झम् झम् पानी पर्या पर्येइथ्यो,आफुलाइ भने निन्द्रा लाग्या हैन। खै के भो के भो सिनेमाका हेरोनी देखि लियेर टोल् छिमेकका सुन्दरीहरु मन भरी अटेस् मटेस् मडारियेर निदाउनै दियेनन् --- छट्पटियेको क्रम् चलेकै थियो युद्ध स्तरमा -- झ्याल मा टक् टक् सङै "दीप" भन्या सुने। आधारात् मा भुत् हो कि भनेर एक् चोटि त ज्यान् सिरिङै भो तर स्वर् चिन्या जस्तो लाग्यो। फेरि पनि बोलाये पछि त सङ्कै भयेन उठेर मुल् ढोक खोल्न गयें। निथ्रुक्कै भिज्या ज्यान् बाट पानी तुर्क्यौदै बाङ्गे छिर्यो कोठामा र ढोक लायो। म अझै स्थिति बुझ्न खोज्दै थियें, बाङ्गे बोल्यो “मलाइ त मुँ-- बाउले निकाल्द्यो यार्”।
“त्यो त १४ बर्ख पुरानो कुरो हो--सबै लाइ था छ। त्यै भन्न ह्याँ आधारताँ आ तँ? बाङ्गेले घुर्यो मात्रै केहि भनेन।
"कति त? त्यै १४ बर्ख हैन त तँ?”
अहिले भने बाङ्गे ले मुख छाड्यो र फत्फतायो अफुलाइ क्य टेन्सन् भैरा बेलाँ…
"ह्याँ अनि के खानलाइ आ त?" मलाइ नि झोक् चल्यो। बाङ्गे मेरो परम् मित्र भये नि टोल् मा बाङ्गेको इज्जत् टुकुचा जस्तो थ्यो भने मेरो बिस्नुमति जस्तो। त्यै पनि बाङ्गे अघि सम्म मै कहाँ थ्यो। उ जाना साथ् मेरा घरकाले बाङ्गे संगको मेरो घुलमिल मा सघन् कटौति नगरे मलाइ आवासिय बिद्यार्थि बनाइदिने धम्कि देका थिये। बाङ्गे पनि खत्तम् बाट अत्ति खत्तम् तिर ओरालो लगि सक्याथ्यो। के गर्ने? बाङ्गे मेरो घरमा फेरि आये मैले कठोर् सजायँ भोग्नु पर्ने निश्चित् गरियेको थियो। धम्कि त धेरै सुनेको हो तर यस्पालि धम्कि निक्कै गम्भिर् भयेको मेरो मन्यता थियो।
"के भन्यो तेरो बाउले र आधाराताँ रुझ्दै यता लागिस्? "मैले दबेको तर कठोर् स्वर्मा सोधें। स्वर् त दबाउनै पर्यो अरुले घरमा थाहा पाये मेरो पनि बाङ्गेकै जस्तो हालत् हुन बेर् थियेन।
"जाँ थिस् अहिले सम्म तिँ जा भन्यो नि …"
त्यै भेर आ त ह्याँ? मैले झर्किदै सोधेँ बाङ्गे ले त्यस्को बाउको कुरो शब्दश: लियेको मा। हो, बाङ्गे मैकहाँ थ्यो घर् जानु अघि तर तेस्को बाउले जाँ थिस् उहिँ जा भन्दैमा मैकहाँ त आउने हैन नि।
बाङ्ग्या बाउ र बाङ्गे को सम्बन्ध मिठासजनक् नभयेको त जग् जाहेरै हो तर पनि आमाको मध्यस्तता मा बाङ्गेले बाउको ताप् बाट मुक्ति पाउने गर्याथ्यो। त्यै भेर मैले सोधेँ, अनि आमाले के भनिन् त?
के न के--- बाङ्गे झन् भड्कियो … "जा अन्मरी कुलंगार् भनिन्" अरु के?” बाङ्गे ले मलाइ सोध्या जस्तो गर्यो "अरु के?" भनेर।
बाङ्गे ले बाउको पैसा घरको सामान् जो हाथ सो साथ गर्थ्यो अनि तेस्बाटै हम्रो अतिरिक्त क्रीयाकलाप् माने चुरोट् मोमो कोक् फ्यन्टा ट्वाँट् ट्याक्सि भिडियो सिनेमा लगायत् मनोरन्जनका अन्य कर्यक्रमहरु सुचारु ढंग ले चलेका थिये। अचेल्का दिनहरुमा बाङ्गे जो हाथ सो साथ कर्ममा अलि बढि आक्रमक् रुपम होमियेको थ्यो। अफुलाइ त फाइदै हुने हुँदा प्रोत्साहन्का शब्दहरु मा मैले पनि कन्जुसि गर्ने गर्या थियेन। सुरु सुरु मा तेरो बाउले थाह पाउदैन चोरेको भन्दा---टन्न घुस् खान्न्छ गाँठ् त कति कति ---अलि अलि चोर्या के थाह? भनेर बाङ्गे ले भने देखि म पनि फुरुङ परेकै हो। नभाको कुरो गर्न हुन्न।
मलाइ जसरि भे नि पान्से (५००) चहियो। झिक् मु--। बाङ्गेले बिरक्तियेको स्वर्मा भन्यो।
बाङ्गे सन्कियेछ कि जस्तो लाग्यो मलाइ। कहा बाट झिक्नि मैले पान्से?
के को पान्से तँलाइ? मैले सोधेँ। अस्ति उस्ले चोरेको सये ले नै आज अघि सम्म हामि ले काम् चलाको भन्ने मलाइ थाहाथ्यो।
ब्यान् पान्से झ्याप् हान्या बाउले थाहा पयेछ।
ब्यान् तैले पान्से चेट् पर्या रे? अनि अघि बिक्रम् दाइको पसलमा स्टार् बियर् किन्न त भन्दा त गाँठ् छैन भन्थिस् त?
तँ काँ आ थेँ तँ रैन्छस् अनि छ्याक: लाइ लियेर मोमो खन गयेँ बौध अनि त्याहाँ सम्म गये सि निलो पनि हेर्नै पर्यो। मैले चाइनिज् हेरम् भन्या छ्याकलाइ जापनिज् नहेरि भयेन।
आफुले मोमो पनि खान नपा अनि निलो पनि छुट्या रिस् मात्रै हैन त्यस्को बारेमा अघि सम्म यहिँ हुदा बाङ्गेले चुइंक्क नगर्या सम्झेर झन् रिस् उठ्यो।
त्यत्ति गरेर पान्से सकिन्छ त? त्यै पनि त्यै छ्याकलाइ लियेर गा रेछस त्यसै सँग माग्न पान्से – म कँ घन्-- खान् आ?
आशा चुरोट् त किन्न नसकेर थुटो तान्ने छ्याकले झिक्छ पान्से? बाङ्गे अहिले भने झर्कियो।
के गरेर उडाइस् त बाँकि पैसा? सोधेँ।
त्यै बौधमा दुइ चार् हात खालमा हालेँ – लगदिहाल्यो नि भोटेले। अलिकति बाँकि थ्यो त्याँ किस्न मन्दिर् छेउको सानो मन्दिर् छैन बिस्नुको हो कि मु-- खै कस्को हो त्याँ भित्र पायाँ चलिरा रे छ अघि बौधमा हार्या उठाउछु भन्या त झन् जम्मै खत्तम्---टट्टन् टाट्!
अनि म सँग के को पान्से माग्न आ त यतिबेला तँ?
तँलाइ सापटि देको छु ज्याकेट् किन्न भन्देँ क्या बाउलाइ मैले --- अनि उसोभये अहिलेइ फिर्ता लियेर आइज पैसा नभये यो घरमा खुट्टा राखिस् भने काटदिन्छु भनेर बुरुक् बुरुक् भैरा छ बाउ…
मैले काँ पायेर दिनि तँलाइ पान्से?
आज दुइ गते तेरो बाउले तलब् ल्या होला नि हिजो---आजलाइ ले न म फेरि दुइ चार् दिन्मा तँलाइ फिर्ता गर्दिहाल्छु नि---
म त अवाक् भयेँ। उस्ले आफ्नो फिर्ता गर्ने मन्सयलाइ अझ सुढृढ गर्न थाल्यो बिद्या नस् फिर्ता गर्दिन्छु – बाउ पर्सि टुरमा जाँदैछ पर्सि नै फिर्ता गर्दिन्छु---
त्यैत! तेरो बाउले पैसा त्यत्तिकै छाड्छ र अब? मैले चिन्ता ब्यक्त गरेँ…
आमाको एउटा दराज् को साँचो झ्याप् हानि सक्या छु मैले। तँलाइ फेरि नचाइने कुरामा के को पिर्?
म त चोर्न सक्दिन पा पान्से--- भन्दियेँ ---काँ बाट सक्नु?
मैले चोरे त उडाउन त सक्छस् नि --- अहिले मलाइ पर्या बेलाँ ---त्यै नि
तँइले अहिले नदिये भोलि बिहानै लिन आउछु तेरो बाउ सँग भनेर मेरो बाउ उफ्र्या तैले देख्या छैनस् र यस्तो कुरा गर्छस्---भोलि ब्यान् मेरो बाउ ह्याँ गाँठ् लिन आयेसि के गर्छस् नि?
मैले ल्याछैन भन्दिन्छु नि…मैले ल्या हो र? खाइ न पाइ छाला टोपि लाइ…बाङ्गेले मलाइ बिथ्थामा चेप्या मन् परेन मलाइ।
म हो भन्छु नि---बाङ्गे सन्कियो--फेरि तँ मात्रै मु-- कुन् सज्जन् होस् र? जाँड् छादेर लड्या जँड्या जस्तो तेरो छेउ पर्नु पर्ला भनेर मान्छे तर्कि तर्कि हिन्छन्---तेरो कुरो कस्ले पत्याउछ? बाङ्गे ले प्रहार् गर्यो।
म बाङ्गे ले भने जस्तो खत्तम् त हैन तर बिग्रेको चै म नि हो। तेइ पनि पान्से चोर्न सक्ने दर्जा मा भने म पुग्या थिइन। बाङ्गे सँग संगत् नगर् भन्या अघि मात्रै झन् भोलि बाङ्या बाउ आयेर बिनिसित्ति उफृने कुरो मेरो लागि सुभ नहुने निश्चित् थ्यो।
तँलाइ फिर्ता गर्दिन्छु---कसैले था पाउँदैन--नचाइने कुरामा टेन्सन् नलिन न। बोर नगर न---अहिले सबै सुतिरा बेलाँ खुसुक्क ले न जा ------