[VIEWED 41839
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
rhishi
Please log in to subscribe to rhishi's postings.
Posted on 05-24-06 3:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
"साहित्य समाजको दर्पण हो" भनेर कुनै साहित्यकारले भनेका थिए रे । तर यो उद्गारले मलाई साहित्यमा सम्मोहन गरेको भने हैन । आज भन्दा १४-१५ वर्ष अघि हाई-स्कूलको बिद्यार्थी छँदा नेपाली पढाउने एकजना गुरुले भन्नु भएको रमाइलो कुरो मेरो कविता लेखनको कारक बन्न पुग्यो । गुरले यौवनावस्थामा प्रेम-पत्र वा कविता नलेख्ने ब्यक्ति मानसिक रुपमा असन्तुलित हुन्छ रे भन्नु भएको थियो। मेरो युवा दिमागमा गुरुका यी उद्गारहरु ब्रह्मास्त्र भै बज्रिए, फलत: म कविता अनि प्रेम पत्र दुवै लेख्न थालें ।मेरा कुनै पनि प्रेम पत्रहरु आदर्णिय डा. दिपक खडकाको 'च्यात्न नसकेको' चिठी बन्न सकेनन् । विचरा सारा का सारा चिठीहरु फक्रन नपाई च्यात्तिए । पछि-पछि त मैले कल्पनामा पनि त्यस्ता पत्रहरु कोरिंन । तर कविता लेख्नु चैं मेरो शौख बन्दै गयो। मेरो अघिल्लो धागो जुन मैले जन-आन्दोलन २०६३ र लोकतन्त्रका लागि समर्पण गरेको थिंए, त्यसमा म पछि पछि पनि त्यहि विषयमा कविताहरु टाँस्ने नै छु । यो धागो चैं मैले अन्य कविताहरु, जसले प्रेम, विरह, वैराग आदि भावहरु प्रतिबिम्बित गर्छन् तेस्का निम्ति प्रस्तुत गरेको हुँ । यस धागोमा मेरा सवै कविताहरु क्रमश: टाँस्दै जाने जमर्को गरेको छु । कविता पढ्ने आदर्णिय बिद्वान पाठक महानुभाव हरुबाट समालोचनात्मक हौशला को अपेक्षा पनि गरेको छु । हाललाई मेरो पुरानो कविता शिर्षकको कविता:
|
|
|
|
rhishi
Please log in to subscribe to rhishi's postings.
Posted on 05-24-06 4:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अघिको कवितामा अक्षरको साइज अपेक्षाकृत ठूलो भएको मा क्षमा प्रार्थी छु । मेरो आर्को कविता जुन शार्दूल बिक्रिडीत छन्दमा छ, यहाँ टाँसेको छु । धन्यवाद
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 05-24-06 4:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऋषिजी, राम्रो शुरुवात र राम्रा कविताहरु। अहिलेलाई यतिनै गरौँ, कविताको रसपान गर्न तपाईँको यो धागोमा पसिरहनेछु। अनि, छन्दमा लेख्न हामीलाई पनि सिकाउनुस्।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 05-24-06 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Oho Rishi jee You reminded me of my days in Nepalgunj. Damn, dhumboji ko sekuwa !!
|
|
|
rhishi
Please log in to subscribe to rhishi's postings.
Posted on 05-24-06 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिरीश जी । धन्यवाद साथै स्वागत पनि ! यहाँले नेपालगंज सम्झिदिनुभो, दिल गार्डेन-गार्डेन भयो मेरो त । अनि धुम्बोजीको सेकुवा मात्र खाइयो त ? त्रिभुवन चोकमा चाट चाट्नु भएनछ । अरे एकबार चाटके देखा होता भुलेक् चान्सै नारहत् । क्षमा पाउँ अवधी बोल्न आइहाल्छ । अनि टाँगा चढेर रुपैडिहा गइएन त । तपाईंले फेरी मेरो सम्झनालाई नेपालगंज पुराइदिनुभयो, धन्यवाद । सेकुवा, चाट, टाँगा, गर्मी आदि राखेर फूर्सदमा एउटा कविता लेखौंला पछि । गौतम जी । धन्यवाद । साथै यहाँलाई स्वागत पनि छ यो धागोमा । नेपाली पद्य-साहित्यमा मौलिक शास्त्रिय छन्दको प्रभाव हिन्दीमा भन्दा बढी भएको जस्तो लाग्छ मलाई। हिन्दि कविताहरु उर्दू साहित्यको गजल बिधाबाट बढि प्रभावित देखिन्छन् । संस्कृत भाषाबाटै जनीत अन्य भाषाहरु जस्तो मैथिली वा अवधि भाषामा हिन्दिमा भन्दा बढी शास्त्रिय छन्दको प्रयोग भए जस्तो लाग्छ मलाई । यस बिषयमा बढी ज्ञान नभएको हुँदा यसलाई यहिं थाँती राख्नु नै वेश होला। वास्तवमा छन्द भनेको कविताको लय हो, flow हो। यसर्थमा सबै कविताहरु छन्दबद्ध हुन्छन् । अत: छन्द बिना कविताको कल्पना नै गर्न सकिंदैन । शास्त्रिय वा लोक छन्द प्रयोग नगरिएका कविताहरुले मौलिक छन्द बोकेका हुन्छन् जुन कविको सृजनशिलतामा भर पर्छ र यस्ता कविताहरु लेख्न गाह्रो पनि हुन्छ र यिनीहरु बढि ससक्त पनि हुने गर्छन्। कवि भूपी शेरचनका थुप्रै कविताहरु आफ्नै मौलिक छन्दमा छन् अनि तपाईंका कविताहरु मौलिक छन्द मै भएको पाउँछु म त । खैर शास्त्रिय छन्दका बारेमा जिज्ञाशा राख्नु भएकोमा धन्यवाद । म आँफै पनि भर्खर सिकारु भएको हुनाले मैले जानेका छन्दहरुका बारेमा बिस्तारै यो धागोमा बयान गर्दै जानेछु । मलाई सबै भन्दा सजिलो लाग्ने छन्द शिखरिणी छन्द हो। कविशिरोमणीको चरीको बिलाप यहि छन्दमा लेखिएको छ । छन्द परिचयको शुरुआत यसैबाट गरौं ल । शास्त्रिय छन्दमा कविता लेख्दा बिशेष ध्यान पुर्याउनु पर्ने कुरा हो श्लोक (STANZA) । हरेक श्लोक चार लाइनले बनेका हुन्छन् । अन्य प्राविधिक शब्दहरु पनि प्रयोग गरिन्छ क्यारे लाइन र यसका छुट्टा-छुट्टै भागहरुलाई । त्यस पछिको महत्वपूर्ण कुरो हो स्वर जसलाई मात्राले नियन्त्रण गर्छ । छन्दका परिभाषाहरुमा स्वरलाई ऽ, ।, र x ले denote गरिन्छ । यहाँ ऽ ले लामो स्वर अर्थात ‘गुरु’ जनाउँछ भने । ले छोटो स्वर अर्थात ‘लघु’ जनाउँछ । तेस्तै x ले ‘गुरु’ वा ‘लघु’ जे भए पनि हुने जनाउँछ । अब जाँऊ शिखरिणी छन्दमा । यसमा हरेक लाईनमा १७ अक्षरका हुन्छन् अनि श्लोक बाचन गर्दा ६-६ अक्षरमा हल्का रोकिंदै बाचन गर्नु पर्ने हुन्छ । यसको composition निम्नानुसार हुन्छ: ।ऽऽ ऽऽऽ, ।।। ।।ऽ, ऽ।। । ऽ यसलाई उदाहरण स्वरूप लेखनाथ पौडेल को चरीको बिलापको पहिलो श्लोकको पहिलो लाइनसँग दाँजेर हेरौं: शिकारी कोझम्टा तनबि चपरेथ् योजब अ नि ।।ऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ माथिको लाइनको पहिलो चरण ‘शिकारी’ दोस्रो चरण ‘कोझम्टा’ तेस्रो चरण ‘तनबि’ चौथो चरण ‘चपरेथ्’ पाँचौ चरण ‘योजब’ तेसपछि ‘अ’ लघु र ‘नि’ गुरु । ध्यान दिनु पर्ने कुरो के भने हरेक लाइनको अन्तिम ‘पद’ लघु लेखे पनि गुरु हुन्छ । तेस्तै आधा अक्षर जस्तो माथिको चौथो चरण को अन्तिम को ‘थ्’ को ध्वनी त्यो भन्दा अघिल्लो पुरा अक्षरसँग मिसिंदा यदि अघिल्लो पद लघु हो भने तेसलाई गुरु बनाउँछ । यसरी माथिको लाइनलाई शास्त्रिय छन्द अनुसार वाचन गर्दा: ‘शिकारीको झम्टा’ (स्यानो ब्रेक) ‘तनबिच परेथ्’ (स्यानो ब्रेक) ‘यो जब अनि’ हुन आँउछ । अब सरसर्ती पुरा श्लोक हेरौं शिकारी कोझम्टा, तनबि चपरेथ्, योजब अ नि ।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ चरीबोल् योचींचीं, गरिक नकठैव्, याकुल ब नी ।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ ममर्ने बेलाभो, तरम नुजतिम् , रोमनु ज ता ।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ कताभाग् योत्यस्को, भरस कबुझे, हैतिमि प ता ॥ ।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ तल यहि छन्दमा लेखेको मेरो एउटा कविता टाँसेको छु ।
|
|
|
rhishi
Please log in to subscribe to rhishi's postings.
Posted on 05-24-06 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाँकी यता
|
|
|
rhishi
Please log in to subscribe to rhishi's postings.
Posted on 05-24-06 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाँकी यता
|
|
|
rhishi
Please log in to subscribe to rhishi's postings.
Posted on 05-24-06 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माथिको कविता उल्टो पाल्टो भएछ stanza no अनुसार सच्याएर पढिदिनु हुन अनुरोध गर्दछु ।
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 05-24-06 4:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल रिषी जी, मलाई सारै मनपर्ने छन्दबद्ध कविताहरु लेख्नुहुँदो रे'छ। मलाई छन्दमा लेख्न सारै मनलाग्छ, तर सक्दिन। तपाईँ लेख्दै जानुस, म हेर्दै जाउँला, सिक्दै जाउँला। :-)
|
|
|
GreenMapleTree
Please log in to subscribe to GreenMapleTree's postings.
Posted on 05-24-06 10:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Beautiful... keep on writing. It's long time since I have read kabita in chand. Nobody does that nowadays. Keep on writing.
|
|
|
Ishna
Please log in to subscribe to Ishna's postings.
Posted on 05-24-06 11:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ॠषि जि, धन्यवाद! चित्त बुझ्ने कबिता पढाउनु(सुनाउनु) भो। तपाईका शब्दहरुमा मिठास छ- हुनत साहित्य रचना मेरो बिषय होइन तर मिठास युक्त शब्द सयोजन भएका सबै गद्य तथा पद्य रचनाहरुको पाठक चाहि पक्कै हु म । मिठा मिठा रचनाहरु सुन्नपढन पाए मेरो पनि दिल बाग बाग हुनेथियो । बागेश्वरी, खजुरा परिचित् ठाउहरु को नाम सुन्दा घरै गए जस्तो भो (म त्यहा को होइन) तर परिचित् छु यि ठाउहरु सित। ल तपाइ को धागो लामै तन्कियोस्, मिठा मिथा कबिता पढन पाइयोस सफलताको शुभ कामना
|
|
|
rhishi
Please log in to subscribe to rhishi's postings.
Posted on 05-29-06 5:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते ज्यु, ग्रिन म्याप्पल ट्रि ज्यु अनि इन्सा ज्यू, साथै सम्पूर्ण आदरणिय पाठक हरुमा, मूरी-मुरी धन्यवाद, कविता पढिदिनुभएकोमा र मुन पराइदिनुभएकोमा। मेरो आर्को शालिनी छन्दको कविता :
|
|
|
rhishi
Please log in to subscribe to rhishi's postings.
Posted on 05-29-06 5:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो फुटो बनाएर टाँस्दा घरि ठूलो साइजको घरी पढ्न नमिल्ने हुँदो रै छ अत: कपी पेस्ट अरेको छु तल: मेरी छोरी २०६३-०२-०४ मेरो स्यानो जिन्दगीमा खुशीको, छर्दै मीठो वासना पालुवाको- सानी – सानी अप्सरा वर्लिएर, सज्जा दिंदा जिन्दगी भो बिभोर ॥ ॥१॥ इन्द्रेणी झैं सप्त – रंगी खुसीको- चढ्यो लाली आज मेरो धरामा, नौला – नौला स्वप्न उद्घोषसाथ- झुल्क्यो मेरो जिन्दगीमा प्रभात । ॥२॥ मोती जस्ता दन्तमाला उघारी- हाँस्छे मीठो छन्दमा फुट्छ लोली केस्रा – केस्रा ओठ ती लाल – लाल- फर्फर्राई निस्कने प्यार साथ- ॥३॥ तोते – बोली ! साथमा सासको त्यो- मीठो – मीठो वासना जिन्दगीको, मेरो बासी जिन्दगी भो सुनौलो, पाई ताजा प्रेमको कान्ति नौलो ॥ ॥४॥ रंगी – चंगी कल्पनामा बहँदै मीठा – मीठा स्वप्नका नूर छर्दै- पोती मेरो नीर आकास सारा- चन्द्रिकाले । दूर नाचे सितारा ॥ ॥५॥ ठूला आँखा ज्योत्सनाको मुहान वैसाली त्यो नित्य चुम्दा बिहान- तोते बोली, ओठ खोली मुसुक्क- ‘बाबा !’ भन्दै छेउ बस्छे टुसुक्क ॥ ॥६॥ ‘मामू !’ भन्दै खुर्र दौडेर जान्छे लड्छे उठ्छे मन्द मुस्कान छाड्छे, आमा बोक्दै काखमा चुप्प – चुप्प- माया गर्छिन् छातिमा ली लुपुक्क ॥ ॥७॥ देखाउँदै रीस गाला फुलाई घुर्काउँदा बाल – हठ् त्यो जताई- लोला साना नाकका ती अमोल- शोभा बन्छन्, रूप झन्-झन् कमाल ॥ ॥८॥ प्यारो उस्को आकु लाई सिंगारी साना – साना हातले त्यो मुसारी, ‘हाऽ ! हाऽ !’ भन्दा काखमा ली फुरुक्क- नाच्छन् थुँगा ओठमा ती सुटुक्क ॥ ॥९॥ हेर्दा उस्को बाल लीला अपार जाज्वल्य त्यो सौम्यगन्धी मुहार, हृत्तन्त्रीका तार झंकृत हुन्छन् ब्यथा सारा दूर भै दूर जान्छन् ॥ ॥१०॥ १) आकु- जापानी शब्द आकाच्यान(स्यानो मानव शिशु) बाट ‘स्यानो पुतली (गुडिया)’ लाई स्नेहपूर्वक कविकी छोरीले राखेको उपनाम। अस्तु, धन्यवाद!
|
|
|
Ardent
Please log in to subscribe to Ardent's postings.
Posted on 05-29-06 5:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rishi ji..your poems are really nice...you are a true poet by heart and mind...keep it up...That poem "Meri Chori" is so cute...as cute as your daughter i guess....i wonder if you have dedicated that poem to your daughter for any special occasion like Birthday...If it is so...Wishing her a very very happy happy sweet birthday....
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 05-29-06 5:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अत्यन्त भावपूर्ण छ ऋषिजी! एउटा कुरा, ऋषिजी जापानमा कुन ठाउँ हो?
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 05-29-06 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गज्जब छ गुरु गज्जब। अरु नि जाओस्। छोरीलाई योरोसिकु है।
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-08-07 8:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bah Rishi ji bah. Ali frequency badhaunu paryo !
|
|
|
Juggy
Please log in to subscribe to Juggy's postings.
Posted on 03-08-07 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
महेन्द्र मालाको कविताहरु पढेको याद आयो!! धेरै राम्रो छ लेख्दै गर्नुहोला!! :)
|
|
|
npl2us
Please log in to subscribe to npl2us's postings.
Posted on 03-08-07 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
keep on writing. enjoyed reading them.
|
|
|
rhishi
Please log in to subscribe to rhishi's postings.
Posted on 03-17-07 5:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिरिश जी, जग्गी जी तथा npl2us जी; धन्यवाद कविता पढिदिनुभएकोमा !! एउटा सानो कविताको खेस्रा (साफी गर्न बाँकी भएकोले) यहाँ पस्कने जमर्को गरेको छु !! जीवनशाला यसको उद्गम - उद्गत देखिन अमूर्त – शूक्ष्म बिन्दु देखिन माया रूपी भ्रमको प्याला प्युनु नै यो जीवनशाला ॥ ॥१॥ चर्म चक्षु यो यत्र - तत्र खोजी हिंड्छ क्षितिज बिचित्र बुभुक्षित यो चर्म - पट्टिका भर्नु अहो ! यो जीवनशाला !! ॥२॥ हर स्पन्दन दिलको धडकन जुग-जुग ज्युने कामना गर्छन् साक्षात्कारमा मृत्युसँग लाचार अनि कुण्ठित हुन्छन् ॥ ॥३॥ सुसुप्ता देखि चैतन्य सम्म जिजीविषाको भावना टम्म अस्विकार्य सत मृत्यु - माला परम अस्थायी जीवनशाला !! ॥४॥
|
|