Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
[Please view other pages to see the rest of the postings. Total posts: 644]
[VIEWED 276847
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११३
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet
the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
---------------------------------------------------------------------
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन
चौतारी ....तिम्रो माया मIर्न सकिन
चौतारीका
दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न
त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको
सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो
चौतारीकै हांगोमा (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या
भन्या।
Last edited: 05-May-08 04:46 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-05-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आयो झिल्के आयो, के छ हौ, ठुलै पोका बोकेरा आछौ गाँठे, हालखबर त राम्रै छ भन्ने मान्छु,
हैन म बोर्ड फर्स्ट भएको भन्या झिल्के लाई देखेर छिरेको त बोर्ड फर्स्ट भएछु, लौ जा त।
Last edited: 05-May-08 11:28 AM
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-05-08 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Amazing,welcomeback
Namaste sabailai
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Happy mothers day to you all. पख् मोरी, एकदिन तलाई पनि Happy Mothers day, my mom भन्ने कोसेली दिन्छु, एउटा लोर्के छोरो नजन्माइ त कहाँ मारिएला र ? just kidding hehehheh
----------------------
यो कुम्लेको कहानी (पुरानो चौतारीबाट) अनी हाम्रो राहुलदाले टासेको फोटु
हितेश
मेरो बाल सखा। सानो हुदाँ धरानमा नि निकै उत्ताउलो काम गरियो त्यस्ले र
मैले। म त सोझो मान्छे तर कहिले काँहि त्यस्को संगतले मलाई नि बिगार्थ्यो।
त्यस्तै एकपल्टको कुरा सम्झना आयो। हामी धरानको एउटा स्कूलमा संगै
पढ्थ्यौँ। स्कूलको नाम चाँहि नभनौँ। उहि सेतो सर्ट, निलो पाइन्ट अनि निलो
टाई लगायो, कालो जुत्ता अनि पछाडि कासा प्याको झोला भरि गुलमोहर, एक्टिभ
इङ्लिश, सामाजिक शिक्षा आदी किताबहरु बोक्यो अनि ९:१५ बजे त्यो मेरो घर
अगाडी आएर कराउँथ्यो, म निस्किन्थे र संगै लागिन्थ्यो स्कूलतिर। हामीलाई
टिफिन खान भनेर घरबाट दिएको पैसाहरु हामीले निक्कै जोगाएर राखेका थियौँ।
"ओइ सुन! जनक दाईकोमा आलुचप र ब्रेड महिनावारी खानुपर्छ अनि घरको पैसा
चाँहि जोगाएर राख्नुपर्छ, पछि एक चोटी त्यो पैसाले घुम्न जानुपर्छ" भनेर
हिते ले मेरो ब्रेन वाश गरिसकेको थियो।
त्यो दिनपनि सधा झैँ उस्ले मलाई बोलायो तलबाट, म नि हत्तपत्त ब्याग
टिपेर दौडे! बाटोमा एउटा बुटपोलिसको डिब्बालाई दुबैले एक एक गर्दै
हिर्काउँदै जाँदैथिम, "ओइ! तैँले जम्मा गरेको पैसा कत्ति भयो?" हितेले
त्यो डिब्बालाई बाटोको पल्लोतिर पुग्नेगरी हिर्काएर सोध्यो।
"पर्खि म हेर्छु!" भन्दै म त्यो झोला अगिल्तिर ल्याएर मेरो ज्योमेट्री
बक्स भित्रको रुटिन कागज पछाडी च्यापेर राखेको पैसा निकालेर गन्न थालेँ।
"ए ल ल पुग्छ त्यत्ति भए! म सङ नि छ पैसा त्यत्ति नै!" हिते ले मलाई पैसा राम्ररी गन्न सम्म दिएन।
"किन नि? के गर्न पुग्छ र यो पैसाले?"
"सुन आज त्यो डेविड सरको होमवर्क नि याद भा'छैन, मलाई त स्कूल जान नि
मन लागेको छैन, जुम् हिन तल भानुचोक तिर अनि गणेश टाकिजमा सिनेमा नि
हेर्नुपर्छ"
"ह्या! हुन्न यार!! घरमा थाहा भयो भने त बबाल हुन्छ" मलाई डर लागेर आयो।
"कसरी थाहा हुन्छ? १२ बजेको सिनेमा हेर्ने अनि ३ बजे पछि बिस्तारै
हिन्दै माथी आयो भने घर पुग्दा ठिक्क साँडे चार बज्छ, कसैलाई थाहा हुन्न।"
"अनि स्कूलमा भोली लिभ लेटर चाँहि कस्ले लेख्छ? तैले??"
"ह्या! त्यत्तिको नि चिन्ता गर्छ यार तँ! लु तँलाई र मलाई दुइटा लेटर म लेखाउँछु" हितेले सब प्लान मिलाइसकेको रहेछ।
यसो सोचेँ! त्यो डेविड सरको दुई पेजको पोयम याद गर्न नि सकिरा'थिइन!
बेकारमा चुटाइ खाइने पिर थियो। यस्तो बेलामा हितेको प्लान त 'के खोज्छस्
कानो? आँखो!' भन्या जस्तो भयो आँफुलाई। हामी लागिम् दक्षिणतिर। अरु
स्कूल जाने साथीहरुले देख्लान भनेर हत्तपत्त टाइ खोलेर झोलामा हालिम् अनि
सर्टलाई बाहिर निकालेर अरु बाहिर हिन्ने मान्छे जस्तो भएर गल्ली गल्ली
हुँदै लागिम् तल भानुचोक तिर।
"हिन उ त्या पर त्यो रुद्र दाईको क्यारमबोर्ड पसलमा गएर हाम्रो झोला
राखुम" हितेले मलाई देशीलाइन तिर लग्यो। त्यहाँ गएर हितेले खोइ के के भनेर
त्यो दाईलाई हाम्रो झोलाहरु दियो अनि हामीहरु निस्किम् गणेश टाकिज तिर। १०
बजेको थियो, हलको मेन गेटपनि खुलेको थिएन। यसो बाहिर राखेको पोस्टर हेरेको
त पुरानो राज बब्बरको फिलिम लागेको रहेछ।
"ह्या! यो सिनेमा त के हेर्नु यार? फाइटै छैन" हितेले नराम्रो संग मुख बिगार्यो।
"अनि के गर्ने त त्यसो भए? जुम् स्कूल बरु! मलाई त टेन्सन भइसक्यो यार घरमा थाहा पायो भने त भरे चाँदे हान्छ सबले!"
"गोइस तँ अब स्कूल! घडी हेर्न कत्ति बजिसक्यो। अब त त्यसैपनि ढिलो आएको भनेर चुटान हान्छ त्यो घिमिरे सरले!"
"त्यसो भए के गर्ने त?" मलाई केहि आइडिया भएन अब के गर्ने भनेर!
"एकछिन पर्खी!" भन्दै हिते यसो छेउछाउको घुम्ती पसलको भित्ताहरुमा
टाँसेको फिलिमको पोस्टर हेर्न थाल्यो। अनि मलाई हेर्दै भन्यो, "ओइ तैँले
मैने प्यार किया हेरिस?"
"अँ हेरिसकेको नि भिडियोमा उहिले नै!"
"त्यो भिडियोमा त सब रिल काटेको हुन्छ बुजिस! हलमा हेर्न मज्जा आउँछ"
"खोइ त कुन हलमा लागेको छ? माथ्लो हलमा त लागेको छैन"
"इटहरी जुम्!" हितेले मलाई हेर्दै भन्यो!
"ओइ! के भन्छ यार? लु म चाँहि जान्न इटहरी! मार्छ घरमा!"
"कस्ले थाहा पाउँछ हौ!!" हितेले मलाई उक्साउन थाल्यो।
"सुन हिते! यस्तो चाँहि गर्नु हुन्न के! इटहरी जाँदा जाँदै कसैले देख्यो भने के गर्छस्?"
"कसैले देख्दैन क्या! हिन् त्यो सेन्डिकेटमा जुम् अनि बिराटनगर जाने
गाडीमा चढुम्! म सङ भाँडाको लागी पैसा छ" हितेले मलाई तानेर लग्यो।
हामी चडिम गाडीमा अनि लास्ट सिटमा बसिम्। गाडी हिन्यो, मेरो मन फुलेर
आयो। हिते झ्यालतिर बसेर बाटोको पसलहरु हेर्दै रमाइलो गर्न थाल्यो। हामी
इटहरी पुगिम अनि तल बिराटनगर लाइनमा भाको सिनेमा हलमा गएर रि-बाल्कोनीको
दुइटा टिकट किनेर मैने प्यार किया हेरिम्। खुब रमाइलो भयो। हाफ्टेनमा
पापड, चटपटे खाएम्। कोक खाने पैसा चाँहि थिएन। फिलिम् सक्कियो अनि
हत्तपत्त निस्केर दौडिम धरान जाने बस स्ट्यान्डमा। यसो हेरेको बुढासुब्बा
गाडी लागिरहेको रैछ। हामी फेरि लास्ट सिटमा बसेर धरानतिर लागेम्।
"ओइ ला--!!! तलाइँ थाहा छ?" हितेले मलाई कानमा आएर भन्यो।
"के?" मेरो मन झसङ भएर आयो।
"यो गाडीको चेकिन त सन्तेको बाउ पो हो त"
"को सन्ते?"
"त्यो सन्ते क्या! हामी सङ फुटबल खेल्न आउँछ नि"
"ला--!! अब के गर्ने? सुड्डाले देख्यो भने त घरमा भन्दिन्छ" मेरो मुटुले ठाउँ छोड्यो।
"लुकेर बस! थाहा पाउँदैन होला!" हितेले मलाई सम्झाउन थाल्यो।
हामी सन्तेको बाउको आँखामा नपर्ने गरेर बस्यौँ। सन्तेको बाउ अगाडीको
प्यासेन्जरको पैसा चेक गर्दै गरेको हामीले देखिरहेको थिम्। ठ्याक्क तरहरा
आइपुग्यो।
"सुन्! अहिले यहिँ उत्रिम् अनि अर्को गाडीमा जानुपर्छ" भनेर हितेले
मलाई तानेर उतार्यो तरहरामा। खलासीलाई त्यहाँ सम्मको कन्सेसन् भाँडा दिएर
हामी निस्किम्।
"अब कुन गाडीमा जाने नि?" मलाई कत्तिबेला घर पुगेर आनन्द संग बसुम भा'थियो।
"अब धरान बिराटनगरको गाडीमा नजाने। पुर्वतिरको गाडीमा पनि चिनेको
मान्छेहरु हुन सक्छ बुझिस, पश्चिमतिरबाट आ'को गाडीमा जानुपर्छ, सब
मधिसेहरु हुन्छ त्यत्ति चिनेको हुदैन।" हितेले आइडिया निकाल्यो।
म नि ढुक्क भएर बसेँ। एक दुइ वटा गाडीहरु गइसकेपछि पश्चिमको गाडी आयो।
बल्ल तल्ल गरेर हामी अगाडीको ढोकाबाट छिरिम्। भित्र घुस्दै घुस्दै गाइम्।
हितेले मलाई हेर्यो मख्ख पर्दै। मलाई नि मन शान्त भयो। लामो साँस फेरे।
त्यत्तिकै मा हितेले मलाई च्याप्प समातेर, "ओइ पछाडी नहेर!!!" भन्यो।
"किन?" मुटुको रफ्तार बढ्यो मेरो।
"घिमिरे सर!"
"ला--!!"
"हिन हिन अगाडी क्याबिनमा जुम!"
हामी लुसुक्क अगाडी गइम्। कन्डेक्टर आयो, अरु सबैको पैसा माग्यो,
हाम्रो मागेन। हितेले मलाई हेर्यो अनि इशाराले पैसा नमागेकोमा खुसि भए
जस्तो गर्यो।
बल्ल बल्ल घर पुगियो। घरमा सबै नर्मल देखेर खुसि लाग्यो। "आज चाँहि ज्यान बच्यो!" भनेर दङ परेर सुतियो।
भोलीपल्ट उहि पहिले जस्तै गरेर स्कूल गइयो। १० बजे स्कूलको घन्टी लागेर
एसेम्ब्लीमा बसियो अनि क्लास तिर जादैथिम्, ठ्याक्क घिमिरे सरले हामीलाई
लाइन बाट बाहिर निकाल्नुभयो।
"तिमीहरु हिजो स्कूल किन नआएका?"
"सर मलाई सन्चो थिएन" दुबैले एकै स्वरमा भन्यौँ।
"ए! त्यो तरहरा देखि धरान सम्मको भाँडा कस्ले तिर्यो जस्तो लाग्छ
तिमेरुलाई?" भनेर घिमिरे सरले भन्दा पो हामी ट्वाँ-- पर्यौँ। घिमिरे सर
स्कूलको कामले इनरुवा (सदरमुकाम) पुगेर आएका रहेछन्। उनैले हाम्रो भाँडा
तिर्देका रहेछन्।
दुइ घन्टा सम्म बाहिर घाममा कान समातेर बसियो अनि १२ बजेतिर घरबाट
गार्जेनलाई बोलाको रैछ। बा आमाको दह्रो नि भेटियो। टिफिनपछि डेविड सरले
फेरि त्यो पोयम सोधिहाले, भन्न सकिएन क्यारे! हातमा पाँच पाँच स्वाँट
पर्दा हिजो गरेको सबै मज्जा एकैचोटी निक्ल्यो!!
बेलुका स्कूलबाट घर जाँदै गर्दा रातो हात सुमसुम्याउदै मैले भने,
"ह्या--!! बरु त्यो सन्तेको बाउले मात्र देखेको भए त घरमा मात्र थाहा
हुन्थ्यो! बेकारमा घिमिरे सरले देखेर स्कूलमा सबको अगाडी बिल्ला भयो!"
"तर बुझिस् धन्न हाम्रो तरहरा देखिन् धरान सम्मको भाँडा बच्यो नि, त्यो पैसा अर्को पल्टलाई काम लाग्छ!" हितेको दिमाग अन्तै तिर थियो!
**************
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे के छ बन्धु, कुन गाना हो आज? Thanks Spring, अनी कस्तो चल्दै छ हो हाम्रो? sorry hai, that above post was not meant to you hehehe
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-05-08 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के ले पनि सबै खाने टाईम मा चौतारी खनेर धेरै राम्रो गर्यो। पातकिहरु कती हसुर्न सकेको, नाच्देउ झिल्के नाच्देउ, टाउको मा लठ्ठी भाँच्देउ, भाँच्देउ, भाँच्देउ, भाँच्देउ
बसन्ती लाई पनि व्हाट'स अप।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 05-05-08 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के धेरै धेरै स्वागत छ। चौतारीको रौनक नै बढ्यो अब।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-05-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम नयाँ चौतारी! झिल्के नि झुल्के छ, बधाई छ, धमाकेदार रि-इन्ट्री को लागि।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज सबै आमाको नाममा यो मनै छुने गीत...... मै कभी बत्लाता नही पर अन्धेरेसे डरता हुँ मै माँ तुझे सब है पता, मेरी माँ From TAARE ZAMEEN PAR.....(The only movie that made cry)
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 05-05-08 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाउचा के छ? फोन इन कार्जेक्रम कस्तो चल्दै छ?
मेरो पुर्ब चौतारीको post नि यतै राख्नु पर्यो अब।
ओ हो कस्तो भिड भाको। हाम्ले त एक् अर्को चौतारी मित्रसङ साक्षात्कार हुने मौका नि पायौं। क्या नाम डिस्टप गरि सलुट नि गरेम। पून्ते दाइ को दोहोरि अनि नाच नि हेरेम। एक् किलिन्दर नि किनेम। ओ हो कत्ति धेरै काम गरिएछ यो विकेन्डमा त।
ल सबैलाइ नमस्कार गरें है, भरे तिर भेटुंला। रमाइलो गर्दै गरम।
जांदा जांदै......... "तुम आ गए हो, नूर आ गया हे" झिल्के मा समर्पित।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-05-08 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते ! नमस्ते !! नमस्ते !!! झिल्केको री-एन्ट्री ! वाउ बधाई छ !
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ र भाउजुलाई धेरै धेरै धन्यवाद, के हो दाई आज्काल त मम बनाउन छोडेर IPL भन्ने चीज मात्र हेर्नुहुन्छ रे नि हा हा हा, अनी भाउजु बारा चटामरी त खानु पर्ने हो तर खै कहिले हो कहिले
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-05-08 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चौतारीको धागो पनि साह्रै झुक्याउने भयो। जताततै देख्छु म त।
लहरे, बसन्ती, रिट्ठे, राहुलदाइ अनी भाउजु नमस्कार है।
amazing, साथी तिमीलाई कस्ले माया मार भनेको छ र? ल त्यस्तो निस्ठुरी हुनु हुँदैन है।
Last edited: 05-May-08 11:48 AM
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे शान, क्या हो रहा है मेरी जान? भाउजु, what a song..........just loving it...........Thanks a looooooooooooooooooooooooot
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-05-08 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"हा हा हा हा हा यहाँ पर आनेका रस्ता है, पर जानेका नहीं है" भन्थे नि पुराना हिन्दी फिलिममा भिलेनहरुले ! झिलकेलाई नि तेस्तै परेजस्तो छ!!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 05-05-08 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्ले लाई सोमबारे जदौ। झिल्के गाउ फर्केको सुनेर खुसी लाग्यो। दिपु, रिट्ठे, नेप्ची दिदी, ठुल्दाइ, लहरे अनी बसन्ती दिदी सबै लाई नमस्ते।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-05-08 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो म त महा बोर्ड फर्स्ट भएछु, मेरो एन्त्री त चौतारी को टाउको मा पो पुग्यो गाँठे
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-05-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए अस्ती सम्म त साझा लाई बिदाइ भन्दै फलाक्दै हिड्या थ्यो कां सम्म पुगेर फर्क्योउ ए झिल्के, जे होस् 'वेल्कम ब्याक' अनी मज्जाको लच्क्या चौतारी को हाङो हालेछौ। अनी ओर, पर, छेउ, छाउ, कुना, काप्चां, तल, माथि बस्ने सप्पै गाउले हरु लाई यो बिस्टे को तारेमाम।
Last edited: 05-May-08 12:17 PM
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-05-08 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सक्कली चौतारी कुन चाँही हो ? आफु चाँही उता कुरया कुरै । कि नयाँ चौतारी जाने बाटो देखाउनु पर्थ्यो ...
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-05-08 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मैले नि सबैलाई फश राउन्ढको ठोके है। झिल्के वेलकम ब्याक।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
Travel Document for TPS (approved) |
All the Qatar ailines from Nepal canceled to USA |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|