[Show all top banners]

nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

Geology Tiger

ThahaChaena

shirish
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रहस्य

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 19377 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-06-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

यस् कथाका बिसयबस्तु, घटनाक्रम, तथा पात्रहरु सबै काल्पनीक हुन। कसैको वास्तविक जीवनसँग मेल खाएमा केबल सँयोग मात्र हुने छ।

रहस्य

 

:१५ भएछ, घर जाने बेला भयो। घर पनि के भन्नु खै? ७०, ७५ को  speed मा  हुइँकिएर पुग्यो तर त्यहाँ उही सुन्यपन। highway मा आँधी झैं उढेको जीवन apartment मा पुग्ने बित्तिकै टक्क रोकिन्छ। मैले यो शहरलाई अझै मन पराउन सकिन। आएको पनि त ४ महिना भइ सक्यो। पूर्ण एक्लो बनाइदिएको छ यस्ले मलाई। पुराना साथीहरु असाध्य खडकिन्छन। मान्छे पनि त त्यस्तै छु म, झट्ट साथी बनाइहाल्न नसक्ने। तर एक चोटि बनाएपछी जीवनभर का लागि हुन्छन। तर यो fast life मा कस्ले मेरो मित्रतालाई पर्खिरहने? सबै आफ्नना गन्तब्यतिर लागिरहेका छन अनी म चै बाटो हराएको यात्री भएको छु।


"यो अमेरिका मा एउटा boyfriend त हुनैपर्छ  बुझीस। धेरै support हुन्छ।" सुस्मा ले एक साँझ भनेको कुरा सम्झीरहन्छु। उस्ले फेरी सोधेकी थी " दीप्ती साँचै भन त तँलाई अहिलेसम्म कोही मन परेको छैन? तँलाई त धेरैले मन पराए होलान नि। ३२ मा ३२ लक्छ्यन छन तँ सँग। बुझिस म केटा भइ दिएको भए त तँसङै घरजम गर्थें।" This is America darling कि गर्छेस त मसँग घरजम" मैले जिस्क्याएँ। " अँ निरजले धोका दियो भने गर्नु पर्ला" उ पनि जिस्की।


मलाई सुस्माको साथ न्यायो लाग्छ। मनमा केही कुरा लुकाउँदिन। तर मैले भने त्यो दिन पनि आफ्नो कथा उस्लाई सुनाउन सकिन। उ जस्तो खुला किताब कहाँ हो र म? म त कपटी छु। आफ्नना हरेक कुराहरुलाई मनको सन्दूकमा चाबी लगाएर राक्छु। साथीहरुले पनि पहिले भन्थे " केटी मान्छेको रुद्रघन्टी हुँदैन भन्थे तर यो दीप्तिको त ३, ४ वटा छ कि के हो, खै तेरो घाँटी देखा त" भनेर। म सधैं "मेरो रुद्रघन्टी पेटमा छ" भन्थें। कती रमाइला थिए ति दिनहरु।  १६, १७ बर्षको उमेरको उमङ, उस्का मायालु हेराइमा बढ्ने ढुकढुकी अनी रङीन संसारमा हराइरहने मन। किन हामीलाई बर्तमान को महत्व अतित भए पछी मात्र थाहा हुन्छ?


" कस्तो decent छ यार सुमन" +२ पढ्दा हाम्रो classको केटीहरुको लागि hot topic थियो सुमन। उनिहरु सुमन मेरो र तेरो भनेर झगडा गरीरहन्थे म मनमनै हाँसेर सुनिरहन्थें। हाम्रो सम्बन्धको बारेमा कसैलाई थाहा थिएन। होइन मेरो दादालाई थाहा थियो। त्यसैले त जिस्काइरहनुहुन्थो "काली पनि ठुलि भइछे अब" भनेर। +२ सकेर उ बाङ्लादेशमा एमबिबिएस गर्न जाने भयो म नेपालमा नै पढ्ने भएँ। उ बाङ्लादेश जानु भन्दा अघिल्लो रात थियो त्यो दादा माथिबाट कराउनु भयो "काली तेरो सुमनको फोन आयो" भनेर। तेस्रो पटक फोन गरेको थियो उस्ले, त्यो दिन हामी छुट्टीएपछी। मन दुखी थियो, आँखामा आँसुहरु पनि टल्पलाएका थिए। उ पनि चिन्तित थियो। तर पनि सुनौला दिनहरु आउनेछन भनेर हामी छुट्टीएका थियौं। ८ बर्ष भइ सकेछ तर त्यो बेला कल्पेका सुनौला दिनहरु  फेरी फर्केनन। केवल स्‍मृतिमात्र बाँकी रहे।


उ गएको ३, ४ महिनासम्म चिट्ठी र फोनमा हाम्रो कुराकानी भइरहन्थ्यो। २ महिना पछी गर्मी बिदामा आउँछु भन्थ्यो। त्यस पछी धेरै दिनसम्म न फोन आयो न त चिट्ठी नै। सुरुमा त busy भयो होला भनेर खासै वास्ता गरिन तर पछी पिर लाग्न थाल्यो।  उस्को होस्टलमा फोन गरे उसङै गएको साथीले receive गर्‍यो। मैले "सुमन खोइ" भनेर सोधें। "दीप्ती सुमन त १५,२० दिन देखी हराइ राखेको छ। पुलिसमा रिपोर्ट गरेको छ तर अहिलेसम्म केही पत्ता लागेको छैन। त्यो दिन town जानु छ भनेर गएको थियो तर फर्किंदै फर्किएन। उस्को दाई पनि यही आउनु भएको छ तर केही थाहा भएको छैन" उस्ले दुखी भएर सुनायो। पहिले त विश्वाश नै लागेन। किन joke गरेको जस्तो लाग्यो। उस्को घरमा फोन गरेर सोधें। उस्को ममिले रुँदै सबै कुरा भन्नु भयो।


कसरी हराउन सक्छ र उ, बच्चा हो र हराउनलाई? तर उस्को केही पत्तो नै लागेन। सबैले उ मारीएको निस्कर्स निकाले तर उस्को शब पनि कतै भेटिएन। मैले उस्को मृत्‍यु स्विकार्न सकिन। कसरी स्विकारौं म उस्को मृत्‍यु? मृत्‍यु भनेको त आत्मा बिनाको सरीर हो तर उस्को त न आत्मा छ न त सरीर नै। शायद हराउनु भनेको त्यही हो। यो त मृत्‍यु भन्दा पनि भयन्कर रहेछ। मृत्‍यु त एउटा अन्त्य हो र हरेक अन्त्यसङै एउटा नयाँ सुरुवात हुन्छ। तर म न तिमी मर्यौ भनेर अगाडि बढ्न सक्छु न त एक दिन आउने छौ भनेर प्रतिक्षा। मृत्‍युले त आफ्नो अस्थित्व निर्जीव शरीर छोडेर प्रमाणीत गर्छ तर हराउनु कुनै प्रमाणिकता नभएको भोगाइ रहेछ।  जीवन र मृत्‍यु मात्र २ सत्य रहेनरहेछन। हराउनु तेस्रो सत्य रहेछ। एउटा बिचित्रको अवस्था, एउटा घिड घिडो।


walmart तिर वा जहाँ काही म missing भनेर टाँसिएका फोटोहरु देख्छु ति सबै अनुहारहरु प्रश्न चिन्ह जस्ता लाग्छन। हरेक मृत्‍युलाई मान्छेहरुले आ आफ्नो दर्जा अनुसारको भाग लागाउँछन् अनी आफ्नो भाग अनुसार शोक प्रकट गर्छन् तर एउटी आमले छोरो हराउनु, प्रेमिकाले प्रेमी हराउनु, पतिले पत्नी हराउनु वा छोरीले बाउ हराउनुमा केही फरक छैन। त्यहाँ हरेका लागि केवल एउटा रहस्य हुन्छ। एक अनुतरित प्रश्न। मलाई " त्यस्तो पनि हुन्छ?' "साँच्चै हो र?" जस्ता थप प्रश्नहरु मन पर्दैनन त्यसैले त यी सब कुराहरु लुकाएर राक्छु। मरेका मान्छे स्वर्ग वा नर्क जान्छन अरे तर हराएका मान्छे कहाँ जाँदा हुन? मरेर गएका मान्छेहरुले हामीहरुलाई हेरिरहेका हुन्छन अरे। के हराएका मान्छेले पनि देक्छन होला? सुमन यदी तिमीले मलाई देख्न सुन्न सक्छौ भने एउटा बिन्ती छ। तिमीले लगेको मेरो मन तिमीसङै हराएको छ। मलाई त्यो मन फिर्ता पठाइदेउ। म त्यो मन कहिल्यै नहराउने वाचा गर्ने मान्छेलाई दिन चाहन्छु।


अस्तु

Last edited: 06-Nov-08 03:15 PM

 
सान्नानी
Posted on 11-06-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gajjab chha nakkali_keti. kahile nasocheko kura afnai manchhe missing huda kasto hunchha bhanera.

You are gifted writer. aru pani padhna paiyos.


 
Posted on 11-06-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it sure is touching....face the truth though...kasaiko lagi dhadkeko mutulai chatta chudera arkailai dina sakye kati ramailo hunthyo hai......good luck with ur life...........................
 
Posted on 11-06-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks for ur nice words sannani

prado-aakash ji sorry for making it confusing but this is an imaginary story not true story of my life.

 
Posted on 11-06-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank god i read you last comment ... i was going to write you personally ... some words ... tara the story is not real so just want to say that tyesto kura mero satru lai pani nahoos ...

nakkali the story was simply the best ...

 
Posted on 11-06-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली,

 मैले हजुरको लेख्या  यो भन्दा पहिले नदेखेकि रहिछु कि ?! प्रितीले त gifted  writer लेखेको देखेर  मैले हजुरको कहानी पढे नि। हो रहेछ  साच्चै! मुटु धुजा धुजा गराउने नै रहेछ।  अनि कहा गएको होलान है सुमन ?:(

 

 


 
Posted on 11-06-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो प्रस्तुती। आफुलाई माया गर्ने हराउँदा भन्दा आफुले माया गर्ने हराउँदा मन धेरै निचोरीने रहेछ। स्वार्थ भनेको त्यस्तै होला।

 

************

"तिमीले लगेको मेरो मन तिमीसङै हराएको छ। मलाई त्यो मन फिर्ता पठाइदेउ। म त्यो मन कहिल्यै नहराउने वाचा गर्ने मान्छेलाई दिन चाहन्छु।"

ल सुमन प्रभो, छिटो गर्नु पर्यो। म यता हाताँ कुश र पानी लिएर पर्खि रा छु--- कहिल्यै नहराउने बाचा गर्न के -- म त हराउँदै हराउँदिन -- हो भन्या बिद्यानस!


 


 
Posted on 11-06-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'म यता हाताँ कुश र पानी लिएर पर्खि रा छु'--  

 किन नि कुश पानी ले'र बस्नुभा ? नहराउँने रे फेरि--कुरो मिलेन है  


 
Posted on 11-06-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep यहाँ त सुमन पनि imaginary परे दीप्ती पनि imaginary परिन। बरु ति ढुङे धारामा नुहाउन गकालाई ताकिराखे केही फलिफाप होला कि?
 
Posted on 11-06-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुमन काल्पनिक भएर त राम्रै गर्या हो केटाले--- दीप्तीको नाम दीप्ती नहोला तर उ त काल्पनिक हैन -- पात्र काल्पनिक भए पनि पात्रको प्रतिनिधी काल्पनिक हैन -- मैले बाचा गर्न खोजेको त्यै प्रतिनिधी सँग हो नी त --खै कुरा बुझ्या? त्यै भएर म त ढुङ्गेधारा तिर नजाने --
 
Posted on 11-06-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss me रहेछ नाम त्यसैले मैले comment गर्न छुटाको ।  भन्या कुरा मन्नै पर्‍यो नि होइन?  सुमन कल्पनामा उदाएका थिए कल्पनामै अस्ताए । I am glad that my words touched your heart. Thanks for comments.

 
Posted on 11-06-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

nakkali ji,

Storyline is very good. Keep writing.

tapai ko bastabik katha ta hoina hola, nahos bhanne kamana gardachhu!!


 
Posted on 11-06-08 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

केटी तिम्रो 'बेश्याको डायरी' पछी आएको 'रहस्य' पनि उत्तिकै सशक्त लेखनसैलि बोकेर आएको रहेछ। तिम्रो कथासँगै सलल बगी रहदाँ जब तिम्रो अस्तु भन्ने शब्द मेरो अगाडि तेर्स्यो तब पो म झसँग भए। किन तिमी कथा माथि यति निर्मम भएको? कथा टुङिएकै हो त?   

 


 
Posted on 11-06-08 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली केटी
सत्यता को कुरा गर्ने हो भने, सत्य एउटै मात्रै हुन्छ अनी त्यो हो मृत्‍यु ।
तेसो भय प्रश्न आउछ अनी हराउनु के त? त्यो सत्य होइन, मान्छे हराउदैन । सम्झना हराउदैन, एकपटक आफ्नो मन लाई सोध त, तिमी सुमन लाई अैले पनि कती महसुश गर्न सक्छौ । त्यो हो सम्झना, त्यो हो आत्मियता, त्यो हो हरायको । अझै सोझो अर्थ मा भन्ने हो भने, त्यो हो आल्मिलिएको । सुमन हरायको होइन बाटो बिर्सेंयको मात्रै हो । अनी सुमन अल्मलियको ठाउँ तिम्रो हरक श्वास हो अनी तिम्रो धद्कन हो । एक्चोटएे आँफै लाई सोध अनी आँखा चिम्लियर अनुभव गर त सुमन तिम्रो साथ् म छ, हरक धद्कन मा छ । सुमन हरयको होइन अली अली बाटो बिर्सेंयको मात्रै हो । अनी अर्को कुर|, तिम्रो मन पनि हरायको होइन सुमन लाई साथ् दियको मात्रै हो, तिमी तेती माया गर्ने सुमन लाई कसरी एक्लै छोड्न सक्छौ । तेती माया गर्ने सुनम लाई तिम्रो साथ् बाट आलग राखन सक्छौ,  तेसैले मेरो पनि बिन्ती छ, नक्कली केटी, सुमन सँग तिम्रो नाम फिर्ता नमाग, तिम्रो मन लाई सुमन सँगइ रमाउन दिउ, त्यो सत्य हो, हराउनु सत्य होइन, हराएपछी भेटइदैन, तर तिमी त उस्लाई हरक पल म भेत्छौ, तेसैल फेरी पनि बिन्दी, तिम्रो त्यो साथ लाई फिर्त नमाग।


 
Posted on 11-07-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

prsthapit

साँचै यस्तो कुरा कसैलाई पनि नपरोस, कल्पना गर्दा सेमत उकुस मुकुस हुन्छ।

 

Deep

कथाका केही अन्श प्रतिनिधि पक्कै पनि वास्तबिक हुन। तर हराउने सुमन काल्पनिक भए पनि सधैं साथ हौसला दिने अरु कोही पर्दा पछाडि नै भए पनि वास्तबिक हुन सक्छ। सबै कुरा भनेर बुझिदैनन अनी केही कुरा बुझेर भनिदैनन होइन?

 

Cheli

Thanks for liking the story. मेरो जीवनको कथा होइन यो। वास्तबमा धेरै भाग्यमानी छु।

केवल कल्पनाका तन्तुहरुलाई जोडेर एउटा आकर दिने प्रयास मात्र हो।

 

Geology Tiger

'बेश्याको डायरी' मा मैले पाठकहरु माथि धेरै अन्याय गरेको छु। त्यसैले छोटो कथा लेख्न खोजेको हो। मेरो प्रयासलाई ससक्त भनिदिनु भयो धन्य भए।

 

The Invisible Star

हुन आफ्नना बिचार  हुन तर लाई मृत्यु मात्र सत्य हो जस्तो लागदैन। मेरोलागी मृत्यु भन्दा ठुलो सत्य जीवन हो। जीवन नै नभए मृत्यु कहाँ हुन्छ र? हराउनु अन्त्य होइन यो केवल अनिस्चितता हो। अन्तवगोत्वा हराएको मान्छेले पनि कि जीवन पाउछ कि मृत्‍यु। यहाँ मैले हराएको मान्छेको मनस्थिती भन्दा पनि हराउने मान्छेको भावना चित्रित गर्ने सानो प्रयास गरेको हुँ। सत प्रतिसत सफल पक्कै पनि छैन। तर के मृत्‍यु भएका मान्छेहरुको सम्झना र आत्मियता हराउँछ र?


 
Posted on 11-07-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो - गज्जब। अझै लेख्दै गर्नु होला
 
Posted on 11-07-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली केटी मैले त माने तपाईंलाई। मैले पनि हराएका मान्छेका फोटोहरु कत्ती देखेको छु but I never even feel  to glance back. आफुलाई नै परेको जस्तो गरी कत्ती सजिलै ब्यक्त गर्न सक्नु हुन्छ तपाईं यस्ता पिडाहरु। U r unique and u r awesome.


 
Posted on 11-07-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Really a touching story. I'm always waiting for your post Nakkali keti ji. The way you present the story is really really amazing. Lekhdai garnu hola.
 
Posted on 11-07-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very heart-warming story. Great job!
 
Posted on 11-07-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very nice, Nakkali-keti. Thanks for the story, full of heart touching feelings and moments. Whether it's a real or imaginary story, which you know that better, the feelings are realistic. And, briging real feelings through words, of course, is an art, a gift which everyone does not have. All the best.
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters