[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अदितिको साथी

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 41641 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 02-04-11 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

 “मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन ।” अदितिसँगको मेरो पहिले गुनासो यहि थियो । आज म हजार कोशिस गर्दछु, तर अँह त्यो जस्तो निश्चल मन दुखाई गर्न सक्दिन । त्यस्तो मीठो उजुरी उठ्दैन । भोगाइका एउटा होला, पात्र एउटा होला, घडि एउटा होला तर यहाँ भाव सापेक्षिक हुदाँ रहेछन् । अभ्यस्थ भोगाइका भावना ब्यवसायिक भईदिँदा रहेछन । घटिमा मेरा लागि ।

उ बायोलोजी ग्रुपमा रहिनछे । मोरो अंग्रेजीको क्लास सँगै भएर मनमा निकै घिउ पोखिसकेको थिए । पहिलो मन पराइ, पहिलो माया डरलाग्दो हुन्छ । रन्कोमा कसो म फिजिक्स ग्रुपमा सरुवा भइन । हुन त नगएर पनि लछारपाटो केहि लागेन । ‘बायोलोजी’ पढ्ने सबै डाक्टर कहाँ भएदिदाँ रहेछन र । एक हेराइ मनग्गे थियो, अदिति मन परिन् । माया लागे जस्तो भयो । शुरुमा English class  मात्र थियो । बिस्तारै ल्याब रिपोर्ट, physics tuition, क्यान्टिनका खाजाले मेरो मायाका डोरा बाट्दै गए । झन हेर्यो झन माया लाग्ने । अल्लारे बैंश अनि बैंशको सपना, म निकै पुलकित थिए ।

टोलाएको हेराइ र ओल्सिएको बोलाइले मात्रै मायालुका मनमा माया प्रसारित हुने भए संसार अर्कै हुन्थ्यो होला । यहाँ ब्यक्त नभएका माया कतिले नै पो बुझ्दछन र! संसार किन पो सजिलो भएदिन्थ्यो । २० भन्दा अगाडि कोहि मन पराउनु, मन पर्यो भनेर भन्नु, केहि प्रयास पछि जवाफ पाउनु एउटा मेलो । तर मनपरेकि केटीलाइ आफ्ना धेरै जसो साथीभाइले मन पराउनु, दुइ-चार ले चाँहि उहि सामु गएर भनि टोपल्नु अनि त्यस्ता मायाका अनेक प्रस्ताव खाएर थेत्तरी भएकि केटीलाई आफ्नो बनाउनु चाँहि ठाडो भिर जोत्नु भन्दा गाह्रो । तर बैशंको आँट नै बेग्लै, माया बेग्लै अनि मायाका कसरत बेग्लै । म बिना प्रयास हार किन पो स्वीकार्थे !

मैले निकै तयारी गरे । पहिले माया हार्ने आँट कसको हुन्छ र! अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाँडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो । म माया जित्ने दौडमा थिए, निकै ब्यस्त थिए ।

दिन आयो, मौका आयो । अदितिका नजानिदा इशाराले हौसला दिए । मैले आँट जुटाँए । तपशिल काटेर भन्दा उनले लजाएर स्वीकारिन् । म पास भए ।

मायाको स्वीकारोक्ति बढो अफ्ठेरो अनुभव थियो । एकोहोरो पिरोलिएको अल्लारेलाई मायाले हुन्छ भनिदिदाँ नचाहिंदो हलुंग्गो भयो । न आकाश, न धर्ति केवल मायाको स्वीकारोक्ति मात्र बाँकि हुँदो रहेछ । एउटा असहज निर्वाण पाए मैले । तर त्यो अनुभव क्षणिक मात्र ।  पलभरमै बर्षिने अनेक जिम्मेवारी थिचेर जस्ताको त्यस्तै । आखिरमा बच्ने सावाँको संघर्ष ।

अदितिले स्वीकारेपछि मेरो रुटिन फेरियो । अनि मायाका नियमित भेट, कलेजका हिंडाइ, छड्के हेराइ, मस्केका ठुस्काइ, लबस्तरो हाँसो, के-के हो के-के । त्यो समय त के बित्यो बित्यो । क्या जीवन बित्यो ।

मोरो आई एस्सी, सकियो । उनि फिजिक्स ग्रुप, ‘प्रोग्रेस’ तिर लागिन् । आफू ‘नेम’ धाइयो । भेटघाट केहि कम भयो, स्वभाविक थियो । एन्ट्रान्स कोचिङ्गका दिन चल्दै गए । फुर्सद अनुसार अदितिसँग भेट हुन्थ्यो । बाँकि संसार ‘नेम’ मै आउँथ्यो । समय चलेकै थियो । केहि महिना पछि कोचिङ्ग सकियो । उनले इन्जिनियरिङ्गको पढाइ थालिन ।

मेरो नाम महाराजगन्जमा निस्केन । बिपिमा पनि निस्केन । शिक्षा मन्त्रालयमा पनि पुछार तिर ।

‘इन्जिनियरिङ्गको पनि एन्ट्रान्स दिन पर्ने !’ घरमा पनि यहि राग, अदितिको पनि यहि राग । जोश थियो, आफूमा बिश्वास थियो । मैले पहिलो पटकमै किन हार मान्थे र । घुँडा जोतेर मेहनेत गरे । अदितिलाई कम भेटेर पनि एन्ट्रान्स तयारीमा लागें अनि दोस्रो पटक एन्ट्रान्स दिंए ।

अँह, यो पटक पनि नाम निस्केन । न महाराजगन्जमा, न बिपिमा । अनि इन्जिनियरिङ्गको राग फेरि शुरु ।

बैंशमा हजार तान बुनेर मायाको संघर्ष जित्नु एउटा कुरा । तर महाराजगन्जको एन्ट्रान्स मा २-२ चोटी पछारिएर बैक्लपिक पढाइ रोज्नु अर्कै कुरा । मेरो पीर दीप श्रेष्ठकै भाकामा सँग मिलेको थियो ।

उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग” ।

क्रमश:

meaninglessthinkings@somewhereondearth

 


 
Posted on 02-05-11 12:58 AM     [Snapshot: 70]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

दरो सुरुवात छ , लेख्दै जाम प्रभु ।

"अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाँडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो । म माया जित्ने दौडमा थिए, निकै ब्यस्त थिए । "

हा हा हा.... के मात्र गरिएन, उनीको दिदीलाई साथी बनाइयो, दाईलाई कृष्ण मन्दिर पछाडि कती छयाङ कती खुवाइयो खुवाइयो । तै पनि केही लागेन । अस्ती नेपाल जाँदा त अंकललाई नमस्ते गर त भनेर छोरो लाई देखाइन । पुराना दिनहरु समझेर रमाइलो लाग्छ । 

 
Posted on 02-05-11 11:28 AM     [Snapshot: 211]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 somewhereondearth,

यो कथा पढेर म आफ्ना अतितमा हराए, पुराना यादहरु ताजा भयो।  “मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन ।”, सुरुवात नै दामी

अर्को भागको प्रतिक्षामा 


 
Posted on 02-05-11 12:59 PM     [Snapshot: 261]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बैंशमा हजार तान बुनेर मायाको संघर्ष जित्नु एउटा कुरा । तर महाराजगन्जको एन्ट्रान्स मा २-२ चोटी पछारिएर बैक्लपिक पढाइ रोज्नु अर्कै कुरा । उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग” ।

 


प्रभु आफ्नै कथा जस्तो पो लाग्न थाल्यो त... दामी सुरुवात छ .... पेल्दै जाम है गुरु .... अर्को भाग कुरेर बसेकोछु ... 
 
Posted on 02-05-11 1:06 PM     [Snapshot: 266]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

निक्कै दह्रो शुरुवात - अर्को भाग नि छिट्टै लेखम

निकै राम्रो छ -

 
Posted on 02-06-11 10:53 AM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले निकै तयारी गरे । पहिले माया हार्ने आँट कसको हुन्छ र! अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाँडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो ।
सोम दाइ धेरै पछि खोजेको कुरा पाएँ , पस्केको मा धन्यवाद !! अदितीको कुरा आफ्नो लाग्यो ,अर्को भागको व्यग्र प्रतिक्षामा छु...... बाँकी दाजुभाइको गन्थन फेसबुकतिरै। :)
 
Posted on 02-07-11 4:13 PM     [Snapshot: 573]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने'छि कुरो यस्तो रछ !!  Keep Going..

 
Posted on 02-07-11 4:31 PM     [Snapshot: 591]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेभियर्स बाट आइ ओ इ गा जस्तो पो भो बै. सार्है रमाइलो प्रस्तुती, आर्को भागको पर्खाइमा

 
Posted on 02-12-11 9:31 AM     [Snapshot: 852]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बडा राम्रो प्रस्तुती...

उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग", अब भने केहि होला जस्तो छ 

अर्को भागको प्रतिक्षामा

 
Posted on 02-12-11 1:19 PM     [Snapshot: 920]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 A Bandhu, arko episode ko pratikshya ma chu...
Moro chai kina ho?
 
Posted on 02-12-11 2:59 PM     [Snapshot: 959]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro cha sathi...plz continue
 
Posted on 02-12-11 3:59 PM     [Snapshot: 979]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भागको प्रतिक्षामा !!


 
Posted on 02-12-11 5:14 PM     [Snapshot: 1011]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिर्सक अनुसार त कथामा चान्डै नै टुइस्ट आउँछ जस्तो लाग्छ है मलाई त ....... मजा आयो पढ्न लाई ..... अर्को भाग को इन्तजार मा ......

 
Posted on 02-12-11 10:48 PM     [Snapshot: 1053]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Phatte,
Thank you. कृष्ण मन्दिरले  प्रभुका पनि गन्थन सँगालेको रहेछ । फूर्सदमा साट्नु होला ।

damyanti, Aakinchan, Serial, Hasaune Paree, Bhakte dai, ramronepal, PlanB

Thank you for your time and words. 

Fuche,
भाई, thank you for your support. खोइ त तिमी पनि   online भेट्दिन त! बात मार्न थियो!

Cheli,  
कुरो त के के थियो थियो । सबै सत्य  कहाँ लेखिन्छन र । लेखेका सबै कहाँ सत्य हुन्छन र! :D

Perfectionist,
प्रभु पनि IOE जानु भएको रहेछ । पुल्चोकले के छोड्थ्यो र प्रभु । मेरो पनि उमेर त्यहि गुज्रियो । 

V2001,
Thank you bandhu. अर्थ गह्रौं भएपनि  mild blame express गर्नलाई हो (moro) । 


Thank you all.

-somewhereondearth




 
Posted on 02-12-11 10:53 PM     [Snapshot: 1059]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 भाग -२,

कहिले काँहि समय यस्तो उत्ताउलो भइदिन्छ, गुनेका सबै कुरा उत्तानो पर्छन् । उमेर सोह्र होस या सत्तरी, कतिले यहाँ मायाका लागि आनन्द मनले संसार हारेका छन्, हार्दैछन्, फेरि पनि हार्नेछन् । तर हारेको लडाँईमा माथि माया हार्न पर्दा भने नमिठो बिझाउँछ । मैले अदितिलाई हारि नै हालेको त होइन तर उनि पढेको कलेमा भन्दा अर्कै कलेजमा भर्ना हुन पर्ने भयो । बाउले चिनेका मान्छे ठाउँमा भइदिंदा तन्नेरी छोरालाई अनेक अफ्ठेरा पर्दछन् । बुवाको चिनजानले मेरो ‘इन्जिनियरिङ्ग’ निकै सस्तोमा मिल्ने भयो, तर बिडम्बना अर्को कलेजमा । कहाँ मेरा मायाका सपना, कहाँ इन्जिनियरिङ्गका मोलतोल । मैले निकै तर्क राखे, सबै फोस्रा भइदिए । एकपछि अर्को ठेस, समाजले आफूलाई चिनाउँदै थियो । म समाजलाई चिन्दै थिए ।

मेरो पहिलो बर्ष शुरु भयो । पढाइ घस्रिन थाल्यो । मायाका भेटहरु हाट सरह हुन थाले । हामी कि शनिबार कुर्दथ्यौं कि उपत्यका बन्द । हामीलाई भेटन बहाना चाहिन्थ्यो, कहिले जुट्थ्यो कहिले जुटाउन पर्दथ्यो । म महाराजगन्जको ठोकर पछि गमी भएको थिंए । तन्नेरी जोश पछारिएको थियो, अदिति भन्दा एक ब्याच जुनियर थिए । कैयन पटक भाले अस्तित्वको सोचाइ नआएको होइन । तर यहाँ बार्ने लाई रुघा लाग्छ । सुस्केराले उडाइ जाने माया थिएन मेरो, मैले जानेको त्यहि हो । मैले मेरो माया त्यति हलुको हुन किन दिन्थे र । मैले डाक्टरी सपना हारेको अवस्य थियो । तर अदिति मेरो सत्य थिइ । मैले उसलाई जितिरहेको थिंए, उसले मलाई जितिरहेकि थिइ ।

अदिति लगभग उस्तै थिइ, बोलिरहन पर्ने । अझ उसका बातमा ‘इन्जिनियरिङ्ग’ छिरेको थियो । उ कुरा पोख्दथि, फिंजाउँथी, चलाउँथि । म एकनास उसका कुराहरु टिपिरहन्थे । बेला बेला म उसका कुरा पक्रन्थे, उ रिसाउँथि । एकै छिन बोल्दिन थिइ, म फकाए झैं गर्दथे, उ फकिइदिन्थी । समय निमेषमै बित्दथ्यो । हिड्ने बेलामा म अदितिका सबै कुरा बटुल्थे, पोको पार्थे अनि उ बाट पर हुँदा एकान्तमा फुकाएर मिलाउँथे, सजाउँथे ।

माया पनि भाग हुँदा रहेछन । अध्याय हुँदा रहेछन । अनुच्छेद हुँदा रहेछन ।  म सम्झंछु, हो त्यहि बेला, मेरो मायाको त्यहि अध्यायमा मलाई आइ एस्सीको मायाको अध्याय सांकेतिक लाग्दथ्यो । जाबो छड्के आँखा हेराइ, २-४ लबस्तरा हाँसो अनि मायाको स्वीकारोक्तिलाई के सम्पूर्ण माया भन्नु । मैले मायाको त्यो अध्यायबाट अघिल्लो अध्यायलाई त्यस्तै देखे । तर बिडम्बना कथा नसकिएसम्म अध्यायका जोखाइ चोखा भन्न के सकिन्छ र! यहाँ भोगाइले जोख्ने सत्य र तिनका अनुभवले जोख्ने सत्य फरक भइदिन सक्दा रहेछन । भोगाइ भन्दा तिनका अनुभवको भार बढि हुँदो रहेछ ।  

‘इन्जिनियरिङ्ग’ चल्दै गयो । म अब्बल बिद्धार्थी भने भइन । धाएको खेती, धाएको माया उस्तै उस्तै रहेछ । मायामा लागेका तन्नेरीका अनेक जिम्मेवारी थिए । म जसोतसो धान्दै थिए । तर पनि हाम्रो मायाको कुरो हामीले सकेसम्म लुकाएर नै राखेका थियौं । चुनिएका केहि र पुराना केहि साथीहरुलाई मात्र थाहा थियो । कलेज फरक भएकाले पनि धेरैले थाह पाउन सकेका थिएनन् । साथीभाइका मायाका कुरा चुहिंदा म मन्द रुपमा दंग पर्दथे । मेरो कुरो लुकाउन सकेकोमा ।

विचारहरु स्वतन्त्र मनमा धेरै उम्रिन्छन्, ब्यस्त मनमा भन्दा । मेरो मन व्यस्त थियो, मेरा सपना व्यस्थ थिए । म खुसी थिए । तर मनलाई परिवर्तन हुन घटना घट्न पर्दैन । एउटा झिनो तरंगले छोइयोस, निमेषमै मन एक ब्रम्हाण्ड बाट अर्कोमा ब्रम्हाण्डमा पुगिदिन्छ ।  हामी मनको यो गतिको अगाडि निरिह छौ । अनि एउटा भावना गोड्दै गरेका हामीलाई सरक्क लगेर शंका, तर्क र अविस्वासको घना जंगलमा छोडिदिन्छ । अनि ति भाव हामी छाँट्न खोज्छौ, तिनले हामीलाई बेर्दै जान्छन् ।  

हामी कक्षा चढ्दै गयौं, बिषयहरु साँधुरा र ठाडा हुँदै गए । अदितिले मलाई course material  मा सहयोग गर्दथी । म पढे झैं गर्दथे, बुझे झैं गर्दथे । कुरो उ तेस्रो बर्षमा हुँदाको हो । उसले मलाई दिएका material मा नचिनेका अक्षर देखे । मनमा चस्स भयो । 

क्रमश:

meaninglessthinkings@somewhereondearth


 
Posted on 02-12-11 11:27 PM     [Snapshot: 1087]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

".......हिड्ने बेलामा म अदितिका सबै कुरा बटुल्थे, पोको पार्थे अनि उ बाट पर हुँदा एकान्तमा फुकाएर मिलाउँथे, सजाउँथे......"

कस्तो मिठो लेखाई, पढि राख्न पाए पनि हुने जस्तो। ईन्जिनियरिङका किताब पनि तपाईंले नै लेख्नु भाको भए त राम्रो ग्रेड आउँथ्यो होला नि? :)

 
Posted on 02-12-11 11:29 PM     [Snapshot: 1091]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कस्तो मिलेको भाव ! जुन वाक्य पनि उत्तिकै सालल बगेको छ !! 
कथामा मोड आउला जस्तो छ ... धेरै नाकुराउनु है !!
 
Posted on 02-12-11 11:34 PM     [Snapshot: 1100]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Eng padne ko love kailai success hudaina bhanya ?
 
Posted on 02-13-11 4:20 AM     [Snapshot: 1165]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तर यहाँ बार्ने लाई रुघा लाग्छ wow dai....simplest तर छोयो यो वाक्यले मलाई....:)
हिड्ने बेलामा म अदितिका सबै कुरा बटुल्थे, पोको पार्थे अनि उ बाट पर हुँदा एकान्तमा फुकाएर मिलाउँथे, सजाउँथे ।
दाइ तँपाइ फर्किनु भयो तँपाइ का शब्दहरु फर्किए , शब्द अझ वलियाबांगा भएर फर्किए , हामी जस्तो मन बोक्नेलाई घोच्ने गरी फर्किए.....
उसले मलाई दिएका material मा नचिनेका अक्षर देखे
मलाई पनि चस्स भयो यहाँ आएर ..यो कथामा धेरै ले आफूलाई भेट्नेछन् म पनि आँफैलाई खोज्दैछू कहिले कुन हरफमा कहिले कुन हरफमा ...
झुम्म भयो दाइ तँपाई कै शब्दमा ....


 
Posted on 02-13-11 10:14 AM     [Snapshot: 1227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 part 2 pani ustai ramro 6...........waiting for next part


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters