हेत्तरी कापि पेस्ट नै राम्रो भएनछ ल फेरी गर्दै छु,
यो भन्दा अगाडिको लाई मिल्क्यापदिनुहिला, धन्यवाद।
----------------------------------------------------------------------------------------------------------
----------------------------------------------------------------------------------------------------------
यतै आउदैछिन्, ओहो, आजसम्म मैले भन्या केहि नमान्ने लम्बोदरले आज लड्डुको आशामाचै आज मेरो कुरो मान्नि भए भन्दै अव यिनी संग कसरी कुरा सुरु गर्ने भनी कुनै बिषय सोच्दा सोच्दै त उनी मेरो सिटकै लाईनमा तर आर्को सिटमा बस्न पुगिन। हेत्तेरी मनको लड्डु घ्यु संग खानु मात्र भो। थुक्क, मख्ख हुने क्रममा त त्यो सिट नी खालीभाको त भुसुक्कै बिर्सेछु। तर जे भएपनि उनीलाई नी म जस्तै झ्यालमा बस्न मन पर्दैन जस्तो छ। यसो हेर्छु त उनी पनि म तिरै छड्के आँखाले हेर्दै रहिछन्। अव अहिले यो बसमा म जस्तो ह्याण्डसम केटा म बाहेक कोहि पनि छैन नि त अव मलाई नहेरेर कसलाई हेर्ने। यो बस भने अझ हिड्दैन भन्या।
"ओ भाई हिड्ने हैन भन्या, बस त भरिनै सक्यो नी", भन्दै कण्डक्टरसंग कराउन पुगें। यसो देखाउनु पर्योनी। उ भने नसुनेझैगरी म तर्फ हेर्दा पनी हेरेन। मेरो त्यो ईम्प्रेस पार्ने प्रयास खाल्टामै गयो।
एकाएक मेरो काखमा ती कन्या हुत्तीएर आईन बा, ओहो ढुंगा खोज्दा देवता मिल्यो भन्या यहि हो। लौ अव लम्बोदरले १०८ हैन २१६ वटै लड्डु खाने भए भन्दै म उनलाई नियाल्न लागें। कुरा के भएछ भने उनी आफ्नो झोला सिटमाथीको ठाऊमा राख्न लागेको बेला बस ठ्याक्कै हिड्न पुगेछ, अनी उनको सन्तुलन बिग्रेर म तिर पो हुत्तिया रहिछन्।
"आर यु ओके? तपाईलाई कहिं चोट त लागेन हैन? " भन्दै म चै ड्राईभरलाई मनमनै धन्यबाद दिदैं उनलाई सोध्न पुगें।
"आई एम फाईन थेंक यु", उनी मेरो मेरो काखबाट उठ्दै भनिन।
अव त कुरो गर्ने मुल फुटी हाल्यो, यस्तो मौकामा चौका नहान्ने त कुरै भएन।
"अनी तपाई पोखरा तिरै?"
"हजुर"
हेत्तेरी, कती छोटो उत्तर, अनी उनले मेरो बारेमा सोद्धापनि सोधिनन्।
"यहाँलाई बोल्न तेती मन पर्दैन जस्तो छ", मैले अन्तिम पटक कुराकानीको भेल बगाउने कोशीस गरें।
"हैन त्यस्तो त केहि हैन, पोखरामा मेरो मामा घर, त्यहाँ मामाको छोराको उपनयन संस्कार छ, त्यो सकाएपछि काठमाण्डौ घर फर्किन्छु।"
हेत्तरी, अव परेन फसाद, क्या हो त्यो उपनयन संस्कार भनेको। अव सोध्ने कुरो पनि भएन। शव्द त संस्कृतको जस्तो छ। क्या टेन्सन भन्या, कहाँबाट पण्डितकै सुपुत्री फेलापरेछ।
"मेरो दादाले मन्त्र सुनाउने र"
लौ बल्ल थाहा भो मेरो जहाज डुब्न पाएन, उपनयन भन्या त ब्रतबन्धपो रहिछ। अव निर्धक्क संग कुरो गर्न पाईने भो।
"मेरो नी गर्या ३ बर्ष पहिले। मन्त्र चै मेरो बुवाले सुनाउनु भा", मैले नी के के न भा जस्तो गरी थपें।
"तपाईको चै जनकपुरमै भा?", सोधिन उनले।
"हैन, मेरो पाल्पाको तानसेनमा भा", भन्दै फेरी थपें
"कहाँ तपाई भनि रा, तिमी भने नी हुन्छ", अव "तपाई" भन्न दिनु भन्या त समस्या निम्त्याउनु हो। फेरी तपाई, त्यसपछि दाई भनिन भने, बित्यास पर्छ। त्सैले आफ्नो त त्यो दाइ तिर जाने बाटो थुन्ने हिसाब।
"हुन्छ, तिमी भन्ने भएपछि त नाम पनि थाहा हुनु पर्यो नी त"
ओहो आज त कुवेरकै खजाना हात लाग्यो जस्तो छ, क्या फ्रेण्डली।
"कमल, मेरो नाम कमल हो, मेरो मात्र नामले भएननी तिम्रो पनि नाम थाहा पाम न त"
"ल यहाँहरुको भाडा", कण्डक्टरको स्वर एक्कासी मेरो कानमा ठोक्कीन पुग्यो।
बज्याले यहि मौका नै कुरि रा हुनु पर्छ। अहिले नै आउनु पर्ने। कस्तो, अघि गाली गरेको बदला लिया जस्तो छ यल्ले।
उनी आफ्नो पर्सबाट पैसा निकाल्न लागिन।
म चै "नारायणगढ को कती" भन्दै सोधें।
"एक जना कि दुईजना?"
भन्न त दुई जना भन्न खुव मन लाग्या थियो, अव ५ मिनेट कुरा गेरेको भरमा उनको पैसा तिर्ने अधिकार मसंग थिएन।
"एक जाना", खुईय्य सुस्केरा हाल्दै भने मैले।
"८० रुपैया"
"बिध्यार्थी सहुलियत छैन?", पुरै ८० तिर्ने पक्षमा थिईन म नेपाली न हुँ, भन्या जति त कहाँ तिर्न सकिन्छ।
"बाहिर निलो रंगले पोतेको छ र यो बस?", भनि उल्टै सोध्छ बा।
"हँ, कुरा अलि खुलेर गर न",
"हैन यो बसलाई साझा यातायत ठान्नु भयो कि के हो यहाँले भनेर, बिध्यार्थी सहुलियतको कुरा गर्नु भो"
यो बज्यालाई चै यहि बेला ठट्टा गर्नु पर्ने। आफ्नो त्यहाँ बाकी रहेको ईज्जतको चटनी बनिसक्यो।
"ल ल यो लिउ", भन्दै १०० को नोट दिए।
२० को नोट र एउटा टिकट टाईपको कागज दिदै अगाडि तर्फ बढ्यो।
यसो साईड तिर हेरें, उनि त मस्त सोंचमा रहिछन।
"खै त, मैले मात्र मेरो नाम भने, यो त भएन नी"
"हेर्नुसन भाडा तिर्ने सुरमा भुसुक्कै बिर्सेछु, जानकी, जानकी हो मेरो नाम"
ओहो, जानकी कस्तो राम्रो नाम, वास्तबमा अहिले उनले जे नाम भनेपनि मलाई राम्रोलाग्थ्यो होला, तर जानकी त साँच्चै राम्रो नाम छ।
मेरो काकीको नाम पनि जानकी हो। मेरो काका खानेपानीको ईन्जीनियर भा बेला दोलखा सरुवा भा रे छन। अव चरिकोटमा एक्लै बस्ने, आफै खाना बनाउन मन के लाग्थ्यो र? अव हाकिम पनि नभा भएर खाना पकाईदिने पिउन पनि नपाउने, त्यसैले चरिकोटको बजारैमा रहेको श्री दोलखा भिमसेन डिलक्स होटेलमा खाना खाने गरेका रहेछन्। अव, जानकी काकी त्यो होटेलको साहुको छोरी। अव हाम्रो काका परे जवान भर्खर ईन्जीनियर पास गरेका, जानकी काकी चै काठमाण्डौमा आफ्नो मामाघरमा बसेर बि कम गर्थिन क्यारे। सेकेण्ड यिएरको जाँच सकाएर, आफ्नो बाबाकोमा बस्नुभएको। तेतीबेला मेरो काकाको कुरा मिल्ने जानकी काकी मात्रै, कुरा मिल्ने क्रममा मन नै मिल्न गएछ। अव, चरिकोट जस्तो सानो ठाउँ, खाना खादाँ भन्दा अरु ठाऊमा भेट्न असंभव। त्यहि पनि ईन्जियर न परे, कहिले आफू दोलखा भिमसेन दर्शन गर्न जाने भनि बाटो देखाउन भन्दै लिएर जाने। अव एक पटक त हदै गरेछन। न भेटेको ५ दिन जति भा रे छ, काकाको पाली त्यो होटलमा जाने पानीनै बन्द गरेछन् अव आफ्नो पदको यो भन्दा राम्रो दुरुपयोग कहिं होला? अव पानी आएन भनि खानेपानीको अफिसमा उजुर गर्न चैं जानकी काकी आउनु भएछ। जे होस निकै रसिक छन्। भनौ भने के भनौ मलाई पहिलो पटक बियर ख्वाउने नी उनै विद्वान। टाईगर बियर हो कयार, कस्तो तितो, कसरी खान्छन मान्छेहरु भनेको थिए, पछि थाहा हुँदै गयो खाने मात्रहैन मानिसहरु किन बियरभनेपछि मरिहत्ते नै गर्छन भनेर। ओहो त्यो दिन घर फर्केको बेलाँ मामी ले झण्डै थाहा पा। ल्वाङ, सुकमेल, दालचिनी जे जे छ न चपा भए त पक्कै पनि मामीले घरनिकाला गर्ने त्यो दिन त।
"ल हेर मलाई कुरा गर्न मन लाग्दैन भन्ने त आफै कता हराउनुभयो", अव यताकि जानकीले गुनासो पोख्न थालिन।
"फेरी मलाई, तपाई नभन भन्या हैन,", भन्दै रिसा जस्तो गरे, सुन्दरीहरुलाई अली एकटिङ्ग गरेन भने हुन्न के।
"ल ल सरि सरी", भन्दै माफी मागिन।
"हैन, मेरो काकीको नाम नी जानकी, सासु र बुहारीको एउटै नाम भयो भने क्या मज्जा हुन्थ्यो" भनेर भन्न मन लाको हो तर
"हैन, जानकी नाम त मेरो नी काकी को हो क्या उनैलाई सम्झी रा", भनी भने।
खै उमेरै यस्तै हो की अली राम्री सुन्दरी त देख्नै हुन्न बिहे नै गरिदिम जस्तो लाग्छ भन्या।
यस्तै तवरले समय कट्दै गयो। बस आफ्नै गतीमा पश्चिम तर्फ बढ्दै थियो। यहि अन्तरालमा मैले उनी काठमाण्डौमा अवस्थित निस्ट भन्नै कलेजबाट १०+२ गरिरहेको थाहा पाए। उनीहरुको सानो परिवार रहेछ। बुवा, मुमा, उनको दादा र कान्छि उनी। उनको बुवा चैं जनकपुरको पुनरावेदन अदालतमा प्रमुख न्यायधिस भन्ने सुन्दा त लौ अव जेलको हावा पनि खाइएला जस्तो छ जस्तो लाग्यो एक छिन। यस्तै पलहरुमा मैले पनि उनलाई म एक्लो सन्तान, काठमाण्डौमा काठमाण्डौ ईन्जिनियरिंग कलेजमा अहिले सिभिलमा पढ्दै गरेको पनि सुनाए।
"ओहो इन्जिनियर सर हुने तपाई"
"हैन म अभियन्ता हुने", मैले नकार्दै भने
"के यो अभियन्ता भन्या? ईन्जिनियरिंग गरेपछि त ईन्जिनियर भइन्छ हैन र?" उनले आफ्नो अनभिज्ञता जनाईन।
"कुरो के भने ईन्जिनियर एकदम ठेट नेपालीमा भन्नुपर्दा अभियन्ता भनिन्छ के लाटी", मैले यो कुरा हामीलाई भन्ने दुलाल सरलाई मुरी का मुरी धन्यवाद दिदै उनलाई आफ्नो ज्ञानको एक झलक दिएँ
"भयो भयो, ईन्जिनियर पनि नेपाली भाषामा आगन्तुक शब्दको रुपमा आयात भै सक्यो", हेत्तेरी उनी मेरो कुरोबाट इम्प्रेस भइनन्।
कुराहरु हुँदै गए। समय आफ्नो गतीमा वढ्दै थियो। एकछिन पछि हेर्छु त, उनी मस्त निद्रामा रहिछन्। म झ्यालबाट बाहिर हेर्न लागें। कति रमणिय छ बाहिर, दायाँ तर्फ चुरे पहाडको त्यो कहिले नसकिने श्रंखला, समथर मैदान चुरेको फेदैमा गएर त्यसको पाउलाई छोएजस्तो। १०-१५ वर्ष अघी चारकोशे झाडी भनेको यहिं त होनी। अहिले मानिसहरुको आगमनले कहि आरक्ष त कहिं यसै भग्नावशेषको रुपमा मात्र बाँकि छ। कती बन्य जन्तुहरु थिए होलान, कहाँ गए अहिले ती। बायाँ तर्फ हेरें कहिले खेत त कहिले बञ्जर जमिन आउँथ्यो। क्षितिजमा जमिन र आकाशको मिलन भए जस्तो भान हुन्थ्यो। अली पर दक्षिण तर्फ गए भारतको बिहार राज्य जसमा राज गर्छन श्री लालु प्रसाद यादव, हेत्तेरी कहाँ अव लालु प्रसादलाई सम्झन पुगेको भन्या। यो मन पनि के हो के हो। जे होस बिहार संग जोडिएकाले नेपालले निकै दु:ख झेल्नु परेको छ। दुनियाभरिमै नभएका गुण्डा, मवाली र भ्रष्टाचारीहरु त्यहि बस्छन्। दक्षिण भारतीयहरुले त उनी हरुलाई मन नै पराउन्न नी। पोहोर साल हजुरआमालाई लिएर भेलोर जाँदा बुबाले सकेसम्म हिन्दीमा नबोल, अंग्रेजीमै बोल्नु अनि नेपाल भन्नु नी फेरी जान्ने भएर "ईट ईज क्लोज टु बिहार नभन्नु, मार्लान तलाई" भन्नुभा थियो। कति सभ्य थिए त्हाँका मानिस। आँखा चिम्लेर बिश्वास गर्न सकिने। त्यहाँ त रिक्सावालाहरुले नी कस्तो राम्रो अंग्रेजी बोलेको।
"पथलैया आउने झर्नुस है", खलासी करायो।
ओहो पथलैया आईसकेछ। यहो बायाँ तिर हेरें उनी अझै मस्त निद्रामै थिईन। बाहिर झ्यालबाट हेरें, बिरगंज जान एउटा बस ठिक्क परेको रहिछ। सायद यो बस देखेर कुरेको जस्तो छ। अव एक छिनमा हेटौडा अनी साढे दुई घण्टामा त नारायणगढ पुगिन्छ। आज कति चाँढै बितेका पलहरु। अव तिन घण्टा जतिमा त जानकी संग छुट्टिनु पनि पर्छ। यो यात्रा त मैले एक्लै नै पुरा गर्नु पर्छ। भवानी भिक्षुको "मेरो सानु साथी" याद आयो। "मानिसले आफ्नो यात्रा आफै तय गर्नु पर्छ, हामी एक्लै आएका थियौं, एक्लै यहाँबाट जाने छौं। कसैले पनि हामीलाई पुरा यात्राभर साथ दिन सक्दैन। चाहेर पनि सक्दैन"। फेरी त्यो सानु साथी संग बिछोडिनु पर्दा भिक्षुको र सानु साथीको हालत संझना आयो। कतै जानकी र मघ्ये कोही चिच्याई चिच्याई रुने त हैन। जानकी त किन रुन्थिन, सायद म नै रुन्छु होला। हेत्तेरी केटा भएर नी रुने, बरु कृष्ननगर नगै पोखरै जाने नी रुनु नै छ भने। ह्या के के सोची रा होला मैले पनि। म त स्योर रुन्न।
"हेटौंडा हेटौंडा, ल हेटौडा झर्नुस है", खलासीले हेटौंडा आएको संकेत दियो।
"मुगफली, करारे मुगफली", एउटा मधेसी मेरो सिटको झ्यालतिरबाट कराउन थाल्यो।
"ए बाबु करारे मुगफली खाउन"
"चना चटपट छ?"
"छ"
"कती एउटाको"
"३ रु"
"ए जानकी, चटपट खाने", जानकी जस्किदै उठिन र खाने संकेत दिईन।
"५ रुप्पेको दुइटा दिने हो भने ल्याउ", पाँचको नोट देखाउँदै भने।
"बोहोनी नै भएको छैन हजुर, हुन्छ ठिकै छ"
एकछिनमै हामी गफ गर्दै चटपट खाँदै थियौं।
"सि सि..." ओहो खुर्सानी टोकेछु, बज्जेलाई खुर्सानी नहाल भन्न त भुसुक्कै बिर्से। बाहिर गएर पानी किनेर ल्याए। अलक्कै खाए र जानकीलाई पनि दिए।
बस हेटौंडाबाट अगाडि बढ्यो। यो अन्तरालमा हाम्रो खासै कुरा भएन। त्यहि यता उताका कुरा हरु, जानकी घरी सुत्ने, घरी उठ्ने गरिन। मलाई चैं अर्कै चिन्ताले सताईराखेको थियो। बसको हरेक चालले नारायणगढलाई नजिक तान्दै थियो। अव कसरी बिदा हुने।
के भा यो, चिनेको ४ घण्टा पनि भाको छैन, छुट्टिन यस्तो गाह्रो। अव पोखरै जामकि जस्तो पनि नला त कहाँ हो र, तर त्यहाँबाट पनि छुट्टिनु नै त पर्छ। अर्को ५ घण्टाको साथ त होनी। भवानी भिक्षुको त्यो कथा कत्तिको सार्थक रहिछ बल्ल अहिले आएर बुझें। "टाँडी, झर्नेहरु झर्नुस है", फेरी खलासी करायो
उ अव नारायणगढ १० किमी मात्र छ, यानी की १० मिनेट।
मेरो मुटु जोडले धड्केको आभाष पाएँ। उनको निश्चल, निर्मल निदाइरहेको मुहार हेर्दै बिवशताको यो परिकाष्ठालाई धिक्कार्न पुगें।
-------------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------------
क्रमश: