“ओहो, त्यो त अमेरिकामा छ रे ! कति सुखमये जिन्दगी तेस्को, त्यस्तो जिन्दगी पो जिन्दगी” । यो प्राय नेपालीको मस्तिस्कमा हुने एउटा भ्रम हो। त्यहाँ गएर सुख पाउने आसमा सबै जना अमेरिका आउन खोज्छन। भिसा नपाए त जहाजै डुब्ने जस्तो गर्छन्। अब मेरै कुरा गरुम न, कती आनन्दको जिन्दगीको थियो, आफ्नै काम थियो, आफ्नो खर्च आँफै पुर्याउथे। डिग्री हासिल त मैले नेपालमै पनि गर्न सक्थेनी तर सबै जना गैसके, म पनि जाम्नत भन्ने सोचले मैले पनि अमेरिका पढ्न जान प्रयास गरे र अमेरिका को भिसा पनि पाईहाले । कती सपना सजाएर अमेरिका आए । जब अमेरिकाको एअरपोर्टमा ओर्लेर, आफ्नो दुई बर्ष सम्म बिछोडिएको दाईलाई भेट्न पाँए, हर्सले शायद मेरो खुट्टा भुइमै थिएन। ओहो अमेरिका कस्तो होला भन्ने उमङ थियो, ममा त्यस बेला। म पढ्ने कलेज भएको ठाउ, सेन्ट क्लाउड, त गाउ गाउ जस्तो रहेछ, साहेद मैले नेपाल मा यस्तो होला भनेर कल्पना सम्म पनि गरेको थिईन।




एकहप्ता त रमाईलै भयो । फेरी क्रेडिट , जिपिए, प्लेसमेन्ट जस्ता शैक्षिक सब्दावली बुझ्न कती समय लाग्यो। पहिलो सेमेस्टरलाई त सबैले खर्च लेएर आएको हुन्छ, खासै चिन्ता त्यति नहुने। नेपालमा हुदा सबैले अमेरिकामा त पैसाकै बोट हन्छ जस्तो सोचेका हुन्छन् सबैले, तर यहा त आफ्नो हड्डी नघोटी कहाँ पैसा बर्सिदो रहेछ र ? यहाँ आएर दु:ख हुन्छ भन्दापनि नेपालमा बसेका हाम्रा साथी सङ्गीहरुले कहाँ बुझ्छन र ! बरु उल्टो आँफु गैहाल्यो, अनी अरुलाई नआइज भन्छ भन्ने तिखो बाड्ले प्रहार गर्छन्।


आफ्नो आमाबाबु, मात्रीभुमी बाट टाढा बस्नु परेको छ तर पनि किन बुझ्दैनन् , हाम्रा साथीहरु। आफुलाई दिक्क लागेको बेला गफ गर्न मन लागेर फोन गर्‍यो, तलाई त मोज छ है भन्छन । यस्तो सुन्दा सुन्दा मेरा यि कान हरु थाकिसके अब, आउनु आइसके, झन उनीहरुले उल्टो मलाई सम्झाईदिए हुन्थ्यो जस्तो लाग्छ, मेरो दु:खमा साथ दिए हुन्थ्यो जस्तो लाग्छ तर केवल आश मात्रै………. नौलो संसारमा बस्यो, साथीभाईलाई सम्झियो, आमाबाबुलाई भेट्ने आसमा तड्पीयो। के एही हो त अमेरिका को, हामीले यहाँ आउनु अगी सोचेको जिन्दगी ? छताछुल्ल प्रश्न पोख्न मन लाग्छ। बेस्तताले गर्दा साथी भाईलाई फोन गर्न नसक्दा, उनिहरु भन्न थाल्छन् ,अब तलाई अमेरिकाको हावाले छोयो, परिवर्तन भईस, हामीलाई बिर्सिस होइन त ! के फोन न गर्दैमा मा बिर्सेंको हुन्छ र? मलाई त लाग्छ उनिहरुको हामीप्रतीको सोचाइमै परिबर्तन भएको हो। नत्रत हामीले तिखो बचन सहनु पर्ने थिएन होलानी। झन मेरो बोस्टोनको यात्रामा त मैले प्रतक्ष्य आँखाबाट निहाल्न पाए। हामी जस्ता भर्खरका युबा युबती डिग्री हासिल गर्ने सपना बोकेर आएका, अनी आफ्नै रहर भनुम या बाध्यताले पढाई छाडेर काम गरी बसेका। सबै को आफ्नै आफ्नै समस्या छन्। डि.भी परेकाहरुको कुरा गरुम न, प्राय जस्तो पसलमा अनी रेस्टुराँमा काम गर्दा रहेछन्। उनिहरुले त झन पढ्ननै सुरु गरेका छैनन। पढाई त पूर्ण बिराम नै छ, उनिहरु धेरै जसोको। के सधैं यत्तिकै हुन्छ त ? हुन त सबै को आफ्नै आफ्नै सोच हो तर मलाई लाग्छ अहिले पढाईलाई प्राथमिकता दिनु उचित हुन्छ, पढाई सकेर काम गर्नु नै आफ्नो भावी जिन्दगी झन सरल सुखमय बनाउनु हो। तपाईं लाई कस्तो लाग्छ ?


Source : http://www.sapanasansar.com