सिलिगुडि, मेरो तनाब र सुधा
भाग १ बाट अगाडि।।
………………पार्वती आइन् । चाहिने भन्दा बढि लिपिस्टिकका साथ ।
"यो त होइन, अर्को खोजेको "
"अरु त अहिले छैन ।"
फेरि हामी तिर हेर्दै सोधिन, " यिनीहरुले हेर्दैन?"
"यिनीहरु त साथी मात्र आएको" तिर्थले स्पष्टयायो ।
"ल आजलाई जाने, पछि आउंला ।" तिर्थले बिदा माग्यो ।
मेरो सास आयो । रोशन र म जुरुक्क उठ्यौं । अनि सके सम्म भ्याए सम्म त्यहांबाट छिटो निस्कियौं । एक छिन पछि तिर्थ पनि आइपुग्यो ।
"उफ" मैले बाटोमा निस्केर लामो सास फेरें । रोशन हांस्यो । ऐठन त उसलाई पनि भएको हो। म केहि बोलिन ।
"देखिस, केहि हुन्न । अब एकै छिन घुमौं अनि फर्कने ।"
हामीले हुदैन पनि भन्न सकेनौं, हुन्छ पनि । तर अब अलिक सहज पनि भइसकेका थियौ ।
"केहि हुदैन क्या, अहिले केहि भयो? एकछिन त हो नि । जाऊँ हिड्" उसको कर थियो ।
रोशनले के सोच्यो "जाँउ न त एकछिन" भन्यो ।
त्यो "केहि हुन्न" भन्ने शब्दले पनि मलाई डोहोर्यायो । यसपालि मेरा पाइला अलिक हलुका भए । म नै अगि लागे ।
अर्को ठाउंमा पनि त्यहि बार्ता, अलिक फरक ढंगमा । तर शैलि उहि । त्यसपछि अलिक परको पान दोकान को आड मा उभियौं हामी तिन भाई । २ जना केटा हरु आए ।
“दाई केटि चाहिन्छ?”
“ठिकै छ भाइ, हामी पछि भन्छौं नि, अहिले साथी कुरेको” मैले उनिहरुलाई पन्छाउन खोजे ।
उनिहरु गएपछि ४ वटि केटिहरु आए । चोलिको भित्रि स्पष्टरुपमा देखिएको थियो, सबैको ।
उनिहरु मस्किन थाले । कुरा त गरियो तर सिधा भएर उनिहरु संग कुरा गर्दा नजर भट्किरहेको थियो। लाज नै त होईन तर कस्तो अफ्ठ्यारो लागेको जस्तो भयो ।
“जाने होईन दाई?” एउटि ले ठाडो प्रश्न राखिन् ।
“जाने नि, कस्तो हतार, एकछिन पान खाऔं ।“ तिर्थ कुरा गर्न खप्पिस थियो ।
दोहोर बात मार्दा, जिस्कदां, हाम्रो उकुस मुकुस अलिक सहज भएको थियो ।
२ जना खर्सांङ का रहेछन् । एउटि सिलिगुडि कै । सानी चाहिं १६ बर्ष, सबै भन्दा ठुलि २५ कि ।
एउटि अर्कि आएर हामीमा आफ्नो ग्राहक खोज्न थालि । दिदि को छोरि भनेर बच्चा लिएर आएकि थिई, तिर्थलाई के भयो । यसलाई मीठाई किनेर खुवाउनु भनेर ५० रुपैया दियो ।
रोशन पनि गफमा सामेल हुन थाल्यो ।
केहि बेरमै कुराहरु छाडा हुन थाल्दै गए ।मलाई त्यहा बस्न मन लागेन । सकिन भनौं । उनिहरु कुरा गर्दै थिए । जाउँ भनेर म बीचमा नै हिडिदिए ।तिर्थ र रोशन ले के सोचे थाहा भएन, त जादै गर, हामी आईहाल्छौ भने ।
फर्कदा त्यहांका केटिहरुले जिस्काए । पहिलो पटक युवतिको मुखबाट निस्केको छाडा शब्द सुनियो, गालिले भरिएको। कस्तो मनमा नै बिझ्यो । म पछाडि नहेरि हिडिरहे । अनि पर बाटो पारिको किराना पसलमा चिसो पिएर बसे ।
मन त्यसै गुम्सियो । किन आउन पुगे म यहां, के ले तान्यो । मलाई ग्लानि हुन थाल्यो । मनमा बिचार को द्वन्द सुरु भयो । म मेरा हरेक वैचारिक मान्यतामा आफुलाई गिरिरहेको पाउँदै थिए ।
म आएको एकै छिनमा उनिहरु पनि आए, हांस्दै-हांस्दै ।
"किन हिडेको, क्या रमाइलो भयो?"
मलाई डर लाग्यो ।
"के गर्यो?"
"होईन त्यस्तो, के सोच्यो यसले फेरि?
दुइवटि केटि त इलाम का रहेछन् बुझिस्?"
देशका चेलि, एकछिन नराम्रो लाग्यो। । केहि भनिन । तर, कस्ता थिए होलान भन्ने कौतुहलता नभएको भने पक्कै होइन ।
" अबेर भयो, जाँउ फर्केर ।" discuss नगरि मैले छोटो बाक्यमा प्रष्ट गरें ।
हामी सरासर फर्कियौं ।
गाडी चढियो । मेरो अन्तरमनको देवताले मलाई पटक पटक चिमोटिरहेको थियो । मैले हजार तर्कले पनि आफुलाई सम्झाउन सकिरहेको थिईन । हरेक पटक म आफै संग हारिहेको थिए । केहि लागेन, ipod सुन्न थालें । झ्याल बाहिर हेर्दै बसे, मन भुलाउन थाले ।
उनिहरु दुईजना त्यहि अनुभवको काउकुतिमा रुमलिइरहे । उमेर संगै हाम्रो वैचारिक फाटो बढेको हो जस्तो अनुभव गरे । त्यसले मलाई शान्त हुन सहयोग गर्यो ।
रोशनले तिर्थलाई सोध्यो "तं पहिले पनि आएको थिइस?"
"थिइन"
"कसरि थाहा पाइस त त्यंहा नेपाली दाइ छ भनेर?"
"थुक्क साले, त्यति पनि थाहा पाइनस, त्यो त कुरा शुरु गर्ने बहाना पो हो त!!"
"एएएए" रोशनले ढिला बुझेछ ।
म मुसुक्क हांसी दिंए । तिर्थ बच्चै देखि बाठो हो । नियत त उसको पनि खराब होइन तर चन्चले चाँहि पक्कै हो । मेरो विचार सहज हुदै गएको थियो ।
तर पनि मलाई आफैं देखि अफ्ठयारो भएको थियो । खासै बोल्न मन लागेन ।
बाटोमा मैले मेरी सुधालाई धेरै सम्झें । कतिबेला घर पुगेर उनलाई भेटौं जस्तो भयो । भर्खर पानीटंकी आइपुगेको थियो । तिर्थले चिनी र दाल किन्यो । म किन्न गइन, मन पनि भएन । उसैले ५ केजी दाल ल्याइदियो । मीठाइ हामीले दिउँसै सिलिगुडिमा किनेका थियौं ।
मेची पुल तर्दा मलाई किन किन फेरो त्यो ठाउँ आउँछु जस्तो लागेन ।
तिर्थको घरबाट फोन आयो । भाउजुको फोटो रहेछ, कन्ट्याक्ट पिक्चरमा। मीठो बात गर्यो । १ घण्टामा घर आइपुग्छु भन्यो । रोशनले उसकी मायालुलाई sms पठायो ।
"बिहे गर्दैनस?" तिर्थले सोध्यो ।
"उनको बा मान्नु भयो भने आउने वैशाखमा" रोशन आशावादि थियो ।
मलाई घर पुग्न हतार लागेको थियो । माइक्रोमा थिंए, मोबाइल उठांए तर फोन गरिन् । सुधाले miss call गरिन् । मैले आउंदै छु भनेर sms पठांए ।
झ्यालबाट चिसो हावा पसेको थियो । नारायण गोपाल ipod मा गुन्गुनाउंदै थिए ।
"..तिमीलाई भुल्दा म एक्लो परेछुं
तिमीलाई सम्झे तिमी साथ आयौं ।
कुनै चिज मीठो म खोजि रहेंथें,
म सोची रहेथें ; तिमी याद आयौं ।
तिमीलाई भुल्दा…………………." क्रमश:…………
Last edited: 20-Jan-08 01:43 AM