो प्रस्तुति हो डाहै लाग्ने !! ल आरु भाग पनि सरासर राख्नु होला !!
|
|
|
Aakinchan
Please log in to subscribe to Aakinchan's postings.
Posted on 01-25-14 3:58
PM [Snapshot: 556]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा आइसकेछ त्यो पनि २ भाग... मैले बल्ल आज पढ्न पाको.. सदा झैँ उत्कृस्ट प्रस्तुति ... बाँकि भागको प्रतिक्ष्यामा ...
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 01-27-14 10:34
AM [Snapshot: 655]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< मान्छे पनि त धुवाँ जस्तो नै हो नि त जति माथी चढ्छ ,आफ्नो परिचय हराउँदै जान्छ, पत्तो पनि लाग्दैन उसलाई कहिले उ आफु वाट अर्कै कोहि भइसक्यो भनेर।>>> ------------------------> सद्-वचन ...... जति माथि माथि चढ्छ धरातल र मौलिक स्वरुप बिर्सन्छ नि मान्छे .... अनि त रुमल्लिरहन्छ .... केहि चिजको खोजिमा .... के खोजेको आफै बुझ्दैन र अझै भौंतारीरहन्छ .... << नाइ भन्छु जस्तो गरेर हुन्छ भन्नुको मजा नै वेग्लै !!>> -----> कस्तो मिठो वाक्य .... अरु भाग को प्रतिक्षारत .... - थाने
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 01-28-14 5:56
PM [Snapshot: 763]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आनन्द आयो कथा पढेर , अर्को भाग को प्रतिक्च्या मा बिएर पिउदै पढ्न पर्ने कथा
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 01-30-14 10:30
AM [Snapshot: 827]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhakte dai- दाजु प्रतिकृयाको लागि धन्यवाद , तेश्रो भाग टाँस्ने प्रयास गर्दैछु। Akinchan- Thank you very much थाने, तिमी मेरो साथी प्रतिकृयाको लागि धन्यवाद अन्य पढिदिनुहुने ,लाइक गरिदिनुहुनेलाई धन्यवाद
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 01-30-14 10:40
AM [Snapshot: 828]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
म अझै अजय मैँ अड्किएको
थीएँ। आफुले अनकनाएर दिएको सहमति मेरो लागि रसिलो याद वनेर वसेको थियो यो
अध्यायमा। उसले थाहा नपाए जस्तो गरेर मेरो काँध छोएको मलाई रमाइलै लागेको थियो।
मैले पनि प्रतिवाद गरिन। किन किन गर्न मन लागेन। उसका हातहरु कामिरहे जस्तो लाग्थे
मलाई सिनेमाहलको अँध्यारोमा मलाई छुने प्रयासमा ! मलाई त्यो मेरो तापको असर लागेको
थियो। दुइ चार चोटीको प्रयासपछि उसका हातहरु अभ्यस्त वनेका थिए। अनि विस्तारै उसले
मेरो हात च्याप्प समातेपछि मैले एक चोटी उसलाई पुलुक्क हेरेकी थिएँ। उसले हत्तपत्त
हात हटायो। तर एक छिन पछि उसको प्रयासको पुनरावृत्ति भयो। यसपालि अझ दह्रो मनोवल
सहित।
"तिमी भन्छ्यौ की ,आफू
मात्र सम्झिरहन्छौ !"
म फेरि खिस्स हाँसे।
"अजय विस्तारै मेरो
नजिकैको वन्यो !" मैले उसको र मेरो सम्वन्धको सारांश वताएँ।उसलाई प्रत्येक
दिन हाम्रो सम्वन्ध को प्रगाढता वढेको,स्पर्शको साटासाट, भावना को साटासाट किन पो
सुनाउँ?
"कति नजिकको ?"
उसले फेरि मलाई जिस्क्यायो।
"धेरै नजिकको !"
मैले फेरि पनि संक्षिप्त उत्तर फर्काएँ । तर पछि लाग्यो। उसले मेरो कथा सुन्न
चाहेको छ। मैले सुनाउनै पर्छ।
"धेरै जसो उ र म सँगै
हुन्थ्यौँ। कहिले पढ्ने वहानामा त कहिले फिलिम हेर्ने वहानामा !! उसको घर पनि
पुगेकी थीएँ म। उसको पढ्ने कोठामा मलाई जान छुट नै थियो।कसैले नदेख्ने गरेर उ मलाई
काउँकुति लगाइदिन्थ्यो। म यताउता हेर्थेँ ,किनकी उसका आमा वुवाको नजरमा म गिर्न
चाहन्नथेँ!"
"समाज, पुरुष र
नारीलाई कति भिन्न ढंगले हेर्छ !" उसले आफ्नो सिरानेलाई थोरै सिधा वनाउँदै म
र अजय एउटै तराजुमा जोखिनु पर्ने निष्कर्ष निकालेको थियो। तर उसको भनाइले समाज
चल्दैन।समाजका त आफ्नै आँखा छन्। केहि नदेख्ने आँखा, पक्षपाति आँखा।
"उसको आमा वुवा नभएको
वेला भने म उसलाई खुला छोडिदिन्थेँ म माथी रजाईँ गर्नलाई,एक किसिमको आनन्द
आउँथ्यो। उसका आमा वुवा सँधै नभइ दिए हुन्थ्यो जस्तो लाग्थ्यो!उ र म विचको खेल मा
हामी दुवैले जित्यौँ।"
"अनी ?"
"त्यसपछि एस एल सी
आयो। उसको र मेरो वाटो फरक, भेट पातलियो। शरिरले वनाको सम्वन्ध एक्लिँदा विस्तारै
धमिलियो। नदिको छालको छेउमा वनाएको वालुवाको धर्सो न रहेछ आखिर आकर्षण त,एक चोटी
समयले पानी पार्यो धर्को हराएको पत्तै भएन !"
म चुप भएँ। समय चुप भयो। उ
चुप भयो। मेरो पहिलो अध्याय को यति जर्रो अन्त्यमा मौनता पर्याय वन्यो।
"त्यो माया थिएन
!" उसले मेरो पहिलो अध्यायलाई पल्टाउँदै जवाफ फर्कायो।
"मलाई पनि थाहा छ, तर
जे थियो रमाइलो थियो !" म निर्लज्ज वनेँ उसको अघी। सत्य जहिलै नांगो
हुन्छ।निर्लज्ज हुन्छ। समाजले कपडा ओडाइदिएर सत्यताको स्वरुप परिवर्तन गर्छन्।
उ चुप लाग्यो। उसको मौनता
शायद मलाई जाँच्दै थियो। मलाई उसको परिक्षा सित मतलव छैन। मैले त खोलेर आफुलाई
उसको अगाडी राखेकी थिएँ । अनि उ मेरो अनुहार हेर्ने ऐना पनि त होइन। म जे छु त्यहि
देखाइ दिएँ । मन हलुका भएको थियो।
"त्यसपछि के
भयो?"
उसले विस्तारै प्रश्न
राख्यो।
"तँपाइ कलेज जानुभयो
?"
"मैले देल्हीमा पढेको,
त्यतिखेर नेपालमा धेरै कलेज थिएनन् ।"
"स्कुल मा मान्छे
वाँधिए वाँधिए जस्तो हुन्छ। कलेज उडानको शुरुवात हो। खुट्टाहरु नै भुईँ मा नभए
जस्तो, साथीहरुको हात समातेर उडुँ उडुँ जस्तो!"
"वेलै त्यस्तो हिँड्दा
पनि उडे जस्तो !" उ पनि खिस्स हाँस्यो।
"मनिष सँधै जुत्ता
पोलिस गरेर आउँथ्यो,टलक्क टल्केको , आइरन लागेको शर्ट , सानो कपाल तर ठाडो बनाको ,
हेयर फिक्सर राखेर ! उसलाई कलेजकै ड्रेसमा पनि भिन्न देखाउनलाई पर्याप्त !! म किन
किन डोरिएर उसको नजिक पुगिरहन्थे । उसलाई नियालिरहन्थे !"
"म सुधा!"
मैले आफ्नो हात तेर्स्याएर उ सँग कलेजको तेश्रो दिन आफ्नो परिचय दिएँ।
"म तिमीलाई चिन्छु, म
मनिष !" उसले मलाई नियाल्दै भन्यो।
"म पनि ! मात्र
फर्मलाइज गरेको !" मैले पनि उसलाई ढाँटिन !
"इनफ्याक्ट मेरो
सेक्सन मा तिमी छ्यौ भन्ने थाहा पाउँदा मलाई खुशी लागेको थियो!"
"तिमीले मलाई चिनेको?
कहिले ?" मलाई रमाइलो लाग्दै आयो। उ म सँग रहन चाहन्थ्यो,म त त्यत्तिकै उ तिर
डोरिएकै थिएँ। त्यो भन्दा सरल समिकरण केहि थिएन।
"एस एल सी दिने वेलामा
, तिम्रो स्कुल र मेरो स्कुलको सेन्टर एउटै ,अनि अर्को स्कुलको राम्री केटी
हेर्नुको मजानै वेग्लै !" उसले मलाई जिस्क्याउँदै भन्यो।
"तिम्रो स्कुलमा केटी
थिएनन् र ?" मैले पनि उसको तारिफ स्विकारेँ । मनमा लाग्यो हो म राम्री छु।
मनिषका आँखा सँधै त्यस्तै रहिरहुन् । सँधै मलाई राम्री देखिरहुन्। समय त्यहि एस एल
सिको परिक्षामा अडिरहोस्।
"आफ्नो स्कुलकालाई त
दश वर्ष देखि हेरी राखेको ! आँखाले पनि त फरक रंग खोज्छ!"
"मैले तिमीलाई क्लास
वंक गर्न भनेँ भने गर्छौ ?" मैले उसलाई सोधेँ!
"डेटिंगमा लाने विचार
छ कि के हो ?" उसले मेरो आँखामा आँखा जुधाउँदै प्रश्न राख्यो।मेरो आँट देखेर
छक्क परेको हुनुपर्छ।
" अहिले लाई साथी सँग
क्लास छोडेको मान न !" मैले उसलाई हो होइन भनिन। पहिल्यै दिनमा म सस्तो हुन
चाहिन। आफुलाई जोखेर मैले जोखिम लिएँ।
"साथी वनाएकोमा
धन्यवाद !! पाँचौ पिरियड पछि, मलाई केमिस्ट्रि क्लास मन पर्दैन"
उसले आफ्नो खुस्केको सु लेश
झुकेर वनाउँदै भन्यो।
"मलाई पनि किन किन
त्यो दिन देखि केमिष्ट्री क्लास मन पर्न छोड्यो !!"
|
|
|
baaramaase
Please log in to subscribe to baaramaase's postings.
Posted on 01-30-14 11:03
AM [Snapshot: 838]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुइ भाग नै एकै पटक पढेर सकाए...... ....... मान्छे पनि त धुवाँ जस्तो नै हो नि त जति माथी चढ्छ ,आफ्नो परिचय हराउँदै जान्छ, पत्तो पनि लाग्दैन उसलाई कहिले उ आफु वाट अर्कै कोहि भइसक्यो भनेर।..... नदिको छालको छेउमा वनाएको वालुवाको धर्सो न रहेछ आखिर आकर्षण त,एक चोटी समयले पानी पार्यो धर्को हराएको पत्तै भएन !" गज्जब को बिस्लेशन फुच्चे ......अरु भाग को प्रक्तिश्या मा....
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 01-30-14 8:00
PM [Snapshot: 880]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<समाजका त आफ्नै आँखा छन्। केहि नदेख्ने आँखा, पक्षपाति आँखा।>>> .... हामीले बनाको समाज हाम्रै लागि तगारो सिर्जना गरिदिन्छ.... हरेक देख्न नहुने कुरा देखि दिन्छ र कति नदेखेको कुरा पनि देखे सरि गरेर सानो फिलिंगोलाइ आगो बनाईदिन्छ ......र आगोले जीवन खरानी <<सत्य जहिलै नांगो हुन्छ।निर्लज्ज हुन्छ। समाजले कपडा ओडाइदिएर सत्यताको स्वरुप परिवर्तन गर्छन्।>> ..... सत्य वचन .... यहाँ स्रिङ्गारियेकि सत्य मात्र पत्याईन्छ या त झूट पत्याईन्छ या भनम बिक्छ ..... साएद तेसैले समाजले नाङ्गोपन लाइ ढाकेका होलान सत्यको ..... <......नि अर्को स्कुलको राम्री केटी हेर्नुको मजानै वेग्लै !" > .....हामी नि तेसै गर्थिम ... इश्कुले दिनमा .... उहिले देखि सोध्ने इच्छा थ्यो ..... हजुरको कथामा सुधा पत्र किन सधैं दोहोरिन्छ ?? अर्को भागको प्रतिक्ष्यारत - थाने
|
|
|
Aakinchan
Please log in to subscribe to Aakinchan's postings.
Posted on 01-31-14 4:30
PM [Snapshot: 919]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< नदिको छालको छेउमा वनाएको वालुवाको धर्सो न रहेछ आखिर आकर्षण त,एक चोटी समयले पानी पार्यो धर्को हराएको पत्तै भएन >>> <<< सत्य जहिलै नांगो हुन्छ।निर्लज्ज हुन्छ। समाजले कपडा ओडाइदिएर सत्यताको स्वरुप परिवर्तन गर्छन् >>> ल यो भाग पनि गज्जब गयो त... साँची कथाको किताब प्रकाशन गर्ने हैन? पहिलो क्रेता म हुन्छु अनि म जस्तै धेरै छन् अरु पनि ...
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 01-31-14 11:06
PM [Snapshot: 948]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै लाइन कोट गर्नु पर्ने लेखाइ छ फुच्चेको क कोट गर्नु होला हरे .....अरु टास्नुहोला चाडो बरु
साच्चै पुस्ताक प्रकाशन भए खबर पाम् होला | Aakinchan को पछि म हुन्छु लाइनमा (पहिले हुने आशा थियो मोरोले ओगटेछ ठाम )
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 02-01-14 8:48
AM [Snapshot: 977]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bahramase, thane ,bhakte dai, akinchan ..thanks a lot, BTW.Bhakte dai,Akinchan.म लेख्दैछु म तँपाइहरुलाई जानकारी गराउँछू। मेरो दुई प्रति त पक्कै विक्री हुने भयो।।।hahahahhaha... अन्य पढी दिनुहुने ,लाइक गरिदिनुहुने सवैलाई धन्यवाद..
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 02-01-14 8:49
AM [Snapshot: 978]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
उसलाई हेर्न हस्पिटलमा खासै
मान्छेहरु आउँदैनन्। उसको मिजासिलो व्यवहारले मलाई अचम्म लागेर आउँछ "किन
आउँदैनन् ?"। उ त्यहि हस्पिटलकै एक जना नर्सलाई देखाएर भन्छ "उ मेरो
भान्जी पर्छे ।" शायद त्यहि भान्जीकै जिम्मा छोडेका छन् उसलाई ।सम्वन्धहरु
अचम्मका हुन्छन् कहिलेकाहिँ नसोचेको सम्वन्ध हात लाग्छ लामो समयको लागि,
कहिलेकाहिँ मानी आएका सम्वन्धहरुले पनि अँध्यारोमा छायाँले साथ छोडे जस्तै
छोड्छन्। तर त्यति एकान्तमा पनि उ एक्लो देखिन्न। उसले आफु भित्रै रमाउन सिकेको छ।
म किन सक्दिन उ जस्तो गर्न? रमाउनलाई अरुको सहायता चाहिनु जस्तो विवशता केहि
हुन्न। उसले एक्लै हुन सिकेको छ, जानेको छ।जीवनमा उ जतिको विद्दान कोहि छैन।
हिजो मात्रै को कुरा उसको
स्वास्थ्य थोरै वढी विग्रियो। म अत्तालिएँ, यता उता हेरेँ न रुने मान्छे, न रोएका
सम्हाल्ने मान्छे। कस्तो एक्लो जीवन ,कस्तो निराश जीवन । फेरि अर्को मनले सोच्यो।
उसले मलाई अत्तालिने वनायो। जो करिव एक हफ्ता अघि आँफै मर्नलाई तैयार थिई, दुइ दिन
अघी सम्म उसलाई चिन्दिनथी( हुन त म अहिले पनि उसलाई खासै चिन्दिन, मात्र आफ्नो
कथाका केहि अंश उसलाई सुनाएको मात्र न हुँ )। उसकी भान्जी आई, अनि यन्त्रवत रुपमा
आफ्नो काम गरी, उ मुढो जस्तो वनेर पल्टिरह्यो।
" मलाई केहि प्रोव्लेम
आयो भने वोलाउनु है, मेरो नाम श्रुती हो !" उसले मलाई अनुरोध नै गरेको
हुनुपर्छ । तर रुखो अनुरोध। कति जनालाई पो रसिलो अनुरोध गरोस्। सवै उत्तिनै
विरामी, अनि प्रत्येक विरामीले उसको नम्रता निचोर्दा निचोर्दा रुखिएकी होला।
आज उ थोरै ठिक भयो। म उसलाई
हेरीरहेँ। मलाई जीवन वुझ्न गाह्रो भएको छ उसले गर्दा ।
"कथा नसुनाउने ?"
उसले गाह्रो स्वरमा मलाई सोध्यो। मैले थोरै पर्दा उघारेर वाहिर हेरेँ। घाम मध्य
भागमा आइपुगेको थियो। करिव एक वजेको होला। उसलाई दुई वोतल स्लाइन चढाएको थाहा छ
मलाई विहान देखी।तिनै स्लाइनको असर हुनुपर्छ उ वोल्न सक्ने भएको।
"सुनाउने , किन
नसुनाउने ?" मैले खिस्स हाँस्दै जवाफ फर्काएँ।
"सुनाउन त तिम्रो
मनिषको वारेमा !"
उसले मनिषको नाम विर्सिएको
थिएन।
"मनिष कसरी मेरो भयो
र?" मैले हाँस्दै जवाफ फर्काएँ।
"किन भएन र ?"
मैले ओठ लेप्र्याउँदै अहँ
भनेर टाउको हल्लाएँ।
मनिषले चुरोट खान सानै देखी
सिकेको थियो। तर मलाई उ वाट उडेको धुवाँ मन पर्थ्यो। मनिष चुरोट खाँदा गम्भिर
हुन्थ्यो। मानौँ मनिष नै कण कण वनेर छरिएर उडिरहेको छ। उसलाई वटुलेर जम्मा गरेर
सवै मनिषहरुलाई आँफै सित राख्न पाए ! म मन मनै सोच्थेँ।
"तिमी मलाई चुरोट खान
सिकाउँछौ ?" एक दिन मैले अनायसै मनिष सँग प्रश्न राखेँ।
"नखाउ, चुरोट राम्रो
चिज हैन, लत लाग्छ ,छुट्दैन !" उसले मलाई सल्लाह दियो।
"तिम्रो लत लागेको
राम्रो हो कि होइन ?" मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न राखेँ। मनिष चुप
भयो।उसलाई उत्तर दिन गाह्रो भए जस्तो। कस्तो लजाउने केटा , मलाई मन मनै रिस उठ्यो।
"भन न !तिम्रो लत
लागेको राम्रो हो कि होइन ?" मैले फेरि प्रश्न दोहोर्याएँ।तर यसपाली उसको
नजिकै आएर। उसको हात छोएर।उसको धडकनको आवाज सुन्ने गरी। उसको हातमा आएको पसिना
मैले महसुस गरेको थिएँ मैले त्यतिवेला!उसले विस्तारै आफ्नो हात हटायो अनि थोरै
टाढा भयो म वाट !
"किन ,तिमीलाई मैले
छोएको मन पर्दैन ?"
"मन पर्छ
तर....................."
" तर????" मलाई
आश्चर्य लागेर आयो। रिस उठेर आयो, उ लजाएको देखेर ! मलाई थाहा छ उ मलाई मन
पराउँछ।चिच्याउन मन लाग्यो "आइ एम नट ए भर्जिन भनेर !!"
उसले मेरो आँखामा
हेरिरह्यो। "तर" पछाडी उसले उत्तर दिन सकेन , म प्रश्न थप्दैँ गएँ उ
लाचार हुँदै गयो। अन्त्यमा मेरो प्रश्नको चांग मा उ थाकेर सुस्तायो , अनि एउटा
चुरोट म तिर तेर्स्यायो।
"तिमी असाध्यै जिद्दी
छ्यौ !"
"जिद्दी भएको भए त
मनिष म सँग नै हुने थिएन र !"
"मैले मानेको छु उ
तिम्रो जिद्दी लायक थिएन!"
म खिस्स हाँसे।
एक दिन मनिष मेरो नजिकै आएर
भनेको थियो
" घरका सवैले गाली गरे
, त्यो केटी ठिक छैन, त्यसको संगत नगर भनेर !"
धेरै वेर सोचेर वोल्यो
यसपाली उ
"हो मायाले दुख दिन्छ
र जीवनले पनि, तर दुख नै त प्यारो हुन्छ सवैलाई"
क्रमश:
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 02-03-14 6:46
AM [Snapshot: 1029]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
"तिमीलाई रुँघ्न वस्ने
त्यो तिम्रो भाइ हो?" उसले मलाई प्रश्न राख्यो। मैले स्विकारोक्तिमा टाउको
हल्लाएँ।
"त्यति धेरै भित्र
हुन्न त !"
"शायद उ रुँघ्न लायक
केहि देख्दैन यो कोठामा , न रोग न विरामी किन पो रुँघोस् उसले ?"
"तै पनि !"
उ चुप लाग्यो उ सँग मेरा
प्रश्नको उत्तर छैन। सवै प्रश्नका उत्तर हुन्नन्।उत्तर खोजिनुपर्छ,त्यहि भएर त
उत्तरहरुको महत्व हुन्छ।
मेरो घरमा आमा हुनुहुन्छ।
अनि रुँघ्न वस्ने यहि भाइ छ। म भन्दा दुइ वर्ष कान्छो।एक दिन मैले चुरोट खाएको
देखेर उसले मलाई गाली गर्यो। किन किन मलाई त्यो दिन देखी उ मेरो दाइ जस्तो लाग्न
थाल्यो। म उ सँग डराउँथे। उ सँग लुकाउँथे आफ्ना कुराहरु।अहिले पनि उ टाढैवाट
नियाल्छ। धेरै गम्भिर छ, कम वोल्छ। उसकी एउटी केटी साथी छे । मैले एक दिन तेरो
गर्लफ्रेण्ड हो भनेर जिस्क्याएकी थिएँ। रिसायो, केहि वोलेन। त्यो दिन देखी म उसलाई
जिस्क्याउन पनि छोडिदिएँ। हामी दुइ जना एक आपसमा धेरै कम वोल्छौँ। उ सामान्यतय
किताव हातमा राखेर घोत्लिरहेको हुन्छ। मलाइ किताव भनेपछि दिक्क लाग्छ। मान्छेले
वुझ्नुपर्ने त जीवन पो हो त, कितावका काला अक्षरमा के नै राखेको छ र !
आमा साह्रै सोझी
हुनुहुन्छ।भाइ र मलाई देखेर अचम्ममा पर्नुहुन्छ। हामी तिन जनाको जीवन त्रिकोणको
तिन कोणमा अड्के जस्तो छ। एउटै घरका तिन कुनामा छरिएजस्तो। छरपष्ट!!!!!!!!!!!!!
***************
********************* ******************* ******************** *
"वहाँलाई कहिले
डिस्चार्ज गर्ने हो ?" हिजो मैले उसकी भान्जी पर्नेलाई सोधेकी थिएँ। उसले
थाहा छैन भन्ने भाव देखाउँदै ओठ लेप्र्याइदिई। म चुप लागेँ। यहाँ शव्द शव्दहरुको
मोल पर्छ। त्यसैले उसकी भान्जी धेरै वोल्दिन। कहिलेकाहिँ मलाई शंका पनि लाग्छ। उ
साँच्ची नै उसकी भान्जी हो की उसले एउटा सम्वन्ध यहि अस्पतालमा आएर
गाँसिदियो।एकान्तले पक्कै पनि उसलाई सम्वन्ध गाँस्न त सिकाएकै होला!
छेवैको वार्डमा हिजो एउटा
दम्पत्तिको छोरो जन्मियो। उसले मलाई देखाउँदै भन्यो!
"हेर जीवनको शुरुवात,
मान्छे संघर्षका लागि रुँदै छ, विस्तारै उसले लड्न सिक्नेछ, रुन छोड्नेछ!"
उसका हात कामीरहेका थिए
उसले अर्को कोठा देखाउँदा। नशा हरु पनि देखिएका थीए। निला धर्सा, मैले अर्को वार्ड
नहेरी उसकै हात मात्र हेरीरहेँ।
"देख्यौ, जीवन खेर
फाल्नुहुन्न , लड्न सिक्नुपर्छ, नत्र आँफै लडिन्छ!" उ खिस्स हाँस्यो। उसको
जीवन, उसका दर्शन ,कति धेरै माया गर्छ जीवनलाई!!
********** ************
************* *************** ************* *************
"अनि वाँकी कथा
सुनाउन्नौ तिम्रो ?" अंगुर चुस्दै उसले प्रश्न राखेको थीयो। उसलाई सुन्तला
अमन भयो अरे, आज अंगुर मगाएर खाँदै थियो।
म विस्तारै उठेँ। आफ्नो आंग
तन्काएँ। अनि प्रश्न राखेँ
"अहिले सम्मको कथामा
के म गलत थिएँ र ?"
" संसारमा सवै सहि गलत
हुन्नन्। कहिलेकाहिँ सम्वन्धहरु हुन्छन् ,कहिलेकाहिँ आवश्यकताहरु हुन्छन् !!"
उसले मेरै शव्दहरु सापटी
लियो।
"मलाई त्यति खेर सम्म
संसारका सवै वस्तुहरु वास्तविक हैनन् भन्ने थाहा भइसकेको थियो। हामी सवै भ्रम मा
वाँच्छौ, म त भन्छु जीवन नै भ्रम हो, तँपाइले मन पराएको जीवन मात्र एउटा भ्रम हो।
सत्यता त धेरै टाढा छ हामी भन्दा!एक दिन झल्याँस्स विउँझिदा थाहा हुन्छ, हामीले
वाँचेको जीवन त एउटा सपना मात्र रहेछ।"
" निदाउन सिक तिमी ,
किन विउँझिन खोज्छ्यौ?"
" म कक्षामा त्यति
धेरै छिर्दिनथेँ, मनिष मलाई मेरो कुरुप स्वरुप देखाउँथ्यो ऐना जस्तो ! म उसकै
रिसले पनि कलेज जान्नथेँ। पाखण्डीहरु जति पढे पनि परिवर्तन हुन्नन्। परिवर्तनको
लागि त ग्यान भित्र वाट आउनुपर्छ।"
उ मलाई हेरिरह्यो। अनि
विस्तारै भन्यो "त्यसपछि के भयो?"
"पशुपतिको छेउमा मैले
निश्चललाई भेट्टाएँ! उ आफ्नो पेन्टिंग इरेजरले मेट्टाउँदै थीयो !"
म भौँतारिँदै त्यहाँ पुगेकी
थिएँ। मैले सुनेकी थिएँ त्यहाँ धुवाँ उडाएपछि सवै विर्सिन्छ यस जगतका भ्रमहरुलाई !
भिन्न ठाउँमा पुगिन्छ, जहाँ वाट यो जगतको परिधि सानो लाग्छ। आफु ले चराको
दृष्टीवाट सवैलाई हेरीरहेको भान हुन्छ। सवै अवोध, सवै अग्यानी अनि सवै असन्तोकी!
यहि असन्तोष ले नै त चलाएको छ मान्छे लाई। सन्तोष हुँदो हो त मान्छे कति थिर हुँदो
हो।
"उसको पेन्टिंगमा गोही
र साँप झगडा गरे जस्तै लाग्थ्यो, मेटिसकेको आधा पेन्टिंग हेर्दा!"
"राम्रो थियो त
!!!!"
मैले अनायसै उसलाई रोक्न
खोजेँ। उसले आश्चर्य मिसिएको भावले मलाई हेर्यो। अनि इरेजर दोडाउँदै गरेका हातहरु
रोकायो। मलाई ति गोहि र साँपको जीवन जोगाइदिए जस्तो लाग्यो तर ति मध्ये झगडामा
घाइते भएर कुनै एक त पक्कै मर्थ्यो होला !
"तिमीलाई पेन्टिंगको
वारेमा के थाहा छ ?" उसले आफ्ना आँखा खुम्च्याउँदै प्रश्न राख्यो
"मलाई त त्यो गोही र
साँप झगडा गरेको मन परेर मात्रै !"
मलाई पेन्टिंग थाहा छैन।
मलाई त मात्र पात्रहरु मन परेका हुन्।किन किन मलाई झगडा मन पर्न थालेको छ। क्रमश:
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 02-05-14 10:52
AM [Snapshot: 1081]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<<<उसका हात कामीरहेका थिए उसले अर्को कोठा देखाउँदा। नशा हरु पनि देखिएका थीए। निला धर्सा, मैले अर्को वार्ड नहेरी उसकै हात मात्र हेरीरहेँ।............"देख्यौ, जीवन खेर फाल्नुहुन्न , लड्न सिक्नुपर्छ, नत्र आँफै लडिन्छ!">>> -------कस्तो गहिरो हेराइ यो पात्रको .... जीवनको परिभाषा धेरै पहिले पशुपति बृद्धाश्रमका एकजाना बुढा बा ले मलाई भन्नु भएको संग मिल्यो .... बुढा-पाकाको निथ्रिएको जीवनको निचोड होला साएद त्यो ..... <<<पाखण्डीहरु जति पढे पनि परिवर्तन हुन्नन्। परिवर्तनको लागि त ग्यान भित्र वाट आउनुपर्छ>>> ------- ज्ञान मात्र भएर के गर्नु तेस्को ब्यापार र अहंले अन्धो बन्दारैछम ..... बिबेक कसरि आउने र खै .... ज्ञानको सदुपयोग बिबेकले गरे न जीवन सफल होला....... <<आफु ले चराको दृष्टीवाट सवैलाई हेरीरहेको भान हुन्छ। सवै अवोध, सवै अग्यानी अनि सवै असन्तोकी! यहि असन्तोष ले नै त चलाएको छ मान्छे लाई। सन्तोष हुँदो हो त मान्छे कति थिर हुँदो हो।>> --- तेही त थिर मनोभाव खोज्न त रन्थनिन्छन अनि कोइ जोगी बन्छन कोइ रोगि ..... २ भाग नै एक्कै फेर पढें , फुच्चे साथी..... अर्को भाग को कुराइमा छु - थाहा छैन 'थाने'
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 02-06-14 10:02
AM [Snapshot: 1135]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
4
?
Liked by
|
|
थाने प्रतिकृया को लागि धन्यवाद, मेरी पात्र "सुधा" काल्पनिक नै हुन् तर पनि किन किन प्रिय छीन ;) अन्य पढिदिनुहुने साझावासीहरुलाई धन्यवाद
कथा अघी यसरी वढ्छ:
उसले आज आफ्नी भान्जीलाई
हेर्दै भन्यो
"भो आज म अंगुरको रस
खान्न, आज म कुरिलोको रस खान्छु "
मैले अचम्म मान्दै उसलाई
हेरेँ। के सम्वन्ध छ र अंगुर र कुरिलोको रसमा ! एउटा समानता पत्ता लाएँ दुवै रसिलो
हुन्छन्। एउटा भिन्नता पनि अंगुर गुलियो हुन्छ, कुरिलो को नुनिलो। उ गुलियो देखि
वाक्क भएर होला। जीवन को रस निचोरेर पिइसकेको जस्तो गफ गर्छ उ। मलाई आफु साह्रै
केटाकेटी जस्तो लाग्छ, उसको अघि।उसले तिन चार वटा जिवन समानान्तर वाँचे जस्तो, दुइ
तिन वटा जीवन त उसले लुकाएर राख्छ। तर मान्छेको जीवन जतिवटा नै हुन्, मृत्यु एउटा
हुन्छ।कहिलेकाहिँ सोच्छु मृत्यु पनि दुइ, तिनवटा हुने भयो। आज मर्यो खोलामा हाम
फालेर चित्त बुझेन, भोली प्रकृया वदल्यो झुण्डेर मर्यो भोलि पल्ट!!
"अनि निश्चलको वारेमा
केहि भन्दिनौ त ?"
आफ्नो पेट को भोक
मेटिसकेपछि, उ मेरो कथाको लागि भोकाएको थियो। मैले भख्खरै आफ्नो कथाको अर्को पात्र
उघारेकी थीएँ। यी सवै पात्रहरु आखिर मेरा पत्र पत्र हरु न थिए। मलाई छोपेर राख्ने।
उ मलाई एक एक गर्दै नंग्याइरहेको थियो।
"निश्चल अरु भन्दा
भिन्न थियो !"
"यति हो कथा ?"
उसले मलाई जिस्क्यायो।
"सारांश भने यहि नै हो
कथाको, अहिले सम्म भेटेका केटाहरुमध्येको सवैभन्दा भिन्न , मेरो जीवनको अँध्यारो
कुना थियो उ , यस्तो अँध्यारो कुना जसमा म आफुलाई लुकाउन सक्थेँ अरुको नजरवाट
दिनको उज्यालोमा पनि!उसको कपाल जिंग्रिंग परेको थियो, लामो तर लट्टा परेको
,कहिलेकाहिँ उ सँग हुँदा म उसको कपाल छुन्थेँ अरह्रो हातै अड्किने जस्तो, दाह्री
पनि पाल्थ्यो, अनुहार त्यसै भित्र लुक्थ्यो, दुव्लो अनुहारमा मात्र आँखा देखिन्थे।
गहिरा आँखा! जति वुझे पनि वुझ्न नसकिने, केहि नदेखिने, आफुलाई खोजी रहन्थेँ म उसको
आँखामा तर दर्शन धेरै भएको त्यो आँखामा म आफुलाई पाउन्नथे खासै! उसका पेन्टिंगहरु
पनि अचम्म अचम्मका असन्तोष पगालेर पहेलो रंग वनाए जस्तो,क्रोध पगालेर रातो रंग
वनाए जस्तो, अनी उ जस्तै शान्त सेतो रंग थपिदिए जस्तो !मलाई याद छ पहिलो दिन उसले
मलाई आफ्नो कोठामा लिएर गएको !!"
"तिम्रो कोठा पनि तिमी
जस्तै अँध्यारो छ !" मैले उसको कोठामा भन्दा पनि उसमा प्रतिकृया जनाएकी थिएँ।
उ मलाई हेरी रह्यो सँधै जस्तै ।निश्चल असाध्यै कम वोल्छ।उसको मौनतावाट उसको वोली
भन्दा वढी अर्थ निकाल्न सकिन्छ वरु!
"तिमीलाई उज्यालो देखी
किन यति डर लाग्छ? पर्दा खोलुम् ?" मैले प्रश्न दोहोर्याइदिएँ।
"भो छोड्देउ ! म वरु
भित्रै वत्ति वाल्छु !" उसले स्विचमा हात पुर्यायो। वत्तिको प्रकाशमा उसले
वनाएका ,वनाउँदै गरेका केहि पेन्टिंगहरु देखिए। एउटा कुनाको पेन्सिल स्केच लिएर
आयो। मेरो तस्विर, तर कपालले आधा अनुहार लुकाएको।
"किन लुकाएको मेरो
अनुहार !"
"हेर न, छोपिएका
कुराहरु कति राम्रा हुन्छन्, आँखा त सँधै अन्धो नै हुन्छ, दृष्टी सँधै मनमैँ
हुन्छ, मान्छेले वुझ्दैनन् !" उसले चुरोट सल्कायो अनि धुवाँ फुक्यो। म
चुरोटमा सँधै मनिषलाई देख्छु।धुवाँमा थोरै गाँजा मिसिएको पनि भान भयो।
"म पनि एक चोटी
तानुँ?"
अनायसै मैले अनुरोध गरेँ।
उसले एक चोटी मलाई हेर्यो।
अनि तेर्स्याइदियो।उ सँग त धुवाँ पनि आफ्नो लाग्न थालेको छ। मन लाग्छ डढिदिउँ उ
मलाई फुकि फुकी वालिरहोस्। म वलिरहुँ, दन्किरहुँ।
"तिमीले पहिलो चोटी हो
तानेको ?" मैले खोक्दा उसले प्रश्न राख्यो।
"चुरोट चाहिँ खाएको
छु!"
"फरक छ, यो भनेको जीवन
जिउनु र वाँच्नु जत्तिकै फरक छ !"
उ त्यो मधुरो प्रकाशमा
दार्शनिक झैँ देखियो।
"तिमीले कहिल्यै
केटीमान्छे भोगेको छौ?"
मलाई उसको हुन मन छ। उसले
मलाई अंगालोस् । म वाँधिउँ। अव म लजाउन त सक्दिन, किनकी मैले त्यो अवस्था पार
गरिसकेको छु धेरै अघि।
"तिमीलाई आफु अरु
केटीमान्छे जस्तै नै हुँ भन्ने ठूलो भ्रम छ !"
उसले मलाई हेर्दै भन्यो।
"के फरक छ र म र अरुमा
?"
"तिमी भित्र म पिडा
देख्छु ! अरु आवरणमा भ्रम हुन्छ, तिम्रोमा पिडा हुन्छ!"
"तिमीलाई के मन पर्छ
भ्रम कि पिडा!"
"भ्रम त मैले धेरै
भोगेँ, पिडा पहिलो पटक हो!"
उसका शव्द शव्दहरु मलाई
खोतलीरहन्छन् । मलाई लाग्छ निश्चलले जति राम्ररी कसैले मलाई वुझ्दैन।निश्चल मेरो
यात्राको पुर्णविराम हो! हो ति अल्पविरामहरु सवै भ्रम थिए,मैले पनि पहिलो चोटी
पिडा भोग्दैछु।
|
|
|